STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रिय

  • २०७५ चैत्र १२, मंगलबार

    मन्त्री यादवद्वारा चिनी कारखानाको अनुगमन

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगत डेढ दशकदेखि बन्द अवस्था रहेको वीरगञ्ज चिनी कारखानाको आज स्थलगत अनुगमन तथा निरीक्षण गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुभयो । सो अवसरमा उहाँले उपयोगविहीन अस्थामा रहेका कारखानाका उपकरणहरु जीर्ण हुँदै गएकोेप्रति चिन्ता व्यक्त गर्दै यसको सरसफाइमा ध्यान दिन कर्मचारीलाई निर्देशन दिनुभयो । मन्त्री यादवले पर्सा जिल्ला अदालत र उच्च अदालतको...

  • २०७५ चैत्र १२, मंगलबार

    बयासी वर्षीय बुदेले पाए नागरिकता

    बाजुरा गौमूल गाउँपालिकाको कार्यालयमा सञ्चालन भएकोे नागरिकता शिविरबाट वडा नं ३ का ८२ वर्षीय बुदे बोहराले नागरिकता पाउनुभएको छ । उहाँलाई जिल्ला प्रशासन कार्यालयको आयोजनामा सञ्चालित नागरिकता शिविरबाट नागरिकता र फोटोसहितको मतदाना नामावली प्रदान गरेकोे प्रमुख जिल्ला अधिकारी चेत्तराज बरालले जानकारी दिनुभयो । नागरिकता नहुँदा बोहराले लामो समयदेखि वृद्धभत्ता पाउन सक्नुभएको थिएन । त्यो सँगै नागरिकतासँग...

  • २०७५ चैत्र १२, मंगलबार

    हेटौँडालाई नै स्थायी राजधानी गर्न माग

    हाल अस्थायी राजधानी रहेको हेटौँडालाई नै प्रदेश नं ३ को स्थायी राजधानीे बनाएर अन्योल अन्त्य गर्न मकवानपुरस्थित जनसरोकार केन्द्रले जोड दिएको छ ।मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त केन्द्रका संयोजक धुव्रप्रसाद चौलागाईंले केन्द्रीकृत मानसिकता त्याग्न सम्बन्धित सबैमा आग्रह गर्दैे राजधानीको विषयमा रहेको अन्योल हटाउन सुभाव दिनुभयो । हेटौँडा सबै दृष्टिकोणले स्थायी राजधानीको लागि उपयुक्त रहेको र...

  • २०७५ चैत्र ११, सोमबार

    नौ वटा झोलुङ्गे पुल अलपत्र

    जिल्लाका निर्माण भइ सक्नुपर्नेनौवटा झोलुङ्गे पुल ठेकेदारको चरम लापरबाहीले अलपत्रमा परेका छन् । झोलुङ्गे पुलका ठेकेदारले समयमै सामान ढुवानी नगर्दा जिल्लाका विभिन्न स्थानमा रहेका नौ वटा झोलुङ्गे पुल अलपत्रमा परेका हुन । सम्झौता गरेको समयसम्म ठेकेदारले सामान ढुवानी नगरेपछि जिल्लाका विभिन्न गाउँ जोड्ने पुल निर्माणका कामसमेत रोकिएका छन् । २०७२ सालमा टर्सी काग्रो ढुवानी सेवाका सोनाम लामाले चार वटा...

  • २०७५ चैत्र ११, सोमबार

    नयाँ पुस्ताका आलुको बीउ उत्पादन

    पाँचखालस्थित मसला बाली विकास केन्द्रले विभिन्न जातका आलुको बीउ उत्पादन गरिरहेको छ । वर्षौंदेखि एउटै जात पुस्तान्तरण गरी आलुखेती गर्दा कम उत्पादन हुने भएपछि नयाँ पुस्ताका बीउ उत्पादन गरिएको केन्द्रप्रमुख युवराज पाण्डेले बताउनुभयो । उहाँले केन्द्रमा आलुको पूर्व मूलबीउ र मूल बीउ उत्पादन गरिरहेको जानकारी दिनुभयो । आलुको बीउ उत्पादनका लागि कुनै प्रकारका किरा छिर्न नसक्ने दुईवटा ‘स्क्रिन हाउस’भित्र...

