relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ बैशाख १६, सोमबार

    सच्याइएकोः बारापर्सामा वैशाख २१ गते घर निर्माण थालनी हुने

    उपप्रधानमन्त्री ईश्वर पोखरेलले  सङ्घीय  सरकारले  गगरेको निर्णयलाई नेपाली सेनाले विलम्ब नगरी हावाहुरी प्रभावित व्यक्तिको घर निर्माण पूरा गरिने  बताउनुभएको छ ।  बारा जिल्लाको फेटा गाउँपालिका–६ पुरैनियाँमा हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गर्न आउनुभएका रक्षामन्त्री पोखरेलले सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल सरकारले गरेको निर्णयलाई आधार मानी सेनाले घर निर्माणको जिम्मेवारी पूरा गर्ने स्पष्ट...

  • २०७६ बैशाख १६, सोमबार

    पञ्चाङ्गका सामग्री सारेर भित्तेपात्रो क्यालेण्डर प्रकाशन

    नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिने पात्रोे प्रकाशन भएपछि भित्तेपात्रो प्रकाशकले तिथिमिति सारेर प्रकाशन गर्दा प्रतिलिपि अधिकार हनन् हुने गरेको छ । निजी क्षेत्रका प्रकाशक मात्र होइन, सरकारी संस्थाले प्रकाशन गर्ने भित्तेपात्रोमा समेत तिथि मात्र होइन विवाह, व्रतबन्ध, अन्नप्राशन, नवान्नप्राशन जस्ता धार्मिक कृत्यको साइत उल्लेख हुने गरेको छ । यस्ता संस्थाले आफैँ गणित गरेर ती साइत निकालेर...

  • २०७६ बैशाख १६, सोमबार

    शेयर बजार थामिदा अर्ब माथिको कारोवार

    लगातार उच्च अङ्कको वृद्धि हुँदै आएको शेयर बजार आज भने थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४।२१ बिन्दुले घटेर एक हजार ३१०।३१ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १।०१ प्रतिशतले घटेर २८१।८४ बिन्दुमा पुगेको छ ।  नेप्से परिसूचक घटेपनि कारोवार रकम भने आज पनि अर्बमाथि रहेको छ । स्टकका अनुसार कूल १७४ कम्पनीको ३० लाख १६...

  • २०७६ बैशाख १६, सोमबार

    कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू

    उपत्यकाको प्रमुख चोक कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ ।  ट्राफिक प्रहरी, काठमाडौँ महानगरपालिका र यातायात व्यवसायीबीच यसअघि भएको सहमतिअनुसार आइतबारदेखि कोटेश्वर चोकमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको हो ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै सवारी जाममा कमी हुने बताउनुभयो ।  “...

  • २०७६ बैशाख १६, सोमबार

    बालबालिकाले अस्वस्थकर खाजा खाँदै प्रतिवेदन

    अस्वस्थकर जङ्कफुड खानामा पर्याप्त पोषणतत्व छैन र यसले बालबालिकाको समग्र स्वास्थ्यमा खराब गर्छ भन्ने जान्दाजान्दै अभिभावकले आफ्ना बालबालिकालाई जङ्कफुड खुवाइरहेका छन् । सस्तो र सजिलै पाइने हुनाले विशेषगरी काठमाडौँ उपत्यकाका अभिभावले आफ्ना बालबालिकालाई खाजाका रूपमा नुन र चिनीको मात्रा बढी भएको अस्वस्थ जङ्कफुड खुवाइरहेको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा हेलन केलर...

  • २०७६ बैशाख १५, आइतबार

    विद्यार्थी आकर्षण गर्न ‘स्मार्ट बुक’ प्रयोग

    यहाँको एक सामुदायिक विद्यालयले विद्यार्थी आकर्षण गर्न चालू शैक्षिक सत्रदेखि ‘स्मार्ट बुक’ प्रयोगमा ल्याएको छ । वालिङ नगरपालिका–१ वडा कार्यालयले बालबालिका शीर्षकमा विनियोजन गरेको रकमबाट नगरपालिकाभित्रै पहिलो पटक रणवीर जनहित माविमा ‘टकिङ टिचर’ प्रविधि अर्थात् ‘स्मार्ट बुक’ प्रयोगमा ल्याइएको वडाध्यक्ष केदार काफ्लेले बताउनुभयो । “सरकारी विद्यालयतप्रति विद्यार्थी तथा अभिभावकहरुको रुचि घट्दै गइरहेकाले...

