STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ बैशाख ४, बुधबार

    छाडा पशुचौपाया नियन्त्रण गर्न गौशाला निर्माण 

    पाल्पाको रामपुरमा छाडा पशुचौपायाले सताउन थालेपछि नियन्त्रणका लागि गौशाला निर्माण कार्य भइरहेको छ । छाडा रुपमा गाउँघरमा किसानका खेतबारीमा पुगेर पशुचौपायाले बालीनाली नष्ट पार्न थालेपछि रामपुर नगरपालिकाले गौशाला निर्माण कार्य अगाडि बढाएको हो ।  नगरपालिका–६ स्थित तातोपानीघाट नजिकै रु ५० लाखको लागत अनुमानमा गौशाला निर्माण भइरहेको नगरपालिकाका प्रवक्ता तथा वडा नं ६ का अध्यक्ष हुमनाथ न्यौपानेले...

  • २०७६ बैशाख ४, बुधबार

    निकुञ्जमा वन्यजन्तुलाई पानी अभाव

    पानीको स्रोत सुकेकाले बाँके राष्ट्रिय निकुञ्जका जनावरलाई समस्या भएको छ । बाघ बस्ने क्षेत्र विस्तार गर्न नौ वर्षअघि बनाइएको राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या २१ नाघिसकेको छ । निकुञ्जमा जङ्गली हात्ती पनि आउने गर्छन् । उनीहरुलाई पानी पिउनका लागि खोला, ताल, पोखरी र सीमसार भने छैनन् । पानी नहुँदा निकुञ्जबाट जनावर बाहिर निस्कने भएकाले मानवीय क्षतिसँगै जनावर मारिने गरेको निकुञ्जका प्रमुख संरक्षण...

  • २०७६ बैशाख ४, बुधबार

    स्थानीय सरकारलाई थप बलियो बनाइने

    उहाँले स्थानीय सरकारलाई थप बलियो बनाउन वर्तमान सरकार लागिपरेको बताउनुभयो । बागलुङ जिल्लाको गलकोट नगरपालिकाले आज बिहान आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री विष्टले केन्द्रीय सरकारले चालेको आयोजना स्थानीयस्तरमा आउँदा प्रभावकारी नहुने परिपाटीको अन्त्यका लागि स्थानीय सरकारलाई थप जिम्मेवार बनाउने बताउनुभयो । उहाँले स्थानीय सरकारलाई काम गर्न दिँदा छिटो विकास हुने बताउँदै ठूला योजनाबाहेक सबै योजनालाई...

  • २०७६ बैशाख ४, बुधबार

    रातो हाब्रे पदमार्ग घोषणा

    प्रदेश नं–३ का उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले स्याफ्रुदेखि लाङटाङ क्याङ्जेनसम्मको पर्यटकीय पदमार्गलाई रातो हाब्रे ९रेडपाण्डा० पदमार्ग घोषणा गर्नुभएको छ ।  लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र समिति र गोसाइँकुण्ड गाउँपालिकाको संयुक्त आयोजनामा धुञ्चेमा सञ्चालित १०औँ हाबे्र संरक्षण दिवस एवं सातौँ लाङटाङ पर्यटन तथा संरक्षण उत्सवको उद्घाटन गर्दै मन्त्री नेपालले विशेष...

  • २०७६ बैशाख ४, बुधबार

    भर्ना अभियानमा परिचालित हुन युवाविद्यार्थीलाई आग्रह

    प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय भर्ना अभियान सफल बनाउन विभिन्न युवा विद्यार्थी सङ्गठनलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित अन्तरक्र्रियामा उहाँले  गत वर्षदेखि विशेष रुपले शुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न विद्यार्थी र युवालाई आग्रह गर्नुभयो । युवा र विद्यार्थीले अब सिर्जनशील  समाज सुधारका काममा लाग्नका लागि कुनै अवरोध नरहेको...

  • २०७६ बैशाख ४, बुधबार

    ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

    काठमाडौँ महानगरपालिकाले सामाजिक सुरक्षाभत्ता लिने सबै ज्येष्ठ नागरिकलाई सबै प्रकारका रोगको निःशुल्क परीक्षण शुरु गरेको छ । कामपाको वडा नं १५ बाट मेयर निःशुल्क स्वास्थ्य परीक्षण शुरु गरिएको यस कार्यक्रमअन्तर्गत सामाजिक सुरक्षाभत्ता लिने सबै ज्येष्ठ नागरिकलाई २० प्रतिशतसम्म औषधिमा समेत छुटको व्यवस्था गरी शुरु गरेको जानकारी दिइएको छ । पहिलो चरणमा १५ वडामा रहेका करीब एक हजार ६०० सामाजिक सुरक्षाभत्ता...

