राष्ट्रिय
-
२०७६ बैशाख १५, आइतबार
निकुञ्जमा जनावर मर्ने क्रम बढ्दो
बाराको पथलैयादेखि अमलेखगञ्ज तथा पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा अत्याधिक गतिमा सवारीसाधन चलाउँदा पर्सा राष्ट्रिय निकुञ्जमा रहेका जनावर सवारीसाधनको ठक्करबाट मर्ने क्रम बढ्दै गएको छ । प्रदेश नं २ को एक मात्र पर्सा राष्ट्रिय निकुञ्जको मध्यभाग भएर सडक विस्तार भएपछि त्यस क्षेत्रमा अत्यधिक गतिमा सवारीसाधन चलाउँदा जनावर ओहोरदोहोर गर्ने क्रममा ठक्कर लागेर मर्ने क्रम बढ्दै गएको निकुञ्जका सहायक संरक्षण...
-
२०७६ बैशाख १५, आइतबार
अध्यक्षको तलबबाट विपन्नलाई सहयोग
दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले आफूले पाएको पारिश्रमिकमध्येको रु एक लाख ८० हजार रकम गाउँपालिकाभित्र रहेका विपन्न, दलित, द्वन्द्वपीडित र जेहेन्दार व्यक्तिलाई हस्तान्तरण गर्नुभएको छ । गाउँपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले निर्वाचन भएको दुई वर्षको अवधिसम्म प्राप्त गरेको पारिश्रमिकमध्येकै रकमबाट विभिन्न समस्या भएका सातजना व्यक्तिलाई रु एक लाख ८० हजार...
-
२०७६ बैशाख १५, आइतबार
चिया उद्योगी विरुद्ध आन्दोलन
आन्दोलनमा उत्रिएका चिया मजदुरले आज झापाको विर्तामोडमा चिया उद्योगीको पुल्ला दहन गरेका छन् । विगत २८ दिनदेखि आन्दोलनमा रहेका नेपाल चिया बगान श्रमिक सङ्घ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदुर सङ्घमा आवद्ध मजदुरले उद्योगीविरुद्ध चर्को नाराबाजी गर्दै पुत्ला दहन गरेका हुन् । सरकारले राजपत्रमै प्रकाशित गरी चिया मजदुरको न्यूनतम ज्याला तोके पनि उद्योगीले सो अनुसारको ज्याला...
-
२०७६ बैशाख १५, आइतबार
भूकम्प मापन यन्त्र जडान
सदरमुकाम बेनीसँगै सिमाना जोडिएको पर्वन बेनीस्थित न्यू होराइजन आवासीय माविमा भूकम्पकको जानकारी दिने ‘सिस्मोमिटर’ जडान गरिएको छ ।स्विट्जरल्याण्डमा रहेको युनिभर्सिटी अफ लोजानको सहयोगमा नेपालका विभिन्न २३ विद्यालयमा सो यन्त्र जडान गरिने अभियानअन्तर्गत उक्त यन्त्र जडान गरिएको हो । सो यन्त्र जडान भएपछि नेपालदेखि विदेशसम्मका एक म्याग्निच्युडभन्दा माथिका सबै भूकम्प मापन गरी त्यसको विवरण सुरक्षित राखिनेछ...
-
२०७६ बैशाख १५, आइतबार
निकुञ्जमा जनावर मर्ने क्रम बढ्दो
बाराको पथलैयादेखि अमलेखगञ्ज तथा पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा अत्याधिक गतिमा सवारीसाधन चलाउँदा पर्सा राष्ट्रिय निकुञ्जमा रहेका जनावर सवारीसाधनको ठक्करबाट मर्ने क्रम बढ्दै गएको छ । प्रदेश नं २ को एक मात्र पर्सा राष्ट्रिय निकुञ्जको मध्यभाग भएर सडक विस्तार भएपछि त्यस क्षेत्रमा अत्यधिक गतिमा सवारीसाधन चलाउँदा जनावर ओहोरदोहोर गर्ने क्रममा ठक्कर लागेर मर्ने क्रम बढ्दै गएको निकुञ्जका सहायक संरक्षण...
-
२०७६ बैशाख १५, आइतबार
निर्माण व्यवसायीलाई पुनःनिर्माणको प्रक्रियामा ल्याइने
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अहिलेको विकासको गति सरकारले सोचेअनुरुप अघि बढ्न नसकेको बताउनुभएको छ । नगरकोटस्थित तेलकोटमा आज आयोजित मनोहरा–नीलबाराही–चाँगु–तेलकोट सडकको शिलान्यास गर्दै उहाँले विकास कार्यमा कहीँ न कहीँ अप्ठ्यारो देखिएकाले त्यसलाई छिचोलेर सरकार अघि बढ्ने बताउनुभयो । अर्को प्रसङ्गमा उहाँले बिआरआई परियोजनामा परिसकेकाले अब नेपालमा रेल आउने कुरा निश्चित भएको...
