राष्ट्रिय
-
२०७६ बैशाख १८, बुधबार
समान कामको समान ज्याला पाउनुपर्ने माग
भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिले समान कामको समान ज्याला पाउनुपर्ने माग गरेको छ । समितिले आज धर्ना कार्यक्रम गर्दै कार्य अवधि ९ड्युटी० मा मारिएका, घाइते तथा अपाङ्गता भएका ब्रिटिस गार्खाले ब्रिटिस सरहनै समान सुविधा पाउनुपर्ने माग गरेको हो । त्यसैगरी अन्य पेन्सन जस्तै विधवा, मेडिकल सबैखाले खालका पाउनुपर्ने, सन् १९७५ अघि नोकरीबाट बर्खास्त गरिएकाले क्षतिपूर्तिको एकमुष्ट रकम...
-
२०७६ बैशाख १८, बुधबार
रुपाकोट मझुवागढी नगरपालिकाको ४४ प्रतिशत घरधुरी विद्युत् सेवा बाहिर
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४४ प्रतिशत घरधुरी अझै केन्द्रीय विद्युत् प्रसारण लाइन बाहिर रहेका छन् । जिल्लामा २०५८ सालमा केन्द्रीय विद्युत् प्रसारण भए पनि अहिलेसम्म नगरपालिकाभित्रका करीब दुई तिहाइअर्थात् ६६ प्रतिशत घरधुरीले मात्र केन्द्रीय विद्युत् उपभोग गरेका छन् । दश हजार ५० घरधुरी रहेको नगरपालिकाका २१ प्रतिशत घरधुरीले अझै पनि मट्टितेलको टुकी प्रयोग गरिरहेका छन् । नगरपालिकाले तयार...
-
२०७६ बैशाख १८, बुधबार
अध्यागमन कार्यालय सञ्चालन
निर्माण सम्पन्न भएको छ महीनापछि यहाँस्थित पशुपतिनगर सिमा नाकामा अध्यागमन कार्यालय सञ्चालन भएको छ । यो नाकाबाट भित्रिने पर्यटकहरुको सहजताका लागि सो कार्यालय सञ्चालनामा ल्याइएको हो । ‘सञ्चालनमा आएको कार्यालयबाट तेस्रो मुलुकका पर्यटकका लागि १५, ३० र ९० दिनसम्मको प्रवेश भिसा दिइने व्यवस्था छ’, अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भन्नुभयो, “सरकारले आउँदो सन् २०२० लाई नेपाल भ्रमण वर्षका...
-
२०७६ बैशाख १८, बुधबार
स्थायी राजधानीको प्रतीक्षामा विराटनगर महानगरपालिका
अस्थायी रूपमा प्रदेश नं १ को राजधानीको रुपमा रहेको विराटनगर महानगरपालिका स्थायी राजधानीको रुपमा स्थापित हुने पर्खाइमा रहेको छ । प्रदेशसभाको वैशाख १९ गते बस्ने बैठकमा प्रदेश स्थायी राजधानी र नामकरणको प्रस्ताव पेश हुने र सम्भवतः वैशाख २२ गते प्रदेशको राजधानी र नाम प्रदेशसभाको बैठकबाट घोषणा हुनसक्ने भएकाले नै विराटनगर महानगरपालिका यतिबेला निर्णयको प्रतीक्षामा रहेको छ । अस्थायी राजधानीको रुपमा...
-
२०७६ बैशाख १८, बुधबार
लुम्बिनी भ्रमण वर्षबारे छलफल
‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं’ भन्ने मूलनाराका साथ लुम्बिनी भ्रमण वर्ष २०७६ मनाउन लागेको प्रदेश–५ सरकारले सबै प्रदेशहरुमा प्रचारप्रसार अभियान सञ्चालन गरेको छ । प्रचार कार्यक्रम अन्तर्गत आज प्रदेश नं–३ को हेटाँैडामा स्थानीय सञ्चारकर्मी तथा पर्यटन व्यवसायीसँग अन्तक्र्रिया आयोजना गरी भ्रमण वर्षका अवसरमा प्रदेशवासीलाई लुम्बिनी भ्रमणको निम्तो दिएको छ । लुम्बिनी भ्रमणवर्ष...
-
२०७६ बैशाख १८, बुधबार
राष्ट्रपति भण्डारीको आगमन
राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा चीनको आठ दिवसीय राजकीय भ्रमण पूरा गरी आज बिहान स्वदेश फर्कनुभयो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वागत गर्नुभयो । राष्ट्रपतिको स्वागतका लागि विमानस्थलमा...
