STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७५ चैत्र २६, मंगलबार

    सबै सरकारी कार्यालय एउटै स्थानमा

    पूर्वी नवलपरासी जिल्लाका सबै सरकारी कार्यालयहरुलाई एउटै स्थानमा राखिने गरी सदरमुकाम कावासोतीमा कामको थालनी गरिएको छ । कावासोती–३ स्थित करिब १७९ बिगहा जग्गा क्षेत्रफलमा सबै सरकारी कार्यालयका भवन निमार्णका लागि कागजी प्रक्रिया अघि बढाइएको हो । पूर्वी नवलपरासीका सरकारी कार्यालय एउटै स्थानमा व्यवस्थापनका लागि कावासोतीमा कार्यालयको आगामी वैशाख ७ गते शिलन्यास गरिने कार्यक्रम तय भएको छ । शिलन्यासका लागि...

  • २०७५ चैत्र २६, मंगलबार

    पेप्सीकोला सल्लाघारी सडकमा १२ प्रतिशत मात्रै

    पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तारको भौतिक प्रगति ठेक्का सम्झौता भएको दुई वर्षमा १२ प्रतिशत मात्रै भएको छ । मापदण्डअनुसार सडक खाली नहुँदा भौतिक प्रगति न्यून भएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले बताएको छ । बाहखा बजारबाट सल्लाघारीतर्फका घर भत्काउनुपर्ने भए पनि स्थानीयवासीको अवरोधका कारण नसकिएको आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो । काठमाडौँ उपत्यका नगर विकास...

  • २०७५ चैत्र २६, मंगलबार

     ढुक्क भएर लगानी गर्नुस् ः अर्थमन्त्री

    अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकमा राजनीतिक स्थिरता कायम भएकाले वैदेशिक लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ ।  नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ आयोजना गरेको नेपाल र फ्रान्सका उद्यमीबीच छलफल कार्यक्रममा उहाँले देश औद्योगिकरणतर्फ उन्मुख गराउन सरकारले लगानीमैत्री नीति अवलम्बन गरेका कारण वैदेशिक लगानीकर्ताको लगानीलाई आवश्यक सुरक्षा दिने र उत्पादन अभिवृद्धि गर्ने बताउनुभयो...

  • २०७५ चैत्र २६, मंगलबार

    गाईपालनमा रमाउँदै बुढाथोकी

    दाङको तुलसीपुर उपमहानगरपालिका–८ दूधेनाका ४३ वर्षीय शशीराम बुढाथोकीले व्यावसायिकरूपमा उन्नत जातका गाईपालन गरेर सफल उद्यमीको पहिचान बनाउन सफल हुनुभएको छ । विगत १० वर्षदेखि पशुपालन पेशा अँगालेका बुढाथोकीले अहिले आफ्नो परिवारका तीन सदस्यसहित गाईपालनमा रमाउनुभएको छ । आफ्नो परिवार मात्र नभएर उहाँले अरू दुई स्थानीयवासीलाई पनि रोजगारी दिनुभएको छ । बुढाथोकी पशुपालन पेशाबाट सन्तुष्ट हुनुहुन्छ । उहाँ...

  • २०७५ चैत्र २६, मंगलबार

    शहीद दाहालको स्मरण

     जनआन्दोलनका प्रथम शहीद भीमसेन दाहालले सहादत प्राप्त गर्नुभएको १३ औँ स्मृति दिवसको अवसरमा शहीद भीमसेन दाहाल स्मृति प्रतिष्ठानको आयोजनामा आज दाहालको शालिकमा पुष्पगुच्छाले माल्यार्पण गरी स्मरण गरियो । कार्यक्रममा सहभागी प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मीलगायतले शहीदको स्मरण गर्दै उनीहरुले देखेका सपना अझै पूरा नभएको धारणा राखे । सो अवसरमा गण्डकी प्रदेशसभाका उपसभामुख...

  • २०७५ चैत्र २६, मंगलबार

      मानवअधिकारको उपभोग चुनौतीपूर्ण

    राष्ट्रिय मानव अधिकार आयोगले खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा मानवअधिकारको उपभोगमा अझै पनि चुनौती कायम रहेको पाइएको बताएको छ ।  आयोगले ती जिल्लामा गरेको अनुगमनमा त्यहाँका नागरिकले राज्यबाट प्रदान गरिने सेवा सुविधाबाट वञ्चित हुँदै मानवअधिकारको उपभोगमा अझै पनि चुनौती कायम रहेको पाइएको आयोगका सचिव वेद भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।  आयोगका सचिव भट्टराईसहितको टोलीले गत चैत १७...

