STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रिय

  • २०७५ चैत्र ८, शुक्रबार

    चन्द समूहलाई संवैधानिक दायरामा आउन आग्रह

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा चन्द समूह आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको पक्षमा लाग्नुपर्ने बताउनुभएको छ । उहाँले सो समूहलाई आपराधिक गतिविधि नगर्न आग्रह गर्दा विरोध गरिनु आश्चर्यको विषय हो भन्नुभयोे । उहाँले सिके राउत समूह विखण्डनको राजनीति छाडेर मूलधारको राजनीतिमा आएकैले उक्त समूहसँग सरकारले सम्झौता गरेको पनि स्मरण गराउनुभयो । उहाँ...

  • २०७५ चैत्र ८, शुक्रबार

    पुल निर्माण अलपत्र

    निर्माण कम्पनीको ढिलासुस्ती र डिजाइनमा देखिएको समस्या लगायतका कारणले कञ्चनपुर–कैलालीमा करीब १४ वटा पुल निर्माण अलपत्र परेका छन् । साना र ठूला गरी कञ्चनपुरमा ४० र कैलालीमा १५ वटा पुल चालु आर्थिक वर्षमा निर्माणाधीन अवस्थामा छन् । जसमध्ये १४ वटा पुल विविध कारणले निर्माणमा ढिलाइ भएको डिभिजन सडक कार्यालय भीमदत्तनगरले जनाएको छ । पुल निर्माणमा ५५ प्रतिशत भौतिक प्रगति भएको छ । डिभिजन सडक कार्यालय...

  • २०७५ चैत्र ८, शुक्रबार

    छात्रा र शिक्षिकालाई सेनेटरी प्याड

    पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा छात्रा र शिक्षिकालाई सेनेटरी प्याडको व्यवस्थापन गरिएको छ । विशेष गरी ग्रामीण क्षेत्रका स्कुले छात्रा महिनावारी भएको बेला विद्यालय आउन छाड्ने समस्यालाई मध्यनगर गरी सबै सामुदायिक विद्यालयमा सेनेटरी प्याडको व्यवस्थापन गरिएको हो । महिनावारी भएको बेला विभिन्न कारणले विद्यालय नआउने छात्रालाई विद्यालय आउने वातावरण सिर्जना गर्न आवश्यकता अनुसार...

  • २०७५ चैत्र ८, शुक्रबार

    भारतीय भन्सारमा रोकिएका ट्याङ्कर नेपाल भित्रिए

    भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै रुपैडिहामा रोकेका पेट्रोलियम पदार्थ बोकेका १४० ट्याङ्कर नेपाल भित्रिएका छन् । अनलाइनमा समस्या आएपछि ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनसम्म सीमामै रोकिएका थिए । नेपालगन्ज भन्सार कार्यालयका अधिकृत शरदकुमार केसीका अनुसार पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर भारतीय भन्सारमा अनलाइन सेवा सञ्चालन भएपछि बिहीबार राति नेपाल...

  • २०७५ चैत्र ८, शुक्रबार

    राउटेलाई सामान्य जीवनमा ल्याउन जोड

    नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले मुलुकको विकास र समृद्धिका लागि अहिलेको सरकारसँग स्पष्ट दृष्टिकोण रहेको बताउनुभएको छ । राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले यहाँ आज आयोजना गरेको ‘आदर्श दम्पती तथा युवा सम्मान’कार्यक्रममा उहाँले मुलुकमा ठूलो राजनीतिक परिवर्तन भए पनि आर्थिक र सांस्कृतिक रुपान्तरण हुन नसकेकाले कम्युनिष्ट नेतृत्वको सरकारले सामाजिक रुपान्तरण गर्ने...

  • २०७५ चैत्र ८, शुक्रबार

    कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर अनलाइनबाटै बुझाउन सकिने

    रोजगार अनुमति प्रणाली ९इपिएस० अन्तर्गत कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर सेवाग्राहीको सहजताका लागि अनलाइनबाटै बुझाउन सकिने व्यवस्था मिलाइएको छ । विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएका संस्था इ–सेवा, आइएमई–पे, फोन–पे, ग्लोबल अनाइन, ग्लोबल स्मार्टलगायत प्रणालीबाट आवेदकले कुनै लाइन नबसी दरखास्त दस्तुर बुझाउन सक्ने इपिएस कोरिया शाखाले जनाएको छ । शाखाका निर्देशक कृष्णप्रसाद खनालले गतवर्षदेखि...

