राष्ट्रिय
-
२०७६ बैशाख ४, बुधबार
रातो हाब्रे पदमार्ग घोषणा
प्रदेश नं–३ का उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले स्याफ्रुदेखि लाङटाङ क्याङ्जेनसम्मको पर्यटकीय पदमार्गलाई रातो हाब्रे ९रेडपाण्डा० पदमार्ग घोषणा गर्नुभएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र समिति र गोसाइँकुण्ड गाउँपालिकाको संयुक्त आयोजनामा धुञ्चेमा सञ्चालित १०औँ हाबे्र संरक्षण दिवस एवं सातौँ लाङटाङ पर्यटन तथा संरक्षण उत्सवको उद्घाटन गर्दै मन्त्री नेपालले विशेष...
-
२०७६ बैशाख ४, बुधबार
भर्ना अभियानमा परिचालित हुन युवाविद्यार्थीलाई आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय भर्ना अभियान सफल बनाउन विभिन्न युवा विद्यार्थी सङ्गठनलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित अन्तरक्र्रियामा उहाँले गत वर्षदेखि विशेष रुपले शुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न विद्यार्थी र युवालाई आग्रह गर्नुभयो । युवा र विद्यार्थीले अब सिर्जनशील समाज सुधारका काममा लाग्नका लागि कुनै अवरोध नरहेको...
-
२०७६ बैशाख ४, बुधबार
ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण
काठमाडौँ महानगरपालिकाले सामाजिक सुरक्षाभत्ता लिने सबै ज्येष्ठ नागरिकलाई सबै प्रकारका रोगको निःशुल्क परीक्षण शुरु गरेको छ । कामपाको वडा नं १५ बाट मेयर निःशुल्क स्वास्थ्य परीक्षण शुरु गरिएको यस कार्यक्रमअन्तर्गत सामाजिक सुरक्षाभत्ता लिने सबै ज्येष्ठ नागरिकलाई २० प्रतिशतसम्म औषधिमा समेत छुटको व्यवस्था गरी शुरु गरेको जानकारी दिइएको छ । पहिलो चरणमा १५ वडामा रहेका करीब एक हजार ६०० सामाजिक सुरक्षाभत्ता...
-
२०७६ बैशाख ४, बुधबार
मेडिकल कलेजबाट रु छ करोड उठ्न बाँकी
चिकित्साशास्त्र अध्ययन संस्थान डीनको कार्यालयअन्तर्गत सम्बन्धन पाएका १० मेडिकल कलेजहरुबाट रु छ करोड छ लाख ८१ हजार संस्थागत शुल्क उठ्न बाँकी रहेको देखिएको छ । मेडिकल कलेजहरुले छ÷छ महीनामा वित्तीय विवरण पेश गर्नुपर्नेमा डीन कार्यालयले सोको अभिलेख नराखेको पाइएको प्रतिवेदनमा उल्लेख छ । त्रिविका सबै निकायले लेखा परीक्षण नगराएकाले सुधार गर्नुपर्ने महालेखा परीक्षकको प्रतिवेदनमा औँल्याइएको हो ।...
-
२०७६ बैशाख ४, बुधबार
स्याफ्रु–मैलुङ सडक मर्मत
सवारी साधन गुढाउन असहज भएपछि नेपाली काङ्ग्रेसले स्याफ्रु–मैलुङ खण्डको अन्तर्रास्ट्रिय राजमार्गमा सुधारका कार्य अगाडि बढाएको छ । काङ्ग्रेस रसुवाले दिएको जानकारी अनुसार स्याफ्रबेंशी नजिक छोकलदेखि मैलुङसम्मको १७ किमि दुरीको भू–भागमा गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुवेँशी सडक सुधार आयोजनाले गरेको सुधारका काम यथेष्ट नभएपछि सुधारको कार्य अगाडि बढाइएको हो । अन्तर्राष्ट्रिय राजमार्ग सहज तरीकाले सञ्चालन...
-
२०७६ बैशाख ४, बुधबार
कुखुरापालकलाई जैविक सुरक्षा सचेतना
केन्द्रीय राजधानी काठमाडौँलगायत छिमेकी जिल्ला मकवानपुर र भक्तपुरमा बर्डफ्लुजन्य सङ्क्रमण देखिएपछि जिल्लास्थित भेटेनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्रले कुखुरापालक किसानलाई जैविक सुरक्षा ९बायो सेक्युरिटी० सचेतना अभियान थालेको छ । प्राविधिक संलग्न सचेतना टोलीले व्यावसायिक कुखुरापालन गर्दै आएका जिल्लाका किसानका फार्ममा पुगेर जैविक–सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्दै आएको केन्द्र प्रमुख डा...
