STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रिय

  • २०७५ चैत्र २६, मंगलबार

    साझाको ‘इ–टिकेटिङ’ मा यात्रु आकर्षित

    साझा यातायातले शुरु गरेको ‘इ–टिकेटिङ’ प्रयोग गर्न चाहने यात्रुको सङ्ख्या बढिरहेको छ । ‘इ–टिकेटिङ’ बुझेका यात्रु सो सेवाप्रति आकर्षित भइरहेको साझाले जनाएको छ ।  परीक्षणका रूपमा साझाले दुई साता पहिले इ–टिकेटिङ शुरु गरेको थियो । भाडाका लागि दैनिक रकम तिर्नुका साटो कार्ड खरीद गरेर भाडा तिर्न सजिलो हुने साझाले जनाएको छ । परीक्षणका लागि पुल्चोकस्थित कार्यालय वा बसका सहचालक लगायतका कर्मचारीमार्फत...

  • २०७५ चैत्र २६, मंगलबार

    आँधीपीडितलाई इक्यानको सहयोग

    नेपाल शैक्षिक परामर्श सङ्घ इक्यान ले बारा र पर्साका आँधीपीडितका लागि रु पाँच लाख दुई हजार ५७६ सहयोग गरेको छ ।  इक्यानले सङ्घका विभिन्न सदस्यबाट रकम सङ्कलन गरी प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई आज सहयोग कोषका लागि रकम हस्तान्तरण गरिएको सङ्घका कार्यवाहक अध्यक्ष महेशबाबु तिमल्सिनाले भन्नुभयो । विपद्का समयमा सबैले पीडितका लागि सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  पीडितका लागि विभिन्न...

  • २०७५ चैत्र २६, मंगलबार

    ९८० मा एचआइभी सङ्क्रमण

    जिल्लामा पछिल्लो समय एचआइभी सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै जान थालेको पाइएको छ । जिल्ला अस्पताल डोटीमा रहेको तथ्याङ्कअनुसार पूरै जिल्लाभरिमा खुलेका मात्रै ९पहिचान भएका० ९८० जनामा एचआइभीको सङ्क्रमण रहेको पाइएको हो । सङ्क्रमितमध्ये महिलाको सङ्ख्या ५७० रहेको छ भने ३६० पुरुष रहेका छन् । त्यस्तै पचास बालबालिका एचआइभी सङ्क्रमण रहेको पाइएको छ । यो सङ्ख्या जिल्ला अस्पतालमा औषधि उपचार गराउन आउनेको...

  • २०७५ चैत्र २६, मंगलबार

      स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको पाँचौँ शिखर सम्मेलन भोलिदेखि

     ‘सङ्घीय प्रणालीमा समता र विकासका लागि अनुसन्धान’ भन्ने नाराका साथ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरुको पाँचौँ शिखर सम्मेलन भोलिदेखि यहाँ शुरु हुँदैछ ।   नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा आयोजित सो तीनदिने सम्मेलनमा नेपालसहित भारत, चीन, जर्मनी र अमेरिकाका स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रमा कार्यरत झण्डै एकहजार वैज्ञानिकको सहभागिता रहनेछ । परिषद्का अध्यक्ष प्रा डा अञ्जनीकुमार झाले सम्मेलनको...

  • २०७५ चैत्र २६, मंगलबार

    पश्चिमी वायुको प्रभावले पुन वर्षा

    पश्चिमी वायुको प्रभावले आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । पश्चिमी वायु र स्थानीय वायुको सम्मिश्रणको प्रभावले पुनः वर्षा दोहोरिएको मौसमविद् मञ्जु बासीले बताउनुभयो । अहिले पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हावाहुरी र वर्षा भइरहेको मौसमविद् बासीले भन्नुभयो । आज देशभरि नै...

  • २०७५ चैत्र २६, मंगलबार

     वनस्पति उद्यान निर्माण हुँदै

    नेपालगञ्ज उपमहानगरपालिका– २० राँझामा अत्याधुनिक वनस्पति उद्यान निर्माण हुने भएको छ । प्रदेश नं ५ सरकारको योजनाअन्तर्गत स्थानीय पशुपति सामुदायिक वन उपभोक्ता समूहको खाली जग्गामा उक्त उद्यान निर्माण प्रक्रिया शुरु भएको हो । उद्यान निर्माण गर्नका लागि नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्सेर राणा, डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत मोहन श्रेष्ठ र पशुपति सामुदायिक वन उपभोक्ता समूहका...

