STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ बैशाख १३, शुक्रबार

    बहुउदेश्यीय सभाहललाई जग्गा अभाव

    उपयुक्त जग्गा अभावका कारण बागलुङ बजारमा निर्माण गर्ने भनिएको बहुउद्देश्यीय सभाहल निर्माणको काम रोकिएको छ । गत असार २५ गते बहुउद्देश्यीय सभाहल निर्माणका लागि बोलपत्र आह्वान भए पनि उपयुक्त जग्गा प्राप्त नभएका कारण बोलपत्र नै खुल्न नसकेको हो । बागलुङ नगरपालिकाको पहलमा शहरी विकास मन्त्रालयले बजेटको व्यवस्थापन गरेर बहुउद्देश्यीय सभाहल निर्माणको कामका लागि बोलपत्र आह्वान गरेको थियो । बहुउद्देश्यीय...

  • २०७६ बैशाख १३, शुक्रबार

    ७३ वर्षमा नागरिकता, बल्ल पाइने भो भत्ता 

    कुनै बेला नागरिकता नपाएर छटपटिनुभएका  जिल्लाको जोरायल गाउँपालिका–२ का पुरनसिंह खत्री हिजोआज निकै खुशी हुनुभएको छ । जीवनको उत्तरार्धमा पुग्नुभएका खत्रीले लामो समयपछि नेपाली नागरिकता पाउँदा खुशी हुनुभएको हो ।  जिल्ला प्रशासन कार्यालय डोटीको आयोजना तथा गाउँपालिकाको सहकार्यमा उहाँकै घर नजिक एकीकृत घुम्ती शिविर सञ्चालन भएपछि उहाँले ७३ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाउनुभएको हो । नातिनातिनाले...

  • २०७६ बैशाख १३, शुक्रबार

    दूषित पानी पिउँदा ९८ बिरामी

    गुल्मीको मुसिकोट नगरपालिका–४ अन्तर्गत वडागाउँको दजाकोटमा दूषित पानी पिउँदा एउटै गाउँका ९८ बिरामी परेका छन् । बिरामीमध्ये तीनको गुल्मी अस्पताल तम्घास, एकको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवास र अन्य छको सोही ठाउँमा सञ्चालन गरिएको अस्थायी शिविरमा उपचार भइरहेको जिल्ला जनस्वास्थ्य अधिकृत महेश श्रेष्ठले जनाकारी दिनुभएको छ । बिरामी परेकामध्ये स्थानीय कुमारी सिंजालीको अवस्था गम्भीर रहेको बताइएको छ...

  • २०७६ बैशाख १३, शुक्रबार

    गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न सभामुखको आग्रह

    सभामुख कृष्णबहादुर महराले गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न आग्रह गर्नुभएको छ ।  भूकम्पपछि गोरखा दरबारकोे पुनःनिर्माणको अवस्था बुझ्न आज बिहान त्यहाँ पुग्नुभएका सभामुख महराले पुनःनिर्माणको काम सुस्त भएको भन्दै त्यसमा तीव्रता दिन  सम्बन्धित सबैलाई आग्रह गर्नुभयो । “दरबारको पुनःनिर्माणको काम अन्यन्तै सुस्त गतिमा भइरहेको देखियो”, उहाँले भन्नुभयो, “पुनःनिर्माणमा ढिलाइ हँुदा यहाँ आउने आन्तरिक...

  • २०७६ बैशाख १३, शुक्रबार

    पोखरामा फोटो प्रदर्शनी

    नेपाल राष्ट्रिय फोटो पत्रकार महासङ्घ गण्डकी प्रदेशको आयोजनामा पर्यटकीय नगरी पोखराको बाराहीचोकमा आज एक दिवसीय फोटो प्रदर्शनी गरिएको छ । ‘आजको अनिवार्यता सशक्त व्यावसायिक फोटो पत्रकारिता’ भन्ने मूल नाराका साथ आयोजित प्रदर्शनीमा गण्डकी प्रदेशअन्तर्गत ११ वटै जिल्लाका ४३ आकर्षक पर्यटकीय गन्तव्यको तस्वीर प्रदर्शन गरिएको छ । फेवाताल किनारामा आयोजित प्रदर्शनीमा सञ्चार उद्यमी रमेश्वर थापाले पत्रकारिता...

  • २०७६ बैशाख १३, शुक्रबार

    गाउँपालिकाद्वारा तीन सय विपन्न परिवारको बीमा

    तनहुँको बन्दीपुर गाउँपालिकाले विपन्न घरधुरीको स्वास्थ्य बीमा गराएको छ । आर्थिक रूपमा असहाय परिवारलाई स्वास्थ्य बीमामा सहभागी गराउने उद्देश्यसहित गाउँपालिकाले चालू आर्थिक वर्षमा ३०० घरपरिवारको बीमा गराएको हो । आर्थिक अभावमा स्वास्थ्य बीमामा सहभागी हुन नसक्ने घरपरिवार छनोट गरी गाउँपालिकाले नै बीमा गरिदिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । उहाँका अनुसार छ वडाबाट ५०÷५० घरधुरी...

