relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ बैशाख २, सोमबार

    मोटरबाटो बन्द हुँदा यात्रुलाई सास्ती

    मुलुककै राजधानीको रुपमा रहेको काठमाडौँमा एक महीनादेखि मोटरबाटो बन्द हुँदा यात्रुले ठूलो सास्ती ब्यहोर्र्नु परेको छ ।  सामाखुशीदेखि ग्रीनल्याण्ड चोकसम्मको मोटरबाटो बन्द हुँदा यात्रुलाई समस्या परेको हो । टोखा नगरपालिका खरीबोट बस्ने रमा न्यौपाने बागबजार जानका लागि सामाखुशी चोक आएर बस चढ्नुपर्ने बाध्यता भएको बताउनुहुन्छ । “लामो समयसम्म बाटो बन्द हुँदा साह्रै गाह्रो भएको छ”, उहाँ भन्नुहुन्छ ।  यस्तै...

  • २०७६ बैशाख २, सोमबार

    सात वर्षमा पनि बनेन नगरकोट सडक, आन्दोलनको घोषणा

    दुई वर्षमा निर्माणकार्य सम्पन्न भइसक्नुपर्ने भत्केकोपार्टी–नगरकोट सडक सात वर्षमा पनि नबनेपछि स्थानीयवासीले २५१ सदस्यीय नगरकोट सडक पीडित सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । एक्जिम बैंक भारतको सहयोगमा भत्केकोपाटी–खरिपाटी–तेलकोट–नगरकोट खण्डको ४० किमी सडक निर्माण आयोजनाको जिम्मा पाएको शैलुङ कन्ष्ट्रक्सनले सात वर्षमा पनि निर्माण सम्पन्न नगरी सडकलाई अलपत्र बनाएपछि स्थानीय...

  • २०७६ बैशाख २, सोमबार

    नयाँ वर्षसँगै गुराँस उत्सव

    यहाँको पर्यटकीय लेक घुम्टेमा आयोजित ‘गुराँस उत्सव’मा प्रकृतिप्रेमी पर्यटक रमाएका छन् । उत्सव हेर्न पुगेका आन्तरिक पर्यटकले नयाँ वर्ष पनि सँगै मनाए । तीन हजार १२० मिटर उचाइबाट नयाँ वर्ष–२०७६ लाई स्वागत गरे । शनिबार र आइतबार गरी दुई दिनसम्म गुराँस उत्सव चलेको आयोजक गलकोट घुम्टे पर्यटन विकास केन्द्रले जनाएको छ । गुराँस फुल्ने याम र नयाँ वर्षको अवसर पारेर केन्द्रले विगत सात वर्षदेखि ‘गुराँस उत्सव’...

  • २०७६ बैशाख २, सोमबार

    पोखरामा पनि सिरुवा पर्व मनाइयो 

    नववर्षको आगमणसँगै पूर्वी तराईका जिल्लामा मनाइने गरिएका सिरुवा पर्व पोखरामा बस्दै आएका मिथिलावासीले पनि आज धार्मिक विधिपूर्वक हर्षोल्लासका साथ मनाएका छन् ।   यस पर्वलाई ‘जुडशीतल’ पर्वपनि भन्ने गरिन्छ । यस पर्वमा परिवारका ठूलावडाले अञ्जुलीमा जल लिएर कान्छोको टाउको राखेर आर्शीवाद दिने गर्छन् । वर्षभरि ‘तिम्रो दिमाग ठण्डा रहोस्, सोच विचार गरी काम गर्नु र कसैसँग रिस नराखी मेलमिलापका साथ बस्नु’ भनेर...

  • २०७६ बैशाख १, आइतबार

    राष्ट्रिय झन्डाको सम्मान गर्दै ¥याली

    राष्ट्र र राष्ट्रिय एकताको प्रतीक राष्ट्रिय झन्डाको संरक्षण र सम्मानस्वरुप आज पोखरामा ¥याली निकालिएको छ । पोखरा बृहत् सफाइ अभियान एवम् नागरिक समाज पोखरासँगको सहकार्यमा युवा पत्रकार सञ्जाल गण्डकी र बागेश्वरी असल शासन क्लब ९बास० को संयुक्त आयोजनामा नयाँ वर्षको पहिलो दिनलाई राष्ट्रिय झन्डा दिवसको रुपमा मनाइने गरिएको छ । पोखराको मानवअधिकारचोक, चिप्लेढुङ्गा, न्युरोड हँुदै सभागृहचोकसम्म पुगेको ¥यालीमा...

  • २०७६ बैशाख १, आइतबार

    खर्च हुन नसकेको ६७ करोड १० लाख रकमान्तर

    काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा खर्च गर्न नसकेको रु ६७ करोड १० लाख रकमान्तर गरेको छ । गत चैत २४ गते बसेको चौँथो नगर सभाले चालू आवका लागि स्वीकृत बजेटका विभिन्न शिर्षकहरूमा खर्च हुन नसकेको रकम तत्काल खर्च गर्नुपर्ने अन्य शिर्षकमा रकमको। आवश्यकता भएपछि रकमान्तर गरिएको हो । नगरसभाले महानगरको विद्युतीय शासनलाई प्रभावकारी बनाउन जोड दिँदै तथ्याङ्क सङ्कलनका लागि रु ८७ लाख रकमान्तर गरेको छ ।...

