STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रातो हाब्रे पदमार्ग घोषणा

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ४, बुधबार

प्रदेश नं–३ का उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले स्याफ्रुदेखि लाङटाङ क्याङ्जेनसम्मको पर्यटकीय पदमार्गलाई रातो हाब्रे ९रेडपाण्डा० पदमार्ग घोषणा गर्नुभएको छ । 
लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र समिति र गोसाइँकुण्ड गाउँपालिकाको संयुक्त आयोजनामा धुञ्चेमा सञ्चालित १०औँ हाबे्र संरक्षण दिवस एवं सातौँ लाङटाङ पर्यटन तथा संरक्षण उत्सवको उद्घाटन गर्दै मन्त्री नेपालले विशेष कार्यक्रमबीच रेडपाण्डा पदमार्ग घोषणा गर्नुभएको हो ।
विश्वमै दुर्लभ रातो हाब्रे रसुवामा भएको पुष्टी गर्दैै संरक्षणमा जागरण ल्याउने वन्यजन्तु संरक्षणविद् स्वर्गीय डा प्रल्हाद योञ्जनले पु¥याएको योगदानको कदर गर्दै समुद्री सतहबाट १४५० मि स्याफ्रुवेशीदेखि खाम्जीङ, घोडातबेला, सिमदोङ, हुँदै ३८७० मि क्याङजेन गुम्बासम्म २६ किमि दुरी भएको सो मार्गलाई ३ नं प्रदेश सरकारको निर्णय बमोजिम डा प्रल्हाद योञ्जन पदमार्ग घोषणा गरिएको मन्त्री नेपालले जानकारी दिनुभयो । 
 
सो पदमार्ग स्नोतरका लागि ३ नं प्रदेश सरकारले रु ५० लाख बजेट विनियोजन गरिसकेको समेत मन्त्री नेपालले जानकारी दिनुभयो । वन्यजन्तु संरक्षण विज्ञको रुपमा रहनु भएका डा योञ्जनले सन् १९८७ को अध्ययनबाट ६ महीनाको अवधिमा गोसाइँकुण्डको धार्मिक मार्ग अन्तर्गत चन्दनबारी क्षेत्रमा रेडपाण्डा भएको पुष्टी गरेपछि संरक्षण कार्य अगाडि बढेको र डा योञ्जन साइकल यात्राको क्रममा दुर्घटनाबाट ५६ वर्षको उमेरमा विंस २०६८ कात्तिक १४ गते काठमाडौस्थित सीतापाइलामा दुर्घटनाबाट ज्यान गुमाउनु भएको बताइएको छ । 
 
यस्तै लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेका रातो हाब्रे संरक्षणका लागि साझेदार संस्थाको सहयोगबाट विभिन्न कार्यक्रममार्फत संरक्षण कार्यलाई निरन्तरता दिइएको आयोजक संस्थाले जनाएको छ । 
सन् २०२० को पर्यटन भ्रमण वर्ष सफल पार्न महोत्सवको माध्यमबाट जागरण ल्याउने उद्देश्यले संरक्षण दिवशको साथसाथै मिनिमहोत्सवकै रुपमा गाउँपालिका पर्यटन वर्ष समेत मनाउन शुरु गरी पर्यटन प्रवद्र्धनका विविध कार्यक्रम समेत अगाडि बढाइएको गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्ष कैसाङ नुर्पु तामाङले जानकारी दिनुभयो । 
 
यही १ गते देखि शुरु भएको महोत्वस ७ गते समापन हुने निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष टेम्पा नुर्पु तामाङले जानकारी दिनुभयो । गाउँपालिका भ्रमण वर्ष भने निरन्तररुपले अगाडि बढ्ने गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ । 
 
यसैबीच संरक्षण कार्यमा लामो समयदेखि सञ्चारको माध्यमबाट योगदान पु¥याएवापत राससका स्थानीय समाचारदाता ज्ञानेन्द्र न्यौपानेलाई सम्मानित गरिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षण कार्यमा महत्वपूर्ण योगदान पु¥याएवापत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणकुमार नेपाल उहाँलाई सम्मान गर्नुभएको हो । 
Categorized in राष्ट्रिय