राष्ट्रिय
-
२०७६ बैशाख १३, शुक्रबार
निःशुल्क स्वास्थ्य परीक्षण
जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा ७२० ले उक्त सेवा लिएका छन् । वैशाख १० गतेबाट सर्केगाडमा रहेको आयुर्वेद शाखाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा त्यस क्षेत्रका नागरिकले स्वास्थ्य सेवा लिएका हुन् । मङ्गलबारबाट सञ्चालन भएको स्वास्थ्य शिविरको अन्तिम दिन महिला पुरुष गरेर २३९ ले स्वास्थ्य परीक्षण गरी स्वास्थ्यलाभ लिएको आयुर्वेद शाखा...
-
२०७६ बैशाख १३, शुक्रबार
‘गरिबीसँगै रोगको चिन्ताले सतायो’
दिवानसिं र सीता नेपालीको वैवाहिक सम्बन्ध जोडिएको आज १२ वर्षभयो । विवाहपश्चात् दुःख गरेर उनीहरुले वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत बामेखोला गाउँमा चार कठ्ठा जग्गाको पनि जोहो गरे । विगतको दुःखको परिणामलाई सुखमा परिणत गर्ने दम्पती नेपालीको सपना थियो । दुई वर्ष साउदी अरब गएर तीन महीनाअघि घरबिदामा आएका दिवानसिं पुनः फर्कने दिनको तयारी गर्दैहुनुहुन्थ्यो । त्यही समयमा उहाँलाई रिङ्गटा चल्यो । उपचारका...
-
२०७६ बैशाख १३, शुक्रबार
‘नेपाल सन् २०३० अगावै मध्यम आय भएको मुलुक बन्न चाहन्छ’ ः राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने नेपालको तत्कालको उद्देश्य भएको बताउनुभएको छ । अन्तरराष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड मञ्चको आज यहाँ आयोजित उच्चस्तरीय बैठकमा राष्ट्रपति भण्डारीले सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न नेपाल दृढताका साथ अगाडि बढेको बताउनुभयो । उहाँले नेपालले विकासका चुनौती सामना गर्न...
-
२०७६ बैशाख १२, बिहिबार
प्रभातफेरी
‘अन्तर्राष्ट्रिय गल्र्स इन आईसीटि डे’ को अवसरमा आज प्रभातफेरीको आयोजना गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरण लगायतका संघसंस्थाले आयोजना गरेको प्रभातफेरी कमलादीबाट सुरु भएर घण्टाघर, प्रदर्शनीमार्ग, पुतलीसडक हुँदै पुनः कमलादीमा पुगेर कोणसभामा परिणत भएको हो । प्रभातफेरीमा सहभागीहरूले ‘आईसीटि हामी नारी जुटौँ देशमा विकासको मुल फुटाऊँ’, ‘आईसीटिबाट बालिकाहरूको...
-
२०७६ बैशाख १२, बिहिबार
गोरखामा ४९ हजार घरको पुनःनिर्माण सम्पन्न
२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको चार वर्ष पूरा हुँदा गोरखामा ७५ प्रतिशत निजी आवास पुनःनिर्माणको काम सम्पन्न भएको छ । भूकम्पको केन्द्रबिन्दु रहेको गोरखामा लाभग्राहीको सूचीमा परेकामध्ये ४९ हजार ७० लाभग्राहीको निजी आवास निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइ गोरखाका प्रमुख रामशरण आचार्यले जानकारी...
-
२०७६ बैशाख १२, बिहिबार
पढाइमा उत्कृष्ट बने असहाय बालबालिका
कुनै समय सडकमा भौतारिएर हिँड्ने गरेका बालबालिका अहिले भने पढाइमा अब्बल बन्दै गएका छन् । सहाराविहीन बनेर सडकमा हिँडिरहेका बालबालिकामध्ये कतिपयले अहिले कक्षामा प्रथम हुन सफल भएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीस्थित असहाय बाल विकास नेपाल र तुलसीपुर–६ डुंम्रिगाउँस्थित दिदीघर संस्थाले पालन पोषण तथा शिक्षा दिक्षा दिइरहेका बालबालिकामध्ये केही विद्यार्थी कक्षामा प्रथम हुन सफल भएका हुन्...