  • २०७५ चैत्र ८, शुक्रबार

    ‘सडकको खाल्टाखुल्टी कहिले टालिन्छु

    राष्ट्रियसभाका सांसदले देशका विभिन्न स्थानमा देखिएको सडक समस्याबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदले राजधानी र देशका अन्य स्थानमा समेत देखिएको सडकको खाल्टाखुल्टी र धुवाँधुलोको समस्या समाधान गर्न माग गर्नुभयो । सांसद धनकुमारी खतिवडाले काठमाडौँको धुवाँधुलोको अन्त्य कहिले हुन्छ भनी सरकारसँग प्रश्न गर्नुभयो । सांसद चन्दा चपाईँले सुर्खेत...

  • २०७५ चैत्र ८, शुक्रबार

    “जातीय विभेद अन्त्य गर्न सोचमै परिवर्तन ल्याउनु आवश्यक छ”ः मन्त्री रावल

    जातीय विभेद अन्त्य गर्न सोचमै परिवर्तन ल्याउनु आवश्यक रहेकोमा जोड दिइएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको आयोजनामा झलारीमा बिहीबार मनाइएको ५४औँ अन्तर्राराष्ट्रिय जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवसका सहभागीले जोड दिएका हुन् । सुदूरपश्चिम प्रदेशका वन, वातावरण, पर्यटन तथा उद्योग राज्यमन्त्री प्रकाश रावलले भित्री हृदयबाटै जातीय छुवाछुत गर्ने छैन भनेर सबैले प्रण गरे मात्रै दलित समुदायमाथिको...

  • २०७५ चैत्र ८, शुक्रबार

    बुटवलमा प्रदेशस्तरीय मेडिकल बन्नेः प्रम

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ को रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकामा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको आज उद्घाटन गर्नुभएको छ । सरकारको एक प्रदेश एक मेडिकल कलेजको अवधारणानुरुप सो कलेज बन्न लागेको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार विकास निर्माणमा सरकार गम्भीर ढङ्गले लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनता सधैँ पीडामा बस्ने होइन, अब खुशी र सुखी बन्न...

  • २०७५ चैत्र ८, शुक्रबार

    सगरमाथाको काखमा सडक

    चालू आर्थिक वर्षमा जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिकामा सडक पुग्ने भएको छ । गाउँपालिकाको वडा नं १ बुक्सासम्म चालू आवमा सडक पु¥याउने गाउँपालिकाले जनाएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये हालसम्म सडक सञ्जालले नजोडिएको एक मात्र गाउँपालिका खुम्बुपासाङल्हामु यस वर्षदेखि सडकमा जोडिँदै छ । अबको केही दिनमै गाउँपालिका–१ स्थित खरिखोलामा सडक पुग्ने गाउँपालिकाका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिनुभयो...

  • २०७५ चैत्र ८, शुक्रबार

    डिजिटल बस बिसौनीले नगरको सौन्दर्यता बढ्यो

    नेपालगञ्ज उपमहनगरपालिकाभित्र निर्माण गरिएका अत्याधुनिक ९डिजिटल० बस बिसौनीले यहाँको सौन्दर्य बढाएको छ । रु सात करोडको लागतमा नेपालगञ्जको राँझा चोकदेखि ट्राफिक चोकसम्म सुर्खेत रोडका २१ स्थानमा अत्याधुनिक बस बिसौनी निर्माण भएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले डिजिटल बस बिसौनीले नगरको सौन्दर्यतासँगै यातायात व्यवस्थापन र यात्रुलाई समेत सहजता भएको बताउनुभयो । “...

  • २०७५ चैत्र ८, शुक्रबार

    धवलागिरिमा कुखुरा आयातमा रोक

    कास्कीलगायतका छिमेकी जिल्लामा बर्डफ्लू देखिएपछि धवलागिरिमा कुखुरा आयातमा रोक लगाइएको छ । केही दिनयता देशैभर कुखुरामा बर्डफ्लू देखिएपछि पर्वतसहित साविक धवलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङमा समेत कुखुरा आयतमा रोक लगाइएको हो । पोखरा–बागलुङ सडकको धवलागिरि प्रवेश गर्ने नाका डिमुवाबजारबाट कुखुरा र पक्षीजन्य वस्तु आयातमा रोक लगाइएको कुश्मा नगरपालिकाका पशु चिकित्सक राम्जीप्रसाद पौडेलले जानकारी दिनुभयो...

Pages