STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रिय

  • २०७५ चैत्र १९, मंगलबार

    चियाको पहिलो यामको उत्पादन उत्साहजनक

     दोस्रो साताबाट चियाको पहिलो यामको टिपाइ शुरु हुने इलाममा यसवर्ष पहिलो यामको उत्पादन उत्साहजनक पाइएको छ । चिया उत्पादन र पर्यटनका हिसाबले प्रख्यात मानिने इलाममा पहिलो यामको चियाको उत्पादन राम्रो भएपछि किसानमा उत्साह थपिएको हो ।    पहिलो सिजनको चिया गुणस्तरीय हुने र महङ्गो बिक्नाले अन्तर्राष्ट्रिय बजारमा पनि यसको माग अत्यन्तै बढी हुन्छ । गतवर्ष चिया उत्पादनमा विभिन्न समस्या झेल्दै आएका किसानले...

  • २०७५ चैत्र १९, मंगलबार

    चेकजाँच गर्दै प्राविधिकसहितको नगर स्तरीय अनुगमन टोली

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५ वनसमितिमा नगरपालिकाको रु २५ लाखको लागतमा कालोपत्रे गरिएको सडक मापदण्ड अनुरुप बने नबनेको चेकजाँच गर्दै प्राविधिकसहितको नगर स्तरीय अनुगमन टोली । सडक मापदण्ड अनुरुप बनेको नपाईए पछि टोलीले भुक्तानी घटाउने निर्णय गरेको छ ।

  • २०७५ चैत्र १८, सोमबार

    बारा पर्सामा चितवनबाट चिकित्सकको टोली जाँदै

    तराईका हावाहुरी प्रभावित जिल्लामा चितवनबाट चिकित्सकको टोली पठाइने भएको छ । हावाहुरीले बारा, पर्सालगायतका जिल्लाका अस्पतालमा चिकित्सकको अभाव खड्किएपछि चितवनबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पठाउन लागिएको हो । चितवन मेडिकल कलेजबाट ३५ जनाको चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली त्यसतर्फ जाने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले राससलाई जानकारी दिनुभयो । चिकित्सकसहितको...

  • २०७५ चैत्र १८, सोमबार

    प्रम ओली कलैया अस्पताल निरीक्षणमा

    प्रधामन्त्री केपी शर्मा ओलीले आइतबार साँझ आएको हावाहुरीबाट घाइते भई कलैया अस्पतालमा उपचाररत बारा जिल्लाका पीडितसँग भेटघाट गर्नुभएको छ । उहाँसँगै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा पनि हुनुहुन्थ्यो । अस्पातालमा उपचार गराइरहेका ४९ जनाको घाइते अवस्था बुझी प्रधानमन्त्री ओलीले घाइतेको यथाशीघ्र भरपर्दो उपचार व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिनुभयो...

  • २०७५ चैत्र १८, सोमबार

    अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

    नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार साँझ आएको हावाहुरीबाट बारा र पर्सा जिल्लामा ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले उक्त घटनामा परी ज्यान गुमाउनुहुनेप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । पूर्वप्रधानमन्त्री दाहालले मृतक परिवार तथा हावाहुरीबाट घरबारविहीन परिवारमा उचित...

  • २०७५ चैत्र १८, सोमबार

    दुई सय टन धुलो सङ्कलन

    काठमाडौँ महानगरपलिकाले बु्रमर सञ्चालन गरेको एक हप्ता पुग्नै लाग्दा सडकबाट दुई सय टन धुलो सङ्कलन गरेको छ । महानगरले गत बुधबारदेखि सुन्दर शहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थालेको हो । गत फागुन २८ गते इटालीबाट ल्याइएका पाँच बु्रमर प्रयोगमा ल्याइएका हुन । हरेक दिन पाँच यन्त्रले निर्धारण गरेको रुट अनुरुपनै काम गरिरहेका जनाइएको छ । महानगरको वातावरण विभाग प्रमुख हरिकुमार...

  • २०७५ चैत्र १८, सोमबार

    उद्धार तथा राहतमा कुनै कमि हुन नदिन गृहमन्त्रीको निर्देशन

    गृहमन्त्री रामबहादुर थापाले आइतबार साँझ बारा र पर्सामा आएको भिषण हावाहुरीले ठूलो जनधनको क्षति पु¥याएको भन्दै दुःख प्रकट गर्नुभएको छ । गृहमन्त्रालयमा हालसम्म प्राप्त विवरणअनुसार २७ जनाको मृत्यु तथा करीब ७०० घाइते भएको भन्दै मन्त्री थापाले घटनालगत्तै राहत तथा उद्धारमा सुरक्षा निकाय परिचालन गरिएको जानकारी दिनुभयो । आज बिहान एक सूचनामार्फत् मन्त्री थापाले राहत, उद्धार तथा उपचारमा गम्भीर हुन तथा कुनै...