-
२०७६ बैशाख १२, बिहिबार
पहिलो अन्तरिक्ष यात्रीको शालिक अनावरण
काठमाडौँ महानगरपालिकाले शङ्खपार्क रत्नपार्क मा पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको अन्तरिक्ष यात्राको कुममाथिको भाग अनावरण गरेको छ । महानगरले गागरिनको ८५ औँ वार्षिकोत्सवको अवसरमा पारेर उनको अर्धकदको शालिक अनावरण गरेको हो । कामपाका प्रमुख विद्यासुन्दर शाक्य र अन्तरिक्ष यात्री भिक्टोर पेट्रोभिच सभिन्खले संयुक्तरूपमा शालिक अनावरण गर्नुभएको हो । कार्यक्रममा कामपाका प्रमुख शाक्यले शङ्खपार्कलाई...
-
२०७६ बैशाख १२, बिहिबार
४० विद्यार्थीई लाछात्रवृत्ति प्रदान
नवलपुरको गैँडाकोटमा मुख्य कार्यालय रहेको बिकू बचत तथा क्रृण सहकारी संस्था लिमिटेडले ४० विद्यार्थीलाई दीर्घकालीन छात्रवृत्ति प्रदान गरेको छ । बुधबार एक कार्यक्रममार्फत बिकूले २५ सामुदायिक विद्यालयका ४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठ र मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर रानाले संयुक्तरूपमा छात्रवृत्तिको रकम र शैक्षिक सामग्री...
-
२०७६ बैशाख १२, बिहिबार
राष्ट्रपति भण्डारीबाट ‘ता सियान बौद्ध’ मन्दिरको अवलोकन
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ता सियान बौद्ध मन्दिरको अवलोकन गर्नुभयो । मन्दिर परिसरमा आइपुग्दा उहाँलाई त्यहाँका प्रमुख चेन किङले स्वागत गर्नुभयो । साथै मन्दिरका विषयमा राष्ट्रपति भण्डारीलाई जानकारी दिइएको थियो । चीनमा बौद्ध धर्मावलम्बीका लागि यो राम्रोसँग संरक्षण गरिएको प्राचीन धार्मिक मन्दिर हो । यो शहरबाट करीब चार किलोमिटर दक्षिणी बाहिरी भागमा अवस्थित छ । ता सियान मन्दिरले...
-
२०७६ बैशाख १२, बिहिबार
तरकारी खेतीले महिलामा आर्थिक सबलता
हिमा गाउँपालिका–७ की अम्बिका अधिकारी तरकारी किसान हुन् । तरकारी खेतीबाट मनग्ये आम्दानी गरिरहेका उहाँलाई मौसम वा बेमौसम कुनै बेला फुर्सद हुँदैन । दशकअघिसम्म श्रीमान्को कमाइमा निर्भर रहने उनी अहिले आफूले कमाएर श्रीमान्लाई खर्च दिनुहुन्छ । “पहिले चुलो–चौकोमै सीमित थियौँ, अहिले आयआर्जनका क्रियाकलापमा संलग्न छौँ, परिवारको समृद्धिका लागि व्यावसायिक रुपमा अघि बढेका छौँ”, उहाँले भन्नुभयो । बिहान...
-
२०७६ बैशाख १२, बिहिबार
शुक्रबारदेखि पर्यटन ‘मार्ट’
नेपालको विविध पर्यटकीय उत्पादन र वस्तुहरुलाई एउटै स्थलमा प्रर्दशन गरी पर्यटकलाई जानकारी गराउने उदेश्यले राजधानीमा शुक्रबारदेखि ‘डोमेस्टीक टुरिजम मार्ट’ आन्तरिक पर्यटन मेलाको आयोजना गर्न लागिएको छ । गन्तव्य नेपाल ग्रुपअन्तर्गत गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले समग्र निजी क्षेत्रको प्रतिनिधित्व गर्दै पहिलोपटक भृकुटीमण्डपको प्रदर्शनी हलमा आयोजना गर्न लागेको दुईदिने पर्यटन मेलामा देशका सात वटै...
-
२०७६ बैशाख १२, बिहिबार
अर्चलेमा पहिलोपटक बस पुग्यो
निस्दी गाउँपालिका–६ को अर्चलेमा पहिलोपटक बस पुगेको छ । पश्चिमाञ्चल बस व्यवसायी समितिद्वारा सञ्चालित लु१ख ४६९७ नंको बस बुधबार पहिलोपटक पुगेको हो । गाउँमा पहिलोपटक बस पुगेपछि बस चालक र समितिका पदाधिकारीलाई यहाँका स्थानीयवासीले खुशी हुँदै स्वागत गरेका थिए । बालबालिकादेखि युवायुवती, वृद्धवृद्धा बस आएको देखेपछि खुशीले उत्साहित हँुदै हेर्नेको ठूलो भीड रहेको होम राई मगरले बताउनुभयो । पुलबजार, डियाङ्बारी...


