relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ बैशाख १५, आइतबार

    भटमास प्रशोधन उद्योगका लागि पहल

    सस्तो मूल्यको चामलसँग साटिने भटमासको प्रशोधन उद्योग खोल्न पहल थालिएको छ । वर्षात्को समयमा मकैसँगै उत्पादन हुने भटमासको डडेल्धुरामै प्रशोधन गर्न उद्योग खोल्न लागिएको हो । डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रुपमा खेती गरिँदै आइएको भटमासलाई आधुनिक खेतीमार्फत उत्पादन बढाई प्रशोधनका लागि उद्योग स्थापना गर्ने अवधारणा अघि सारिएको हो । करीव ६० करोड रुपैयाँको लागतमा सुदूरपश्चिमका पहाडी...

  • २०७६ बैशाख १५, आइतबार

    नो ट्याक्स  नो एनसेल’ अभियान शुरु

    आर्थिक विषयका जानकारहरूले एनसेलले सरकारलाई तिर्नुपर्ने बाँकी रहेको पूँजीगत लाभकर उठाउन पहल गर्न सरकारसँग आग्रह गरेका छन् । संवाद डबलीले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँहरुले राज्यले एनसेलबाट उठाउनुपर्ने लाभकर उठाउन प्रयास नगरेकाले जनस्तरबाट ‘नो ट्याक्स ः नो एनसेल’ अभियान शुरु गरेको जानकारी दिनुभयो ।   विसं २०७२ चैतमा स्वीट्जरल्याण्डको टेलिया सोनेरा कम्पनीले मलेशियाको एनसेल...

  • २०७६ बैशाख १५, आइतबार

    घुम्ती शिविरमा १५१ जनालाई नागरिकता

    दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ डाँडापरजुलमा सञ्चालित दुईदिने नागरिकता वितरणसम्बन्धी घुम्ती शिविरमा शनिबार १५१ जनाले नागरिकता बनाएका छन् । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सो शिविरमा शिविरमा ७२ महिला र ७९ पुरुष गरी १५१ जनाले नागरिकता बनाएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । शिविरमा १६२ जनाको फोटोसहितको मदताता नामावली पनि सङ्कलन गरिएको थियो । नागरिकता...

  • २०७६ बैशाख १५, आइतबार

    यहूदी प्रार्थनागृहमा गोली चल्यो, एकको मृत्यु तीन घाइते

    अमेरिकाको सानडियागोस्थित एउटा यहूदी प्रार्थनागृहभित्र प्रवेश गरेर एक जना १९ वर्षीय बन्दुकधारीले जथाभावी गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरु तीन जना घाइते भएका छन् । गोली लागेर एक महिनाको मृत्यु भएको भने एक जना यहूदी धर्मगुरु र दुई जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यहूदी बिरोधी तत्वले गरेको यस आक्रमणप्रति आपत्ति...

  • २०७६ बैशाख १५, आइतबार

    सरकारी विद्यालयमा भर्ना गराउँदै जनप्रतिनिधि

    पर्वतमा निजी विद्यालय छाडेर सरकारी विद्यालयमा भर्ना गराउनेको सङ्ख्या बढ्दै गएको छ ।  जिल्लाका विभिन्न विद्यालयमा कार्यरत शिक्षक, अभिभावक र विभिन्न स्थानीय तहका जनप्रतिनिधिले पनि निजीबाट बालबालिकालाई छुटाएर सरकारी विद्यालयमा भर्ना गराउन थालेका हुन् । अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेपछि जलजला गाउँपालिका–९ बनौका जनप्रतिनिधि र शिक्षक तथा अभिभावकले आफ्ना बालबालिका सामुदायिक...

  • २०७६ बैशाख १५, आइतबार

    नेपालमा लगानी गर्न चिनियाँ व्यावसायीलाई आग्रह

    नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण निर्माण भएकाले नेपालका अद्वितीय तथा बृहत् क्षेत्रहरूमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको जारी चीन भ्रमणमा भ्रमण दलका सदस्य रहनुभएका ढकालले आज बेइजिङमा नेपाली र चिनियाँ व्यापारिक समुदायका प्रतिनिधिहरूको अन्तरक्रियालाई सम्बोधन गर्दै भन्नुभयो, “नेपालमा लगानीको...

