STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रिय

  • २०७५ चैत्र १४, बिहिबार

    पक्षी तथा जनावर अनुसन्धानको केन्द्र बन्दै दाङ

    पछिल्लो केही समययता दाङको देउखुरी क्षेत्र जनावर तथा पक्षीको खोज तथा अनुसन्धान केन्द्रको रूपमा विकास भएको छ । देउखुरी क्षेत्रमा ठूलो जङ्गल र राप्ती नदी पनि रहेकाले जनावर तथा पक्षी अनुसन्धान गर्ने केन्द्र बन्ने भएको छ । देउखुरी क्षेत्रमा अनुसन्धानका लागि देश तथा विदेशबाट विद्यार्थी तथा अनुसन्धानकर्ता आउने गरेका छन् । केही दिनअघि मात्रै एक विदेशी नागरिक आएर त्यहाँका जलपक्षी तथा जङ्गली जनावरको अध्ययन...

  • २०७५ चैत्र १४, बिहिबार

    दण्डहीनता अन्त्यका लागि ठोस कदम चाल्न आग्रह

    सभामुख कृष्णबहादुर महराले मानवअधिकार संरक्षणका विषयमा आफू सदैव सकारात्मक रहेको बताउनुभएको छ । मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले आज उहाँकै कार्यकक्षमा गरेको भेटमा समाजका तर्फबाट दण्डहीनता अन्त्यका लागि ठोस कदम चाल्न गरेको आग्रहप्रति सभामुख महराले समाजले अघि सारेका विषयप्रति आफू सकारात्मक भएको बताउनुभयो । सभामुख महराले यस्ता विषयमा आफूले पनि सरकारको ध्यानाकर्षण गराउने र संसद्मा यो...

  • २०७५ चैत्र १४, बिहिबार

    औषधि छ तर स्वास्थ्यकर्मी छैन

    जिल्लाका अधिकांश स्वास्थ्यचौकीमा औषधि भएता पनि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ । अधिकांश स्वास्थ्यचौकीहरुमा स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई बोकी एक दिन पैदल हिँडेर उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याउनुपर्ने बाध्यता रहेको गुनासो स्थानीवासीको छ । सर्केगाड गाउँपालिका रिपस्थित स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा यहाँको बिरामीलाई उपचारका लागि बोकेर एक...

  • २०७५ चैत्र १४, बिहिबार

    स्वयम्भूमा बज्राचार्यको दे आचार्य गुठी

    काठमाडौँका विभिन्न १८ वटा महाविहारसँग आबद्ध बज्राचार्यको बृहत्भेला दे आचार्य गुठी आजदेखि काठमाडौँको स्वयम्भूमा शुरु भएको छ । दे आचार्य गुठी हरेक वर्ष चैत्र कृष्णपक्ष अष्टमी र नवमीका दिने हुने परम्परा छ । दुईदिने भेलामा काठमाडौँका विभिन्न १८ वटा महाविहारका १८०० भन्दा बढी बज्राचार्यको सहभागिता छ । स्वयम्भु महाचैत्यको प्रसिद्ध शान्तिपुरमा हुने सो कार्यक्रममा चामल, चिउरा, केराउ, पैसा आदि प्रदान...

  • २०७५ चैत्र १४, बिहिबार

    शिवम् सिमेन्टले ६९ करोड लाभांश दिने

    शिवम् सिमेन्ट लिमिटेडले आफ्ना शेयरधनीलाई रु ६९ करोड ४७ लाख ३८ हजार बराबरको नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले प्रतिशेयर १५ रुपैयाँ ७८ पैसाको दरले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनी सचिव लेखनाथ अर्यालले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७४÷७५ को मुनाफा रकममध्येबाट कम्पनीको चुक्ता पूँजी रु चार अर्ब ४० करोडको प्रतिशेयरको दरले लाभांश वितरण गर्ने निर्णय...

  • २०७५ चैत्र १४, बिहिबार

    निःशुल्क विद्युत् मिटर वितरण

    आर्थिक अवस्था कमजोर भएका नागरिकलाई सरकारले निःशुल्क रुपमा विद्युत्को मिटर वितरण गर्न थालेको छ । चालू आर्थिक वर्षको बजेटमा समेत आर्थिकरुपमा विपन्न समुदायलाई निःशुल्क रुपमा मिटर दिने व्यवस्था गरिएको छ । सोही व्यवस्थालाई देशव्यापी रुपमा नै कार्यान्वयन गर्न थालिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । अभियानकै रुपमा मिटर वितरण गर्ने कार्यलाई नेपाल विद्युत् प्राधिकरणले आना वितरण केन्द्रमार्फत् शुरु...

