relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ बैशाख ९, सोमबार

    ट्राफिक प्रहरीले चालकलाई गर्ने व्यवहार नम्र हुनुपर्छ ः महानिरीक्षक

    प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई देशभरिकै नमूना र अनुकरणीय बनाउनुपर्ने बताउनुभएको छ । महानिरीक्षक खनालले आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाका ट्राफिक अधिकृतलाई सम्बोधन गर्दै देशभरकै नमूना ट्राफिक व्यवस्थापन गर्नुपर्ने बताउनुभएको हो । “ट्राफिक प्रहरीले चालकलाई गर्ने व्यवहार नम्र र शालिन हुनुपर्छ, हाम्रो सेवाले जनतालाई मुस्कुराउँदै जाने वातावरण बनाउनुपर्छ”,...

  • २०७६ बैशाख ९, सोमबार

    विद्यार्थीको चाप बढेपछि भर्ना रोकियो

    “विद्यार्थीको सङ्ख्या बढाउँछौँ अङ्ग्रेजी माध्यममा पढाइ शुरु गर्दैछौँ भन्दा कहाँबाट विद्यार्थी ल्याउँछौ भनेर आशङ्का व्यक्त गरियो । अहिले भर्ना नै रोक्नुपरेको छ ।” यो भनाइ हो चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित राष्ट्रिय आधारभूत विद्यालय फिस्लिङका शिक्षक भविश्वर गुरुङको । यस शैक्षिक सत्र २०७६ बाट नर्सरी केजी र कक्षा १ मा विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेको छ । नर्सरी केजी र कक्षा १...

  • २०७६ बैशाख ९, सोमबार

    ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ को उपलब्धि सार्वजनिक

    कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ को उपलब्धि सार्वजनिक गरेको छ । पर्यटन मन्त्रालयले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी पर्यटन वर्ष शुभारभ्म र समापनका बीचमा भएका उपलब्धि सार्वजनिक गरेको हो । पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको कर्णाली प्रदेश सरकारले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ मा चार लाख ५४ हजार ८६४ आन्तरिक र २१ हजार २९१...

  • २०७६ बैशाख ९, सोमबार

    तरकारी खेतीमा वडाध्यक्ष

    बिहानीको झिसमिसेमै तरकारीले भरिएका झोलासहित होटल र तरकारी पसल पुग्नुहुन्छ  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का वडाध्यक्ष दिलबहादुर बुढाको दैनिकी बनेको छ । खेतमा तरकारी रोप्नेदेखि गोडमेल गर्ने, उत्पादित तरकारी टिप्ने र बजारमा बिक्री गर्नेसम्मका कार्यका लागि तन्नेरी झै पाँच दशक काटी सक्नुभएका वडाध्यक्ष बुढा आफै खटिनुहुन्छ । स्थानीय झलारी, कलुवापुर र वनसमिति बजारका होटल र तरकारी पसलमा उहाँले...

  • २०७६ बैशाख ९, सोमबार

    ललितपुर महानगरपालिकामा भवन अभाव

    जिल्लाका विषयगत कार्यालयका कर्मचारी समायोजन भएर आइरहे पनि ती कार्यालयका भवन नहुँदा ललितपुर महानगरपालिकामा भवन अभाव रहेको छ ।  कर्मचारी आइरहे पनि भवन पर्याप्त नहुँदा कर्मचारी व्यवस्थापन गर्न कठिन रहेको महानगरले जनाएको छ । महानगरपालिकाको क्षेत्रभित्र रहेका कुनै पनि विषयगत कार्यालयको भवन महानगर मातहतमा नआएको प्रवक्ता राजु महर्जनले बताउनुभयो ।  उहाँका अनुसार विषयगत कार्यालयबाट ५८ कर्मचारी समायोजन...

  • २०७६ बैशाख ९, सोमबार

    सन्दर्भ विश्व पुस्तक दिवस ः अझै बनेन पुस्तक नीति

    ‘पुरानो कोट लगाउ, नयाँ पुस्तक किन’– हेनरी डेभिड थोरो । पुस्तकको महत्वलाई राम्ररी बुझेका राजनीतिक विचारक थोरोको उक्त भनाइलाई अहिले पनि धेरैले आत्मसात् गर्ने गरेका छन् । विश्वमा पुस्तक पढ्ने संस्कृति बढ्दै गएको छ र प्रकाशन गर्ने संस्थाहरुले पनि वर्षमा लाखौँ पुस्तक प्रकाशित गर्ने गरेका छन् । नेपालमा अहिलेसम्म पुस्तक प्रकाशनसम्बन्धी नीति बन्न सकेको छैन । नीतिकै अभावमा नेपालमा उत्कृष्ट पुस्तक...

