राष्ट्रिय
-
२०७६ बैशाख ८, आइतबार
मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक
मुलुकमा दिनहुँ बढ्दै गएको मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक रहेको औँल्याइएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लालीगुराँस युवा क्लबद्वारा शनिबार आयोजित ‘मानव बेचबिखन विरुद्व’ एकदिने अन्तरक्रिया कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बढ्दो मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक रहेको बताउनुभयो । “मानव बेचबिखन धेरै प्रकारले हुने गर्छ”, उपप्रमुख ढकालले भन्नुभयो, “यसको...
-
२०७६ बैशाख ८, आइतबार
दमकलविहीन स्थानीय तह
जुम्लाका सात स्थानीय तह दमकलविहीन बनेका छन् । जुम्लाको एकमात्र चन्दननाथ नगरपालिकामा दमकल भए पनि चलाउने चालक नहुँदा थन्किएको छ । अन्य सात गाउँपालिकामा भने दमकल छैन । जिल्ला आपत्कालीन कार्य सञ्चालन के न्द्र जुम्लाको तथ्याङ्कअनुसार जिल्लामा बाह्रै महीना आगलागीको उच्च जोखिममा देखिएको छ । आगलागीका घटना भए त्यसलाई निभाउन पर्याप्त स्रोत साधन नहुँदा धनजनको क्षति धेरै हुने गरेको छ । स्थानीय सरकारले...
-
२०७६ बैशाख ८, आइतबार
महायज्ञमा रु ३० लाख र सात क्वीन्टल धातु सङ्कलन
चितवनको देवघाटमा अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माणका लागि काठमाडौँको पशुपतिमा जारी महायज्ञमा शनिबारसम्म रु ३० लाख नगद र करीब सात क्वीन्टल धातु सङ्कलन भएको छ । यही वैशाख १ गतेबाट शुरु भएको धार्मिक कार्यक्रममा ‘पशुपति महामहोत्सव तथा अष्टधातु सङ्कलन श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ’ आर्थिक तथा धातु सङ्कलनसहित तीन करोड बेलपत्र चढाउने र एक करोड बत्ती प्रज्वलन गर्ने कार्यक्रमसमेत छ । वैशाख...
-
२०७६ बैशाख ८, आइतबार
सहकारीलाई सूचनामैत्री बनाउनु आवश्यक ः सांसद बस्नेत
प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सहकारीलाई सूचनामैत्री बनाएर लैजानुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ । दक्षिणकाली महिला तथा बचत ऋण सहकारी लि।ले आजोजना गरेको ‘सूचना प्रविधिमा महिलाको पहुँच’ विषयक दुईदिने तालीमको समापन अवसरमा उहाँले सूचना प्रविधिको प्रयोग नै आर्थिक विकास र समृद्धिको आधार भएको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का युवा नेता एवं पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद...
-
२०७६ बैशाख ८, आइतबार
दृश्यावलोकन स्तम्भ निर्माणका लागि समय थप
काठमाडौँ भ्यू टावर दृश्यावलोकन स्तम्भ निर्माणको काम अपेक्षा अनुरुप अघि बढ्न नसकेपछि काठमाडौँ महानगरपालिकाले एक वर्ष समय थप गरेको छ । निर्माण कम्पनीले अहिलेसम्म ५० प्रतिशत काम सकिसक्नुपर्ने भए पनि हालसम्म जमीनमुनिकै काम गरिरहेकाले ठेकेदारको माग अनुरुप समय थप गरिएको कामपाले जानकारी गराएको छ । निर्माणको कामअन्र्तगत अहिले जमीनमुनिको काम भइरहेको छ । जमीनमुनिको ८० प्रतिशत काम सकिएपनि अन्य काम शुरु नै...
-
२०७६ बैशाख ८, आइतबार
प्राधिकरण र राष्ट्र बैंकबीच सम्झौता
मोबाइल वित्तीय सेवाको विकास तथा नियमनका लागि आवश्यक सहकार्य तथा समन्वय गर्न नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल राष्ट्र बैंकबीच समझदारी भएको छ । राष्ट्र बैंकको भूमिकासहितको सो सम्झदारी पत्रमा बैंकको तर्फबाट गर्भनर डा चिरञ्जीवी नेपाल र प्राधिकरणको तर्फबाट कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालले हस्ताक्षर गर्नुभएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिनुभयो । मोबाइल वित्तीय सेवाको विकास...
