राष्ट्रिय
-
२०७६ बैशाख १७, मंगलबार
मासु उद्योगको प्रदूषण, स्थानान्तरण गर्न सिफारिस
वीरगञ्ज महानगरपालिकास्थित मासुजन्य तथा हड्डी प्रशोधन उद्योगको स्थलगत अनुगमन प्रतिवेदन उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पेश गरिएको छ । समितिले गठन गरेको उद्योग, वाणिज्य तथा आपूर्ति उपसमितिका संयोजक कृष्णकुमार श्रेष्ठले आज समितिका सभापति बिमलप्रसाद श्रीवास्तवसमक्ष प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । समितिले गत कात्तिक ३० गते महानगरपालिका–१८ र २७ मा रहेको हड्डी मिल र मासु...
-
२०७६ बैशाख १७, मंगलबार
शिक्षा प्रणाली सुधार गर्नुपर्ने
प्रदेश नं ३ का कार्यवाहक मुख्यमन्त्री सालिकराम जम्कट्टेलले शिक्षा प्रणाली देशको आवश्यकताअनुसार नभएको भन्दै शिक्षा क्षेत्रमा विकास गर्न नसकिएको बताउनुभएको छ । प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालयको आयोजनामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले शिक्षा क्षेत्रमा नीति योजना बनाउँदा प्राविधिक विषय कृषि, पर्यटन,...
-
२०७६ बैशाख १७, मंगलबार
हात्ती व्यवस्थापन कार्ययोजना ल्याइँदै
नेपालमा हात्तीको व्यवस्थापनका लागि कार्ययोजना निर्माण थालिएको छ । हात्ती व्यवस्थापनसम्बन्धी १० वर्षे कार्ययोजना पुरानो भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले पाँचवर्षे नयाँ कार्ययोजना निर्माण थालेको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष र उज्यालो नेपालको सहयोगमा पूर्व, मध्य र पश्चिम गरी तीन क्षेत्रमा सुझाव सङ्कलन थालिएको छ । पश्चिम बर्दियामा सुझाव सङ्कलन पछि सोमबार चितवन राष्ट्रिय निकुञ्ज...
-
२०७६ बैशाख १७, मंगलबार
डिप ट्युवेलको माग
प्रदेश नं १ को केही जिल्लामा भूमिगत जल सिँचाइका लागि डिप ट्युबेलको माग बढेको पाइएको छ । डिप ट्युबेल माग गर्ने जिल्लामा झापा, मोरङ, सुनसरी, इलाम र उदयपुर छन् । एक डिप ट्युबेलबाट सजिलैसँग ४० बिघा खेतमा सिँचाई सुविधा गर्न सकिने र यसका लागि कुनै पनि समस्या किसानले व्यहोर्न नपर्ने भएकाले यसको माग बढेको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय विराटनगरका प्रमुख सुरेन्द्र साहले बताउनुभयो । डिप...
-
२०७६ बैशाख १७, मंगलबार
पश्चिमसेती नबन्दा निराशा
जिल्लाको आदर्श गाउँपालिकाको तलारा र बैतडी जिल्लाको ढुङ्गाड क्षेत्रमा निर्माण हुने भनिएको पश्चिमसेती जलविद्युत् आयोजना निर्माणमा अन्योल उत्पन्न भएको छ । कहिले कुनै देशले त कहिले कुनै संस्थाले निर्माण गर्ने भनिए पनि हालसम्म निर्माणकार्यको टुङ्गो नलाग्दा स्थानीयवासीमा अन्योल बढेको हो । स्थानीय टेकबहादुर रोकायाले भन्नुभयो, “पश्चिमसेती बन्छ भनेर हामीलाई खाली सपनामात्रै देखाइन्छ, कसले बनाउने टुङ्गो नै...
-
२०७६ बैशाख १७, मंगलबार
चामलको गेडामा तीन देशको झण्डा
क्यान्भास, लोक्ता वा नेपाली कागजमा चित्रकला प्रसस्तै भइरहन्छ । दृश्यचित्र होस् या मुहार चित्र, थान्का वा पौभा चित्र ठूलाठूला आकारमा बनाउनु सामान्य हो र धेरै चित्रकारले यस्ता चित्र बनाइरहेका छन् । एउटा चालमको गेडोमा निकै कम कलाकारले चित्र कोर्ने कलाकार बिरलै होलान् । त्यसमाथि पनि तीन तीन देशका झण्डा एउटै चालमको गेडोमा अटेको छ । विश्व चर्चित तीन साहित्यकाको चित्र एउटै चामलको गेडोमा बनेको छ । अनि...
