राष्ट्रिय
-
२०७६ बैशाख ५, बिहिबार
कर्णालीमा गुच्ची च्याउ र सुदूरपश्चिममा यार्सा
गुच्ची च्याउ कर्णाली र यार्सागुम्बा सुदूरपश्चिम प्रदेशमा बढी उत्पादन हुने बताइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट द्वारा आज यहाँ आयोजित ‘जङ्गली खाद्यफल च्याउ’ सम्बन्धी अन्तत्र्रि यामा सो कुरा जनाइएको हो । उक्त प्रतिष्ठानले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा ५९ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा २८ तथा अन्य प्रदेशमा १३ प्रतिशत गुच्ची च्याउ उत्पादन हुने गर्दछ ।...
-
२०७६ बैशाख ५, बिहिबार
गयल शिक्षकको तलब कट्टा
नयाँ शैक्षिकसत्रदेखि तेमाल गाउँपालिकाले निवेदन र सूचनाविना बिदामा बस्ने शिक्षकको तलब कट्टा गर्ने भएको छ । नयाँ शैक्षिकसत्रदेखि यस्तो नियम लागू गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत नवीन लामाले जानकारी दिनुभयो । उहाँका अनुसार गत शैक्षिकसत्रमा गरिएको अनुगमनका आधारमा यस्तो नियम बनाइएको हो । लामाले भन्नुभयो, “शिक्षक बिदामा बसेको प्रधानाध्यापकलाई समेत थाहा नहुनु गम्भीर लापरवाही हो, अब निवेदन र सूचना...
-
२०७६ बैशाख ५, बिहिबार
कुखुराको मासु ७० डिग्री सेन्टिग्रेडसम्म पकाउन सुझाव
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जुम्लाले जिल्लामा बर्ड फ्लु रोगका बारेमा जानकारी गराएको छ । बर्ड फ्लु रोग नियन्त्रण कार्यशाला गोष्ठी गरी बर्ड फ्लु रोगका बारेमा जानकारी गराइएको हो । बर्ड फ्लुको असर जुम्लामा पनि पर्न सक्ने भएकाले यसबाट बच्न गोष्ठीे आयोजना गरिएको पशु प्राविधिक नरसिंह थापाले बताउनुभयो । जिल्लामा विभिन्न सडकखण्ड हँुदै भित्रिने कुखुरा, अण्डा र चल्लालाई नियन्त्रणका लागि...
-
२०७६ बैशाख ५, बिहिबार
आलु बालीमा क्षति
वर्षभरि खाने आलुबाली असिना पानीले नष्ट गरेपछि बागलुङको जैमिनी नगरपालिका–३ दमेकका किसान चिन्तित छन् । मुख्य नगदे बालीका रुपमा दमेकको नौला, दवदवे, रानीबासे, दह देउराली र खर्कलगायत स्थानमा किसानले लगाएको आलुबालीमा गत चैत २९, ३० र वैशाख १ गते परेको असिनापानीले ठूलो क्षति पु¥याएकोे वडाध्यक्ष वेदबहादुर छन्त्यालले बताउनुभयो । आलु र मकै खेतीमात्रै हुने उपल्लो दमेकमा असिना पानीले झण्डै ३५० परिवारको लाखौँ...
-
२०७६ बैशाख ५, बिहिबार
असिना पानी र पहिरोले लाखौँको क्षति
सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–४ अत्तरपुरको सिक्रेस्थित शान्ति उदय आधारभूत विद्यालयलाई बुधबार बेलुकाको असिनापानीसँगै परेको वर्षाले पूर्णरुपमा क्षति पु¥याएको छ । माथिबाट झरेको पहिरो विद्यालयमा छिरेर पठनपाठन गर्न नमिलेपछि बन्द गर्नुपरेको वडाध्यक्ष कुमार लामाले बताउनुभयो । उहाँका अनुसार वर्षाले गए राति ६÷७ ठाउँमा पहिरो गएर अत्तरपुर, ठूलो धादिङ तथा लिसङ्खु सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।...
-
२०७६ बैशाख ५, बिहिबार
उपत्यकामा तीन करिडोर निर्माण, सवारी आवतजावतमा सहज
ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन तीनवटा करिडोर सञ्चालनमा ल्याएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअन्तर्गत बालकुमारी पुल, गोपीकृष्ण पुल र भत्केको पुलमुनिको करिडोर सञ्चालनमा ल्याएको हो । करिडोर सञ्चालनमा आएसँगै ठूला तथा साना सवारी साधन करिडोर हुँदै आवतजावत गर्न थालेपछि सवारी आवतजावतमा सहज हुनाका साथै...
