राष्ट्रिय
-
२०७६ बैशाख १५, आइतबार
विपद् व्यवस्थापन सामग्री हस्तान्तरण
जिल्लामा लामो समयदेखि काम गर्दै आइरहेका ग्रामीण विकास सेवा केन्द्र आरडिएससी नामक संस्थाले यहाँका सात स्थानीय तहलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ । उक्त सामग्री युकेएडको आर्थिक सहयोगमा सञ्चालित अनुकूलन–एक्स÷ब्रेस्ड परियोजनाले उपलब्ध गराएको हो । विपद् व्यवस्थापन सामग्री पाउनेमा दिपायल सिलगढी र शिखर नगरपालिका तथा आदर्श, सायल, बडिकेदार, पूर्वीचौकी र जोरायल गाउँपालिका छन् । संस्थाले...
-
२०७६ बैशाख १५, आइतबार
नियमित विद्युत् आपूर्तिपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव
नियमित रुपमा विद्युत् उपलब्ध भएपछि मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको राष्ट्रिय लेखा तथ्याङ्कअनुसार कूल मूल्य अभिवृद्धि अघिल्लो आर्थिक वर्षको तुलनामा १२ दशमलव ४० प्रतिशतले वृद्धि हुने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले २०७५ वैशाखदेखि औद्योगिक क्षेत्रमा समेत विद्युत्भार कटौतीको अन्त्य गरेको थियो । यस्तै...
-
२०७६ बैशाख १५, आइतबार
एयरपोर्ट धुलिखेलमा बन्छ ः मन्त्री बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आन्तरिक विमानस्थलका लागि काभ्रेपलाञ्चोकमा सम्भावित अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा बनाइने बताउनुभएको छ । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घले बनेपामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउनेबारेमा सरकार पछि नहटेको जानकारी दिनुभयो । मन्त्री बाँस्कोटाले भन्नुभयो, “...
-
२०७६ बैशाख १५, आइतबार
सडक स्तरोन्नति गर्ने कार्य शुरु
बागलुङका विभिन्न गाउँपालिकालाई जोड्ने सडकको स्तरोन्नति गर्ने काम शुरु भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत बहुवर्षीय योजनामा यो सडक स्तरोन्नति गर्न लागिएको हो । चालू आर्थिक वर्षभित्र काम सक्नेगरी सङ्घीय सरकारको रु एक करोड र नगरपालिकाको भौतिक पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत रु ३७ लाख गरी कूल रु एक करोड ३७ लाख बराबरको बजेटमा सडकको स्तरोन्नतिको काम थालिएको हो । हाल...
-
२०७६ बैशाख १५, आइतबार
पदयात्री बढेपछि उत्साह थपिँदै
गत फागुन चैत महीनामा पटक÷पटक गरी परेको हिमपातका कारण अन्नपूर्ण चक्रीय पदमार्ग र आसपासका क्षेत्रमा प्रभावित पदयात्रा पर्यटनमा केही दिन यता पर्यटक बढ्न थालेसँगै उत्साह थपिएको छ । गत फागुन १३ गते अन्नपूर्ण आधार शिविर ९एबिसी०मा आएको हिमआँधीका साथै त्यसयता विभिन्न समयमा परेको हिमपातले ठाउँठाउँमा पदमार्ग बिग्रे भत्केपछि समस्या आएकोमा तिनीहरूको पुनःनिर्माणपछि पुनः यस क्षेत्रमा पर्यटकको आगमन बढेको हो...
-
२०७६ बैशाख १५, आइतबार
रोग प्रभावितमा क्षेत्रमा चिकित्सक र औषधिसहित हेलिकप्टर पठाइयोे
पहिचान नभएको रोगका कारण नौ जनाको मृत्यु भएपछि प्रदेश सरकारको पहलमा रोग प्रभावित ताजाकोट गाउँपालिकामा आज बिहान हेलिकप्टर गइसकेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो । सुर्खेतबाट हेलिकप्टरमा औषधिसमेत लिएर गएको चिकित्सकको टोलीलले बिरामीको अवस्था हेरेर उद्धारको काम गर्ने छ । ताजाकोटमा बिरामीलाई औषधि र रोग फैलिन नदिनका लागि प्रदेश सरकार लागिपरेको उहाँको भनाइ थियो । औषधि र स्वास्थ्यकर्मीको...
