राष्ट्रिय
-
२०७६ बैशाख १, आइतबार
तीन सय नौ हप्ता सफा गर्दा पनि वाग्मतीमै शौचालय
वाग्मती सफाइ महाअभियान शुरु भएको ३०९ हप्ता पुग्दा पनि वाग्मतीमै शौचालय बन्न छोडेको छैन । वाग्मती सफाइ महाअभियानको ३०९ औँ हप्तामा बल्खु पुलस्थित वाग्मती नदी किनारमा सफाइका क्रममा नदीमै शौचालय बनाई फोहर गरिएको भेटिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले बताउनुभयो । नदीमै बनाइएको शौचालयबाट नदीमा मलमूत्र बगेर जाने गरेको छ । यसले गर्दा जति सफा गरेपनि...
-
२०७६ बैशाख १, आइतबार
प्रधानमन्त्रीको शुभकामना सन्देशको पूर्णपाठ
देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरु, नयाँ वर्ष २०७६ को मङ्गलमय शुभकामना । गए रातिबाट हामीले विक्रम सम्वत् २०७५ लाई बिदा गयौँ । आशा, उत्साह र अपेक्षाका साथ गएको वर्ष शुभारम्भ भएको थियो । मुलुकलाई समृद्ध बनाउन हामी सबैले सिङ्गो वर्षभरि आ–आप्नो स्थानबाट सक्दो मेहेनत गयौँ । आजको यो नयाँ बिहानीमा म, सबै नेपाली दिदीबहिनी÷दाजुभाइहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । गएको...
-
२०७५ चैत्र २९, शुक्रबार
बाराका हावाहुरी पीडित भन्छन् ः धन सम्पत्ति त उडायो नै खुशी पनि बाँकी राखेन
“हावाहुरीले घरसँगै हाम्रो खुशी पनि उडाइदियो”, बारा भलवलियाका रवीन्द्र रामले पीडा सुनाउँदै भन्नुभयो, “घरमा भएको दुई बोरा धान र रु दुई हजारसमेत उडायो, बारीको गहुँबाली सखापै भयो ।” रवीन्द्रको त्यसै दिन बिहान घरमा नयाँ सदस्यको आगमनले परिवारमा खुशियाली छाएको थियो । विडम्बना त्यही दिन साँझ आएको हावाहुरीले उनीहरूको खुशी एकाएक पीडामा बदलियो । रवीन्द्रकी श्रीमती आशादेवीको पनि आफ्नो तेस्रो सन्तान...
-
२०७५ चैत्र २९, शुक्रबार
स्कूलमा प्राचीन मुद्रा प्रदर्शन
काठमाडौँ कपन चुनिखेलका दुई युवाले सङ्कलन गरेका नेपाली तथा विदेशका प्राचीन मुद्रा विभिन्न स्कूलमा प्रदर्शनी गर्न शुरु गरेका छन् । बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलका युवा सरोज श्रेष्ठ र दिनेश श्रेष्ठले सङ्कलन गरेका नेपाली पुराना मुद्रा र विदेशी मुद्राको प्रदर्शनी शुरु गरेका हुन् । प्राचीन वस्तुलाई जीवन्त बनाऔँ लेट अस मेक एन्टिक अलाइभ भन्ने नाराका साथ स्थानीय युवाले मुद्रा चिनाउने कार्यमा सहयोग...
-
२०७५ चैत्र २९, शुक्रबार
आयुर्वेद उपचारको केन्द्र बन्दै ‘बिजौरी’
कुनै समय बिरामीको अभावमा सुनसान रहने गरेको दाङ बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा पछिल्लो समय चहलपहल बढ्न थालेको छ । अहिले दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । चिकित्सालयमा नयाँ सेवा थपेसँगै अहिले बिरामीको चाप बढेको चिकित्सालयका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा रामकामेश्वर ठाकुरले बताउनुभयो । ‘‘डेढ वर्षअघि यो आयुर्वेद चिकित्सालय सुनसान थियो’’ उहाँले भन्नुभयो, “तर...
-
२०७५ चैत्र २९, शुक्रबार
स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ । आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजना गरेको अन्तरक्रियामा आयुक्त गुरुङले आयोगले जनप्रतिनिधि र स्थानीय तहमा भइरहेका अनियमितताको बारेमा निगरानी राखेको र जुनसुकै...