  • २०७५ चैत्र १८, सोमबार

    प्रतिमृतक परिवारलाई रु ३ लाख राहत

    हतप्रदेश नं २ सरकारले हावाहुरीबाट मृत्यु भएका परिवारलाई रु तीन लाख राहत उपलब्ध गराउने घोषणा गरेको छ । वीरगञ्जको नारायणी अस्पतालमा भर्ना रहेका घाइतेलाई हेर्न पुग्नुभएका मुख्यमन्त्री लालबाबु राउतले सो जानकारी दिँदै हावाहुरीमा परी घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले नै व्यहोर्ने बताउनुभयो । प्रदेश नं २ सरकारको आज बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई राहत रकम र उपचार खर्च...

  • २०७५ चैत्र १८, सोमबार

    ज्येष्ठ नागरिकलाई तीर्थाटन

    सूर्यविनायक–१ बिरुवास्थित चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ज्येष्ठ सदस्यलाई विभिन्न तीर्थस्थलको भ्रमण गराएको छ । संस्थाका ५५ वर्षमाथिका नियमित ज्येष्ठ बचतकर्तालाई विभिन्न तीर्थस्थलको भ्रमण गराएको संस्थाका व्यवस्थापक सुदर्शन चौलागाईंले बताउनुभयो । ज्येष्ठ सदस्यलाई सिन्धुलीको कुशेश्वर, दामनको ऋषेश्वर, ललितपुर लेलेको पाथीभरा, नुवाकोटको दुप्चेश्वर, भक्तपुर तेलकोटस्थित...

  • २०७५ चैत्र १८, सोमबार

    नियमित उडान नहुँदा हुम्ली यात्रुलाई सास्ती

    राष्ट्रिय सडक सञ्जालमा नजोडिएकोनेपालको एकमात्र जिल्ला हुम्लाका नागरिकले अनियमित हवाई उडानका कारण पटकपटक सास्ती खेप्दै आइरहेका छन् । यसपटक पनि हुम्लाका दर्जनौँ नागरिक सुर्खेत विमानस्थलमा थन्किनु परेको छ । बिरामी तथा विभिन्न कामले सुर्खेत झरेका १४० भन्दा बढी हुम्ली नागरिक हप्ताँै दिनदेखि जान नपाएको यात्रु छवि थापाले गुनासो गर्नुभयो । “विमानस्थलमा हामी सामान्य मान्छेले छिर्नै पाउँदैनौँ,” थापाले...

  • २०७५ चैत्र १८, सोमबार

    गोदावरीमा धमाधम डिप बोरिङ

    गोदावरी नगरपालिकाभित्रका वडामा धमाधम डिप बोरिङको काम अघि बढेको छ । गोदावरीले समृद्ध शहर निर्माणको लक्ष्य अघि बढाउँदै वडाहरुमा छताछुल्ल पानीको सुविधा दिन बोरिङको काम अघि बढाएको हो । रु एक करोड ५० लाख लगानीमा वडा नं १० मूलडोलमा डिप बोरिङ गरी पानी निकालिसकिएको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो । “त्यहाँ ६ इञ्चको पानी निकाल्यौँ”, महर्जनले भन्नुभयो, “काठमाडौं उपत्यका खानेपानी...

  • २०७५ चैत्र १८, सोमबार

    हरेक दिन नेपाल विकासको तीव्र गतिमा प्रम ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन नेपाल विकासको तीव्र गतिमा अघि बढेको बताउनुभएको छ । देशमा चौतर्फी विकास हुँदैआएको उल्लेख गर्दै उहाँले अब देशले छिट्टै समृद्धिको लक्ष्य हासिल गर्ने बताउनुभयो । झापाको दमक–७ स्थित पशुहाट क्षेत्रमा नवनिर्मित पशुपक्षी हाटबजारको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई आज सम्बोधन गर्नुहँुदै प्रधानमन्त्री ओलीले मुलुकलाई अब समृद्ध र समुन्नत बनाउने महाअभियानमा सबै...

Pages