  • २०७६ बैशाख १३, शुक्रबार

    वाग्मती पुलको निर्माण सुस्त

    काठमाडौँको तीनकुनेस्थित वाग्मती पुलको काम सुस्त गतिमा भइरहेको छ । यो पुलको ठेक्का अवधि सकिएर थप भएको अवधिसमेत सकिँदा भौतिक प्रगति ३० प्रतिशत मात्रै भएको छ । दुई वर्ष छ महिनामा सम्पन्न हुने गरी यो पुलको निर्माण ठेक्का सम्झौता विसं २०७१ पुसमा पप्पु कन्सट्रक्सनसँग भएको थियो । आधुनिक प्रविधि ९नेटवर्क आर्क ब्रिज० बाट निर्माण भइरहेको यो पुलको निर्माण ठेक्का अवधि गत महीनामा सकिएको काठमाडौँ उपत्यका सडक...

  • २०७६ बैशाख १३, शुक्रबार

    सामुदायिक विद्यालयप्रति बढ्दो आकर्षण

    अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउन थालेपछि यहाँका एक सामुदायिक विद्यालयमा पढ्न आउने विद्यार्थीको सङ्ख्या ह्वातै बढेको छ ।  प्यूठान नगरपालिका–८ बाग्दुलास्थित जनता माध्यमिक विद्यालयले नर्सरीदेखि १० कक्षासम्म अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउन थालेपछि अहिले निजी विद्यालय छाडेर पढ्न आउने विद्यार्थीको सङ्ख्या ह्वातै बढेको हो । निजी विद्यालयबाट आएका विद्यार्थीलाई लिएको प्रवेश परीक्षा उतीर्ण भएपछि मात्र...

  • २०७६ बैशाख १३, शुक्रबार

    दीर्घरोगीको अन्तिम गन्तव्य बन्दै तातोपानी कुण्ड

    प्राकृतिक चिकित्सालयको रूपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ सिङगास्थित तातोपानी कुण्ड सुविधासम्पन्न अस्पतालमा लामो समयसम्म उपचार गराउँदा पनि रोग निको नभएका बिरामीका लागि अन्तिम गन्तव्य बन्न थालेको छ । तातोपानी कुण्डमा तीन वर्षसम्म वर्षको दुईपटक १०÷१२ दिनसम्म डुबेपछि लामो समयसम्म निको नभएका रोग पनि यहाँ डुबेपछि निको भएको बिरामीले बताएका छन् । उपचार गर्नकै लागि स्वदेश तथा विदेशका महङ्गा...

  • २०७६ बैशाख १३, शुक्रबार

    सामुदायिक विद्यालयमा मोबाइल फोन निषेध

    निजी विद्यालको तुलनामा सामुदायिक विद्यालयको गुणस्तर अझै माथि उकास्न सकेको छैन । केही सामुदायिक विद्यालय निजी विद्यालयभन्दा अब्बल भएपनि प्राप्त नतिजा र गुणस्तर हेर्दा सामुदायिक विद्यालयभन्दा निजी विद्यालय नै अग्र पङ्क्तिमा आउछ ।सामुदायिक विद्यालयमा शिक्षकले अनुशासित भएर नपढाएकाले शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको धेरैको आरोप छ । समयमै विद्यालय नपुग्ने, विद्यालय समय अवधिभर नबस्ने, कक्षाकोठा भित्रै...

  • २०७६ बैशाख १३, शुक्रबार

    सरकारी जग्गा फिर्ता ल्याउन आयोग बन्ने

    दुरुपयोग भएका सरकारी जग्गाको खोजी गरी फिर्ता ल्याउन र दोषीलाई कारवाही सिफारिस गर्न सरकारले उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । कानून विपरीत वा अनियमित तरिकाले व्यक्तिका नाममा रजिष्ट्रेशन गराइएका सरकारी जग्गाको खोजी गरी कारवाही गर्न चाँडै आयोग गठन हुने भएको हो । विगतमा सुकुम्बासी आयोगले निर्णय गरी भूमिहीनलाई दिइएको बाहेक दुरुपयोग भएका जग्गा फिर्ता ल्याउन मन्त्रिपरिषद्ले दिएको निर्देशनबमोजिम आयोग...

  • २०७६ बैशाख १३, शुक्रबार

    नारायणी किनारमा महाआरती

    नारायणी नदी किनारमा गण्डकी, नारायणी महाआरती शुरु गरिएको छ । गण्डकी नारायणी संरक्षण महाआरती परिषद्ले यही वैशाख १ गतेदेखि हरेक साँझ सूर्यास्तको समयमा महाआरती शुरु गरेको हो । नारायणगढबजार नजिकै नारायणी किनारमा महाआरती शुरु गरिएको हो । परिषद्का अध्यक्ष प्रेमनिधि भारद्धाजका अनुसार शुरुमा नारायणी नदी तिरमा जलसँगै रहेर बैद्धिकमन्त्र उच्चारण गरी सङ्कल्पसहित पूजाअर्चना गर्ने गरिन्छ । त्यसलगत्तै नजिकै...

Pages