राष्ट्रिय
-
२०७६ बैशाख १२, बिहिबार
प्रभातफेरी
‘अन्तर्राष्ट्रिय गल्र्स इन आईसीटि डे’ को अवसरमा आज प्रभातफेरीको आयोजना गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरण लगायतका संघसंस्थाले आयोजना गरेको प्रभातफेरी कमलादीबाट सुरु भएर घण्टाघर, प्रदर्शनीमार्ग, पुतलीसडक हुँदै पुनः कमलादीमा पुगेर कोणसभामा परिणत भएको हो । प्रभातफेरीमा सहभागीहरूले ‘आईसीटि हामी नारी जुटौँ देशमा विकासको मुल फुटाऊँ’, ‘आईसीटिबाट बालिकाहरूको...
-
२०७६ बैशाख १२, बिहिबार
गोरखामा ४९ हजार घरको पुनःनिर्माण सम्पन्न
२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको चार वर्ष पूरा हुँदा गोरखामा ७५ प्रतिशत निजी आवास पुनःनिर्माणको काम सम्पन्न भएको छ । भूकम्पको केन्द्रबिन्दु रहेको गोरखामा लाभग्राहीको सूचीमा परेकामध्ये ४९ हजार ७० लाभग्राहीको निजी आवास निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइ गोरखाका प्रमुख रामशरण आचार्यले जानकारी...
-
२०७६ बैशाख १२, बिहिबार
पढाइमा उत्कृष्ट बने असहाय बालबालिका
कुनै समय सडकमा भौतारिएर हिँड्ने गरेका बालबालिका अहिले भने पढाइमा अब्बल बन्दै गएका छन् । सहाराविहीन बनेर सडकमा हिँडिरहेका बालबालिकामध्ये कतिपयले अहिले कक्षामा प्रथम हुन सफल भएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीस्थित असहाय बाल विकास नेपाल र तुलसीपुर–६ डुंम्रिगाउँस्थित दिदीघर संस्थाले पालन पोषण तथा शिक्षा दिक्षा दिइरहेका बालबालिकामध्ये केही विद्यार्थी कक्षामा प्रथम हुन सफल भएका हुन्...
-
२०७६ बैशाख १२, बिहिबार
पहिलो अन्तरिक्ष यात्रीको शालिक अनावरण
काठमाडौँ महानगरपालिकाले शङ्खपार्क रत्नपार्क मा पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको अन्तरिक्ष यात्राको कुममाथिको भाग अनावरण गरेको छ । महानगरले गागरिनको ८५ औँ वार्षिकोत्सवको अवसरमा पारेर उनको अर्धकदको शालिक अनावरण गरेको हो । कामपाका प्रमुख विद्यासुन्दर शाक्य र अन्तरिक्ष यात्री भिक्टोर पेट्रोभिच सभिन्खले संयुक्तरूपमा शालिक अनावरण गर्नुभएको हो । कार्यक्रममा कामपाका प्रमुख शाक्यले शङ्खपार्कलाई...
-
२०७६ बैशाख १२, बिहिबार
४० विद्यार्थीई लाछात्रवृत्ति प्रदान
नवलपुरको गैँडाकोटमा मुख्य कार्यालय रहेको बिकू बचत तथा क्रृण सहकारी संस्था लिमिटेडले ४० विद्यार्थीलाई दीर्घकालीन छात्रवृत्ति प्रदान गरेको छ । बुधबार एक कार्यक्रममार्फत बिकूले २५ सामुदायिक विद्यालयका ४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठ र मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर रानाले संयुक्तरूपमा छात्रवृत्तिको रकम र शैक्षिक सामग्री...
-
२०७६ बैशाख १२, बिहिबार
राष्ट्रपति भण्डारीबाट ‘ता सियान बौद्ध’ मन्दिरको अवलोकन
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ता सियान बौद्ध मन्दिरको अवलोकन गर्नुभयो । मन्दिर परिसरमा आइपुग्दा उहाँलाई त्यहाँका प्रमुख चेन किङले स्वागत गर्नुभयो । साथै मन्दिरका विषयमा राष्ट्रपति भण्डारीलाई जानकारी दिइएको थियो । चीनमा बौद्ध धर्मावलम्बीका लागि यो राम्रोसँग संरक्षण गरिएको प्राचीन धार्मिक मन्दिर हो । यो शहरबाट करीब चार किलोमिटर दक्षिणी बाहिरी भागमा अवस्थित छ । ता सियान मन्दिरले...