  • २०७६ बैशाख ४, बुधबार

    मेडिकल कलेजबाट रु छ करोड उठ्न बाँकी 

    चिकित्साशास्त्र अध्ययन संस्थान डीनको कार्यालयअन्तर्गत सम्बन्धन पाएका १० मेडिकल कलेजहरुबाट रु छ करोड छ लाख ८१ हजार संस्थागत शुल्क उठ्न बाँकी रहेको देखिएको छ ।  मेडिकल कलेजहरुले छ÷छ महीनामा वित्तीय विवरण पेश गर्नुपर्नेमा डीन कार्यालयले सोको अभिलेख नराखेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।  त्रिविका सबै निकायले लेखा परीक्षण नगराएकाले सुधार गर्नुपर्ने महालेखा परीक्षकको प्रतिवेदनमा औँल्याइएको हो ।...

  • २०७६ बैशाख ४, बुधबार

    स्याफ्रु–मैलुङ सडक मर्मत  

    सवारी साधन गुढाउन असहज भएपछि नेपाली काङ्ग्रेसले स्याफ्रु–मैलुङ खण्डको अन्तर्रास्ट्रिय राजमार्गमा सुधारका कार्य अगाडि बढाएको छ । काङ्ग्रेस रसुवाले दिएको जानकारी अनुसार स्याफ्रबेंशी नजिक छोकलदेखि मैलुङसम्मको १७ किमि दुरीको भू–भागमा गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुवेँशी सडक सुधार आयोजनाले गरेको सुधारका काम यथेष्ट नभएपछि सुधारको कार्य अगाडि बढाइएको हो । अन्तर्राष्ट्रिय राजमार्ग सहज तरीकाले सञ्चालन...

  • २०७६ बैशाख ३, मंगलबार

    विद्यालय भर्ना अभियानलाई सफल बनाउन शिक्षामन्त्रीको आग्रह

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थी भर्ना अभियान २०७६ लाई सफल बनाउन सरोकारवाला सबैसँग आग्रह गर्नुभएको छ । सोमबार सार्वजनिक ‘अपिल’ जारी गर्दै उहाँले ज्ञानको ज्योति बाल्ने यस महान अभियानमा आ–आफ्नो स्थानबाट खुला हृदयले सरिक भई विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा प्रवेश गराउने वातावरण तयार गर्न आम नेपाली दाजुभाइ दिदीबहिनीलाई अनुरोध गर्नुभएको छ । उहाँले अभियानलाई...

  • २०७६ बैशाख ३, मंगलबार

    चालक र सहचालकलाई निःशुल्क स्वास्थ्य जाँच 

    गोङ्गबुस्थित नयाँ बसपार्कमा चालक तथा सहचालकलाई निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको आयोजना तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल प्रहरी अस्पतालको सहकार्यमा आज चालक तथा सहचालकलाई निःशुल्क स्वास्थ्य शिविर तथा आँखा परीक्षण गरिएको हो ।  उपत्यकालगायत देशका विभिन्न भागमा चालकको लापरबाहीबाट दुर्घटना बढ्न थालेपछि महानगरीय प्रहरी वृत्त महाराजगञ्जले ट्राफिक सप्ताह...

  • २०७६ बैशाख ३, मंगलबार

    मुग्लिन आर्क ब्रिज जेठदेखि सञ्चालनमा आउने

    चितवनको इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने भएको छ । अहिलेसम्म ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनी इ–राइड एडभेञ्चर लोहनी जेभीका प्रबन्ध निर्देशक मोतीलाल शर्माका अनुसार रेलिङ, फुटपाथ र वायरिङको काम मात्र बाँकी रहेको छ । शर्माले...

  • २०७६ बैशाख ३, मंगलबार

    सेतो मच्छेन्द्रनाथको रथ लगनटोलमा

    वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथलाई सोमबार राति लगनटोल पु¥याइएको छ । हनुमानढोका दरबार अघिबाट बेलुकी ४।३० बजे तान्न शुरु गरिएको रथ राति लगनटोल पु¥याएपछि पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको रथ व्यवस्थापन समितिका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका–२५ का अध्यक्ष नीलकाजी शाक्यले राससलाई जानकारी दिनुभयो । सोमबार रथ लगन पु¥याएपछि जीवितदेवी कुमारीलाई पनि मच्छेन्द्रनाथको दर्शन...

Pages