-
२०७५ चैत्र २९, शुक्रबार
थाङ्का÷पौभा शिल्पकला प्रशिक्षण
धार्मिक मूल्य मान्यताका साथ परम्परादेखि सञ्चालन भएका शिल्पकलाको मौलिकता र महत्वलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले राजधानीमा थाङ्का÷पौभा शिल्पकला प्रशिक्षण कार्यशाला’ सञ्चालन गरिएको छ । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले बिहीबारदेखि शुरु गरेको प्रशिक्षणमा सबै प्रदेशबाट गरी कूल ३८ कलाकार सहभागी छन् । प्रशिक्षणको उद्घाटन गर्दै प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले पौभा र थाङ्का...
-
२०७५ चैत्र २९, शुक्रबार
१७० को दन्त उपचार
कैलालीको टीकापुरस्थित मुक्त कमैया शिविरमा आयोजित निःशुल्क दन्त परीक्षण शिविरमा १७० को निःशुल्क उपचार गरिएको छ । शिविरमा दन्त परीक्षणका साथै आवश्यक औषधि, दन्त मञ्जन तथा ब्रस वितरण गरिएको छ । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टीकापुरको आयोजनामा भएको शिविरमा मुक्त कमैया बस्ती नागरिकको उपचार गरिएको हो । टीकापुर–२ का अध्यक्ष प्रकाशबहादुर बुढाथोकीले ग्रामीण क्षेत्रका नागरिकलाई सेवा दिने...
-
२०७५ चैत्र २९, शुक्रबार
चर्को शुल्क बन्द गर्न विद्यार्थी सङ्गठनको माग
निजी शैक्षिक संस्थाले मनोमानी रुपमा लिइरहेको चर्को शुल्क बन्द गर्न माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई आज ज्ञापनपत्र बुझाइएको छ । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी का प्रतिनिधिले आज शिक्षा मन्त्रालयमा मन्त्री पोखरेललाई भेट गरी चर्को शुल्क बन्द गर्न माग गरेका हुन् । अनेरास्ववियुका अध्यक्ष नवीना लामा र क्रान्तिकारीका कार्यवाहक अध्यक्ष सुरेन्द्र बस्नेतको...
-
२०७५ चैत्र २९, शुक्रबार
मिर्गौलापीडित कार्कीलाई प्रवासी नेपालीको सहयोग
दुवै मिर्गौलामा समस्या देखिएपछि पीडित बन्नुभएका पाल्पा, निस्दी गाउँपालिका–१ डमराका रामबहादुर कार्कीको उपचारमा सहयोग जुटेको छ । बाकामलाङ घर भई हाल संयुक्त अरब इमिरेट्स ९युएई०मा कार्यरत नेपाली युवाहरुबाट कार्कीको उपचारमा सहयोग जुटेको हो । राजकुमार पौडेल र बालु श्रेष्ठको नेतृत्वमा सङ्कलित रु एक लाख ३० हजार ७६५ कार्कीको उपचारका निम्ति सहयोग प्राप्त भएको छ । दुवै मिर्गौलामा समस्या देखिएपछि ५२ वर्षीय...
-
२०७५ चैत्र २९, शुक्रबार
जोमसोम–लोमान्थाङ सडक सञ्चालनमा
मुस्ताङको जोमसोम–लोमान्थाङ सडक करीब चार महीनापछि सञ्चालनमा आएको छ । जोमसोमदेखि कागबेनी छुसाङ हँुदै उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिका जोड्ने सडकमा गत पुसदेखि हिउँ जमेर यातायात सेवा अवरुद्ध भएको थियो । सडक सुचारु भएपछि चिसो छल्न बेँसी झरेका उपल्लो मुस्ताङका बासिन्दा घर फर्कन थालेका छन् । सो सडक खुलेपछि लोमान्थाङ, दामोदरकुण्ड, कोरला क्षेत्रको भ्रमणमा जाने पर्यटकलाई सहज भएको...
-
२०७५ चैत्र २९, शुक्रबार
पाहुनालाई भानु भूमिको माटो उपहार
नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मगाउँमा हुने अन्तर्राष्ट्रिय कवि सम्मेलनका सहभागीलाई भानु भूमिको माटो उपहार दिइने भएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको आयोजनामा यही चैत ३० गते शनिबार भानु नगरपालिका–५ चुँदीरम्घामा हुनलागेको सम्मेलनमा आउने साहित्यकारलाई माटो उपहार दिन लागिएको हो । मञ्चका अध्यक्ष आकाश अधिकारीले भानुभक्त आचार्यको योगदान स्मरण गराउने उद्देश्यले...


