राष्ट्रिय
-
२०७६ बैशाख ६, शुक्रबार
ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता
सरकारले काठमाडौँ उपत्यकामा काम गर्ने ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता दिने भएको छ । धुलो, धुँवा र अन्य कार्यालयमा भन्दा बढी समय सेवामा खटिनुपर्ने भएकाले ट्राफिक प्रहरीलाई सरकारले भत्ता दिन लागेको हो । भत्ताको व्यवस्थासहित ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका–२०७५ समेत स्वीकृत भएको छ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरीमा कार्यरत कार्यालय सहयोगी...
-
२०७६ बैशाख ६, शुक्रबार
आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दा होइन– प्रधानसेनापति
नेपाली सेनाले आर्थिक अपारदर्शीता, ‘चेनआफ कमाण्ड’ उल्लङ्घन र अनुशासन विपरीत गतिविधिका सम्बन्धमा सङ्गठनभित्र कठोर नीति अवलम्बन गर्ने भएको छ ।‘सैनिक सदाचारको उत्साह’ भन्ने नाराका साथ आजदेखि शुरुभएको सैनिक आचारसंहिता सप्ताह शुभारम्भ गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दाजस्तो नभएकाले यसको पालना नगर्र्नेलाई कारवाहीको दायरामा ल्याइने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो...
-
२०७६ बैशाख ६, शुक्रबार
स्ट्रेचर वितरण
सिलिचोङ गाउँपालिकाको दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बढाउन स्टे«चर वितरण गरिएको छ ।उक्त गाउँपालिका समन्वय समितिले स्ट्रेचर खरीदका लागि गत असोज महीनादेखि रकम सङ्कलन अभियान गरी उठेको सहयोगबाट स्टेचर खरीद गरेको हो । सो अभियानमार्फत देश तथा विदेशमा रहेका सिलिचोङवासीबाट आठ लाख ४१ हजार रकम सङ्कलन भएको र त्यसबाट १२३ थान स्ट्रेचर खरीद गरिएको समितिका अध्यक्ष संयोगान्त कुलुङले जानकारी दिनुभयो ।...
-
२०७६ बैशाख ६, शुक्रबार
शिक्षालाई सीप र श्रमसँग जोड्नुपर्छ
नेपालको शिक्षा नीतिलाई सीप र श्रमसँग जोड्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । सञ्चार केन्द्र नेपालले बिहीबार आयोजना गरेको ‘नेपालको वर्तमान शिक्षा प्रणाली र आजको आवश्यक शिक्षा नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटीइभिटी का सदस्य सचिव पुष्परमण वाग्लेले अब नेपालको शिक्षा प्रणाली उत्पादनसँग जोडिने र दक्ष जनशक्ति उत्पादन गर्ने हुनुपर्ने बताउनुभयो । अब...
-
२०७६ बैशाख ६, शुक्रबार
रसुवागढीका स्वास्थ्यकर्मीलाई प्रशिक्षण
उत्तरी नाका रसुवागढीबाट ओहोरदोहोर गर्ने पर्यटकको स्वास्थ्य परीक्षणमा सहजता ल्याउन सीमा क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई बिहीबार पहिलो प्रशिक्षण दिइएको छ । स्वास्थ्य सेवा विभागको आयोजनामा नेपाल–चीनबीच रसुवागढी नाकाबाट ओहोरदोहोर गर्ने पर्यटकको स्वास्थ्य परीक्षणमा थप सहयोग पु¥याउन त्यहाँ स्थापित हेल्थडेस्क, टिमुरे स्वास्थ्यचौकी, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालका प्राविधिक कर्मचारीलाई दुई दिने...
-
२०७६ बैशाख ५, बिहिबार
सेतो मत्स्येन्द्रनाथ जनबहालमै, क्षमा पूजा गरिँदै
वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथलाई बुधबार बेलुकी लगनमा विशेष पूजा गरेर सानो रथमा राखी पुजारीले मत्स्येन्द्रबहालस्थित मन्दिरमा प्रवेश गराएका छन् । बुधबार राति मत्स्येन्द्रबहाल ९जनबहाल० ल्याइएको सेतो मत्स्येन्द्रनाथको आज बिहान क्षमा पूजा गरी मूर्तिलाई पुरानै स्थानमा राखेपछि यो जात्रा समाप्त हुने रथ व्यवस्थापन समितिका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका–२५ का अध्यक्ष नीलकाजी शाक्यले...
