relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ बैशाख ११, बुधबार

    राष्ट्रपति भण्डारी चीन प्रस्थान

    राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा यही वैशाख ११ देखि १९ गतेसम्म चीनको राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।       राष्ट्रपति भण्डारीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्री र गृहमन्त्रीले बिदाइ गर्नुभयो । सो अवसरमा मन्त्रिगण...

  • २०७६ बैशाख ११, बुधबार

    प्रदेश नं ५ एक वर्षमा चार पटक प्रदेशसभा स्थगित

    प्रदेश नं ५ को प्रदेशसभामा एक वर्षको अवधिमा चार पटक प्रदेशसभा स्थगन भएको छ । खास गरेर विपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण विभिन्न विषयमा प्रदेशसभा स्थगन भएको प्रदेश नं ५ को सचिवालयले जनाएको छ । विसं २०७५ को असार ४, साउन १३, माघ १८ र माघ २२ गते विपक्षी नेपाली काङ्ग्रेसको अवरोधका कारण प्रदेशसभा स्थगन भएको थियो । बजेटका विषयमा मुख्यमन्त्री शङ्कर पोखरेलको धारणा, स्थायी राजधानीका विषयमा...

  • २०७६ बैशाख ११, बुधबार

    सुरक्षा निकायतर्फ ३८ प्रतिशत पुनःनिर्माण

    मुलुकको अपराध नियन्त्रण गरी शान्ति, सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी बोकेको सुरक्षा निकायतर्फ भूकम्पबाट क्षति पुगेको आधाभन्दा बढी भवन चार वर्ष पुग्दा पनि पुनःनिर्माण हुन सकेको छैन ।  भूकम्पले च्यापेको घाउलाई एकातर्फ पन्छाएर अहिले पनि सकस झेल्दै सुरक्षा निकायले उपलब्ध साधन स्रोतलाई प्रयोग गरी अस्थायी आश्रयस्थबाट काम गरिरहेको छ । भौतिक संरचनाको अभावमा कतिपय अनुसन्धान प्रभावित भएको र अभिलेखमा...

  • २०७६ बैशाख ११, बुधबार

    कुस्तीका राष्ट्रिय खेलाडी विष्ट गम्भीर बिरामी

    नेपालगञ्जमा जारी आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी एक खेलाडीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । कुस्ती खेलको निर्णायकको भूमिका निर्वाह गरिरहनुभएका सुर्खेत वीरेन्द्रनगर–९ लाटीकोइलीका २४ वर्षीय निर्मल विष्टलाई उपचारका लागि काठमाडौँ लगिएको छ । विष्ट कुस्तीका राष्ट्रिय खेलाडी हुनुहुन्छ । राष्ट्रिय खेलकूद परिषद् ९राखेप० को सहजीकरणमा विष्टको काठमाडौँ बल्खुस्थित वयोधा अस्पतालमा उपचार...

  • २०७६ बैशाख ११, बुधबार

    पत्रकार  महतोद्वारा ५१ हजारको छात्रवृत्ति कोष स्थापना

    महोत्तरी बर्दिवास घर भएका पत्रकार राजकरण महतोले ५१ हजार बराबरको छात्रवृत्ति कोषको स्थापना गर्नुभएको छ ।  नारी शिक्षालाई उत्प्रेरित गर्न पत्रकार महतो आफैँले पत्रकारिताबाट कमाएर जोगाएको रु ५१ हजार बराबरको छात्रवृत्ति कोषको स्थापना गर्नुभएको हो । आर्थिक अवस्था कमजोर भएकै कारण आफ्ना दिदिबहिनी स्कुलसम्म पुगेर पनि शिक्षा लिनबाट वञ्चित भएको भन्दै आफूले आफ्ना समुदायका दिदीबहिनीहरु शिक्षा लिनबाट वञ्चित...

  • २०७६ बैशाख ११, बुधबार

    गुफाभित्र कार्यपालिकाको बैठक

    तनहुँ बन्दीपुर गाउँपालिकाले दक्षिण एशियाकै ठूलो दाबी गरिएको सिद्धगुफाभित्र कार्यपालिकाको बैठक सम्पन्न गरेको छ ।  बन्दीपुर गाउँपालिका–५ विमलनगरस्थित सिद्धगुफाको प्रचारप्रसार गरी पर्यटक आकर्षित गर्ने उद्देश्यसहित गाउँपालिकाको ४१ औँ कार्यपालिकाको बैठक मङ्गलबार सो गुफाभित्र सम्पन्न गरेको हो ।  पर्यटकीय तथा धार्मिकस्थलको प्रचारप्रसारका लागि गाउँपालिकाले प्रत्येक वडामा पुगेर कार्यपालिकाको बैठक गर्ने...

