STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ बैशाख २, सोमबार

    चिनियाँ ठेकेदारहरु रेलमार्ग निर्माणका लागि मलेसिया फर्किए

    मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले सत्ताको बागडोर सम्हाल्नासाथ स्थगित गर्नुभएको चिनियाँ लगानीको ठूलो पूर्वाधार परियोजना पुनः शुरु गर्न सोमबार चिनियाँ कम्पनीलाई आग्रह गर्नुभएको छ । देशका लागि चिनियाँ लगानी आर्थिक बोझ हुने भन्दै वयोवृद्ध प्रधानमन्त्री महाथिरले रेलमार्ग निर्माण कार्यलाई स्थगित गरिदिनु भएको थियो । गत वर्ष मे महिनामा सम्पन्न संसदको चुनावमा विजयी भएपछि महाथिरले “पूर्वी तटीय...

  • २०७६ बैशाख २, सोमबार

    सेतो मच्छेन्द्रनाथको रथ हनुमानढोकामा

    वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथलाई आइतबार राति हनुमानढोका दरबार अघि पु¥याइएको छ । असनबाट बेलुकी ५ बजे तान्न शुरु गरिएको रथ राति हनुमानढोका दरबार अघि पु¥याएपछि पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लागेको रथ व्यवस्थापन समितिका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यले राससलाई जानकारी दिनुभयो । सोमबार बेलुकी ४ः३० बजे रथ तानेर लगन पु¥याइने छ । रथ लगन पु¥...

  • २०७६ बैशाख २, सोमबार

    पेट्रोलियम खानीको विस्तृत अध्ययन गर्न चिनियाँ टोली आउँदै, दैलेखको पादुका प्राथमिकतामा 

    जनप्रतिनिधिसभाका रुपमा परिचित संविधानसभाले संविधान जारी गरेपछि भारतले नेपालमाथि नाकाबन्दी ग¥यो । पेट्रोलियम पदार्थको आयातमा प्रतिबन्ध लागेपछि देशभित्रै हाहाकार मच्चियो । सरकारले सकेसम्म व्यवस्थापन ग¥यो । त्योसँगसँगै देशभित्रै विभिन्न स्रोतको खोजी भयो । सोही मध्येको एक थियो पेट्रोलियम पदार्थको खानीको खोज तथा अन्वेषण ।  देशभित्रै पेट्रोलियम पदार्थको खानी रहेको भन्दै लामो समयदेखि अध्ययनमै सीमित...

  • २०७६ बैशाख २, सोमबार

    पदमार्ग निर्माण अलपत्र 

    स्थानीय सरकार, प्रवासी र निजी क्षेत्रको त्रिपक्षीय साझेदारीमा सञ्चालित म्याग्दीको मोना–बेनी–लभ्लीहिल पदमार्गको निर्माण कार्य अलपत्र बनेको छ ।  गत भदौमा शिलान्यास भएर चार महीनापछि पुस पहिलो हप्तादेखि निर्माण शुरु भएको बेनीदेखि पर्यटकीयस्थल लभ्लीहिल जोड्ने पदमार्ग निर्माण कार्य विगत एक महीनादेखि रोकिएको छ ।  साझेदार निकायबीचको असमझदारी, अविश्वास र ढिलासुस्तीका कारण बेनी नगरपालिकाले म्याग्दी...

  • २०७६ बैशाख २, सोमबार

    ‘सशस्त्र प्रहरी मुलुकको शान्तिसुरक्षामा प्रतिबद्ध’

    सशस्त्र प्रहरी बल नेपालले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न शान्तिसुरक्षाको क्षेत्रमा प्रतिबद्ध भएर लागेको बताएको छ । सशस्त्र प्रहरी बलले आज पत्रकार सम्मेलन गरी मुलुकको विकासका लागि तीनै तहको सरकारसँग सहकार्य गरेर काम गरिरहेको बताएको हो ।  सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मुलुक र जनताका लागि सीमा सुरक्षालाई सुदृढ बनाउँदै लगिएको बताउनुभयो । “‘समृद्ध नेपाल,...

  • २०७६ बैशाख २, सोमबार

    एक हजार पाँच सय कर्मचारी कारवाहीको सिफारिसमा 

    राष्ट्रिय सतर्कता केन्द्रले चालु आर्थिक वर्षमा अहिलेसम्म एक हजार ५३४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ ।  केन्द्रले अनुशासन पालना नगर्ने ती कर्मचारीलाई कारवाहीका लागि सम्बन्धित कार्यालयलाई सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानले जानकारी दिनुभयो । उहाँका अनुसार ३२ जिल्लाका ५१९ कार्यालयमा छड्के अनुगमन गर्दा समय पालना नगर्ने एक हजार १३५ र तोकिएको पोशाक नलगाउने ३९९ कर्मचारी...

