STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७५ चैत्र २५, सोमबार

    कामपाको चौथो नगरसभा सम्पन्न

    काठमाडौँ महानरपालिकाले स्थानीय सरकार सञ्चालनका लागि आवश्यक पर्ने चार विधेयक स्वीकृत गर्दै चौथो नगरसभा सम्पन्न गरेको छ । कामपाको आइतबार बसेको चौथो नगरसभाले कामपाको शहरी योजना आयोग ९गठन तथा सञ्चालन कार्यविधि० विधेयक ऐन– २०७५, सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक ऐन– २०७५, कामपाको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक ऐन–२०७५, सवारी तथा यातायात व्यवस्थापन विधेयक ऐन– २०७५ स्वीकृत गरेको हो...

  • २०७५ चैत्र २५, सोमबार

    ‘बजेट वितरण प्राथमिकताका आधारमा’ 

    पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराइले नेपालको बजेट वितरण प्रणाली भद्रगोलरुपमा हुने गरेको उल्लेख गर्नुभएको छ । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गत रहेको अर्थ समितिको आजको बैठकमा उहाँले नेपालको बजेट प्राथमिकताका आधारमा नभई पहुँच र भनसुनका आधारमा वितरण हुने गरेको जिकिर गर्नुभयो ।    समितिले पूर्वबजेटका सन्दर्भमा सांसदको रचनात्मक सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजना गरेको सो छलफलमा...

  • २०७५ चैत्र २५, सोमबार

    प्रादेशिक अस्पतालमा प्रविधियुक्त प्रयोगशाला

    दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रविधियुक्त प्रयोगशाला सञ्चालन हुने भएको छ । प्रविधियुक्त प्रयोगशाला सञ्चालनका लागि आवश्यक सामग्री खरीदकार्य भइरहेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताउनुभयो । “हामीले तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा स्मार्ट ल्याव स्थापना गर्न लागेका छौँ”, उहाँले भन्नुभयो “त्यसका लागि सामग्री खरीद गर्न बोलपत्र आह्वान गरिएको छ ।” करीब रु तीन करोड...

  • २०७५ चैत्र २५, सोमबार

    जुनारको किरा नियन्त्रण गर्न विषादि 

    यहाँका किसानले लगाएको जुनार किराले नष्ट गरेपछि त्यसको नियन्त्रण गर्न किसान र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुपरजोन कार्यान्वयन एकाइ खनियाखर्क एकैसाथ जुटेको छ । जुनारलाई कुहाउने झिँगा ‘चाइनिज सिट्रस फ्लाई’ ब्याक्टोसेरा मिन्याक्स ले यहाँका किसानलाई दुःख दिन थालेको छ । विगत वर्षमा जस्तै ‘ब्याक्टोसेरा मिन्याक्स’ ले यस वर्षपनि फल कुहाउन सक्ने भन्दै नियन्त्रण कार्य अघि बढाइएको हो । अहिले सो...

  • २०७५ चैत्र २५, सोमबार

    ‘डेमोक्रेटिक वाकाथन’ प्रतियोगिता हुने

    मुलुकमा बहुदलीय व्यवस्थाको पुनःबहाली भएको सम्झनामा ‘डेमोक्रेटिक वाकाथन’ प्रतियोगिता हुने भएको छ । विसं २०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको स्मृतिमा स्थापना गरिएको वीर गणेशमान सिंह फाउण्डेशको आयोजनामा मङ्गलबार ‘डेमोक्रेटिक वाकाथन’ प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता वसन्तपुर दमकल, न्यूरोड गेट, वीर अस्पताल, रत्नपार्क पुरानो बसपार्क, भद्रकाली, शहीदगेट हुँदै पुनः वसन्तपुर पुगेर समापन हुनेछ...

  • २०७५ चैत्र २५, सोमबार

    बागलुङमा चार सय एचआइभी सङ्क्रमित

    कुनै समय समाजमा खुल्न नसकेका बागलुङका एचआइभी एड्स सङ्क्रमित पछिल्लो समय खुल्न थालेका छन् । धौलागिरि अञ्चल अस्पतालको एआरटी ९एन्टी रेक्टो ट्रिटमेन्ट०सेन्टर को प्रभावकारी समन्वयमा रहेका एचआइभी सङ्क्रमित खुल्न थालेका हुन । अस्पतालमा विसं २०६३ मा स्थापना भएको एआटी सेन्टरले एचआइभी एड्स भए नभएको पहिचान गर्ने, सङ्क्रमितको परामर्श, परीक्षण तथा नियमित रुपमा औषधि उपचारमा प्रभावकारी भूमिका खेलेका कारण...