-
२०७६ बैशाख १५, आइतबार
बाघको आहारा प्रजातिको अनुगमन
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको अनुगमन सोमबारबाट शुरु गरिने भएको छ । मृग प्रजातिसँगै निलगाई, बँदेललगायतको अवस्थाको बारेमा थाहा पाउन अनुगमन गर्न लागिएको हो । चितवन राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख गोपाल घिमिरेका अनुसार आँखाले प्रत्यक्ष हेरेर गणना गर्ने ट्रान्जिट लाइन÷डिस्टेन्स स्याम्पलीङ म्याथर्ड बाट अनुगमन गरिँदैछ । निकुञ्जलाई चार भागमा विभाजन गरेर छ वटा समूह बनाएर...
-
२०७६ बैशाख १५, आइतबार
वर्षातका कारण इँटा उद्योग बन्द
नियमितजसो हावाहुरी र वर्षा हुने क्रम बढेपछि यहाँका उद्योगहरु बन्द भएका छन् । विगतका वर्षमा कात्तिकदेखि जेठ मसान्तसम्म उद्योग चल्ने भए पनि यस वर्ष वैशाख लागेपछि उद्योग चल्न नसकेको व्यवसायीले जनाएका छन् । इँटा उद्योग सङ्घ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार पानीका कारण काँचो इँटा बिग्रिएपछि व्यवसायीले ठूलो क्षति बेहोर्न बाध्य भएका छन् । जिल्लामा रहेका सबै उद्योग बन्द भएको उहाँले बताउनुभयो ।...
-
२०७६ बैशाख १५, आइतबार
जथाभावी राखिएका बस र टिकट काउन्टर सात दिनभित्र हटाइने
ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी राखिएका बस टिकट काउन्टर सात दिनभित्र हटाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको गौशाला, कलङ्की, कोटेश्वर, सुन्धारालगायत स्थानमा जथाभावी टिकट काउन्टर राख्दा सवारी साधनको आवागमनमा समस्या परेकाले सात दिनभित्र हटाउने जनाएको हो । जिल्ला प्रशासन कार्यालयमा केही दिनअगाडि बसेको ट्राफिक प्रहरी र यातायात व्यवसायीको बैठकले नयाँ बसपार्क...
-
२०७६ बैशाख १५, आइतबार
नेकपा र काङ्ग्रेसलाई महासङ्घको ध्यानाकर्षणपत्र
नेपाल पत्रकार महासङ्घले प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली काङ्ग्रेसलाई ध्यानाकर्षण पत्र बुझाएको छ । महासङ्घका पदाधिकारीले आज बिहान नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई भेट गरी ध्यानाकर्षण पत्र बुझाएका हुन् । महासङ्घले ध्यानाकर्षण पत्रमा राष्ट्रिय आमसञ्चार नीति–२०७३ लाई आवश्यक परिमार्जनसहित दृढतापूर्वक...
-
२०७६ बैशाख १५, आइतबार
बैंक तथा वित्तीय संस्थाका शाखा आठ हजार नाघ्यो
मुलुकको समृद्धिका लागि नागरिकलाई वित्तीय पहुँचमा पु¥याइ आर्थिक गतिविधिमा संलग्न गराउने सरकारी लक्ष्यअनुसार अहिलेसम्म ७२४ स्थानीय तहमा आठ हजार बढी बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार भएको छ । वित्तीय संस्था एकापसमा गाभिई संस्थागत सबलीकरण र सङ्ख्यात्मक व्यवस्थापनमा जोड दिँदै सर्वसाधारणलाई आर्थिक गतिविधिमा संलग्न गराउने उद्देश्यअनुरुप चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको शाखा आठ हजार २०५...
-
२०७६ बैशाख १५, आइतबार
आफ्नै रकमले विद्यार्थी पढाउँदै प्रशासकीय अधिकृत शर्मा
जिल्लाको केआइसिंह गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज शर्माले वडा नं १ गणेशकाडास्थित रामेश्वर आधारभूत विद्यालयमा कक्षा ९ मा अध्यनरत भीमबहादुर पुनमगरलाई पढाउने जिम्मा लिनुभएको छ । भीमबहादुरको आर्थिक अवस्था नाजुक भएको जानकारी पाएपछि आफूले अभिभावकत्व पनि ग्रहण गरेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “भीमबहादुर पढाइमा निकै राम्रो र मिहिनेती रहेछन् तर आर्थिक...