  • २०७६ बैशाख ११, बुधबार

    प्रदेशसभा बैठक आह्वान

    प्रदेश नं ३ प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाको चौथो अधिवेशन बैठक यही वैशाख ३० गते सोमबार दिनको १ बजे बस्ने गरी आह्वान गर्नुभएको छ ।  नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिमको अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले सिफारिस गरी पठाएअनुसार उहाँले सो आह्वान गर्नुभएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । प्रदेशसभाको तेस्रो बैठक गत १० गते राति १२ बजे अन्त्य गरिएको थियो । ...

  • २०७६ बैशाख ११, बुधबार

    मार्सी धान जोगाउन डिपिआर तयार

    विश्वमै सबैभन्दा अग्लो स्थानमा फल्ने मार्सी धान जोगाउनका लागि डिपिआर तयार गर्न थालिइएको छ ।  जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर क्षेत्रमा फल्ने मार्सी धान जोगाउनका लागि सो गाउँपालिकाले अहिले डिपिआर तयार गर्न थालेको हो ।  गुरुयोजना निर्माणका लागि डिपिआरको काम अगाडि बढाइएको गाउँपालिकाका प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो । यसले कालीमार्सीको गुणस्तर, उत्पादन परिणाम तथा...

  • २०७६ बैशाख ११, बुधबार

    खुला दूध बिक्रीमा रोक

    मकवानपुर जिल्लामा खुलारुपमा बिक्री हुने अप्रशोधित दुग्ध बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले दुग्ध तथा दूधजन्य पदार्थको गुणस्तर निर्देशिका २०७५ लागू गर्नका लागि सो प्रतिबन्ध लगाएको हो ।  जिल्ला प्रशासन कार्यालयद्वारा दूध वितरण गर्ने सरोकारवालासँग बसेको बैठकले यही शुक्रबार १३ गतेदेखि खुला बिक्री हुने दुग्धमा रोक लगाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयका...

  • २०७६ बैशाख ११, बुधबार

    बीमाले उत्साह

    कालीमार्सी जोगाउन अहिले किसानले बीमासमेत गर्न थालेका छन् । मार्सी चामलको माग बढिरहेकाले यसको सुरक्षा गर्न बीमा पनि आवश्यक छ, स्थानीय किसान बताउँछन् । मार्सी चामलको माग बढ्दै गए पनि खेतीमा बढी दुःख गर्नुपर्ने भएकाले किसानको रुचि घट्दै गएको थियो । मार्सी हुने खेतमा समेत उन्नत धानको खेती श्ुरु भएको थियो । मार्सी धाननै लोप हुने जोखिम बढ्दै गएपछि बीमा सुविधा पनि दिइएको शिखर इन्स्योरेन्स कम्पनीले...

  • २०७६ बैशाख ११, बुधबार

    उपचारमा अन्तिम गन्तव्य भरतपुर आँखा अस्पताल

    आँखाको उपचारमा सेवा सुविधा विस्तार हुँदै गएपछि यहाँका लब्धप्रति ष्ठित एवं धनाढ्य पनि उपचारका लागि बाहिर जान छाडेका छन् ।  नेपाल नेत्रज्योति सङ्घले यहाँ सञ्चालन गरेको भरतपुर आँखा अस्पतालमा आँखाका सबै खालका उपचार हुन थालेपछि बाहिर जानेको सङ्ख्या घट्न थालेको हो ।   विगतका वर्षमा यहाँका धनाढ्य, व्यावसायिक घरानाका व्यक्तिहरु, पहुँचवाला, उच्च पदमा आसिन व्यक्तिहरु आँखाको उपचारका लागि काठमाडौँ र...

  • २०७६ बैशाख ११, बुधबार

    मदिराले धानेको राजश्व

    आन्तरिक राजश्व कार्यालय भरतपुरमा सङ्कलन हुने राजश्वको अधिकांश हिस्सा मदिराले धान्ने गरेको छ । चितवन र नवलपुर जिल्ला हेर्ने यस कार्यालयमा सङ्कलन हुने राजश्वको ८७ प्रतिशत हाराहारी वियर र मदिराको हुने गरेको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म सङ्कलन भएको कूल राजश्व रु २० अर्ब चार करोड ७० लाख ८६ हजारमध्ये रु १७ अर्ब ६७ करोड ९३ लाख ४१ हजार अन्तःशुल्कको रहेको छ । कार्यालयका सूचना...

Pages