  • २०७५ चैत्र २२, शुक्रबार

    धोबिखोलामा पुलको शिलान्यास

    काठमाडौँ महानगरपालिका–४ र ७ आनन्दनगर र गङ्गाहिटी जोड्ने पुलको शिलान्यास गरिएको छ । आज एक कार्याक्रमबीच प्रदेश नं ३ का प्रदेशसभा सदस्य नारायण सिलवालले पुलको शिलान्यास गर्नुभएको हो । चाबहिल गोपिकृष्ण हल नजिकैको पुलमा सवारी साधनको चाप बढेपछि सजिलै सवारी पास गराउन वैकल्पिक मार्गका रूपमा धोबिखोलामा पुलःनिर्माण गर्न लागिएको प्रदेशसभा सदस्य नारायण सिलवालले जानकारी दिनुभयो । बीस मिटर लम्बाइको हुने उक्त...

  • २०७५ चैत्र २२, शुक्रबार

    गोदावरी सडक निर्माण अघि बढेन

    निर्माण शुरु भएको डेढ वर्षमा कर्मनाशा खोलाबाट हरिसिद्धि हुँदै गोदावरी कुण्डसम्मको सडक निर्माण १० प्रतिशत मात्रै सकिएको छ ।  स्थानीयवासीले घरसँगै जग्गाको समेत मुआब्जा माग गरेर निर्माण कार्य अघि बढाउन नदिँदा भौतिक प्रगति कम भएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सडक मापदण्ड भित्र पर्ने १२० घर सर्वोच्च अदालतको निर्णयका कारण भत्काउन नसकिएको इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो...

  • २०७५ चैत्र २२, शुक्रबार

       हावाहुरी पीडितलाई एक करोड सहयोग 

    बारा र पर्साका हावाहुरी पीडितका लागि प्रदेश नं १ को सरकारले रु एक करोड आर्थिक सहयोग गर्ने भएको छ ।    प्रदेश नं–१  मन्त्रिपरिषद्को हिजो बसेको बैठकले सो राहत दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो ।      जिल्लासभा र जिल्ला समन्वय समितिका सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पनि प्रदेशसभामा पेश गर्न बैठकले स्वीकृति दिएको छ ।  बैठकले...

  • २०७५ चैत्र २२, शुक्रबार

    त्रिशूली थ्री ‘बी’को बाँध

    ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत पहिलो सेयर जारी गरेको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत आयोजनाको नुवाकोट किस्पाङ गाँउपालिका–५ स्थित बाँधस्थल । बाँध रु आठ अर्ब २२ करोड ७४ लाख लगानीमा निर्माण भइरहेको ३७ मेगावाट क्षमताको थ्री ‘बी’ वि सं २०७८ फागुनमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

  • २०७५ चैत्र २२, शुक्रबार

    लालीगुराँस फूलको सदुपयोग नहुँदा लाखौँ रुपैयाँ नोक्सान 

    वसन्त रितुको आगमनसँगै फुल्ने लालिगुराँस फूलको सदुपयोग नहुँदा लाखौँ रुपैयाँ मूल्य बराबरका नोक्सान हुने गरेको छ । डडेल्धुरा लगायत देशभरका वनैभरी फुलेको लालीगुराँसका फूलको उचीत उपयोग हुन नसक्दा त्यतिकै कुहीएर खेर गईरहेका छन् । लालीगुराँस फूलबाट उत्पादन हुने जुस मानव स्वास्थ्य र विभिन्न रोगको औषधिका लागिसमेत फाइदा पुग्ने भनिएता पनि त्यसको सदपयोग नहँुदा विभिन्न जिल्लाका वनहरुमा लालीगुराँस कुहिएर खेर...

  • २०७५ चैत्र २२, शुक्रबार

    नेपाल–भारत सीमानाका तीन दिन बन्द हुने

    भारतसँग सीमा जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन् । यही चैत २८ गते भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाका बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएको सुदूरपश्चिमका सबै नाकाहरु चैत २६ गतेदेखि २८ गतेसम्मका लागि बन्द हुने भएका हुन् । भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत...

Pages