राष्ट्रिय
-
२०७६ बैशाख ४, बुधबार
ताला लगाइएको मल्लकालीन गलकोट दरबार
तत्कालीन बाइसे चौबीसे राज्यको गलकोट दरबार संरक्षणका अभावमा जीर्ण बन्दै गएको छ । आन्तरिक एवं बाह्य पर्यटकको आकर्षणको केन्द्र रहेको दरबार संरक्षणमा सरोकार पक्षले चासो नदिँदा ऐतिहासिक एवं राजनीतिक महत्वको दरबार संरक्षणविहीन बन्न पुगेको छ । इतिहासअनुसार गलकोट राज्यमा राजा जितारी मल्लपछि क्रमशः पार्थिव मल्ल, विभू मल्ल, श्रीपति मल्ल, श्रीदत्त मल्ल, पृथ्वीपति मल्ल, नारायण मल्ल, श्रीनिवास मल्ल र जगत...
-
२०७६ बैशाख ४, बुधबार
सामुदायिक विद्यालयमा प्रवेश परीक्षा लिएर विद्यार्थी छानिँदै
सामुदायिक विद्यालयको गुणस्तर सुध्रिएपछि विद्यार्थी भर्नाकै लागि प्रवेश परीक्षा लिने तयारी शुरु भएको छ । गोकर्णेश्वर नगरपालिका–४ स्थित गोकर्ण माध्यमिक विद्यालयमा यो शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्न आउने अभिभावकको चाप बढेपछि प्रवेश परीक्षा लिने तयारी शुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामदास श्रेष्ठले जानकारी दिनुभयो । विद्यालयमा शैक्षिक सत्र २०७५ मा ५५५ जना विद्यार्थी अध्ययनरत थिए...
-
२०७६ बैशाख ४, बुधबार
किसानसंँग कृषि ज्ञान केन्द्रको सम्झौता
प्रदेश सरकारअन्तर्गत कृषि ज्ञान केन्द्रमार्फत काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा प्राप्त भएको बजेट खर्चको कार्यान्वयन बल्ल मङ्गलबारदेखि शुरु भएको छ । अर्को आर्थिक वर्ष शुरु हुन तीन महीना बाँकी रहँदा कृषि ज्ञान केन्द्रअन्तर्गतको कृषि कार्यक्रमको योजना मङ्गलबार सम्झौता भएको हो । प्रदेश सरकारबाट प्राप्त प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट र ब्लक गरी दुई प्रकारले बाली कार्यक्रम सम्झौता...
-
२०७६ बैशाख ४, बुधबार
आलेख ः चिलिङ्दिन अब स्वच्छ वडा
वृद्धभत्ता रोकिएपछि ७१ वर्षीया मनमाया नेम्वाङ वडा कार्यालय पुगिन् । वडाध्यक्ष मनप्रसाद चेम्जोङ पत्रिका पढेर बसिरहेका थिए । उनले सोधिन् – “नानी, यो खोर नबनाएसम्म भत्ता नआउने नै हो रु” वडाध्यक्ष चेम्जोङले मुस्कुराउँदै भने – “तुम्मा ९ठूलीआमा० सबैले भनेर रोक्नु परेको हो । कानूनतः रोक्न मिल्दैन । भाइहरुलाई लगाएर भोलि नै खोर बनाइदिनुस्, पर्सि नै भत्ता आउँछ ।” साठी वर्षीया मनमती नेम्वाङको पनि एकल महिला...
-
२०७६ बैशाख ४, बुधबार
क्याम्पसलाई १६ लाख मूल्यको पुस्तक हस्तान्तरण
चापाकोट नगरपालिका–२ स्थित चापाकोट क्याम्पसलाई गण्डकी सामाजिक गुठी काठमाडौँले करीब रु १६ लाख मूल्य बराबरका पुस्तक हस्तान्तरण गरेको छ । हस्तान्तरण गरिएका पुस्तकमा पाठ्यसामग्री, डिस्नेरी शब्दकोष, साहित्य र संस्कृत शिक्षा सम्बन्धी रहेको गुठीका अध्यक्ष दामोदरप्रसाद गैरेले जानकारी दिनुभयो । गुठीले अहिलेसम्म रु ३२ लाख ८६ हजार ६३३ मूल्य बराबरका २६ लाख ४६२ थान पुस्तक हस्तान्तरण गरिसकेको उहाँले बताउनुभयो...
-
२०७६ बैशाख ४, बुधबार
महोत्सवमा साढे तीन करोडको कारोवार
शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारमा भएको एघारौँ खैरेनीटार महोत्सव साढे तीन करोडको कारोवार गर्दै मङ्गलबार समापन भएको छ । चैतेदशैँको अवसर पारेर गत चैत २२ गतेदेखि शुरु भएको महोत्सवमा रु तीन करोड ४७ लाखको आर्थिक कारोवार भएको महोत्सवका प्रवक्ता हरिबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार एक लाख ७९ हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन् । ‘कृषि तथा पर्यटन प्रवद्र्धन, कला, सीप र संस्कृतिको...