  • २०७६ बैशाख १, आइतबार

    नयाँ वर्षको शुरुआतसँगै विकासले तीव्रता पाउने स् मुख्यमन्त्री पोखरेल

    प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नयाँ वर्षको शुरुआतसँगै विकासले तीव्र गति पाउने बताउनुभएको छ । सेरोफेरोन्युज भित्तेपात्रो २०७६ को लोकार्पण कार्यक्रममा मुख्यमन्त्री पोखरेलले संविधान जारी भएपछिको तीन वर्षको समय सोचेअनुसारका काम गर्न नसकिएको बताउँदै अब नयाँ वर्षको शुरुआतसँगै हरेक कामले गति लिने बताउनुभयो । उहाँले देशमा भूकम्प, नाकाबन्दी, तीन तहको निर्वाचन, सङ्घीयता कार्यान्वयन, कानून...

  • २०७६ बैशाख १, आइतबार

     वाग्मतीको मुहान वाग्द्वारमा स्नान गर्नेको भीड

    नयाँ वर्षको अरुणोदयसँगै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मनमोहकतातर्फ मानिसको भीड अघि बढिरहेको छ । यही निकुञ्जको बीचमा रहेको राजधानीको सभ्यताको स्रोत वाग्मतीको उद्गमस्थल वाग्द्वारमा मेला भर्न आज बिहानैदेखि भक्तजनको भीड लागेको हो । प्रत्येक वर्ष वैशाख १ गतेका दिन त्यहाँ स्नान मेला लाग्छ । राजधानीको कोलाहलबाट नजिकैको शान्त एवं रमणीय स्थलमा नयाँ वर्ष मनाउन मानिसको भीड लागेको हो । यसै वर्षदेखि...

  • २०७६ बैशाख १, आइतबार

    स्वस्थ बच्चा जन्माउँदै एचआइभी सङ्क्रमित आमा

    सरकारले एचआइभी सङ्क्रमित आमाबाट बच्चामा सर्ने एचआइभी रोकथाम पिएमटिसिट कार्यक्रम लागू गरेपछि स्वस्थ बच्चा जन्माउन थालेका छन् । यसअघि सङ्क्रमित आमाले जन्माएका बच्चामा पनि एचआइभी सङ्क्रमण देखिन्थ्यो भने चिकित्सकहरुले पनि त्यस्ता आमालाई सन्तान नजन्माउन सुझाव दिन्थे ।  “एचआइभी सङ्क्रमित भएपछि बच्चा नजन्माउन चिकित्सकले सुझाव दिएका थिए तर अहिले भने यो सम्भव भएको छ,” एक आमाले भन्नुभयो, “सन्तान पाउने...

  • २०७६ बैशाख १, आइतबार

    सेतो मच्छेन्द्रनाथको दर्शन गर्नेको घुइँचो

    वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथलाई असनमा पु¥याएपछि पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । चैत्र शुक्ल नवमीका दिन दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु गरिन्छ । पहिलो दिन रथलाई असनमा पु¥याइएको थियो । शनिबार राति नै राष्ट्रपति विद्यादेवी भण्डारीले सेतो मच्छेन्द्रनाथको दर्शन गर्नुभएको रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका–२५ का अध्यक्ष...

  • २०७६ बैशाख १, आइतबार

      आलेख ः रुचाउन थाले केराका परिकार

    केराका परिकार खाद्यवस्तुका रुपमा प्रयोग हुन थालेको छ । कैलालीको टीकापुरमा कृषि व्यवसायी कालु हमालले केराका परिकारलाई खाद्यवस्तुका रुपमा प्रयोग गर्ने वातावरण मिलाएका छन् । ‘बनाना किङ’ को परिचयसमेत बनाइसकेका केरा व्यवसायी हमालले अहिले केराका ४० परिकार उत्पादन गर्छन् ।  हमालले १३ वर्षअघि विगतमा फलफूलका रुपमा मात्रै प्रयोग गरिने केराखेती गर्न शुरु गरे । उनले केराखेती सँगै केराका परिकार बनाएर बेच्न...

  • २०७६ बैशाख १, आइतबार

    नेपाल भ्रमण बर्ष २०२० पोखराबाट शुभारम्भ

    नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को पहिलो चरणको पर्यटकीय नगरी पोखराको फेवाताल किनारस्थित कोमागाने पार्कबाट शुभारम्म गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार साँझ सो कार्यक्रमको शुभारम्भ गर्दै पर्यटकलाई आकर्षण गर्नका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । भ्रमण वर्ष सफल बनाउन सङ्घ, प्रदेश र स्थानीय तहका तीनवटै सरकार लाग्नुपर्ने...

Pages