राष्ट्रिय
-
२०७६ बैशाख ४, बुधबार
कुलेखानी तेस्रो र माथिल्लो त्रिशुली थ्री ए निर्माण सकिँदै
लामो समयसम्म समस्यामा फसेका नेपाल विद्युत् प्राधिकरणका दुई आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेका छन् । ती आयोजनाले केही दिन भित्रै विद्युत् उत्पादन गर्ने तयारी गरिरहेको छ । निर्माण व्यवसायीको अवरोध, ‘गोरखा भूकम्प’, भारतको नाकाबन्दी जस्ता समस्यामा फसेका माथिल्लो त्रिशुली थ्री बी र कुलेखानी तेस्रो आयोजनाले विद्युत् उत्पादनको अन्तिम तयारी गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी...
-
२०७६ बैशाख ४, बुधबार
छाडा पशुचौपाया नियन्त्रण गर्न गौशाला निर्माण
पाल्पाको रामपुरमा छाडा पशुचौपायाले सताउन थालेपछि नियन्त्रणका लागि गौशाला निर्माण कार्य भइरहेको छ । छाडा रुपमा गाउँघरमा किसानका खेतबारीमा पुगेर पशुचौपायाले बालीनाली नष्ट पार्न थालेपछि रामपुर नगरपालिकाले गौशाला निर्माण कार्य अगाडि बढाएको हो । नगरपालिका–६ स्थित तातोपानीघाट नजिकै रु ५० लाखको लागत अनुमानमा गौशाला निर्माण भइरहेको नगरपालिकाका प्रवक्ता तथा वडा नं ६ का अध्यक्ष हुमनाथ न्यौपानेले...
-
२०७६ बैशाख ४, बुधबार
पार्टी एकता चिनी पानीको मिश्रण मन्त्री विष्ट
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र पार्टीबीचको एकीकरण चिनी पानीको मिश्रण जस्तै भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० गलकोट नगर कमिटिले आज हटियामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा नेकपाका नेता तथा मन्त्री विष्टले पार्टी फुट्ने कुरा इतिहासले नस्वीकार्ने भन्दै नेकपाको एकता बालुवा पानीको मिश्रण नभएर चिनी पानीको मिश्रण भएको...
-
२०७६ बैशाख ४, बुधबार
सामुदायिक विद्यालय प्रविधिमैत्री
गलकोट नगरपालिका–७ मल्मस्थित जनहित माध्यमिक विद्यालयले ‘डिजिटल स्कुल सफ्टवेयर’ सञ्चालनमा ल्याएको छ । पढाइको गुणस्तर सुधार र व्यवस्थापन चुस्त बनाउन ‘सफ्टवयर’ प्रविधि उपयोगी हुने विश्वास लिइएको छ । प्रविधिमैत्री वातावरण बनाउँदा विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढ्ने देखिन्छ । यहीबेला नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना अभियान चलिरहेको छ । ‘सफ्टवेयर’मार्फत् विद्यालय प्रशासन, शिक्षक,...
-
२०७६ बैशाख ४, बुधबार
भर्ना अभियानमा परिचालित हुन युवाविद्यार्थीलाई आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय भर्ना अभियान सफल बनाउन विभिन्न युवा विद्यार्थी सङ्गठनलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित अन्तरक्र्रियामा उहाँले गत वर्षदेखि विशेष रुपले शुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न विद्यार्थी र युवालाई आग्रह गर्नुभयो । युवा र विद्यार्थीले अब सिर्जनशील समाज सुधारका काममा लाग्नका लागि कुनै अवरोध नरहेको...
-
२०७६ बैशाख ४, बुधबार
निकुञ्जमा वन्यजन्तुलाई पानी अभाव
पानीको स्रोत सुकेकाले बाँके राष्ट्रिय निकुञ्जका जनावरलाई समस्या भएको छ । बाघ बस्ने क्षेत्र विस्तार गर्न नौ वर्षअघि बनाइएको राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या २१ नाघिसकेको छ । निकुञ्जमा जङ्गली हात्ती पनि आउने गर्छन् । उनीहरुलाई पानी पिउनका लागि खोला, ताल, पोखरी र सीमसार भने छैनन् । पानी नहुँदा निकुञ्जबाट जनावर बाहिर निस्कने भएकाले मानवीय क्षतिसँगै जनावर मारिने गरेको निकुञ्जका प्रमुख संरक्षण...
