राष्ट्रिय
-
२०७६ बैशाख १९, बिहिबार
विभिन्न ऐन कानूनले प्रेस स्वतन्त्रतामाथि चुनौती ः महासङ्घ
नेपाल पत्रकार महासङ्घले संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रतालाई सुनिश्चित गरिएको भएता पनि विभिन्न ऐन तथा कानूनमार्फत प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजिनु प्रेस स्वतन्त्रतामाथिकै चुनौती रहेको बताएको छ । विश्व प्रेस स्वतन्त्रताको अवसरमा आज महासङ्घका अध्यक्ष गोविन्द आचार्यले शुभकामना सन्देश दिँदै संविधानमा प्रेस स्वतन्त्रता उल्लेख गरिए पनि गत २०७५ भदौ १ गतेबाट लागू भएको मुलुकी देवानी...
-
२०७६ बैशाख १९, बिहिबार
बाँकेका तीन सय नागरिकता खारेज
बाँके जिल्लामा वंशजका आधारमा वितरण गरिएका झण्डै ३०० नागरिकता खारेजीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार, रझेना, खजुराखुर्द र मनिकापुरका ती नागरिकता खारेजीमा परेका हुन् । सर्वोच्च अदालतको पछिल्लो एउटा आदेशले तराई मधेसलगायतका विभिन्न जिल्लामा कानूनविपरीत वितरण गरिएका ३४ हजार नागरिकतालाई प्रचलनमा नल्याउन अन्तरिम आदेश जारी गरेपछि बाँकेका झण्डै ३०० नागरिकता खारेजीमा परेका हुन् । “...
-
२०७६ बैशाख १९, बिहिबार
आलेख ः सिकलसेल एनिमिया चुनौतीका रुपमा देखा पर्दै
रोगीलाई छ महिनासम्म दैनिक पेन्सिलिन दिने गर्नुपर्छ । अन्य सङ्क्रमणबाट बचाउन नियमित स्वास्थ्य जाँच गराउनु पर्दछ । बच्चामा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न न्युमोकोकल भ्याक्सिन दिनुपर्छ । दैनिक फोलिक एसिडको सेवन गर्नु पर्दछ । सेती अस्पतालका सामाजिक सेवा इकाइका सामाजिक परिचालक थापाले यति रकमले उपचार सम्भव छैन । सिकलसेल एनिमियाका बिरामीले प्रशस्त मात्रामा दिनको ११ देखि १५ गिलास पानी पिउनु पर्छ ।...
-
२०७६ बैशाख १९, बिहिबार
सामाजिक सुरक्षा भत्ता वितरण नहुँदा ज्येष्ठ नागरिक प्रभावित
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका साढे दुई हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता वितरण नहँुदा समस्या भएको छ । नगरपालिकाले छ महीनादेखि सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसकेपछि सामाजिक सुरक्षाभत्तामा आश्रित ज्येष्ठ नागरिक प्रभावित हुन थालेका छन् । सामाजिक सुरक्षा भत्ता नपाएपछि आफूहरुलाई समस्या पर्न थालेको ज्येष्ठ नागरिकको भनाइ छ । वनगाड कुपिण्डे–५ चिउराका ८० वर्षीय पुरनसिंह...
-
२०७६ बैशाख १९, बिहिबार
बालुवाटार जग्गा प्रकरणबारे सरकारले प्रष्ट पार्नुपर्छ ः सांसद
राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सदस्यले बालुवाटार जग्गा प्रकरण र खुला मञ्च अतिक्रमणका बारेमा सरकारले नागरिकलाई प्रष्ट पार्नुपर्ने माग गरेका छन् । सिंहदरबारस्थित सङ्घीय संसद्, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा समितिका सदस्यले ती दुई प्रकरणमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका विभिन्न नेता वा जोकोही मुछिए पनि पारदर्शी ढङ्गबाट छानबीन गरेर दोषीमािथ कारवाही गर्नुपर्नेमा जोड दिएका...
-
२०७६ बैशाख १९, बिहिबार
‘राजकुमारी वेनचेङ’ अवलोकन
परराष्ट्रमन्त्री ज्ञवालीले बुधबार साँझ ल्हासामा मञ्चित राजकुमारी वेनचेङ नाटक अवलोकन गर्नुभयो । राजकुमारी वेनचेङ नाटक खुला स्थानमा प्रत्यक्ष देखाइने नाटक हो र यसले चिनियाँ र तिब्बती इतिहास तथा संस्कृति देखाउँछ । करीब १३ सय वर्ष अगाडि ताङ वंशका राजकुमारी वेनचेनले टुबो राजा सोङत्सेन गम्पोसँग विवाह गरिन् र उनको कथामा यो नाटक आधारित छ । यो नाटक सन् २०१३ मा पहिलोपटक आरम्भ भएको हो र यसलाई एतिहासिक...