-
२०७६ बैशाख ५, बिहिबार
भूकम्प प्रभावित सूचीमा छुटेकाको सूचीकरण गर्ने काममा तीव्रता
काठमाडौँ महानगरपालिकाले भूकम्प प्रभावित सूचीमा छुटेकाको पहिचान र सूचीकरण गर्ने कामलाई तीव्रता दिएको छ । विसं २०७२ को भूकम्पका कारण काठमाडौँ उपत्यकासहित मुलुकका १४ जिल्ला अति प्रभावित भएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गएको कात्तिक १९ गते स्वीकृत गरेको ‘छुट तथा पुनःजाँच सर्वेक्षण कार्य सञ्चालनसम्बन्धी कार्यविधि २०७५’ बमोजिम छुटेका प्रभावितको सूचीकरण गर्न कामपाले तीव्रता दिएको हो ।...
-
२०७६ बैशाख ५, बिहिबार
विद्यार्थी भर्ना अभियान तीव्र
कञ्चनपुरका विभिन्न स्थानीय तहमा विद्यार्थी भर्ना अभियानले तीव्रता पाएको छ । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔँ’ भन्ने नाराका साथ यहाँका नौ वटै स्थानीय तहमा विद्यार्थी भर्ना अभियान शुरु भएको हो । भीमदत्त नगरपालिकाको शिक्षा शाखाले पनि नगरपालिकाका १९ वटै वडामा उत्साहका साथ सामुदायिक विद्यालयका प्रधानाध्यापक, वडा प्रतिनिधि र अभिभावकहरु विद्यार्थी भर्ना अभियानका लागि घरदैलोमा...
-
२०७६ बैशाख ५, बिहिबार
प्रहरी अस्पतालमा ‘शिशु स्याहार केन्द्र’ स्थापना
नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा ‘शिशु स्याहार केन्द्र’ स्थापना गरिएको छ । नेपाल प्रहरी अस्पतालको ३५ औँ वार्षिकोत्सवका अवसरमा आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ‘शिशु स्याहार केन्द्र’ तथा विशिष्ट व्यक्तिको उपचारका लागि स्थापना गरिएको ‘भिआइपी कक्ष’को उद्घाटन गर्नुभएको हो । विसं २०४० चैत २७ गते २५ श्ययाबाट शुरु भएको सो अस्पतालमा अहिले १५० श्यया रहेको छ । सो अवसरमा महानिरीक्षक खनालले प्रहरी...
-
२०७६ बैशाख ५, बिहिबार
गिद्ध बढे
कुनै बेला वीरलै देखिने गिद्ध हिजोआज यहाँका जिल्लामा प्रशस्तै देखिन थालेका छन् । केही वर्षअघिसम्म यदाकदा मात्रै देखा पर्ने गिद्ध अहिले प्रशस्त छन् । जिल्लामा गिद्धको सङ्ख्या कति छ भनेर गणना नभएपनि अहिले ३०० देखि ६०० मिटरको उचाइमा प्रशस्त देख्न पाइन्छ । खप्तड राष्ट्रिय निकुञ्जलगायत अन्य उच्च लेकाली क्षेत्रमा हिमाली गिद्धको सङ्ख्यामा वृद्धि भएको जिल्लास्थित खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले...
-
२०७६ बैशाख ५, बिहिबार
४८ वर्षपछि खानेपानी
दाङको लमही नगरपालिका–६ स्थित कुलमोहरवासी खानेपानीको सुविधा भएपछि खुशी छन् । नगरपालिकाकै विकट क्षेत्र पर्ने कुलमोहरमा यसअगाडि धेरै नेता आए विकास दिन्छु भने तर कसैले सिन्को भाँचेनन् । विकास गर्न धेरै बाँकी रहेको कुलमोहरमा पहिलो पटक धारामा पानी खसेपछि विकासको महसुस हुन थालेको स्थानीयवासी श्यामसिंह गिरीले बताउनुहुन्छ । “साह्रै पछाडि परेको गाउँ हो हजुर यो, खानेपानीको धेरै समस्या थियो,” गिरीले भन्नुभयो...
-
२०७६ बैशाख ५, बिहिबार
बज्रयोगिनी जात्रा शुक्रबारदेखि
नेपालको ऐतिहासिक तथा सांस्कृतिक शहर साँखुमा आठ दिनसम्म मनाइने बज्रयोगिनी जात्रा भोलि शुक्रबार देखि शुरु हुने भएको छ । वैशाख ६ गतेदेखि शुरु हुने जात्राको लागि चैतेदशैँमा पाँच थकाली गुर्जुसहित स्थानीय नगरवासीका तर्फबाट मूल बज्रयोगगिनी देवीलाई दाम, सुपारी र स्वयम्भू चैत्य चढाएर निमन्त्रणा गर्ने परम्परा छ । चैत्र शुल्क पूर्णिमादेखि वैशाख कृष्ण अष्टमीसम्म चल्ने तीन हजार ३०० वर्षदेखि शुरु भएको...


