राष्ट्रिय
-
२०७५ चैत्र २६, मंगलबार
सुदूरपश्चिम पहाडमा भूकम्पको धक्का
सुदूरपश्चिममा आज बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । आज बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको हो । यसअघि चैत ४ गते पनि भारत र चीनको सीमाआसपास दार्चुलाको लिपुलेक केन्द्रविन्दु भएर...
-
२०७५ चैत्र २६, मंगलबार
झाडापखालाका बिरामीको चाप बढ्यो
जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । बदलिँदो मौसमसँगै झाडापखाला, टाइफाइड र ज्वरोका बिरामी बढ्न थालेका हुन् । अस्पतालमा दैनिक ८० देखि ९० बिरामी आउन थालेको जिल्ला अस्पतालका डा धनमाया घर्तीले बताउनुभयो । बिरामीमध्ये अधिकांश बालबालिका छन् । बालबालिकामा झाडापखाला, टाइफाडड र ज्वरोको समस्या देखिएको छ । पछिल्लोपटक मौसममा आएको परिवर्तन, दुषित पानीको प्रयोग र बासी खानाका कारण समस्या बढ्दै गएको डा...
-
२०७५ चैत्र २६, मंगलबार
अग्निपीडित शेरचनलाई २५ लाख सहयोग
पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ जुग्जाका अग्निपीडित चेतनारायण शेरचलाई प्रवासी म्याग्देलीले रु २५ लाख आर्थिक सहयोग गरेका छन् । बेलायतमा कार्यरतÞ रेशम शेरचनको संयोजकत्वमा बेलायत, कोरिया, जापान, अमेरिका र अष्टे«लियामा कार्यरत नेपालीबाट सङ्कलन गरिएको रु २५ लाखमध्ये ६ लाख ५० हजारमा किनेको नयाँ घरसहित बाँकी रकम गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरमार्फत पीडित शेरचन र उहाँका आफन्तलाई...
-
२०७५ चैत्र २६, मंगलबार
जडीबुटीको जामले चालक र यात्रु हैरान
पेप्सीकोला टाउन प्लानिङमा कार्यरत सन्दीप थापा १० बजे कार्यालय पुग्न एक घण्टा पहिले नै घरबाट निस्कने गर्नुभएको छ । बालकुमारीमा रहेको कार्यालयबाट घरको दूरी चार किलोमिटर भए पनि उहाँ एक घण्टा पहिले नै निस्कने गर्नुहुन्छ । मोटरसाइकलमा चार किलोमिटर दूरीमा पुग्न १५÷२० मिनेट लाग्ने भए पनि जडीबुटीमा दैनिक हुने जामका कारण उहाँ एक घण्टा पहिले नै घरबाट निस्कने गर्नुहुन्छ । एक घण्टा पहिले निस्कँदासमेत...
-
२०७५ चैत्र २६, मंगलबार
आलेख ः ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने प्रयास
दिनहुँ जसो चोक परिवर्तन, समय उस्तै उस्तै । नेपालगञ्ज बजारमा सवारी हाँकिरहेका चालकहरू भने अनौठो मानिरहेका हुन्छन् । कहिले पुप्पलाल चोक, कहिले धम्बोझी चोक त कहिले बी पी चोक । कहिले साँझ त कहिले बिहान । काठमाडाँैंका व्यस्त चोकहरूको ट्राफिक व्यवस्थापन जस्तै झल्को दिने गरी ट्राफिक व्यवस्थापनलाई तालीममा रहेका ट्राफिक प्रहरीले सघाइरहेका छन् । बाँकेमा सवारी साधनको सङ्ख्या बढिरहेकाले ट्राफिक व्यवस्थापन...
-
२०७५ चैत्र २६, मंगलबार
नेपाली प्रहरी चौकीमा भारतीय फोनको प्रयोग
दाङको नाका क्षेत्रका प्रहरी चौकीमा भारतीय फोन नम्बरको प्रयोग भइरहेको छ । नेपालका कुनै पनि सीमको टावरले काम नगर्ने भएपछि दाङको नाका क्षेत्रका प्रहरी चौकीले भारतीय फोन नम्बर प्रयोग गरिरहेका हुन् । नाका क्षेत्रका हरेक गतिविधि भएमा भारतीय फोन नम्बरबाट जिल्ला प्रहरीलाई जानकारी दिने गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो । “अझै पनि नाकामा नेपाली फोनले काम...
