राष्ट्रिय
-
२०७५ चैत्र २९, शुक्रबार
नारायणीबाट नदीजन्य पदार्थको दोहन
पश्चिम नवलपरासीको नारायणी नदीबाट धमाधम नदीजन्य पदार्थको दोहन बढेको पाइएको छ । नारायणी नदीबाट अवैधानिकरूपमा नदीजन्य सामग्री उत्खनन गरेर भारत निर्यात भइरहँदासमेत सम्बन्धित सरोकारवा निकाय मौन रहेको स्थानीयवासीको भनाइ छ । नदीबाट निकालिएका नदीजन्य पदार्थ खुला सिमानाका कारण धमाधम भारत निकासी भइरहेको छ । नदीबाट नदीजन्य पदार्थ झिक्न नमिल्ने भए पनि तस्करले दिनदहाडै नदीबाट दैनिक लाखौँको ढुङ्गा, गिट्टी,...
-
२०७५ चैत्र २९, शुक्रबार
आम्दानीको स्रोत बन्दै महिलाका सहकारी
महिलाले नेतृत्व गरेका सहकारी संस्था पछिल्लो समय आम्दानीको स्रोत बन्दै गएका छन् । सहकारी संस्थाका कारण यहाँका अधिकांश महिला पछिल्लो समय रोजगारसमेत हुन थालेका छन् । महिलाका सहकारी पछिल्लो समय नाफामुखीसमेत बन्दै गएका छन् । महिलाको लगनशीलता तथा मेहनतका कारण यहाँका सहकारी क्रमिकरुपमा फलदायी तथा नाफामुखी बन्दै गएका हुन् । महिलाले सञ्चालन गरेका सहकारीका कारण यहाँका दजनौँ स्थानीय महिलाले गाउँमै...
-
२०७५ चैत्र २९, शुक्रबार
सामुदायिक विद्यालयमा आकर्षण बढ्दै
ऋणधन गरेर भए पनि निजी विद्यालयमा बालबालिका भर्ना गर्ने क्रम बढेपछि कतिपय सामुदायिक विद्यालय विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेका छन् । सरकारी विद्यालयमा तालीमप्राप्त अनुभवी शिक्षक भए पनि अङ्गे्रजी माध्ययममा पढाइ हुनु नै निजी विद्यालयको आकर्षण बन्नु पहिलो कारण हो । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा पनि निजी विद्यालय प्रतिको आकर्षणका कारण कतिपय सामुदायिक विद्यालय...
-
२०७५ चैत्र २९, शुक्रबार
हेटौँडामा बर्डफ्लु नियन्त्रणको प्रयास
प्रदेश नं ३ को हेटौँडा उपमहानगरपालिकाको विभिन्न वडामा कृषकका कुखुरा फार्ममा अहिले बर्डफ्लु रोगलाई नियन्त्रण गर्ने प्रयास भइरहेको जिल्ला पशु सेवा कार्यालय मकवानपुरले जनाएको छ । उपमहानगरका वडा नं ६, ७, ८, १६ र १७ मा स्थानीय कृषकका ४८ फार्मका कृषि तथा पशुपक्षी मन्त्रालयबाट आएको प्राविधिक टोलीले आजसम्ममा ६० हजार २०५ कुखुरा र चल्ला नष्ट गरी खाल्डोमा पुरेको सो कार्यालयले जनाएको छ । यसैगरी ती प्रभावित...
-
२०७५ चैत्र २९, शुक्रबार
चार दिनमा ६४ ले लिए मलेशियाका लागि श्रम स्वीकृति
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेशिया जाने कामदारका श्रम स्वीकृति खुला गरेपछि चार दिनमा ६४ ले श्रम कार्यालय ताहाचलबाट स्वीकृति लिएका छन् । सरकारले यही चैत १७ गतेदेखि खुला गरेपनि कार्यालयले भने २५ गतेबाट श्रम स्वीकृति दिन थालेको कार्यालयका महानिर्देशक देवेन्द्र कार्कीले जानकारी दिनुभयो । “सरकारले खुला गरेपछि मलेशिया जाने नेपाली कामदारलाई केही राहत मिलेको छ”, उहाँले...
-
२०७५ चैत्र २९, शुक्रबार
खेलाडीलाई होटल अभाव
राष्ट्रिय खेलकूदअन्तर्गत दाङमा टेबलटेनिस र बास्केटबल प्रतियोगिता सञ्चालन भइरहँदा खेलाडी र खेलप्रेमीहरु भने उचित वसोवासको समस्यामा रहेका छन् । खेलकूदको लागि देशभरका सातवटै प्रदेशका खेलाडी, खेलसँग सम्बन्धित व्यक्ति र खेलप्रेमी दाङ आएका छन् । बुधबार र बिहीबार उद्घाटन भएका दुई खेल क्रमश टेबलटेनिस र बास्केटबल दुबै घोराहीमा सञ्चालन भइरहेका छन् । दुबै खेलमा देशभरबाट करीब दुई हजारदेखि दुई हजार २००...