-
२०७६ बैशाख १८, बुधबार
जापानका नयाँ सम्राट नारुहितोद्वारा राज्यारोहण
जापानका सम्राट नारुहितोले मङ्गलबार मध्यरातबाट जापानको राजगद्दी सम्हाल्नुभएको छ । उहाँ जापानी राजतन्त्रको इतिहासमा राजगद्दी सम्हाल्ने १२६औं राजा हुनुभएको छ । शाही निसान र छाप हस्तान्तरण गर्ने विशेष समारोहमा उहाँलाई मङ्गलबार राति जापानी राजपरम्परामा विशेष महत्व राख्ने एउटा तरबारको प्रतिक, एउटा बहुमूल्य रत्न दिइएको थियो । उक्त समारोहमा पूर्व सम्राट अकिहितोको पनि उपस्थिति थियो । राजगद्दीमा आसिन भएपछि...
-
२०७६ बैशाख १८, बुधबार
श्रमिकको अधिकार सुनिश्चित हुनुपर्छ ःनेता सिटौला
नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको संविधानबाट मजदूरले पाउने अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभएको छ । नेपाल ट्रेड युनियन काङ्ग्रेस र मोरङ समितिद्वारा १३०औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । नेता सिटौलाले मुलुकलाई समृद्धिको बाटौमा लैजान श्रमिकको हक र अधिकार सुनिश्चित हुनुपर्छ भन्नुभयो । उहाँले स्वतन्त्र न्यायालयको मर्म माथि...
-
२०७६ बैशाख १८, बुधबार
‘प्रेस स्वतन्त्रता सबैका लागि’
नेपाल पत्रकार महासङ्घको आह्वान तथा महासङ्घ गण्डकी प्रदेशको आयोजनामा आज पोखरामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै ¥याली निकालिएको छ । पोखरा महानगरपालिका–४ बिपीचोकबाट शुरु भएको ¥याली न्युरोड हुँदै सभागृहसम्म पुगेको थियो । ¥यालीमा सहभागी सञ्चारकर्मी, नागरिक अधिकारकर्मी तथा पेशाकर्मीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्य बन्द गरिनुपर्ने, पत्रकार माथिको धरपकड बन्द गर्न तथा...
-
२०७६ बैशाख १८, बुधबार
तातोपानी नाका खुलाउन तीव्रगतिमा काम
विसं २०७२ को भूकम्पपछि चार वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन तीव्र गतिमा काम भइरहेको छ । आगामी जेठ तेस्रो साता सम्ममा नाका खुलाउने कार्यक्रमअनुसार अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको सडक तथा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ । बन्द नाकासँगै लार्चामा निर्मित सुख्खा बन्दरगाह आज हस्तान्तरण गरिने भनिए पनि काममा ढिलाइ भएकाले एक महीनापछि सरेको उद्योग वाणिज्य तथा...
-
२०७६ बैशाख १८, बुधबार
कमाएर घर बनाउँदै मुक्त कमलरी
मुलुकको व्यवस्था परिवर्तन भएसँगै हातमा सीप भएका मुक्त कमलरीको पनि जीवन फेरिएको छ । बुबाले साहुबाट लिएको रु ३०० ऋण तिर्न करीब एक वर्ष यहाँस्थित भाषी भन्ने ठाउँमा कमलरी बसेकी कञ्चनपुरको बेदकोट नगरपालिका–९ लालपुरकी २४ वर्षीया मुक्त कमलरी पुष्पा डगौरा यतिबेला परिवार हाक्ने अब्बल महिला सावित हुनुभएको छ । “भाषी र काठमाडौँ गरी ११ वर्ष कमलरी बसें” उहाँले भन्नुभयो, “कमलरीबाट मुक्त भएपछि दातामार्फत्...
-
२०७६ बैशाख १७, मंगलबार
डिप ट्युवेलको माग
प्रदेश नं १ को केही जिल्लामा भूमिगत जल सिँचाइका लागि डिप ट्युबेलको माग बढेको पाइएको छ । डिप ट्युबेल माग गर्ने जिल्लामा झापा, मोरङ, सुनसरी, इलाम र उदयपुर छन् । एक डिप ट्युबेलबाट सजिलैसँग ४० बिघा खेतमा सिँचाई सुविधा गर्न सकिने र यसका लागि कुनै पनि समस्या किसानले व्यहोर्न नपर्ने भएकाले यसको माग बढेको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय विराटनगरका प्रमुख सुरेन्द्र साहले बताउनुभयो । डिप...