-
२०७६ बैशाख १७, मंगलबार
खप्तड आउने पर्यटक बढे
खप्तड राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा वाह्य पर्यटक भित्रिनेक्रममा वृद्धि भइरहेको छ । यहाँका विभिन्न हराभरालेक, तालतलैया तथा प्राकृतिक सम्पदाको अवलोकन गर्न पछिल्लो समय यो निकुञ्ज पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्दै गएको छ । प्रदेश सरकार तथा यहाँका विभिन्न स्थानीय तहले खप्तडको विकासका लागि भन्दै करोडांै रकम विनियोजन गरी काम शुरु गराउन थालेपछि आन्तरिक तथा बाह्य पर्यटक भित्रिन थालेको डोटी...
-
२०७६ बैशाख १७, मंगलबार
बालबालिकाको पढाइ खर्च व्यहोर्दै
गलकोट नगरपालिका–४ खरुवाका भीमबहादुर क्षेत्रीले न्यून आय भएका परिवारका १० बालबालिकाको पढाइ खर्च व्यहोर्ने हुनुभएको छ । नयाँ शैक्षिकसत्र शुरु भएसँगै क्षेत्रीले छात्रवृत्तिसहित १० कक्षासम्मको वार्षिक पढाइ खर्च व्यहोर्ने घोषणा गर्नुभएको हो । स्व बुबा डम्मरबहादुर र आमा क्षेत्रकुमारीको स्मृतिमा बालबालिकाको पढाइमा सघाउने निर्णय लिएको क्षेत्रीले बताउनुभयो । बालबालिकाले वार्षिक रु १५ हजार छात्रवृत्तिसहित...
-
२०७६ बैशाख १७, मंगलबार
महिलाले गर्छन् परिवार र समाजको नेतृत्व
उठ चेलीबेटी हो आँशु पुछेर अझै कति आँशुमुनि बस्छौँ रुझेर।।। गायक रायन श्रेष्ठकोे यो गीतले घरभित्रै चुलो चौकामा सीमित हुने महिलालाई सक्षम बन्न प्रेरणा दिन्छ । केही वर्ष अगाडिसम्म यो गीतले ग्रामीण महिलाको अवस्थाबारे झल्काउँथ्यो तर अहिले उनीहरुको जीवनशैली फेरिएको छ । जिम्मेवारी बढेपछि कुनै समय घरभित्रै सीमित रहने महिला अहिले गाउँघर समाजको नेतृत्व गर्न थालेका छन् । ओखलढुङ्गाको खिजीदेम्बा–४...
-
२०७६ बैशाख १७, मंगलबार
सडक धुलाम्य हुँदा जनतालाई सास्ती
धनगढीको मोहना पुलदेखि अत्तरिया चोकसम्मको निर्माणाधीन ‘छ लेन’ सडक धुलाम्य हुँदा सर्वसाधारणको आवागमन असहज बनेको छ । बढ्दै गएको गर्मीसँगै चल्ने हावाहुरीका कारण सुदूरपश्चिम प्रदेशको राजधानी शहर धनगढी प्रवेश गर्ने उक्त सडकमा यतिबेला हिँड्नै नसकिने गरी धुलो उड्न थालेपछि सर्वसाधारणलाई सास्ती हुने गरेको हो । सुदूरपश्चिम प्रदेशसभाको बैठकको विशेष समयमा बोल्ने सदस्यले उक्त सडक निर्माणमा भइरहेको...
-
२०७६ बैशाख १७, मंगलबार
राष्ट्रपति ल्हासामा
राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा आज बेइजिङबाट ल्हासा आइपुग्नुभएको छ । उहाँलाई ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले स्वागत गर्नुभयो । भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन ९अन्तरराष्ट्रिय सहयोगका लागि दोस्रो...
-
२०७६ बैशाख १७, मंगलबार
घटना भएको १२ वर्षपछि तीन फरार अभियुक्त पक्राउ
कर्तव्य ज्यान मुद्दामा फरार रहेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले साढे १२ वर्षपछि पक्राउ गरी अदालतमा बुझाएको छ । उत्तरी धादिङको रुबिभ्याली गाउँपालिका–२ कामीगाउँका २७ वर्षीय देवबहादुर विकलाई देउसी खेल्न जान नमानेको आरोपमा कुटपिट गरी विसं २०६३ कात्तिक ७ गते सोही ठाउँका आठ जनाले हत्या गरेका थिए । हत्यापछि शवसमेत गुपचुप राख्न जलाइएको थियो । घटनापछि मृतकका भाइ गमबहादुर विकले ४० वर्षीय...