-
२०७६ बैशाख १२, बिहिबार
तरकारी खेतीले महिलामा आर्थिक सबलता
हिमा गाउँपालिका–७ की अम्बिका अधिकारी तरकारी किसान हुन् । तरकारी खेतीबाट मनग्ये आम्दानी गरिरहेका उहाँलाई मौसम वा बेमौसम कुनै बेला फुर्सद हुँदैन । दशकअघिसम्म श्रीमान्को कमाइमा निर्भर रहने उनी अहिले आफूले कमाएर श्रीमान्लाई खर्च दिनुहुन्छ । “पहिले चुलो–चौकोमै सीमित थियौँ, अहिले आयआर्जनका क्रियाकलापमा संलग्न छौँ, परिवारको समृद्धिका लागि व्यावसायिक रुपमा अघि बढेका छौँ”, उहाँले भन्नुभयो । बिहान...
-
२०७६ बैशाख १२, बिहिबार
शुक्रबारदेखि पर्यटन ‘मार्ट’
नेपालको विविध पर्यटकीय उत्पादन र वस्तुहरुलाई एउटै स्थलमा प्रर्दशन गरी पर्यटकलाई जानकारी गराउने उदेश्यले राजधानीमा शुक्रबारदेखि ‘डोमेस्टीक टुरिजम मार्ट’ आन्तरिक पर्यटन मेलाको आयोजना गर्न लागिएको छ । गन्तव्य नेपाल ग्रुपअन्तर्गत गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले समग्र निजी क्षेत्रको प्रतिनिधित्व गर्दै पहिलोपटक भृकुटीमण्डपको प्रदर्शनी हलमा आयोजना गर्न लागेको दुईदिने पर्यटन मेलामा देशका सात वटै...
-
२०७६ बैशाख १२, बिहिबार
अर्चलेमा पहिलोपटक बस पुग्यो
निस्दी गाउँपालिका–६ को अर्चलेमा पहिलोपटक बस पुगेको छ । पश्चिमाञ्चल बस व्यवसायी समितिद्वारा सञ्चालित लु१ख ४६९७ नंको बस बुधबार पहिलोपटक पुगेको हो । गाउँमा पहिलोपटक बस पुगेपछि बस चालक र समितिका पदाधिकारीलाई यहाँका स्थानीयवासीले खुशी हुँदै स्वागत गरेका थिए । बालबालिकादेखि युवायुवती, वृद्धवृद्धा बस आएको देखेपछि खुशीले उत्साहित हँुदै हेर्नेको ठूलो भीड रहेको होम राई मगरले बताउनुभयो । पुलबजार, डियाङ्बारी...
-
२०७६ बैशाख १२, बिहिबार
‘एक घर एक धारा’ आयोजना सञ्चालन
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा गाउँवासीलाई खानेपानी उपलब्ध गराउन ‘एक घर एक धारा’ आयोजना अघि बढाइएको छ । गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा सो आयोजना अघि बढाइएको हो । चालू आर्थिक वर्षका लागि वडा कार्यालयले गौरवको आयोजनाको रुपमा छनोट गरेको ‘एक घर एक धारा’ अभियानमा रघुगङ्गा गाउँपालिकामार्फत रु ५५ लाख बजेट विनियोजन भएको छ भने प्रदेशसभा सदस्य विनोद केसीको पहलमा प्रदेश सरकारबाट रु...
-
२०७६ बैशाख १२, बिहिबार
तनहुँ जलविद्युत आयोजनाको बाँध बनाउन पुनः बोलपत्र
इटालीको ठेकेदार कम्पनी सिएमसीले काम नै शुरु नगरी अलपत्र पारेको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणका लागि नयाँ प्रक्रिया शुरु भएको छ । कूल १४० मेगावाट क्षमताको सो आयोजनाको बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि आज पुनः विश्वव्यापी बोलपत्र आह्वान गरिएको प्रवद्र्धक तनहुँ हाइड्रोपावर लिमिटेडले जनाएको छ । इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि कम्पनीले पुनः...
-
२०७६ बैशाख १२, बिहिबार
सामुदायिक विद्यालयप्रति आकर्षण
सरकारी सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने गुनासो बढिरहँदा रुकुमपूर्वको एक विद्यालयमा भने शिक्षाको गुणस्तर अब्बल भएपछि विद्यार्थीको आकर्षण बढीरहेको छ । सिस्ने गाउँपालिका–५ मा रहेको रुक्मिणी माध्यामिक विद्यालय केही वर्ष यतादेखि अभिभावक र विद्यार्थी दुवैको रोजाइ बन्न थालेको हो । प्रशस्त कक्षा कोठा, विद्यालय हाताभित्रै खाजाघर, शौचालय, पिउने पानीको व्यवस्था, अनुशासित वातावरणमा पढाइ र...