  • २०७६ बैशाख २, सोमबार

    क्याम्पसलाई पुस्तक सहयोग

    गण्डकी सामाजिक गुठी काठमाडौँले चापाकोट क्याम्पसलाई पुस्तक सहयोग गरेको छ । गुठीले आइतबार रु १६ लाख ५० हजार मूल्य बराबरको साहित्य र अन्य विषयका पुस्तक क्याम्पसलाई सहयोग गरेको हो ।  विभिन्न व्यक्ति तथा सामाजिक सङ्घ संस्थाको सहयोगमा सङ्कलित पुस्तक तथा खेलकूदका सामग्री क्याम्पसलाई सहयोगस्वरुप प्रदान गरिएको गुठीका सदस्य कृष्ण आचार्यले बताउनुभयो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोहनप्रसाद आचार्यले...

  • २०७६ बैशाख २, सोमबार

    सालमुनि ‘हाइड्रो पावर’ को काम अन्तिमचरणमा

    बडिकेदार गाउँपालिका–९ विपीनगरस्थित कापडी गाडमा निर्माणाधिन सालमुनि हाइड्रो पावरको काम अन्तिमचरणमा पुगेको छ । उक्त विद्युत् पावर हाउसको विद्युत् उत्पादन क्षमता ३।३३ मेगावाट छ । करीब एक अर्बको लगानीमा निर्माणाधिन सो विद्युत् गृहमा अहिलेसम्म करीब रु ८० करोड खर्च भएको विद्युत् आयोजनाका टनेल ईन्चार्ज मीन पोख्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “ सबै काम अन्तिम चरणमा पुगेको छ, आशा गरांै तोकिएकै समयमा...

  • २०७६ बैशाख २, सोमबार

    वर्षौंदेखि तुइनकै भरमा

    दुर्गम पहाडी जिल्ला जाजरकोटको विकट बस्तीमा अहिले पनि तुइनमा झुन्डिएर स्थानीयले नदी वारपार गर्नुपर्ने बाध्यता रहेको छ । नलगाड नगरपालिका–१ ठुलाबगरकी ४१ वर्षीया हस्तकला घर्ती घरबाट दैनिक तरकारी बिक्री गर्न रिम्नाबजार जानुहुन्छ । तुइनमा झुण्डिएर जाँदा यहाँलाई बाँचिन्छ, कि बाँचिदैन, भन्दै मनमा डरले सातो जाने गरेको छ । बजार जानलाई सहज बाटो छैन । त्यस्तै गरी सोही ठाउँकी गोलाबी पुन, पठवीर पुन, टबबहादुर...

  • २०७६ बैशाख २, सोमबार

    सात वर्षमा पनि बनेन नगरकोट सडक, आन्दोलनको घोषणा

    दुई वर्षमा निर्माणकार्य सम्पन्न भइसक्नुपर्ने भत्केकोपार्टी–नगरकोट सडक सात वर्षमा पनि नबनेपछि स्थानीयवासीले २५१ सदस्यीय नगरकोट सडक पीडित सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । एक्जिम बैंक भारतको सहयोगमा भत्केकोपाटी–खरिपाटी–तेलकोट–नगरकोट खण्डको ४० किमी सडक निर्माण आयोजनाको जिम्मा पाएको शैलुङ कन्ष्ट्रक्सनले सात वर्षमा पनि निर्माण सम्पन्न नगरी सडकलाई अलपत्र बनाएपछि स्थानीय...

  • २०७६ बैशाख २, सोमबार

    मोटरबाटो बन्द हुँदा यात्रुलाई सास्ती

    मुलुककै राजधानीको रुपमा रहेको काठमाडौँमा एक महीनादेखि मोटरबाटो बन्द हुँदा यात्रुले ठूलो सास्ती ब्यहोर्र्नु परेको छ ।  सामाखुशीदेखि ग्रीनल्याण्ड चोकसम्मको मोटरबाटो बन्द हुँदा यात्रुलाई समस्या परेको हो । टोखा नगरपालिका खरीबोट बस्ने रमा न्यौपाने बागबजार जानका लागि सामाखुशी चोक आएर बस चढ्नुपर्ने बाध्यता भएको बताउनुहुन्छ । “लामो समयसम्म बाटो बन्द हुँदा साह्रै गाह्रो भएको छ”, उहाँ भन्नुहुन्छ ।  यस्तै...

  • २०७६ बैशाख २, सोमबार

    नयाँ वर्षसँगै गुराँस उत्सव

    यहाँको पर्यटकीय लेक घुम्टेमा आयोजित ‘गुराँस उत्सव’मा प्रकृतिप्रेमी पर्यटक रमाएका छन् । उत्सव हेर्न पुगेका आन्तरिक पर्यटकले नयाँ वर्ष पनि सँगै मनाए । तीन हजार १२० मिटर उचाइबाट नयाँ वर्ष–२०७६ लाई स्वागत गरे । शनिबार र आइतबार गरी दुई दिनसम्म गुराँस उत्सव चलेको आयोजक गलकोट घुम्टे पर्यटन विकास केन्द्रले जनाएको छ । गुराँस फुल्ने याम र नयाँ वर्षको अवसर पारेर केन्द्रले विगत सात वर्षदेखि ‘गुराँस उत्सव’...

Pages