राष्ट्रिय
-
२०७६ बैशाख ४, बुधबार
धार्चेमा व्यावसायिक स्याउ खेती शुरु
उत्तरी गोरखाको धार्चे गाउँपालिकामा व्यावसायिक स्याउ खेती शुरु गरिएको छ । स्याउ खेतीको उच्च सम्भावना रहेको धार्चेमा अहिलेसम्म पनि व्यावसायिक स्याउ खेतीको विकास हुन नसकेपछि गाउँपालिकाले नै पहिलो चरणमा १४ सय उन्नत जातका स्याउको बेर्ना वितरण गरी व्यावसायिक खेतीलाई प्रोत्साहन गर्ने काम शुरु गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो । “अहिले सबै वडाहरुमा परीक्षणको रुपमा दुई–दुई...
-
२०७६ बैशाख ४, बुधबार
चुँडाललाई ‘उत्कृष्ट नागरिक’ सम्मान
चन्द्रगढी विमानस्थल कार्यालयका प्रमुख पूर्ण चुडाललाई २०७५ सालको ‘उत्कृष्ट नागरिक’ सम्मान प्रदान गरिने भएको छ । वीरता जेसीजका पूर्वअध्यक्षहरुले विसं २०५२ मा स्थापना गरेको उक्त सम्मान हरेक वर्ष एउटा विधामा विशिष्ट सामाजिक योगदान पु¥याएका झापाका प्रतिभाशाली व्यक्तिलाई प्रदान गरिँदै आएको छ । वीरता जेसीजद्वारा गठित तीन सदस्यीय निर्णायक समितिले चन्द्रगढी विमानस्थलका प्रबन्धक चुँडाललाई राष्ट्रसेवा...
-
२०७६ बैशाख ४, बुधबार
कुलेखानी तेस्रो र माथिल्लो त्रिशुली थ्री ए निर्माण सकिँदै
लामो समयसम्म समस्यामा फसेका नेपाल विद्युत् प्राधिकरणका दुई आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेका छन् । ती आयोजनाले केही दिन भित्रै विद्युत् उत्पादन गर्ने तयारी गरिरहेको छ । निर्माण व्यवसायीको अवरोध, ‘गोरखा भूकम्प’, भारतको नाकाबन्दी जस्ता समस्यामा फसेका माथिल्लो त्रिशुली थ्री बी र कुलेखानी तेस्रो आयोजनाले विद्युत् उत्पादनको अन्तिम तयारी गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी...
-
२०७६ बैशाख ४, बुधबार
विधेयक पारित
प्रदेश नं १ मा ‘प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ ’ पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो विधेयकसभामा पेश गर्नुभएको थियो । त्यस्तै ‘गाउँ तथा नगरसभाका सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५’ लाई संशोधन गर्न बनेको विधेयक सदनमा विचार गरियोस् भन्ने प्रस्ताव...
-
२०७६ बैशाख ४, बुधबार
सिरहा अस्पतालमा औषधिको चरम अभाव
जिल्ला अस्पताल सिरहामा औषधिको चरम आभाव भएको छ । विगत एक वर्षदेखि औषधिको आपूर्ति हुन नसक्दा जिल्ला अस्पतालमा औषधिको चरम आभाव भएको हो । कूल ५० श्ययाको उक्त अस्पतालमा हाल कुनै पनि औषधि नरहेको अस्पतालले जनाएको छ । जिल्ला अस्पतालबाट ७० प्रकारको औषधि निःशुल्क वितरण गर्ने व्यवस्था छ । निःशुल्क वितरण गर्ने भनिए पनि जिल्ला अस्पताल सिरहामा अहिले कुनै प्रकारको औषधि नरहेको अस्पतालका अस्पतालका मेडिकल...
-
२०७६ बैशाख ४, बुधबार
मकै खेतीमा कृषकको सङ्लग्नता बढ्दै
बाँके जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । तीन वर्षदेखि सञ्चालन हुँदै आएको परियोजनाको शुरुआती चरणमा जिल्लाका १० समूह र सहकारीमा आबद्ध कृषकहरुबाट ३५० हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएकोमा अहिले ३५ कृषक समूहबाट ६२१ हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको छ । बाँकेका परियोजना प्रमुख दवेशकुमार मिश्रकाअनुसार, दुई वर्षको...