  • २०७५ चैत्र १४, बिहिबार

    फाप्लुमा विमानको चाप बढ्यो

    जिल्लाको फाप्लु विमानस्थलमा विमानको चाप बढेको छ । मौसम प्रतिकूलताका कारण तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लाका लागि आएका विमानसमेत ‘डाइभर्ट’ भई फाप्लु आउने गरेकाले यहाँ विमानको चाप बढेको हो । करीब चार दिनदेखि खुम्बुको मौसममा खराबी आउँदा लुक्ला जाने विमान पनि फाप्लुमा अवतरण भएको नागरिक उड्डयन कार्यालय फाप्लुले जनाएको छ । नियमितरूपमा तीनदेखि चार वटा मात्र विमान आवतजावत हुने फाप्लु विमानस्थलमा हाल १२...

  • २०७५ चैत्र १४, बिहिबार

    वीरगञ्ज भन्सार लक्ष्यअनुसार राजश्व उठेन

    नेपालको मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयमा तोकिएको लक्ष्यअनुसार राजश्व उठ्न सकेको छैन । कार्यालयका अनुसार चालू आव २०७५÷०७६ को फागुन महीनासम्मको लक्ष्य रु एक खर्ब ८१ अर्ब ११ करोड रहेको भए पनि सो कार्यालयले रु एक खर्ब एक अर्ब २८ करोड मात्रै राजश्व सङ्कलन गरेको छ । कार्यालयले लिएको लक्ष्यको ९३।४५ प्रतिशत मात्रै राजश्व सङ्कलन भएको छ । भन्सार नाकाबाट औद्योगिक तथा व्यावसायिक आवश्यकताका...

  • २०७५ चैत्र १४, बिहिबार

    प्राङ्गारिक तरकारीको माग

    बागलुङको जैमिनी नगरपालिका–२ दमेकका टीकाराम सापकोटाले प्राङ्गारिक तरकारी खेती गर्न थालेको २२ वर्ष भयो । स्थानीय बजारमा उहाँले उत्पादन गरेको तरकारीको माग अहिले झन बढ्न थालेको छ । दमेकको बनहुँमा रहेको सात रोपनी खेतबारीमा उहाँले फलाएको तरकारीले राम्रो बजार पाउने गरेको हो । विसं २०५३ देखि निरन्तर तरकारी खेती गर्दै आउनुभएका सापकोटाले तरकारी बिक्रीबाट मासिक रू ३० हजारभन्दा बढी खुद नाफा गर्दै आउनुभएको छ...

  • २०७५ चैत्र १४, बिहिबार

    सत्र अर्ब राजश्व सङ्कलन

    आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा रु १७ अर्ब ५६ करोड १४ लाख ९९ हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयले साउनयता फागुन मसान्तसम्म लक्ष्यको १०३ दशमलव ३७ प्रतिशत राजश्व सङ्कलन गरेको हो । कार्यालयका सुचना अधिकारी धनेश्वर अर्यालका अनुसार सबैभन्दा बढी अन्तःशुल्कमा रु १५ अर्ब ५२ करोड ६० लाख १३ हजार उठेको छ । त्यसैगरी आयकरमा रु ९९ करोड ९७ लाख १० हजार, मूल्य अभिवृद्धि...

  • २०७५ चैत्र १४, बिहिबार

    फेवा नव वर्ष महोत्सव

    नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ पश्चिमाञ्चल होटेल सङ्घको आयोजनामा यही चैत २९ गतेदेखि वैशाख १ गतेसम्म फेवा किनारस्थित कोमागाने पार्कमा फेवा नव वर्ष महोत्सव हुने भएको छ । सङ्घद्वारा वर्षेनी नयाँ वर्षका अवसरमा हुँदै आएको महोत्सवअन्तर्गतको १६ औँ संस्करणबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष विकल तुलाचनले दिनानुदिन प्रदूषित...

  • २०७५ चैत्र १४, बिहिबार

    तीव्र गतिमा बहुआयामिक विकास गर्नुको विकल्प छैन प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलील वर्तमान सरकार राजनीतिक अधिकार प्राप्तिका प्रयासलाई संस्थागत गरेर सुशासन र विकासमा केन्द्रीत भएको बताउनुभएको छ । आर्थिक उन्नतिका लागि लामो समय पर्खन नसकिने स्पष्ट पार्दै उहाँले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न तीव्र गतिमा बहुआयामिक विकास गर्नुको कुनै विकल्प नभएको बताउनुभयो । उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित आठौँ अन्तर्राष्ट्रिय...

Pages