  • २०७६ बैशाख १५, आइतबार

    सुदूरपश्चिमवासीलाई लुम्बिनी भ्रमणको निम्तो

    प्रदेश नं– ५ सरकारले मनाउन लागेको लुम्बिनी भ्रमण वर्ष—२०७६ को तयारीका क्रममा सुदूरपश्चिम प्रदेशवासीलाई निम्तो दिएको छ । लुम्बिनी भ्रमण वर्ष–२०७६ प्रचारप्रसार उपसमितिले आज यहाँ पत्रकार सम्मेलन गर्दै बुद्धजन्मस्थल लुम्बिनी भ्रमणका लागि निम्तो दिएको हो । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा प्रदेश नं ५ सरकारको तर्फबाट भ्रमणको...

  • २०७६ बैशाख १५, आइतबार

    शैक्षिक प्रमाणपत्र लिएर युवालाई ऋण

    पाल्पाको बगनासकाली गाउँपालिका वडा नं २ पोखराथोककीे सचिना अधिकारीले स्नातक तह उत्तीर्ण गर्नुभयो । उहाँ जागीरका लागि धेरै ठाउँमा भौँतारिनुभयो । जागीर दिने निकायमा आफन्त वा इष्टमित्र नहुँदा योग्यता भएर पनि जागीर नपाएको अनुभव उहाँले सङ्गाल्नुभएको छ । अधिकारी जस्तै धेरै युवाका लागि बेरोजगारी गम्भीर चुनौती बन्दै गएको छ । अघिल्लो वर्ष मात्रै बगनासकाली गाउँपालिकाले बेरोजगार शिक्षित युवालाई शैक्षिक...

  • २०७६ बैशाख १५, आइतबार

    राजपुरमा दादुराको महामारी

    दाङको राजपुर गाउँपालिकामा दादुराको महामारी फैलिएको छ । अहिलेसम्म गाउँपालिका–४ मा ५० भन्दा बढी बालबालिकामा दादुराको सङ्क्रमण भएको गाउँपालिका स्वास्थ्य शाखाप्रमुख कमल रोकाले जानकारी दिनुभयो । एक महीनाअघिदेखि शुरु भएको उक्त रोग न्यूनीकरण नभएपछि शनिबार विशेषज्ञ तथा गाउँपालिकाका अध्यक्ष लोकराज केसीलगायत सरोकारवालाको टोलीले छलफलपछि सङ्क्रमित क्षेत्रमा दादुराविरुद्ध खोप लगाउने पनि निर्णय गरेको थियो । “...

  • २०७६ बैशाख १५, आइतबार

    प्रदेशमा कर्मचारी अझै पदस्थापन भएनन्

    प्रदेश नं २ सरकार गठन भएदेखि कर्मचारी अभावमा कामकाज प्रभावित भइरहेको बताउँदै आइरहेको अवस्थामा अहिले प्रदेश नं २ मा समायोजन भएर आएका कर्मचारीको एक महीना बित्न लाग्दासमेत पदस्थापन हुन सकेको छैन । प्रदेश सरकारले पदस्थापन गर्न नसक्दा विगत एक महीनादेखि सयांै कर्मचारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै हाजिर गरी तलब पकाइरहेका छन् । सामान्य प्रशासन मन्त्रालयबाट प्रदेश नं २ मा पदस्थापनको लागि...

  • २०७६ बैशाख १५, आइतबार

    एतिहासिक ढुङ्गेधारा उत्खनन

    तत्कालीन सिंजा राज्यकालको समयमा राजारानीले नुहाउने ढुङ्गेधारा उत्खनन गरिएको छ ।  दुल्लु नगरपालिका–५ मुडेदेवलको भूमेथानमा जमीनमुनि ढुङ्गेधारा रहेको बुढापाकाको भनाइलाई ध्यानमा राखेर थालिएको उत्खननपछि धारा भेटिएको हो । दुल्लु नगपालिका–५ को बजेटबाट चैतको दोस्रो हप्तादेखि शुरु गरिएको उत्खनन सकिएको छ । उत्खननपछि एउटै ढुङ्गाबाटै धारालगायतका ऐतिहासिक कलात्मक कपडा फेर्ने ठाउँ पनि ढुङ्गाबाटै बनाइएको...

  • २०७६ बैशाख १५, आइतबार

    प्रदेश सरकारले टुक्रे योजना नियन्त्रण गर्ने

    चालू आर्थिक वर्षमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा टुक्रे योजना दिएको आलोचना भएपछि आगामी आर्थिक वर्षमा प्रदेश सरकारले यस्ता योजनालाई नियन्त्रण गर्ने जनाएको छ ।मुगु सदरमुकाम गमगढीमा प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले चालू आवमा विविध समस्या र अड्चनबीच प्रदेश सरकारले काम गर्नु परेकाले केही कमजोरी देखिए पनि आगामी आवमा तिनलाई...

Pages