राष्ट्रिय
-
२०७६ बैशाख ३, मंगलबार
निरपेक्ष बनाउने अभियान चलाउनुको कारण खोज्न माग
आफ्नो देशको संविधानमा धार्मिक राज्य लेख्ने केही पश्चिमा राष्ट्रहरु नेपालको संविधानमा धर्म निरपेक्ष लेख्न सक्रिय हुनुको कारण खोज्न माग गरिएको छ । चैत्र नवरात्रका अवसरमा नेपाल मष्टो प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अन्तर धार्मिक परिषद्का सचिव केशवप्रसाद चौलागाईँले नर्वेको संविधानमा धार्मिक राज्य लेखिएको उल्लेख गर्नुहुँदै नेपाललाई धर्म निरपेक्ष लेख्न नर्वेजियन सरकारी संस्था सक्रिय हुनुको कारण...
-
२०७६ बैशाख ३, मंगलबार
विदेशी सैनिक अधिकृतको आकर्षक केन्द्र बन्दै सैनिक कलेज शिवपुरी
नेपाली सेनाको शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज उच्च शिक्षा हासिल गर्न चाहने विदेशी सैनिकका लागिसमेत आकर्षणको केन्द्र बन्दै गएको छ । उक्त कलेजमा आजदेखि शुरु भएको २६ औँ समूहको कमाण्ड एण्ड स्टाफ कोर्षमा अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा विश्वमा विभिन्न १० मुलुकका १० सैनिक अधिकृत सहभागी रहेको कलेजका कमाण्डडेन्ट एवं उपरथी ईश्वर हमालले जानकारी दिनुभयो । तालीममा बङ्गलादेश, चीन, भारत, लेवनान...
-
२०७६ बैशाख ३, मंगलबार
नेपालमा कफी उत्पादन किसानका लागि रोजगारी
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कृषि क्षेत्रमा विविधीकरण, यान्त्रिकीकरण तथा औद्योगीकरण तथा आधुनिकीकरण गर्नुपर्नेमा जोडदिनुभएको छ । नेपाल चिया तथा कफी विकास बोर्डले सोमबार आयोजना गरेको नेपाल कफी व्यवसाय प्रवद्र्धन सम्मेलन–२०७६ को यहाँ उद्घाटन कार्यक्रममा अध्यक्ष दाहालले नेपालमा १२ लाख हेक्टर जमीनमा कफीखेतीको सम्भावना रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री दाहालले...
-
२०७६ बैशाख ३, मंगलबार
उपभोक्ताको स्वास्थ्यलाई खेलवाड गर्ने हत्यारासरह हुन्–मुख्यमन्त्री राउत
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ताको जीवनसँग खेलबाड गर्नेलाई मृत्युदण्डको सजायको व्यवस्था हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजित उपभोक्ताको मानवअधिकार अवस्था विषयक प्रदेशस्तरीय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले फर्मालिन ९शवलाई गन्हाउन नदिने० औषधिको प्रयोग गरी वस्तु बिक्री गर्ने व्यक्ति मानव हत्यारा हुन् भन्नुभयो । विगतमा काठमाडौँ...
-
२०७६ बैशाख ३, मंगलबार
धान धितो कार्यक्रमले किसानलाई राहत
बुटवल उपमहानगरपालिका– १८ पोखराबारीका कृषक विष्णु गाहाले ३५ क्विन्टल धान धितो राखेर रु ५५ हजार ऋण सापटी लिनुभयो । उहाँले आफूले धानको मूल्य आउनासाथ बिक्री गरेर ऋण तिर्ने सोच बनाउनुभएको छ । त्यस्तै सोही वडा दुबौलीका शोभाकान्त अर्यालले २५ क्विन्टल धान धितो राखेर रु ४० हजार ऋण लिनुभएको छ । अर्का पोखराबारीकै ओमनारायण थारूले ३० क्विन्टल धान धितो राखेर रु ५० हजार ऋण लिनुभएको छ । उक्त ऋणवापत सबैले आफूले...
-
२०७६ बैशाख २, सोमबार
क्याम्पसलाई पुस्तक सहयोग
गण्डकी सामाजिक गुठी काठमाडौँले चापाकोट क्याम्पसलाई पुस्तक सहयोग गरेको छ । गुठीले आइतबार रु १६ लाख ५० हजार मूल्य बराबरको साहित्य र अन्य विषयका पुस्तक क्याम्पसलाई सहयोग गरेको हो । विभिन्न व्यक्ति तथा सामाजिक सङ्घ संस्थाको सहयोगमा सङ्कलित पुस्तक तथा खेलकूदका सामग्री क्याम्पसलाई सहयोगस्वरुप प्रदान गरिएको गुठीका सदस्य कृष्ण आचार्यले बताउनुभयो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोहनप्रसाद आचार्यले...