-
२०७५ चैत्र २९, शुक्रबार
लाम्रीगाउँमा ५८ किलोवाट विद्युत् निर्माण हँुदै
जुम्लाको सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिका–४ लाम्रीगाउँमा ५८ किलोवाट विद्युत् निर्माण हँुदैछ । वैशाखभित्र गाउँमा बिजुली झिलीमिली गर्ने गरी निर्माणाधीन विद्युत्को कामलाई तीव्रता दिइएको छ । आर्थिक वर्ष २०७१÷७२ बाट विद्युत्को निर्माणकार्य शुरु गरिएको हो । लाम्रीगाउँकी स्थानीय रामतुला बुढाले भन्नुभयो, “घरमा बिजुली बालाँैला भन्दै अहिले तीन वर्ष बित्यो, अझै वैशाखमा बल्ने भन्ने...
-
२०७५ चैत्र २९, शुक्रबार
फ्रिक्वेन्सी सम्बन्धमा आइस्पानको ध्यानाकर्षण
इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल आइस्पान ले टेलिभिजन प्रयोजनका लागि प्रयोग गर्दै आएको फ्रिक्वेन्सीमार्फत इन्टरनेट सेवासमेत सञ्चालन गर्न अनुमति दिने तयारी भइरहेको भन्दै त्यसबारेमा ध्यानाकर्षण भएको जनाएको छ । आइस्पानले आज नेपाल दूरसञ्चार प्राधिकरण कार्यालयअघि धर्ना दिनाका साथै आफ्ना मागसहितको ज्ञापनपत्र बुझाएको छ । प्राधिकरणका कावा अध्यक्ष पुरुषोत्तम खनाललाई ज्ञापनपत्र बुझाउँदै आइस्पानका अध्यक्ष...
-
२०७५ चैत्र २९, शुक्रबार
‘सर्भिस ट्र्याक’ को निर्माण ७५ प्रतिशत सकियो
कोटेश्वर–कलङ्की सडकको सबैभन्दा बाहिरी लेन ‘सर्भिस ट्र्याक’ को निर्माण ७५ प्रतिशत सकिएको छ । चिनियाँ सरकारले आठ लेनको सडक निर्माण सकेसँगै नेपाल सरकारले गर्ने भनिएको दुई लेनको काम अहिले धमाधम भइरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । दश किलोमिटर लम्बाइको सो सडकमा झण्डै सात किलोमिटर अहिलेसम्म निर्माण भइसकेको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । आगामी वर्षसम्ममा बाँकी...
-
२०७५ चैत्र २९, शुक्रबार
वर्ष २०७५ः पर्यटनमा उत्साह र वियोग
विसं २०७५ मुलुकको पर्यटन क्षेत्रका लागि उत्साह र वियोगान्तको संयोग बन्यो । नेपालको उड्डयन इतिहासमै पहिलोपटक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स ले दुई नयाँ वाइडबडी जहाज भित्र्याएको घटना विश्वबजारमा छायो भने वर्षको उत्तरार्धतिर हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसहित पर्यटन क्षेत्रमा योगदान गरेका महत्वपूर्ण व्यक्तिको निधनले उत्साहलाई वियोगान्तमा परिणत...
-
२०७५ चैत्र २८, बिहिबार
द्रुत मार्गमा गुठीको जग्गा अधिग्रहण
द्रुत मार्गमा गुठीको जग्गा अधिग्रहणनिर्माणाधीन काठमाडौँ–निजगढ द्रत मार्ग फास्ट ट्र्याक का लागि गुठीको जग्गा अधिग्रहण शुरु गरिएको छ । काठमाडौँलाई तराई सँग जोड्ने सबैभन्दा छोटो मार्ग मानिने सो आयोजनाबाट अहिलेसम्म गुठीका नाममा मुआब्जाबाट झण्डै रु चार करोड जम्मा भएको छ । खोकना गाउँ र त्यस आसपासमा पर्ने गुठीको जग्गा अधिग्रहणमा परेको गुठी संस्थान ललितपुर शाखाका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो ।...
-
२०७५ चैत्र २८, बिहिबार
नगरसभाबाट ६ विधेयक पारित
तुलसीपुर उपमहानगरपालिकाको चौथो नगरसभा बैठकले संशोधनसहित ६ विधेयक पारित गरेको छ । नगरसभामा विधायन समितिका संयोजक देवराज विश्वकर्माले प्रस्तुत गर्नुभएको तुलसीपुर विकास बोर्ड गठनसम्बन्धी विधेयक, कृषि व्यवसाय प्रवद्र्धन विधेयक, शिक्षा विधेयक, नवराज लामिछानेले प्रस्तुत गर्नुभएको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक, बाल संरक्षण तथा संवद्र्धन नीति र राजु आचार्यले प्रस्तुत गर्नुभएको नगर...