-
२०७६ बैशाख ५, बिहिबार
स्वदेशमै रोजगारी सिर्जना गरिने
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले स्वदेशमै रोजगार सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीकातर्फबाट प्रदेशसभा सदस्य लक्ष्मण आचार्यकी आमा तुलसीपुर १२ की पुस्करादेवीको १३ औँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलि सभामा उहाँले भन्नुभयो, “अहिले रोजगारी खोज्दै विदेश जानेको लर्को छ, यसले पारिवारिक तागत पनि विघठन भएको छ, यसलाई जोड्नु पर्छ, अर्काको देशमा गएर...
-
२०७६ बैशाख ४, बुधबार
भर्ना अभियानमा परिचालित हुन युवाविद्यार्थीलाई आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय भर्ना अभियान सफल बनाउन विभिन्न युवा विद्यार्थी सङ्गठनलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित अन्तरक्र्रियामा उहाँले गत वर्षदेखि विशेष रुपले शुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न विद्यार्थी र युवालाई आग्रह गर्नुभयो । युवा र विद्यार्थीले अब सिर्जनशील समाज सुधारका काममा लाग्नका लागि कुनै अवरोध नरहेको...
-
२०७६ बैशाख ४, बुधबार
निकुञ्जमा वन्यजन्तुलाई पानी अभाव
पानीको स्रोत सुकेकाले बाँके राष्ट्रिय निकुञ्जका जनावरलाई समस्या भएको छ । बाघ बस्ने क्षेत्र विस्तार गर्न नौ वर्षअघि बनाइएको राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या २१ नाघिसकेको छ । निकुञ्जमा जङ्गली हात्ती पनि आउने गर्छन् । उनीहरुलाई पानी पिउनका लागि खोला, ताल, पोखरी र सीमसार भने छैनन् । पानी नहुँदा निकुञ्जबाट जनावर बाहिर निस्कने भएकाले मानवीय क्षतिसँगै जनावर मारिने गरेको निकुञ्जका प्रमुख संरक्षण...
-
२०७६ बैशाख ४, बुधबार
स्थानीय सरकारलाई थप बलियो बनाइने
उहाँले स्थानीय सरकारलाई थप बलियो बनाउन वर्तमान सरकार लागिपरेको बताउनुभयो । बागलुङ जिल्लाको गलकोट नगरपालिकाले आज बिहान आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री विष्टले केन्द्रीय सरकारले चालेको आयोजना स्थानीयस्तरमा आउँदा प्रभावकारी नहुने परिपाटीको अन्त्यका लागि स्थानीय सरकारलाई थप जिम्मेवार बनाउने बताउनुभयो । उहाँले स्थानीय सरकारलाई काम गर्न दिँदा छिटो विकास हुने बताउँदै ठूला योजनाबाहेक सबै योजनालाई...
-
२०७६ बैशाख ४, बुधबार
रातो हाब्रे पदमार्ग घोषणा
प्रदेश नं–३ का उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले स्याफ्रुदेखि लाङटाङ क्याङ्जेनसम्मको पर्यटकीय पदमार्गलाई रातो हाब्रे ९रेडपाण्डा० पदमार्ग घोषणा गर्नुभएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र समिति र गोसाइँकुण्ड गाउँपालिकाको संयुक्त आयोजनामा धुञ्चेमा सञ्चालित १०औँ हाबे्र संरक्षण दिवस एवं सातौँ लाङटाङ पर्यटन तथा संरक्षण उत्सवको उद्घाटन गर्दै मन्त्री नेपालले विशेष...
-
२०७६ बैशाख ४, बुधबार
ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण
काठमाडौँ महानगरपालिकाले सामाजिक सुरक्षाभत्ता लिने सबै ज्येष्ठ नागरिकलाई सबै प्रकारका रोगको निःशुल्क परीक्षण शुरु गरेको छ । कामपाको वडा नं १५ बाट मेयर निःशुल्क स्वास्थ्य परीक्षण शुरु गरिएको यस कार्यक्रमअन्तर्गत सामाजिक सुरक्षाभत्ता लिने सबै ज्येष्ठ नागरिकलाई २० प्रतिशतसम्म औषधिमा समेत छुटको व्यवस्था गरी शुरु गरेको जानकारी दिइएको छ । पहिलो चरणमा १५ वडामा रहेका करीब एक हजार ६०० सामाजिक सुरक्षाभत्ता...