  • २०७६ बैशाख १५, आइतबार

    भ्रष्टाचार विरुद्धको अभियान शुरु गरिने

    जिल्लाका ११ वटै स्थानीय तहमा हुने विकास गतिविधिका बेथितिबारे खबरदारीका साथै सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले गठन गरिएको नागरिक निगरानी केन्द्रले भ्रष्टाचार विरुद्ध तीनमहीने सार्वजनिक बहस अभियान घोषणा गरेको छ । सबै स्थानीय तहमा सुशासन, सूचनको हक, नागरिकको भूमिका, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कर्तव्य र अधिकारसँगै स्थानीयवासीले विकासे गतिविधिमा कसरी खबरदारी गर्ने भन्नेबारे सो अभियान...

  • २०७६ बैशाख १५, आइतबार

    देशभर कक्षा १२ को परीक्षा शुरु, चार लाख २८ हजार परीक्षार्थी सामेल

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट देशभर एकैसाथ शुरु भएको छ ।   आज बिहान ७ बजेबाट देशभरका एक हजार १०७ परीक्षा केन्द्रहरुमा शान्तिपूर्ण रुपमा परीक्षा शुरु भएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । कक्षा १२ को परीक्षामा चार लाख २८ हजार ५२ परीक्षार्थी सहभागी भएको उहाँले जानकारी दिनुभयो ।  आगामी २६...

  • २०७६ बैशाख १५, आइतबार

    लगानीका लागि राष्ट्रपतिको आग्रह

    राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजार चाइना कमर्शियल स्टक इण्टरप्राइजेज को संयुक्त आर्थिक समिति ९इकोनोमिक ज्वाइण्ट कमिटी का अध्यक्ष वाङ फुकिङ तथा चीन – नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुख व्यक्तित्वसँग भेटवार्ता गर्नुभएको छ । उक्त अवसरमा राष्ट्रपति भण्डारीले नेपाल–चीन आर्थिक तथा व्यापार मञ्चको बैठक आयोजना गरेकामा धन्यवाद व्यक्त गर्दै नेपालको परिस्थिति अनुकूल भएको, आर्थिक...

  • २०७६ बैशाख १५, आइतबार

    कर्मचारीमाथि मुद्दा दायर

    विभिन्न बहानामा सेवाग्राहीसँग घुस लिने १९ कर्मचारीलाई रङ्गेहात पक्राउ गरी मुद्दा दायर गरिएको अख्तियार दरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षको पहिलो नौ महीनामा उनीहरुलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको कार्यालयले जनाएको हो । पक्राउ पर्नेमा निजामती प्रशासन, प्राविधिक तथा प्रहरीतर्फका तल्लो तहदेखि अधिकृतस्तरका कर्मचारी हुन् ।  कार्यलयका सूचना अधिकारी देवकुमार...

  • २०७६ बैशाख १५, आइतबार

    छ नाउर र तीन झारलको सिकार

    ढोरपाटन सिकार आरक्षमा दोस्रो शिकार याममा छ नाउर र तीन झारलको सिकार भएको छ । आरक्षमा यस वर्षको दोस्रो सिकार यामका लागि १० नाउर र चार झारलको सिकार खेल्ने अनुमति दिइएकामा सिकार कम्पनीहरुले छ नाउर र तीन झारल मात्रै सिकार गर्न सफल भएको आरक्ष कार्यालयले जनाएको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षलाई विश्वका साहसिक सिकारीहरुले आफ्नो प्रमुख गन्तव्यका रुपमा लिदै आएका छन् । सिकारका लागि...

  • २०७६ बैशाख १५, आइतबार

    आयआर्जन गर्न अपाङ्गतालाई बाख्रा सहयोग

    आयआर्जनका निम्ति उपहारस्वरुप बाख्रा पाएपछि अपाङ्गतामा खुशीयाली छाएको छ । रामपुर नगरपालिका–२ को कार्यालयले अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेर बाख्रा वितरण गरेपछि उनीहरुमा खुशी र उमङ्ग छाएको हो । अपाङ्गता भएका व्यक्ति भनेपछि घरपरिवार, छरछिमेक, आफन्त, साथीभाइले हेयको दृष्टिकोण राख्ने गर्छन् । आयआर्जन गर्न उनीहरुलाई अन्यत्र जान सहज छैन । गाउँघरमै बसी बाख्रापालन व्यवसाय गरेर आम्दानी गर्न उत्प्रेरित...

Pages