-
२०७६ बैशाख ८, आइतबार
राष्ट्रपतिको समुपस्थितिमा पद तथा गोपनीयताको शपथ
राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा शपथ लिनेमा नवनियुक्त न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा मनोजकुमार शर्मा हुनुहुन्छ । उहाँहरुमध्ये ढुङ्गाना र माथेमा उच्च...
-
२०७६ बैशाख ८, आइतबार
कैदीको रगतले सुत्केरीको ज्यान बच्यो
सल्यानमा कैदीले दान दिएको रगतबाट एक सुत्केरीको ज्यान जोगाइएकोे छ । रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका–७की २१ वर्षीया मनिषा केसी ओलीको यहाँस्थित जिल्ला अस्पतालमा उपचारको समयमा रगत अभाव भएपछि कैदी पूजा घर्तीले रक्तदान गर्नुभएको हो । “अस्पतालमा रगत अभावका कारण सुत्केरीको उपचार हुन समस्या भएको समाचार सुनेपछि मैले रक्तदान गरेकी हूँ, ” पूजाले भन्नुभयो । गत शुक्रबारदेखि नै घरमै व्यथा लागेको मनिषालाई...
-
२०७६ बैशाख ८, आइतबार
खाद्य संस्थानको चामल कारागारमा बढी खपत
गण्डकी प्रदेशका पहाडी जिल्लामा चामल आपूर्ति गर्दै आइरहेका नेपाल खाद्य संस्थाको पोखारा शाखामा हाल ५०० क्विन्टल चामल मौज्दात छ । यहाँबाट पहाडी जिल्ला खासगरी मनाङ र मुस्ताङ जिल्लामा सर्वसाधारणका लागि र अन्य जिल्लाका कारागारमा चामल आपूर्ति हुँदै आएको छ । गण्डकी प्रदेशअन्तर्गत स्याङ्जा, पर्वत, कास्कीका कारागारका साथै पोखराको सराङकोटस्थित बाल सुधारगृहमा चामल बिक्री गर्दै आइरहेको सो शाखाका सूचना...
-
२०७६ बैशाख ८, आइतबार
वित्तीय विवरण सार्वजनिक गर्दै वाणिज्य बैंक
वाणिज्य बैंकले धमाधम तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । शनिबार सिटिजन बैंकले तेस्रो त्रैमासको विवरण सार्वजनिक गरेको थियो । सो बैंकले चैतमसान्तस्म्म रु एक अर्ब छ करोड ९६ लाख एक हजार बराबरको खुद नाफा आर्जन गरेको छ । यस्तै आज माछापुच्छ्रे« बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको विवरणअनुसार नाफा बढेर रु एक अर्ब २४ करोड ८ लाख १८ हजार ३२९ पुगेको छ । गत...
-
२०७६ बैशाख ८, आइतबार
मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार सडक कालोपत्रको शिलान्यास
सदरमुकामबाट टक्सार विमानस्थलसम्मको सडक कालोपत्र गर्नका लागि शिलान्यास गरिएको छ । सडकको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शनिबार शिलान्यास गर्नुभएको हो । प्रदेश सरकारको कार्यक्रमअनुसार पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत रु १३ करोड ५३ लाख ५८ हजार २२७ लागतमा सडक कालोपत्र गरिने पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी दिनुभयो । पाँच किलोमिटर लम्बाइ रहेको सो...
-
२०७६ बैशाख ८, आइतबार
यसकारण चिनियाँ भाषाको आवश्यकता
विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको मित्रराष्ट्र चीनको तीव्रत्तर विकासबाट नेपालले लाभ लिन अब चिनियाँ भाषाको आवश्यकता बढ्दै गएको छ । उदाउँदो विश्व शक्तिमान चीनलाई बुझ्न, देशभित्रै जागीर खान, पर्यटन व्यवसाय र व्यापार गर्न वा वैदेशिक कामका सिलसिलामा समेत चिनियाँ भाषाको महत्व बढेर गएको हो । आपसी सहकार्यको विकासमा पनि भाषा सिकाइ महत्वपूर्ण माध्यम हुने विश्वास गरिएको छ । दक्षिण एशियाली मुलुकमा भाषा...