  • २०७५ चैत्र २६, मंगलबार

    सुदूरपश्चिम पहाडमा भूकम्पको धक्का

    सुदूरपश्चिममा आज बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । आज बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको हो । यसअघि चैत ४ गते पनि भारत र चीनको सीमाआसपास दार्चुलाको लिपुलेक केन्द्रविन्दु भएर...

  • २०७५ चैत्र २६, मंगलबार

     झाडापखालाका बिरामीको चाप बढ्यो

    जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । बदलिँदो मौसमसँगै झाडापखाला, टाइफाइड र ज्वरोका बिरामी बढ्न थालेका हुन् । अस्पतालमा दैनिक ८० देखि ९० बिरामी आउन थालेको जिल्ला अस्पतालका डा धनमाया घर्तीले बताउनुभयो । बिरामीमध्ये अधिकांश बालबालिका छन् । बालबालिकामा झाडापखाला, टाइफाडड र ज्वरोको समस्या देखिएको छ । पछिल्लोपटक मौसममा आएको परिवर्तन, दुषित पानीको प्रयोग र बासी खानाका कारण समस्या बढ्दै गएको डा...

  • २०७५ चैत्र २६, मंगलबार

    अग्निपीडित शेरचनलाई २५ लाख सहयोग

    पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ जुग्जाका अग्निपीडित चेतनारायण शेरचलाई प्रवासी म्याग्देलीले रु २५ लाख आर्थिक सहयोग गरेका छन् । बेलायतमा कार्यरतÞ रेशम शेरचनको संयोजकत्वमा बेलायत, कोरिया, जापान, अमेरिका र अष्टे«लियामा कार्यरत नेपालीबाट सङ्कलन गरिएको रु २५ लाखमध्ये ६ लाख ५० हजारमा किनेको नयाँ घरसहित बाँकी रकम गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरमार्फत पीडित शेरचन र उहाँका आफन्तलाई...

  • २०७५ चैत्र २६, मंगलबार

    जडीबुटीको जामले चालक र यात्रु हैरान

    पेप्सीकोला टाउन प्लानिङमा कार्यरत सन्दीप थापा १० बजे कार्यालय पुग्न एक घण्टा पहिले नै घरबाट निस्कने गर्नुभएको छ । बालकुमारीमा रहेको कार्यालयबाट घरको दूरी चार किलोमिटर भए पनि उहाँ एक घण्टा पहिले नै निस्कने गर्नुहुन्छ । मोटरसाइकलमा चार किलोमिटर दूरीमा पुग्न १५÷२० मिनेट लाग्ने भए पनि जडीबुटीमा दैनिक हुने जामका कारण उहाँ एक घण्टा पहिले नै घरबाट निस्कने गर्नुहुन्छ ।  एक घण्टा पहिले निस्कँदासमेत...

  • २०७५ चैत्र २६, मंगलबार

    आलेख ः ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने प्रयास 

    दिनहुँ जसो चोक परिवर्तन, समय उस्तै उस्तै । नेपालगञ्ज बजारमा सवारी हाँकिरहेका चालकहरू भने अनौठो मानिरहेका हुन्छन् । कहिले पुप्पलाल चोक, कहिले धम्बोझी चोक त कहिले बी पी चोक । कहिले साँझ त कहिले बिहान ।    काठमाडाँैंका व्यस्त चोकहरूको ट्राफिक व्यवस्थापन जस्तै झल्को दिने गरी ट्राफिक व्यवस्थापनलाई तालीममा रहेका ट्राफिक प्रहरीले सघाइरहेका छन् । बाँकेमा सवारी साधनको सङ्ख्या बढिरहेकाले ट्राफिक व्यवस्थापन...

  • २०७५ चैत्र २६, मंगलबार

     नेपाली प्रहरी चौकीमा भारतीय फोनको प्रयोग 

     दाङको नाका क्षेत्रका प्रहरी चौकीमा भारतीय फोन नम्बरको प्रयोग भइरहेको छ । नेपालका कुनै पनि सीमको टावरले काम नगर्ने भएपछि दाङको नाका क्षेत्रका प्रहरी चौकीले भारतीय फोन नम्बर प्रयोग गरिरहेका हुन् । नाका क्षेत्रका हरेक गतिविधि भएमा भारतीय फोन नम्बरबाट जिल्ला प्रहरीलाई जानकारी दिने गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो । “अझै पनि नाकामा नेपाली फोनले काम...

Pages