-
२०७६ बैशाख ४, बुधबार
स्थानीय सरकारलाई थप बलियो बनाइने
उहाँले स्थानीय सरकारलाई थप बलियो बनाउन वर्तमान सरकार लागिपरेको बताउनुभयो । बागलुङ जिल्लाको गलकोट नगरपालिकाले आज बिहान आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री विष्टले केन्द्रीय सरकारले चालेको आयोजना स्थानीयस्तरमा आउँदा प्रभावकारी नहुने परिपाटीको अन्त्यका लागि स्थानीय सरकारलाई थप जिम्मेवार बनाउने बताउनुभयो । उहाँले स्थानीय सरकारलाई काम गर्न दिँदा छिटो विकास हुने बताउँदै ठूला योजनाबाहेक सबै योजनालाई...
-
२०७६ बैशाख ४, बुधबार
रातो हाब्रे पदमार्ग घोषणा
प्रदेश नं–३ का उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले स्याफ्रुदेखि लाङटाङ क्याङ्जेनसम्मको पर्यटकीय पदमार्गलाई रातो हाब्रे ९रेडपाण्डा० पदमार्ग घोषणा गर्नुभएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र समिति र गोसाइँकुण्ड गाउँपालिकाको संयुक्त आयोजनामा धुञ्चेमा सञ्चालित १०औँ हाबे्र संरक्षण दिवस एवं सातौँ लाङटाङ पर्यटन तथा संरक्षण उत्सवको उद्घाटन गर्दै मन्त्री नेपालले विशेष...
-
२०७६ बैशाख ४, बुधबार
ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण
काठमाडौँ महानगरपालिकाले सामाजिक सुरक्षाभत्ता लिने सबै ज्येष्ठ नागरिकलाई सबै प्रकारका रोगको निःशुल्क परीक्षण शुरु गरेको छ । कामपाको वडा नं १५ बाट मेयर निःशुल्क स्वास्थ्य परीक्षण शुरु गरिएको यस कार्यक्रमअन्तर्गत सामाजिक सुरक्षाभत्ता लिने सबै ज्येष्ठ नागरिकलाई २० प्रतिशतसम्म औषधिमा समेत छुटको व्यवस्था गरी शुरु गरेको जानकारी दिइएको छ । पहिलो चरणमा १५ वडामा रहेका करीब एक हजार ६०० सामाजिक सुरक्षाभत्ता...
-
२०७६ बैशाख ४, बुधबार
मेडिकल कलेजबाट रु छ करोड उठ्न बाँकी
चिकित्साशास्त्र अध्ययन संस्थान डीनको कार्यालयअन्तर्गत सम्बन्धन पाएका १० मेडिकल कलेजहरुबाट रु छ करोड छ लाख ८१ हजार संस्थागत शुल्क उठ्न बाँकी रहेको देखिएको छ । मेडिकल कलेजहरुले छ÷छ महीनामा वित्तीय विवरण पेश गर्नुपर्नेमा डीन कार्यालयले सोको अभिलेख नराखेको पाइएको प्रतिवेदनमा उल्लेख छ । त्रिविका सबै निकायले लेखा परीक्षण नगराएकाले सुधार गर्नुपर्ने महालेखा परीक्षकको प्रतिवेदनमा औँल्याइएको हो ।...
-
२०७६ बैशाख ४, बुधबार
स्याफ्रु–मैलुङ सडक मर्मत
सवारी साधन गुढाउन असहज भएपछि नेपाली काङ्ग्रेसले स्याफ्रु–मैलुङ खण्डको अन्तर्रास्ट्रिय राजमार्गमा सुधारका कार्य अगाडि बढाएको छ । काङ्ग्रेस रसुवाले दिएको जानकारी अनुसार स्याफ्रबेंशी नजिक छोकलदेखि मैलुङसम्मको १७ किमि दुरीको भू–भागमा गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुवेँशी सडक सुधार आयोजनाले गरेको सुधारका काम यथेष्ट नभएपछि सुधारको कार्य अगाडि बढाइएको हो । अन्तर्राष्ट्रिय राजमार्ग सहज तरीकाले सञ्चालन...
-
२०७६ बैशाख ४, बुधबार
कुखुरापालकलाई जैविक सुरक्षा सचेतना
केन्द्रीय राजधानी काठमाडौँलगायत छिमेकी जिल्ला मकवानपुर र भक्तपुरमा बर्डफ्लुजन्य सङ्क्रमण देखिएपछि जिल्लास्थित भेटेनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्रले कुखुरापालक किसानलाई जैविक सुरक्षा ९बायो सेक्युरिटी० सचेतना अभियान थालेको छ । प्राविधिक संलग्न सचेतना टोलीले व्यावसायिक कुखुरापालन गर्दै आएका जिल्लाका किसानका फार्ममा पुगेर जैविक–सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्दै आएको केन्द्र प्रमुख डा...