-
२०७६ बैशाख १५, आइतबार
विद्यार्थी आकर्षण गर्न ‘स्मार्ट बुक’ प्रयोग
यहाँको एक सामुदायिक विद्यालयले विद्यार्थी आकर्षण गर्न चालू शैक्षिक सत्रदेखि ‘स्मार्ट बुक’ प्रयोगमा ल्याएको छ । वालिङ नगरपालिका–१ वडा कार्यालयले बालबालिका शीर्षकमा विनियोजन गरेको रकमबाट नगरपालिकाभित्रै पहिलो पटक रणवीर जनहित माविमा ‘टकिङ टिचर’ प्रविधि अर्थात् ‘स्मार्ट बुक’ प्रयोगमा ल्याइएको वडाध्यक्ष केदार काफ्लेले बताउनुभयो । “सरकारी विद्यालयतप्रति विद्यार्थी तथा अभिभावकहरुको रुचि घट्दै गइरहेकाले...
-
२०७६ बैशाख १५, आइतबार
सुदूरपश्चिमवासीलाई लुम्बिनी भ्रमणको निम्तो
प्रदेश नं– ५ सरकारले मनाउन लागेको लुम्बिनी भ्रमण वर्ष—२०७६ को तयारीका क्रममा सुदूरपश्चिम प्रदेशवासीलाई निम्तो दिएको छ । लुम्बिनी भ्रमण वर्ष–२०७६ प्रचारप्रसार उपसमितिले आज यहाँ पत्रकार सम्मेलन गर्दै बुद्धजन्मस्थल लुम्बिनी भ्रमणका लागि निम्तो दिएको हो । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा प्रदेश नं ५ सरकारको तर्फबाट भ्रमणको...
-
२०७६ बैशाख १५, आइतबार
शैक्षिक प्रमाणपत्र लिएर युवालाई ऋण
पाल्पाको बगनासकाली गाउँपालिका वडा नं २ पोखराथोककीे सचिना अधिकारीले स्नातक तह उत्तीर्ण गर्नुभयो । उहाँ जागीरका लागि धेरै ठाउँमा भौँतारिनुभयो । जागीर दिने निकायमा आफन्त वा इष्टमित्र नहुँदा योग्यता भएर पनि जागीर नपाएको अनुभव उहाँले सङ्गाल्नुभएको छ । अधिकारी जस्तै धेरै युवाका लागि बेरोजगारी गम्भीर चुनौती बन्दै गएको छ । अघिल्लो वर्ष मात्रै बगनासकाली गाउँपालिकाले बेरोजगार शिक्षित युवालाई शैक्षिक...
-
२०७६ बैशाख १५, आइतबार
राजपुरमा दादुराको महामारी
दाङको राजपुर गाउँपालिकामा दादुराको महामारी फैलिएको छ । अहिलेसम्म गाउँपालिका–४ मा ५० भन्दा बढी बालबालिकामा दादुराको सङ्क्रमण भएको गाउँपालिका स्वास्थ्य शाखाप्रमुख कमल रोकाले जानकारी दिनुभयो । एक महीनाअघिदेखि शुरु भएको उक्त रोग न्यूनीकरण नभएपछि शनिबार विशेषज्ञ तथा गाउँपालिकाका अध्यक्ष लोकराज केसीलगायत सरोकारवालाको टोलीले छलफलपछि सङ्क्रमित क्षेत्रमा दादुराविरुद्ध खोप लगाउने पनि निर्णय गरेको थियो । “...
-
२०७६ बैशाख १५, आइतबार
प्रदेशमा कर्मचारी अझै पदस्थापन भएनन्
प्रदेश नं २ सरकार गठन भएदेखि कर्मचारी अभावमा कामकाज प्रभावित भइरहेको बताउँदै आइरहेको अवस्थामा अहिले प्रदेश नं २ मा समायोजन भएर आएका कर्मचारीको एक महीना बित्न लाग्दासमेत पदस्थापन हुन सकेको छैन । प्रदेश सरकारले पदस्थापन गर्न नसक्दा विगत एक महीनादेखि सयांै कर्मचारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै हाजिर गरी तलब पकाइरहेका छन् । सामान्य प्रशासन मन्त्रालयबाट प्रदेश नं २ मा पदस्थापनको लागि...
-
२०७६ बैशाख १५, आइतबार
एतिहासिक ढुङ्गेधारा उत्खनन
तत्कालीन सिंजा राज्यकालको समयमा राजारानीले नुहाउने ढुङ्गेधारा उत्खनन गरिएको छ । दुल्लु नगरपालिका–५ मुडेदेवलको भूमेथानमा जमीनमुनि ढुङ्गेधारा रहेको बुढापाकाको भनाइलाई ध्यानमा राखेर थालिएको उत्खननपछि धारा भेटिएको हो । दुल्लु नगपालिका–५ को बजेटबाट चैतको दोस्रो हप्तादेखि शुरु गरिएको उत्खनन सकिएको छ । उत्खननपछि एउटै ढुङ्गाबाटै धारालगायतका ऐतिहासिक कलात्मक कपडा फेर्ने ठाउँ पनि ढुङ्गाबाटै बनाइएको...