-
२०७५ चैत्र २६, मंगलबार
खाद्यान्नभन्दा मदिरा धेरै बिक्छ कलेनामा
दीपायल सिलगढी नगरपालिका वडा नं ९ लाई बत्तीमुनिको अँध्यारो क्षेत्रका रुपमा चिनिन्छ । जिल्ला सदरमुकाममै रहेको भए पनि वडा नं ९ सामाजिक चेतनाको विकास नभएकै कारण सबैभन्दा पछि परेको छ । थुप्रै सरकारी र गैर–सरकारी संस्थाहरुले कार्यक्षेत्र बनाएर लगानी गरे पनि त्यो ठाउँको अपेक्षित विकास हुन सकेको छैन । साविकको कलेना गाविसका रुपमा रहेको त्यो क्षेत्र मुख्यतया मदिराले मस्त रहने क्षेत्र हो । तुलनात्मक रुपमा...
-
२०७५ चैत्र २६, मंगलबार
सबै सरकारी कार्यालय एउटै स्थानमा
पूर्वी नवलपरासी जिल्लाका सबै सरकारी कार्यालयहरुलाई एउटै स्थानमा राखिने गरी सदरमुकाम कावासोतीमा कामको थालनी गरिएको छ । कावासोती–३ स्थित करिब १७९ बिगहा जग्गा क्षेत्रफलमा सबै सरकारी कार्यालयका भवन निमार्णका लागि कागजी प्रक्रिया अघि बढाइएको हो । पूर्वी नवलपरासीका सरकारी कार्यालय एउटै स्थानमा व्यवस्थापनका लागि कावासोतीमा कार्यालयको आगामी वैशाख ७ गते शिलन्यास गरिने कार्यक्रम तय भएको छ । शिलन्यासका लागि...
-
२०७५ चैत्र २६, मंगलबार
पेप्सीकोला सल्लाघारी सडकमा १२ प्रतिशत मात्रै
पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तारको भौतिक प्रगति ठेक्का सम्झौता भएको दुई वर्षमा १२ प्रतिशत मात्रै भएको छ । मापदण्डअनुसार सडक खाली नहुँदा भौतिक प्रगति न्यून भएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले बताएको छ । बाहखा बजारबाट सल्लाघारीतर्फका घर भत्काउनुपर्ने भए पनि स्थानीयवासीको अवरोधका कारण नसकिएको आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो । काठमाडौँ उपत्यका नगर विकास...
-
२०७५ चैत्र २६, मंगलबार
ढुक्क भएर लगानी गर्नुस् ः अर्थमन्त्री
अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकमा राजनीतिक स्थिरता कायम भएकाले वैदेशिक लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ आयोजना गरेको नेपाल र फ्रान्सका उद्यमीबीच छलफल कार्यक्रममा उहाँले देश औद्योगिकरणतर्फ उन्मुख गराउन सरकारले लगानीमैत्री नीति अवलम्बन गरेका कारण वैदेशिक लगानीकर्ताको लगानीलाई आवश्यक सुरक्षा दिने र उत्पादन अभिवृद्धि गर्ने बताउनुभयो...
-
२०७५ चैत्र २६, मंगलबार
गाईपालनमा रमाउँदै बुढाथोकी
दाङको तुलसीपुर उपमहानगरपालिका–८ दूधेनाका ४३ वर्षीय शशीराम बुढाथोकीले व्यावसायिकरूपमा उन्नत जातका गाईपालन गरेर सफल उद्यमीको पहिचान बनाउन सफल हुनुभएको छ । विगत १० वर्षदेखि पशुपालन पेशा अँगालेका बुढाथोकीले अहिले आफ्नो परिवारका तीन सदस्यसहित गाईपालनमा रमाउनुभएको छ । आफ्नो परिवार मात्र नभएर उहाँले अरू दुई स्थानीयवासीलाई पनि रोजगारी दिनुभएको छ । बुढाथोकी पशुपालन पेशाबाट सन्तुष्ट हुनुहुन्छ । उहाँ...
-
२०७५ चैत्र २६, मंगलबार
शहीद दाहालको स्मरण
जनआन्दोलनका प्रथम शहीद भीमसेन दाहालले सहादत प्राप्त गर्नुभएको १३ औँ स्मृति दिवसको अवसरमा शहीद भीमसेन दाहाल स्मृति प्रतिष्ठानको आयोजनामा आज दाहालको शालिकमा पुष्पगुच्छाले माल्यार्पण गरी स्मरण गरियो । कार्यक्रममा सहभागी प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मीलगायतले शहीदको स्मरण गर्दै उनीहरुले देखेका सपना अझै पूरा नभएको धारणा राखे । सो अवसरमा गण्डकी प्रदेशसभाका उपसभामुख...