  • २०७५ चैत्र २६, मंगलबार

    सबै सांस्कृतिक घटकलाई समेट्दै प्रलेस

    प्रगतिशील लेखक सङ्घको नवनिर्वाचित नेतृत्वले हालै सम्पन्न ११औँ राष्ट्रिय सम्मेलनमा सहभागी भएका र नभएका सांस्कृतिक घटकका नेतृत्वसँग परामर्श गरी एकीकृत र प्रभावकारी प्रलेस निर्माणमा लाग्ने जनाएको छ । एकीकृत प्रलेस निर्माणका लागि पहलकदमी गर्ने सम्मेलनले दिएको कार्यादेशबमोजिम नेतृत्वले सो पहल गर्ने नवनिर्वाचित अध्यक्ष डा जीवेन्द्रदेव गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रगतिशील साहित्यिक क्षेत्रलाई...

  • २०७५ चैत्र २६, मंगलबार

     गुलरियाको चमक हराउँदै

     साठी जनसङ्ख्या रहेको गुलरिया नगरपालिकामा ७५ प्रतिशत ग्रामीण क्षेत्र पर्छ । उद्योग कलकारखानासमेत नरहेको सदरमुकाम गुलरियालाई बबई नदीको कटान र वर्षेनी आउने बाढीले सताउने गरेको छ । स्थानीय तहमा कार्यालय स्थानान्तरण हुँदै गएपछि गुलरियाको चमक हराउँदै गएको छ । सुनसान र उराठ देखिन थालेको गुलरियामा व्यापारिक कारोवार प्रभावित भएको छ ।  गाउँगाउँबाट आउने सेवाग्राहीले स्थानीय तहबाटै सेवा पाउन थालेपछि...

  • २०७५ चैत्र २६, मंगलबार

    प्रविधिमा आधारित नमूना कक्षा सञ्चालन

     पोखरा महानगरपालिका– ३३ स्थित सरस्वती टीका माध्यमिक विद्यालयले प्रविधिमा आधारित नमूना कक्षा सञ्चालन गर्ने भएको छ । विभिन्न सामुदायिक विद्यालयमा नवीनतम् प्रविधिको अभावका साथै गुणस्तरीयता कायम हुन नसकेको लगायतका कारणबाट विद्यार्थी घटिरहेका वेलामा विद्यार्थी तथा अभिभावकको मन जितेको यस विद्यालयले प्रविधिलाई आत्मसात गर्दै नमूना कक्षा सञ्चालनको तयारी गरेको हो । विद्यालयमा नयाँ शैक्षिक वर्षका लागि...

  • २०७५ चैत्र २६, मंगलबार

    जब साँझ पर्छ,  अनि थिमि नाच्छ

    हरेक दिन साँझ परेपछि थिमि नुगु पुखु ः अर्थात् दुई पोखरी क्षेत्रमा स्थानीय बासिन्दाको चहलपहल र रौनक थपिन्छ । हरेक दिन साँझ ६ बजे घरभित्र छिरेकाहरु पनि विस्तारै बाहिर निस्कँदै नुगु पुखुतर्फ आउँछन् । मध्यपुरथिमि नगरपालिका ४ नुगु पुखुमा केही बेरमै झिलिमिली बत्ती बल्छन् । अनि नेवारी बाजाका रुपमा अति प्रख्यात धिमे बाजाको आवाज सुनिन्छ । ठूलो पर्दामा धिमेको आवाजमा एक पुरुष र एक महिलाको आकृति नाचेको...

  • २०७५ चैत्र २६, मंगलबार

    कामपामा विद्यार्थी भर्ना अभियान

    काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र आगामी वैशाख २ देखि १४ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने भएको छ । विद्यालयबाहिर रहेका बालबालिकालाई पढ्न ल्याउने उद्देश्यले अभियान शुरु गर्न लागिएको कामपाको शिक्षा विभागले जनाएको छ । विभागले आज यहाँ आयोजना गरेको सकारात्मक सोच विकास र गुणस्तरीय शिक्षासम्बन्धी अभिमुखीकरण विभागका शिक्षा अधिकारी निर्मला केसीले वैशाख २ देखि १४ गतेसम्म भर्ना अभियान...

  • २०७५ चैत्र २६, मंगलबार

    स्वास्थ्य सेवा प्रभावित

    आदर्श गाउँपालिका वडा नँ १  चाँसी गाउँमा सोमबार राति आएको हावाहुरीका कारण बाँझकनानी स्वास्थ्य एकाइ कार्यालयको छाना उडाएको छ । छाना उडेपछि अहिले सो कार्यालयबाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सेवा प्रभावित भएको स्थानीयवासी दीपकबहादुर खड्काले जानकारी दिनुभयो ।  एकतले भवन रहेको उक्त कार्यालय हावाहुरीले उडाउँदा कार्यालयमा भएका स्वास्थ्य जाँच गर्ने उपकरण तथा औजारमा पनि क्षति हुनाका साथै केही उपकरण पनि...

Pages