-
२०७६ बैशाख ४, बुधबार
बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो
बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको पाइएको छ । कुपोषित बालबालिकाको उपचारका लागि बाँकेमा स्थापना गरिएका १३ वटा बहिरङ्ग उपचार केन्द्रमा ४१८ कुपोषित बालबालिका भर्ना भएका छन् । तीमध्ये ११४ जना उपचारपछि स्वस्थ भएर घर फर्किएका छन् । बीचमै उपचार लिन छाड्ने दर अत्यधिक रहेको भन्दै उपचारमा समस्या भएको सहारा कार्यक्रमका संयोजक इन्द्र आउजीले बताउनुभयो । केन्द्रमा भर्ना गरेकामध्ये २०५ जना कुपोषित...
-
२०७६ बैशाख ४, बुधबार
चेपाङ युवा सङ्गठित
समुदायको हकहितका लागि चितवनका शिक्षित चेपाङ युवा सङ्गठित भएका छन् । नेपाल चेपाङ सङ्घ चितवनले चेपाङ समुदायका शिक्षित युवालाई समुदायको हकहितका लागि परिचालन गर्ने उद्देश्यले दीपा चेपाङको संयोजकत्वमा २५ सदस्यीय चेपाङ युवा स्वयंसेवक समूह गठन गरिएको हो । पछिल्लो समय चेपाङ समुदायमा शिक्षित युवा बढ्दै गए पनि सरकारी कार्यालय, अस्पताल तथा विभिन्न कार्यालयका कामकाजमा चेपाङले अझै सास्ती खेप्नु परिरहेकाले ती...
-
२०७६ बैशाख ४, बुधबार
चैतेदशैँमा २७ लाख भेटी सङ्कलन
चैतेदशैँमा बागलुङ कालिका भगवती मन्दिरमा पूजा गर्न आउने भक्तजनले चढाएको भेटीबाट रु २७ लाख दुई हजार ५३ सङ्कलन भएको छ । दशैँको १० दिनसम्म मन्दिरमा पूजाआजा गर्ने भक्तजनले सो भेटी चढाएका हुन् । देशमै प्रसिद्ध यस शक्तिपिठमा यही चैत २३ गतेदेखि वैशाख २ गतेसम्म विशेष पूजा चलेको थियो । मन्दिर परिसरमा सञ्चालित चैत्राष्टमी मेलाका कारण पनि भक्तजनको वृद्धि भएको थियो । सबैभन्दा बढी अष्टमीका दिन रु छ लाख १६ हजार...
-
२०७६ बैशाख ४, बुधबार
दमकमा मुटुरोग सम्बन्धी अस्पताल
मुटु तथा मिर्गौला रोगीका बिरामीलाई लक्षित गरेर झापाको दमकमा सामुदायिक अस्पताल सञ्चालनमा आउने भएको छ । विभिन्न मानवीय सेवामा समर्पित हुँदै आएको नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले आफ्नै सुविधासम्पन्न भवनमा १५ श्ययाको सामुदायिक अस्पताल सञ्चालन गर्न लागेको हो । अस्पताल सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको रेड्क्रसले जनाएको छ । रेड्क्रस उपशाखाले आज दमकमा पत्रकार सम्मेलन गरी यही वैशाख ७...
-
२०७६ बैशाख ४, बुधबार
प्राथमिक स्वास्थ्य केन्द्रमा जनशक्ति अभाव
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ११ जना कर्मचारी रहेका अहिले तीन जना कर्मचारीले सेवा दिइरहेको छ । सङ्घीय संरचनाअनुसार अहिले नगरापालिकाअन्तर्गत सञ्चालन भइरहेको सो केन्द्रमा तीन जना मात्रै स्वास्थ्यकर्मीले सेवा प्रदान गर्दै आएको हुन् । एघार जनाको दरबन्दी रहेको भए पनि कर्मचारी समायोजनको लागि खुला गरिएको छनोट प्रक्रियामा स्वास्थ्यकर्मीले सङ्घीय र...
-
२०७६ बैशाख ४, बुधबार
तीन महिनादेखि कार्यालय प्रमुखविहीन
जिल्लाको एक मात्र मालपोत कार्यालयमा तीन महीनादेखि कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । कर्मचारी समायोजनसँगै हुम्लाको मालपोतबाट कार्यलय प्रमुख सरुवा भएलगत्तै अहिलेसम्म निमित्तको भरमा कार्यालय सञ्चालन भइरहेको छ । सरुवा भएको महीनाँै दिन पुग्न लाग्दासमेत नयाँ कार्यालय प्रमुख नआउँदा मालपोत कार्यालयबाट प्रवाह हुने सेवामा समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् । कार्यालयको...