  • २०७५ चैत्र ११, सोमबार

    स्थायी बसपार्क कार्यान्वयनमा समस्या

    हालै सञ्चालनमा ल्याइएको पाँचथरको फिदिम–२, पल्लोटारस्थित स्थायी बसपार्कको कार्यान्वयनमा समस्या देखिएको छ । शहर विस्तार हुने अनुमानका आधारमा फिदिम बजारबाट झण्डै डेढ किलोमिटर दूरीमा रहेको पल्लोटारमा निर्माण गरिएको बसपार्क कार्यान्वयनमा समस्या भएको हो । दुई दशक अघि निर्माण थालेर गत मङ्सिरबाट सञ्चालनमा ल्याइएको बसपार्कमा यात्रु पुग्न कठिनाइ परेको छ । मानवीय चाप नहुँदा सवारी साधन समेत यहाँ पार्किङ हुन...

  • २०७५ चैत्र ११, सोमबार

    मौसम बदलीसँगै हल्का वर्षाको सम्भावना

    पश्चिमी वायुको प्रभावले आज मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । आज बिहानबाट नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले पश्चिमी भेगका केही स्थान र पहाडी क्षेत्रका एक÷दुई स्थानमा मेघ गर्जनसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार...

  • २०७५ चैत्र ११, सोमबार

    बृहत् योग शिविर शुरु

    बाजुराको सदरमुकाम मार्तडीमा बृहत् योग शिविर सञ्चालन भएको छ । बडिमालिका नगरपालिका र पतञ्जली योग समिति बाजुराको संयुक्त आयोजना र क्रिएटर जोन ऐकेडेमीको व्यवस्थापनमा शिविर सञ्चालन भएको योग समिति बाजुराका अध्यक्ष लालबहादुर ओलीले बताउनुभयो । शिविर आजबाट एक हप्तासम्म मार्तडीस्थित क्रिएटर जोन ऐकेडेमीमा सञ्चालन भएको छ । शिविर हरेक दिन बिहान ५ बजेबाट शुरु हुने समिति अध्यक्ष ओलीले जानकारी दिनुभयो । चञ्चल...

  • २०७५ चैत्र ११, सोमबार

    राज्य चूप लागेर बस्न मिल्दैन ः नेपाल

    नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता माधवकुमार नेपालले राज्य निरीह संस्था नभएकाले यसलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्न नमिल्ने बताउनुभएको छ । यहाँ आज पत्रकारसँगको भेटघाटमा उहाँले आपराधिक गतिविधि गर्ने जोकोहीप्रति राज्य निरीह बन्न नसक्ने बताउनुभयो । पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “राज्य भनेको निरीह संस्था होइन, राज्यलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्ने कुरा हुँदैन ।”...

  • २०७५ चैत्र ११, सोमबार

    नेपाल र जापानबीच श्रमिक पठाउने समझदारी

    नेपाल र जापान सरकारबीच नेपाली कामदारलाई जापानमा रोजागारीको अवसर उपलब्ध गराउने सम्बन्धी ‘सहयोग समझदारी’ भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा आज नेपाली श्रमिक जापान पठाउनेसम्बन्धी सो समझदारी पत्रमा श्रम मन्त्रालयका निमित्त सचिव डा रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिसी साइगोले हस्ताक्षर गर्नुभयो । हस्तारक्षरसँगै नेपाली कामदारलाई जापानको श्रम...

  • २०७५ चैत्र ११, सोमबार

    भेडापालेर राम्रो आम्दानी

    उमेरले ७२ काट्नुभएका कृष्णमुरारी श्रेष्ठको दिन प्राय भेडिगोठमै बित्ने गरेको छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा देउरालीका श्रेष्ठले भेडा पाल्न थाल्नुभएको ३६ वर्ष भयो । बिहान र बेलुकी घरको धन्दा गर्नु र दिनभर गोठमा रहेका भेडालाई चाराउनका लागि नजिकैकको जङ्गलमा पग्नु उहाँको पेशा हो । गोठभर भेडा पालेर त्यसैबाट हुने आम्दानीले गुजारा गर्दै आउनुभएका कृष्णमुरारी भेडा बिक्री गरेर मासिक रु ४० हजार...

  • २०७५ चैत्र ११, सोमबार

    विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याइनेःप्रम

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई चैतभित्र राजनीतिक मूलधारमा ल्याइने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा आज नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०बाट निर्वाचित प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदलाई सम्बोधन गदै उहाँले विप्लव समूहको अतिवादी क्रियाकलापलाई अन्त्य गरिने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “सके राजनीतिक तवरबाट नसके जेलमा बसालेर भए पनि नक्कली...

Pages