STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चिराइतो खेतीबारे तालीम

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ६, शुक्रबार

अपी हिमाल गाउँपालिकामा किसानलाई चिराइतो खेती उत्पादनसम्बन्धी तालीम दिइएको छ । उच्च  हिमाली क्षेत्रको सो ठाउँमा चिराइतो उत्पादन हुने भएकाले किसानलाई ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना र उक्त गाउँपालिकाले संयुक्तरूपमा सो तालीम दिएको हो । तालीममा चिराइतोको बीउ उत्पादन, नर्सरी निर्माण, तथा बिक्री वितरणबारे जानकारी दिइएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जीविकोपार्जन अधिकृत राजेन्द्रप्रसाद गिरीले जानकारी दिनुभयो ।
चिसो मौसम र उच्च भूभाग भएका कारण चिराइतो उत्पादनको सम्भावना राम्रो छ, उहाँले भन्नुभयो, “किसानलाई व्यावसायिक रुपमा चिराइतोमा लगाउन सके जीविकोपार्जनको राम्रो स्रोत बन्ने छ । सबै वडाका  बासिन्दा चिराइतोमा आकर्षण भएकाले करिव दुई दर्जन महिला पुरुष छनोट गरी तालीममा सहभागी गराइएको थियो ।  तालीमका क्रममा किसानले अपी वडा नं४स्थित  चौविसनमा चिराइतको नमूना खेती गरेका थिए । स्थानीय खण्डेश्वरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं व्यावसायी पोखरसिंह रोकायाका अनुसार खण्डेश्वरीमा मौसम अनुकुल भएकाले  विगतदेखि नै चिराइतो खेती हुँदै आएको छ ।  विविध जडीबुटी पाइने यस गाउँपालिकामा मौसम सुहाउँदो खेती प्रणालीमा जोड दिइने गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्यालले  बताउनुभयो ।
Categorized in राष्ट्रिय