राष्ट्रिय
-
२०७५ चैत्र २८, बिहिबार
विपद् जोखिम न्यूनीकरण योजनालाई प्राथमिकता
जिल्लाको पूर्वीचौकी गाउँपालिकामा विपद् जोखिम न्यूनीकरणका योजना नै नपर्ने खबर आइरहेकै बेला यहाँका दुईवटा सायल र आदर्श गाउँपालिकाले वार्षिक योजना तर्जुमा गर्दा विपद् जोखिम न्यूनीकरण योजनालाई प्राथमिकता दिने भएका छन् । वल्र्डभिजन इन्टरनेशनलको सहयोगमा सामुदायिक विकास केन्द्र डोटीद्वारा सायल र आदर्श गाउँपालिकामा आयोजना गरिएको विपद् जोखिम न्यूनीकरणसम्बन्धी संवाद कार्यक्रममा जनप्रतिनिधिहरुले आगामी...
-
२०७५ चैत्र २८, बिहिबार
अपाङग सङ्घको अध्यक्षमा शर्मा निर्वाचित
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको विराटनगरमा सम्पन्न आठौँ महाधिवेशनले मित्रलाल शर्मालाई अध्यक्षमा निर्वाचित गरेको छ । महासङ्घले बुधबार साँझ सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार शर्माले गणेश केसीलाई ११२ मतले पराजित गरी निर्वाचित हुनुभएको हो । सङ्घको वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः रमेश लामा, रमा ढकाल, राजु बस्नेत, भावुकजङ्ग थापा र केपी अधिकारी निर्वाचित...
-
२०७५ चैत्र २८, बिहिबार
‘सुरक्षा खतराको सामना गर्न नेपाली सेना सक्षम’
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान सुरक्षा चुनौती र भविष्यमा समेत उत्पन्न हुन सक्ने विविध सुरक्षा खतराको सामना गर्न नेपाली सेना सक्षम भएको बताउनुभएको छ । स्थानीय खरिपाटीस्थित नेपाली सेनाको सैनिक शिक्षालयमा आज भएको नेपाली सेनाका सिसं ५७ अधिकृत क्याडेट र सिसं ४७ पदिक हुद्दा क्याडेट तालीमको आयुक्त पद प्रदान कार्यक्रममा सम्बोधन गर्दै उहाँले हाम्रो सेनालाई २१ आँै शताब्दीको आधुनिक सेनाका...
-
२०७५ चैत्र २८, बिहिबार
भ्रष्टाचार नियन्त्रणमा ट्रान्सपरेन्सी
भूकम्पपछिको पुनःनिर्माणमा भएको अनियमितता र ढिलासुस्तीका सवालमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले रसुवा जिल्लाको अध्ययन कार्यलाई तीव्र बनाएको छ । ट्रान्सपरेन्सी रसुवाले बुधबार पत्रकार सम्मेलन गरी रसुवाको साविक १८ गाविस तथा हाल पाँच गाउँपालिकाअन्तर्गत २७ वडामा भएका पुनःनिर्माण सम्बन्धित गतिविधि स्थलगतरूपमा अध्ययन भइरहेको बताएको छ । केही गाउँपालिकामा जनजीविका नचल्ने एककोठे घरसमेत निर्माण हुँदै गरेको...
-
२०७५ चैत्र २८, बिहिबार
म्याद नाघेका खाद्यवस्तु नष्ट
जिल्ला सदरमुकाम सिमकोट बजारमा म्याद गुज्रेका खाद्यवस्तु पाइएपछि एक वर्षपछि बुधबार सिमकोट बजार अनुगमन गरिएको हो । म्याद गुज्रेका खाद्यवस्तुको बिक्री–वितरण भइरहेको जनगुनासो बढेपछि सिमकोट तल्लो बजार र माथिल्लो बजार आसपासका पसल तथा होटलमा अनुगमन गरेर म्याद गुज्रेका खाद्यवस्तु बरामद गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भुजा, मसला, सुर्तीजन्य वस्तु, चियापत्ती, बिस्कुटलगायत खाद्यवस्तु म्याद...
-
२०७५ चैत्र २८, बिहिबार
सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी
कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ० आबद्ध विद्यार्थीले बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन् । विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषयलाई लिएर नेविसङ्घले तालाबन्दी गरेको जनाएको छ । तीन महीनादेखि विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाई एकै विश्वविद्यालयमा दुई कुलपति नियुक्ति गरेकाले तालाबन्दीमा उत्रिनुपरेको...