-
२०७६ बैशाख ४, बुधबार
स्वरोजगारका लागि निव्र्याजी ऋण
जुम्लाको तातोपानी गाउँपालिकाले लक्षित वर्ग र गरीबी न्यूनीकरणका लागि निव्र्याजी ऋण उपलब्ध गराउने भएको छ ।गाउँपालिकाको हिउँदे गाउँसभाबाट निव्र्याजी ऋणसम्बन्धी कार्यविधि २०७५ जारी गरेको छ । विदेश पलायन हुने युवालाई लक्षित गरेर निव्र्याजी ऋण उपलब्ध गराउने व्यवस्था गाउँपालिकाले गरेको हो । व्यवसाय गर्ने व्यक्ति, समूह र संस्थालाई उनीहरुले अङ्गालेको पेशालाई सहयोग गर्ने ध्ययले निव्र्याजी ऋण उपलब्ध गराउने...
-
२०७६ बैशाख ४, बुधबार
त्रिविको बेरुजु रु २१ अर्बभन्दा बढी
चालू आर्थिक वर्षमा त्रिभुवन विश्वविद्यालयको बेरुजु रु २१ अर्ब १२ करोड ७२ लाख ३१ हजार पुगेको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७४÷७५ को रु दुई अर्ब ८९ करोड ४२ लाख १९ हजार थप भई चालू आर्थिक वर्षमा त्रिभुवन विश्वविद्यालयको बेरुजु रु २१ अर्ब १२ करोड ७२ लाख ३१ हजार पुगेको हो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत ५८ निकायको दुई आर्थिक वर्षको लेखा परीक्षण...
-
२०७६ बैशाख ४, बुधबार
कुलेखानी तेस्रो र माथिल्लो त्रिशुली थ्री ए निर्माण सकिँदै
लामो समयसम्म समस्यामा फसेका नेपाल विद्युत् प्राधिकरणका दुई आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेका छन् । ती आयोजनाले केही दिन भित्रै विद्युत् उत्पादन गर्ने तयारी गरिरहेको छ । निर्माण व्यवसायीको अवरोध, ‘गोरखा भूकम्प’, भारतको नाकाबन्दी जस्ता समस्यामा फसेका माथिल्लो त्रिशुली थ्री बी र कुलेखानी तेस्रो आयोजनाले विद्युत् उत्पादनको अन्तिम तयारी गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी...
-
२०७६ बैशाख ४, बुधबार
सभापति देउवाद्वारा दुःख व्यक्त
नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल समाचारपत्रका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । कामना प्रकाशनका संस्थापक अध्यक्षसमेत रहनुभएका श्रेष्ठको ६० वर्षको उमेरमा आज बिहान काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । सभापति देउवाले आज एक विज्ञप्ति जारी गर्दै लामो...
-
२०७६ बैशाख ४, बुधबार
पार्टी एकता चिनी पानीको मिश्रण मन्त्री विष्ट
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र पार्टीबीचको एकीकरण चिनी पानीको मिश्रण जस्तै भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० गलकोट नगर कमिटिले आज हटियामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा नेकपाका नेता तथा मन्त्री विष्टले पार्टी फुट्ने कुरा इतिहासले नस्वीकार्ने भन्दै नेकपाको एकता बालुवा पानीको मिश्रण नभएर चिनी पानीको मिश्रण भएको...
-
२०७६ बैशाख ४, बुधबार
सामुदायिक विद्यालय प्रविधिमैत्री
गलकोट नगरपालिका–७ मल्मस्थित जनहित माध्यमिक विद्यालयले ‘डिजिटल स्कुल सफ्टवेयर’ सञ्चालनमा ल्याएको छ । पढाइको गुणस्तर सुधार र व्यवस्थापन चुस्त बनाउन ‘सफ्टवयर’ प्रविधि उपयोगी हुने विश्वास लिइएको छ । प्रविधिमैत्री वातावरण बनाउँदा विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढ्ने देखिन्छ । यहीबेला नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना अभियान चलिरहेको छ । ‘सफ्टवेयर’मार्फत् विद्यालय प्रशासन, शिक्षक,...