-
२०७६ बैशाख २, सोमबार
एक हजार पाँच सय कर्मचारी कारवाहीको सिफारिसमा
राष्ट्रिय सतर्कता केन्द्रले चालु आर्थिक वर्षमा अहिलेसम्म एक हजार ५३४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले अनुशासन पालना नगर्ने ती कर्मचारीलाई कारवाहीका लागि सम्बन्धित कार्यालयलाई सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानले जानकारी दिनुभयो । उहाँका अनुसार ३२ जिल्लाका ५१९ कार्यालयमा छड्के अनुगमन गर्दा समय पालना नगर्ने एक हजार १३५ र तोकिएको पोशाक नलगाउने ३९९ कर्मचारी...
-
२०७६ बैशाख २, सोमबार
वर्षौंदेखि तुइनकै भरमा
दुर्गम पहाडी जिल्ला जाजरकोटको विकट बस्तीमा अहिले पनि तुइनमा झुन्डिएर स्थानीयले नदी वारपार गर्नुपर्ने बाध्यता रहेको छ । नलगाड नगरपालिका–१ ठुलाबगरकी ४१ वर्षीया हस्तकला घर्ती घरबाट दैनिक तरकारी बिक्री गर्न रिम्नाबजार जानुहुन्छ । तुइनमा झुण्डिएर जाँदा यहाँलाई बाँचिन्छ, कि बाँचिदैन, भन्दै मनमा डरले सातो जाने गरेको छ । बजार जानलाई सहज बाटो छैन । त्यस्तै गरी सोही ठाउँकी गोलाबी पुन, पठवीर पुन, टबबहादुर...
-
२०७६ बैशाख २, सोमबार
सालमुनि ‘हाइड्रो पावर’ को काम अन्तिमचरणमा
बडिकेदार गाउँपालिका–९ विपीनगरस्थित कापडी गाडमा निर्माणाधिन सालमुनि हाइड्रो पावरको काम अन्तिमचरणमा पुगेको छ । उक्त विद्युत् पावर हाउसको विद्युत् उत्पादन क्षमता ३।३३ मेगावाट छ । करीब एक अर्बको लगानीमा निर्माणाधिन सो विद्युत् गृहमा अहिलेसम्म करीब रु ८० करोड खर्च भएको विद्युत् आयोजनाका टनेल ईन्चार्ज मीन पोख्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “ सबै काम अन्तिम चरणमा पुगेको छ, आशा गरांै तोकिएकै समयमा...
-
२०७६ बैशाख २, सोमबार
मोटरबाटो बन्द हुँदा यात्रुलाई सास्ती
मुलुककै राजधानीको रुपमा रहेको काठमाडौँमा एक महीनादेखि मोटरबाटो बन्द हुँदा यात्रुले ठूलो सास्ती ब्यहोर्र्नु परेको छ । सामाखुशीदेखि ग्रीनल्याण्ड चोकसम्मको मोटरबाटो बन्द हुँदा यात्रुलाई समस्या परेको हो । टोखा नगरपालिका खरीबोट बस्ने रमा न्यौपाने बागबजार जानका लागि सामाखुशी चोक आएर बस चढ्नुपर्ने बाध्यता भएको बताउनुहुन्छ । “लामो समयसम्म बाटो बन्द हुँदा साह्रै गाह्रो भएको छ”, उहाँ भन्नुहुन्छ । यस्तै...
-
२०७६ बैशाख २, सोमबार
सात वर्षमा पनि बनेन नगरकोट सडक, आन्दोलनको घोषणा
दुई वर्षमा निर्माणकार्य सम्पन्न भइसक्नुपर्ने भत्केकोपार्टी–नगरकोट सडक सात वर्षमा पनि नबनेपछि स्थानीयवासीले २५१ सदस्यीय नगरकोट सडक पीडित सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । एक्जिम बैंक भारतको सहयोगमा भत्केकोपाटी–खरिपाटी–तेलकोट–नगरकोट खण्डको ४० किमी सडक निर्माण आयोजनाको जिम्मा पाएको शैलुङ कन्ष्ट्रक्सनले सात वर्षमा पनि निर्माण सम्पन्न नगरी सडकलाई अलपत्र बनाएपछि स्थानीय...
-
२०७६ बैशाख २, सोमबार
नयाँ वर्षसँगै गुराँस उत्सव
यहाँको पर्यटकीय लेक घुम्टेमा आयोजित ‘गुराँस उत्सव’मा प्रकृतिप्रेमी पर्यटक रमाएका छन् । उत्सव हेर्न पुगेका आन्तरिक पर्यटकले नयाँ वर्ष पनि सँगै मनाए । तीन हजार १२० मिटर उचाइबाट नयाँ वर्ष–२०७६ लाई स्वागत गरे । शनिबार र आइतबार गरी दुई दिनसम्म गुराँस उत्सव चलेको आयोजक गलकोट घुम्टे पर्यटन विकास केन्द्रले जनाएको छ । गुराँस फुल्ने याम र नयाँ वर्षको अवसर पारेर केन्द्रले विगत सात वर्षदेखि ‘गुराँस उत्सव’...