-
२०७५ चैत्र २८, बिहिबार
जनता आवास कार्यक्रमबाट घर बनाइने
जनता आवास कार्यक्रमअन्तर्गत जिल्लामा चालू आवमा २३७ घर बनाइने भएको छ । शहरी विकास तथा भवन डिभिजिन कार्यालयमार्फत यो वर्षका लागि गत वर्ष बाँकी रहेका ८३ सहित नयाँ १५४ घर बनाइने भएको हो । गत आवमा अति विपन्न र अति सीमान्तकृत समुदायका लागि मात्र घर निर्माण गरिँदै आएकामा यो वर्ष जिल्लाभित्र रहेका कुसुण्डा र वादी समुदायका सबै परिवारका लागि घर बनाउने निर्णय भएको कार्यालय प्रमुख झपटबहादुर थापाले जानकारी...
-
२०७५ चैत्र २७, बुधबार
गाउँ ब्लक जग्गाधनी पुर्जा पाउन थालेपछि खुशीयाली
पश्चिम नवलपरासीस्थित नापी कार्यालयले गाउँ ब्लक जग्गाको जग्गाधनी पुर्जा वितरणलाई तीव्रता दिएको छ । पुस्तौँदेखि भोगचलन गर्दै आए पनि आफ्नो नाममा पुर्जा नहुँदा विभिन्न समस्या भोग्दै आएका नागरिक अहिले जग्गाधनी पुर्जा पाउन थालेपछि खुशी भएका छन् । विसं २०२४ मा भएको पहिलो नापीमा तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँ ब्लक भनेर एउटै कित्तामा जग्गा नापी गरिएको थियो । त्यसबेला...
-
२०७५ चैत्र २७, बुधबार
वालिङ र छाता संस्था नेपालबीच सम्झौता
स्याङ्जाको वालिङ नगरपालिका र छाता संस्था नेपालबीच मङ्गलबार सम्झौता भएको छ । नगरपालिकाको तर्फबाट नगरप्रमुख दिलीपप्रताप खाँण र छाता संस्था नेपालका तर्फबाट अध्यक्ष मेघ आलेबीच सम्झौतामा हस्ताक्षर भएको हो । छाता संस्था नेपालले नगरपालिकामा ७५ बालबालिकालाई छात्रवृत्ति वितरण, ५० घर परिवारलाई आय आर्जनमूलक कार्यक्रमसम्बन्धी सहयोग, दुई वटा विद्यालयको विद्यालय वातावरण र शिक्षकको सीप अभिवृद्धिका लागि समुदाय...
-
२०७५ चैत्र २७, बुधबार
सरकारले बनाएका घरले गाउँकै मुहार फेरियो
कुनै बेला घिचिमिची तथा जताततै फोहर देखिने जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ को पिपल्ला तथा राजपुरस्थित ढोलपडा गाउँ हिजोआज निकै भिलिमिली र सफासुग्घर देखिन थालेको छ । झट्ट हेर्दा पर्यटकीयबस्ती जस्तो देखिने उक्त गाउँमा नेपाल सरकारको जनता आवास कार्यक्रमले स्थानीयवासीका घरनिर्माण गर्दा रमाइला देखिएका हुन् । गाउँभरीमा एकै नासका घर र एकै रङ्गका जस्तापाताले छाउँदा गाउँनै रमाइलो देखिएको राजपुरका बासिन्दा...
-
२०७५ चैत्र २७, बुधबार
भारतमा भोलि मतदानः कसले जित्ला चुनाव
भारतमा लोकसभा निर्वाचनका लागि भोलिदेखि मतदान हँुदैछ । निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ । निर्वाचनमा कसले जित्ला भन्ने तर्कहरुले भारतीय अखबारका पाना रंगिएका छन् । टेलिभिजनमा बिहानदेखि साँझसम्मको चर्चा पनि यही छ । तर चुनाव जित्नेको तस्बिर अझै धमिलै छ्, कसैको पक्षमा सङ्लिएको देखिँदैन । तर यतिबेला भने सारा भारतीयहरु प्रधानमन्त्री नरेन्द्र मोदीका पाँच वर्षअघिका बाचा सम्झिएका...
-
२०७५ चैत्र २७, बुधबार
स्थानीय पाठ्यक्रममा बिपीदेखि विकलसम्म
शैक्षिक सत्र २०७६ देखि नै लागू गर्ने गरी गोकर्णेश्वर नगरपालिकाले स्थानीय पाठ्यक्रम पारित गरेको छ । नगरपालिकाका आधारभूत तहका शिक्षण संस्थामा लागू गर्नेगरी कार्यपालिकाको बैठकले पाठ्यक्रम स्वीकृत गरेको प्रवक्ता एवं वडाध्यक्ष मनोजकुमार ढुङ्गानाले जानकारी दिनुभयो । नगरपालिकाभरका सबै विद्यालयले एउटा विषय स्थानीय पाठ्यक्रमका पाठ्यपुस्तक समावेश गर्नुपर्नेछ । पाठ्यक्रम पारित गरी पाठ्यपुस्तक छाप्न दिइएको...