-
२०७६ बैशाख १९, बिहिबार
रातो हाब्रे संरक्षणका लागि धामी झाँक्री नाटक
कर्णालीमा पाइने लोप हँुदै गइरहेको रातो हाब्रे ९रेड पाण्डा० संरक्षणमा सरोकारवाला निकायहरु जुटेका छन् । रेडपाण्डा संरक्षण गरिनुपर्ने विषयमा जनचेतनामूलक कार्यक्रमसमेत अघि सार्ने र पूर्वाधार तयार गर्ने विषयमा स्थानीय सरोकारवाला निकाय र सामाजिक सङ्घसंस्थाहरु अघि बढेका हुन् । रेडपाण्डालगायत वन्यजन्तु संरक्षण अभियानमा यहाँका धामी–झाँक्री, आमा समूह र युवा जनचेतनामूलक कार्यक्रम तथा सकारात्मक प्रचार...
-
२०७६ बैशाख १९, बिहिबार
मेडिकल कलेजको कार्यालय खुलेपछि बर्दिवासवासी उत्साहित
महोत्तरीको बर्दिवासमा मेडिकल कलेज पूर्वाधार निर्माण विकास परियोजनाको कार्यालय स्थापना भएपछि स्थानीयवासी उत्साहित भएका छन् । बर्दिवास नगरपालिका–१ स्थित बुधबार मेडिकल कलेज पूर्वाधार निर्माण विकास परियोजनाको कार्यालय सञ्चालन भएसँगै स्थानीयवासी उत्साहित भएका हुन् । उक्त कार्यालय बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुभारम्भ गर्नुभएको थियो । “अब बर्दिवासमा मेडिकल कलेज बन्छ भन्ने विश्वास...
-
२०७६ बैशाख १९, बिहिबार
श्रीलङ्काको चर्चमा अझै विस्फोटको त्रास
श्रीलङ्काको रोमन क्याथोलिक चर्चले आगामी आइतबारबाट पुनः आरम्भ गर्न लागेको आफ्नो सेवा रद्ध गरेको छ । फेरि बम आक्रमण हुने आङ्शकामा सो चर्चले आफ्नो सेवा रद्ध गरेको प्राप्त समाचारमा जनाइएको हो । चर्चका प्रवक्ताले बिहीबार दिएको जानकारीअनुसार चर्चले प्राप्त गरेको एक सूचनाअनुसार चर्चमा सम्भावित दुई ओटा आक्रमण हुन लागेको थियो । त्यसपछि चर्चले आगामी मे ५ मा हुने गइरहेको सामूहिक भेला रद्ध गरेको छ ।...
-
२०७६ बैशाख १९, बिहिबार
ऐतिहासिक स्याङ्जा नुवाकोटको अवलोकन
कस्केली अधिकृत समाज, कास्की नेतृत्वको टोलीले बुधबार स्याङ्जा जिल्लाको ऐतिहासिकस्थल स्याङ्जा नुवाकोटको अवलोकन भ्रमण गरेको छ । कास्की र आसपासका पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने उद्देश्यका साथ नुवाकोट क्षेत्रको अवलोकन गरिएको समाजका अध्यक्ष दुर्गाबहादुर शाहा ‘बाबा’ले जानकारी दिनुभयो । नेपालका बाइसे चौबीसे राज्यमध्येको नुवाकोट विसं १५१० देखि विसं १८४२ मा विशाल नेपालमा विलय नहुने बेलासम्म स्वतन्त्र...
-
२०७६ बैशाख १९, बिहिबार
नीति तथा कार्यक्रम भोलि
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोलि सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्तुत नीति तथा कार्यक्रमका साथै आगामी आवको बजेटमा पनि छलफल हुनेछ ।
-
२०७६ बैशाख १९, बिहिबार
दूधमा आत्मनिभर बनाउन उन्नत जातका गाई वितरण
जिल्लामा दूधको समस्या हुँदै आएपछि यहाँको जोरायल गाउँपालिकाले आफनो गाउँपालिकामा जिल्ला बाहिरबाट उन्नत जातका गाई भित्र्याएको छ । पूरै गाउँपालिकालाई नै दूधमा आत्मनिर्भर बनाउनका लागि स्थानीय आठ किसानलाई गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा जर्सी र होलेष्टिन जातका क्रस आठ गाई वितरण गरिएकोे हो । गाउँपालिकाभरीमा कम्तीमा पनि १० किसानलाई दूधमा आत्मनिर्भर बनाउनका लागि गाई वितरण गर्ने लक्ष्य रहेको उक्त...