  • २०७६ बैशाख ९, सोमबार

    सभापति देउवाद्वारा दुःख व्यक्त

    नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले श्रीलङ्काको कोलम्बोमा भएको शृङ्खलाबद्ध बम विष्फोटनमा परी सयांँै मानिसको मृत्यु र घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको निन्दा र भत्र्सना गर्नुभएको छ ।  उहाँले विज्ञप्तिमार्फत सो घटनाले सम्पूर्ण विश्वलाई नै शोक विह्वल र स्तब्ध बनाएको उल्लेख गर्दै विश्वको जुनसुकै कुनामा हुने मानवताविरुद्धका यस्ता आतङ्ककारी घटनाको काङ्ग्रेस सदैव घोर निन्दा र...

  • २०७६ बैशाख ९, सोमबार

    जग्गा दान

    जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिकाका स्थानीयवासीले इलाका प्रशासन कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र, बसपार्क र खेलमैदान निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका छन् । लामो समयदेखि भाडाको घरमा सञ्चालन भइरहेको इलाका प्रशासन कार्यालयको भवन निर्माणका लागि स्थानीयवासी गोपीकृष्ण लयालु, शम्भु दाहाल र मदन दाहालले निुःशुल्क जग्गा उपलब्ध गराउनुभएको हो । यस्तै सीमित जग्गामा निर्माण...

  • २०७६ बैशाख ९, सोमबार

    अञ्चल अस्पतालमा औषधि अभाव

    कञ्चनपुरको महाकाली अञ्चल अस्पतालबाट विपन्न र असहायलाई वितरण गरिने निःशुल्क औषधि अभाव भएको छ ।    औषधि अभाव हुँदा दैनिकजसो बिरामी रित्तोहात फर्किन बाध्य छन् । बजेट अभावका कारण औषधि खरीदमा समस्या भएपछि लक्षित वर्गलाई औषधि वितरण बन्द गरिएको महाकाली अञ्चल अस्पताल प्रशासनले जनाएको छ ।   अञ्चल अस्पतालभित्र रहेको सामाजिक सेवा केन्द्र एकाइमार्फत् गरीब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला...

  • २०७६ बैशाख ९, सोमबार

    कफी खेतीतर्फ आकर्षित हँुदै कालीमाटीका घर्ती

    तनहुँको भानु नगरपालिका–१० कालीमाटीका एकबहादुर घर्तीले व्यावसायिक रुपमा कफी खेती गर्नुभएको छ । करीब ६०० कफीका बिरुवा लगाएर किसान घर्तीले आम्दानी गर्न थाल्नुभएको हो ।  चार वर्षदेखि कफी खेती शुरु गर्नुभएका घर्तीले गत वर्षदेखि कफीले उत्पादन दिन शुरु गरेको बताउनुभयो । ‘‘गत वर्ष करीब ७० किलो कफी उत्पादन भएका थियो’’ उहाँले भन्नुभयो, ‘‘सबै बिरुवाले एकै चोटी उत्पादन नदिँदा सोचेअनुरुप भएन तर यस वर्ष...

  • २०७६ बैशाख ९, सोमबार

    ट्रेड युनियन सभापतिमा विक

    नेपाल ट्रेड युनियन काङ्ग्रेस तानसेनको नगर अधिवेशनले सभापतिमा भरत विकलाई चयन गरेको छ । सभापति विकसहित १२ सदस्यीय नगरस्तरीय कार्यसमिति चयन भएको हो ।  खुला उपसभापतिमा माधवप्रसाद भट्टराई, महिला उपसभापति बीना शर्मा, सचिव कमल खत्री, सहसचिवमा मञ्जुकुमारी घिमिरे, कोषाध्यक्षमा जानकी अधिकारी, सदस्यमा गिरिधारीप्रसाद पाण्डे, सुनिलबहादुर थापा, सुमित्रा केसी, राधिका थापा, मञ्जु पोखरेल, कृष्ण चालिसे चयन...

  • २०७६ बैशाख ९, सोमबार

    भेरी बबई डाइभर्सन स् दुई प्रदेशबीच मतभेद शुरु– १

    राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण सम्पन्न नहुँदै दुई प्रदेशबीच मतभेद शुरु हुन थालेको छ । आयोजनाबाट पाउने लाभका विषयमा कर्णाली र प्रदेश नं ५ बीच मतभेद देखिन थालेको हो । आयोजनाको बाँधस्थल र विद्युत्गृह दुवै सुर्खेतमा पर्दछन् । भेरीगङ्गा नगरपालिका–५ चिप्लेमा १४ मिटर अग्लो बाँध बनाई १२ किमी लामो सुरुङमार्फत भेरीगङ्गाकै वडा नं–११ हात्तीखोलस्थित बबईमा भेरीको पानी खसालिँदैछ...

Pages