-
२०७६ बैशाख ४, बुधबार
वंशजको नागरिकता लिन बिहानैदेखि घुइँचो
जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका आमा र बाबुका सन्तानलाई वंशजको नागरिकता दिन सर्वोच्च अदालतले मङ्गलबार फैसला गरेपछि आज नागरिकता लिन झापाको जिल्ला प्रशासन कार्यालयमा बिहानैदेखि घुइँचो लागेको छ । झापा जिल्ला प्रशासन कार्यालयको मूलगेट खुल्नु अगावै बिहान ८ बजेदेखि बाहिर सेवाग्राही लामबद्ध भएका छन् । विसं २०६३ मा जन्मको आधारमा नेपाली नागरिकता पाएका आमा र बुबाको सन्तानले लामो अवधिसम्म...
-
२०७६ बैशाख ४, बुधबार
‘सीप’ कार्यक्रम सञ्चालन
मुलुकमा रहेको बेरोजगारीको समस्यालाई न्यून गर्न आगामी चार वर्षमा ९० हजार युवालाई रोगारीको अवसर प्रदान गरिने भएको छ । युकेएड ९संयुक्त अधिराज्यको सहयोग०द्वारा सञ्चालन गर्न लागिएको ‘सीप’ कार्यक्रममार्फत ९० हजारभन्दा बढीलाई रोजगारी प्रदान गरिने आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । रोजगारीको अवसर प्राप्त गरेपछि उनीहरुको आम्दानीमा कम्तीमा २० प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ । कूल रोजगार...
-
२०७६ बैशाख ४, बुधबार
एक सय गोही राप्तीमा छाडियो
चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०० घडियाल गोही यस आर्थिक वर्षमा राप्ती नदीमा छाडिएको छ । यससँगै हालसम्म राप्तीमा छाडिएका गोहीको सङ्ख्या ७८५ पुगेको छ । विगत १६ वर्षदेखि सो प्रजनन केन्द्र हेर्दै आउनुभएका निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार पटक–पटक गरी माघयता ती गोही कसरा नजिकैबाट राप्ती नदीमा छाडिएको हो । अन्दाजी पाँच वर्ष उमेरका गोही...
-
२०७६ बैशाख ४, बुधबार
ताला लगाइएको मल्लकालीन गलकोट दरबार
तत्कालीन बाइसे चौबीसे राज्यको गलकोट दरबार संरक्षणका अभावमा जीर्ण बन्दै गएको छ । आन्तरिक एवं बाह्य पर्यटकको आकर्षणको केन्द्र रहेको दरबार संरक्षणमा सरोकार पक्षले चासो नदिँदा ऐतिहासिक एवं राजनीतिक महत्वको दरबार संरक्षणविहीन बन्न पुगेको छ । इतिहासअनुसार गलकोट राज्यमा राजा जितारी मल्लपछि क्रमशः पार्थिव मल्ल, विभू मल्ल, श्रीपति मल्ल, श्रीदत्त मल्ल, पृथ्वीपति मल्ल, नारायण मल्ल, श्रीनिवास मल्ल र जगत...
-
२०७६ बैशाख ४, बुधबार
सामुदायिक विद्यालयमा प्रवेश परीक्षा लिएर विद्यार्थी छानिँदै
सामुदायिक विद्यालयको गुणस्तर सुध्रिएपछि विद्यार्थी भर्नाकै लागि प्रवेश परीक्षा लिने तयारी शुरु भएको छ । गोकर्णेश्वर नगरपालिका–४ स्थित गोकर्ण माध्यमिक विद्यालयमा यो शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्न आउने अभिभावकको चाप बढेपछि प्रवेश परीक्षा लिने तयारी शुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामदास श्रेष्ठले जानकारी दिनुभयो । विद्यालयमा शैक्षिक सत्र २०७५ मा ५५५ जना विद्यार्थी अध्ययनरत थिए...
-
२०७६ बैशाख ४, बुधबार
किसानसंँग कृषि ज्ञान केन्द्रको सम्झौता
प्रदेश सरकारअन्तर्गत कृषि ज्ञान केन्द्रमार्फत काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा प्राप्त भएको बजेट खर्चको कार्यान्वयन बल्ल मङ्गलबारदेखि शुरु भएको छ । अर्को आर्थिक वर्ष शुरु हुन तीन महीना बाँकी रहँदा कृषि ज्ञान केन्द्रअन्तर्गतको कृषि कार्यक्रमको योजना मङ्गलबार सम्झौता भएको हो । प्रदेश सरकारबाट प्राप्त प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट र ब्लक गरी दुई प्रकारले बाली कार्यक्रम सम्झौता...


