राष्ट्रिय
-
२०७६ बैशाख १९, बिहिबार
अनुदानको चामल बाटोमै बिक्री
नेपाल खाद्य संस्थान सर्मी डिपोका लागि पठाएको चामल बाटोमै बिक्री भएको छ । संस्थानबाट मुड्केचुला गाउँपालिका–७ सर्मीस्थित डिपोका लागि ल्याउँदै गरेको खाद्यान्न रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री भएको खुलासा भएको हो । त्रिवेणी जाजरकोट, डोल्पा र रुकुमबीच सिमानामा पर्दछ । सर्मी डिपो ल्याउने चामल बाटोमै बिक्री भएपछि स्थानीयवासीले खाद्यान्न नपाएको बताएका छन् । सरकारले अनुदानमा उपलब्ध...
-
२०७६ बैशाख १९, बिहिबार
बजार नपाउँदा नेपाली चिनी गोदाममा थन्कियो
नेपाली चिनीले बजार नपाएपछि पश्चिम नवलपरासीका चिनी उद्योगमा उत्पादनमा भएको करोडाँै मूल्य बराबरको चिनी गोदाममा थन्किएको छ । अघिल्लो वर्ष साल्ट ट्रेडिङले विदेशबाट भित्र्याएको चिनी अझै बजारमा रहेको र नेपाली उद्योगबाट उत्पादित चिनीले विदेशबाट आयात भएको चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा उत्पादित चिनी बिक्री नभएको उद्योगको भनाइ छ । पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको इन्दिरा चिनी उद्योगमा अहिले करीब ४२...
-
२०७६ बैशाख १९, बिहिबार
मुक्तहलिया भन्छन्– ‘बास त भयो, गाँस भएन’
कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित चौधर नदीको छेउमा ४८ वर्षीय धनीराम लुहार घर बनाउँदै गरेको अवस्थामा भेटिनुभयो । दश वर्ष हलिया बसेपछि विसं २०६५ मा मुक्त भएका धनीरामले बितेको एक दशकमा पनि अरुको घरमा काम गरेर परिवारको जोहो गरेको अनुभव सुनाउनुभयो । “साहुबाट लिएको ऋण तिर्न नसक्दा बुवाले जीवन नै अरुको घरमा काम गरेर बिताउनुप¥यो”, धनीरामले रासससँग भन्नुभयो, “सरकारले मुक्त हलिया पुनःस्थापना...
-
२०७६ बैशाख १८, बुधबार
रुकुम पूर्व को लुकुम स्मार्ट कृषिगाउँ बन्दै
जिल्लाको भुमे गाउँपालिका–१ लुकुमलाई स्मार्ट कृषिगाउँ बनाइने भएको छ । प्रदेश नं ५ सरकारले स्मार्ट कृषिगाउँ बनाउन चालू आर्थिक वर्षमा बजेटको व्यवस्था गरेपछि स्मार्ट कृषिगाउँमा लुकुमलाई छनोट गरिएको हो । स्मार्ट कृषिगाउँका लागि छनोटमा परेको लुकुममा स्मार्ट भेँडापालन सञ्चालन हुने बताइएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको एक निर्वाचन क्षेत्र एक स्मार्ट कृषिगाउँअन्तर्गत यहाँ उक्त...
-
२०७६ बैशाख १८, बुधबार
क्यामोमाइल खेती आम्दानीको गतिलो स्रोत बन्दै
शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले तीन महीनामै चार कठ्ठा जग्गामा क्यामोमाईल नामक जडीबुटी खेती गरेर रु ५३ हजार रकम आम्दानी गर्नुभएको छ । क्यामोमाइलखेती गरेको जग्गामा अन्न लगाउँदा मुस्किलले रु पाँच हजारदेखि रु सात हजार बराबरको मात्रै उत्पादन हुने गरेको थियो । थोरै समयमा कम मेहनेतमा धेरै आम्दानी हुँदा परिवारको खर्च जुटाउन भारत तर्फ जानुपर्ने दिनको अन्त्य भएको चौधरीले बताउनुभयो । “...
-
२०७६ बैशाख १८, बुधबार
सन्दर्भ विश्व प्रेस स्वतन्त्रता दिवस, नेपाली मिडियाका लागि प्रतिकूल वर्ष
विगत एक वर्ष सन् २०१८ मेदेखि २०१९ अप्रिलसम्म मा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा निकै बढोत्तरी पाइएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा फ्रिडम फोरमले तयार पारेकोे वार्षिक मिडिया प्रतिवेदनअनुुसार एक वर्ष मे २०१८ देखि अप्रिल २०१९ सम्म १०४ प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना घट्दा १५८ पत्रकार प्रत्यक्ष प्रभावित भएका छन् । मिडिया प्रतिवेदनअनुसार यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा डेढ...
-
२०७६ बैशाख १८, बुधबार
तत्काल दुई स्थानमा मात्रै आकाशे पुल
काठमाडौँ महानगरपालिकामा चालु आर्थिक वर्षमानै दुई आकाशे पुल निर्माणको तयारी शुरु गरिने भएको छ । महानगरले यसै आर्थिक वर्ष केही समय अघिनै पुल निर्माणको काम शुरु गर्ने भने पनि विभिन्न आन्तरिक व्यवस्थापनको काम गर्न नसक्दा काम हुन सकेको थिएन । विभिन्न आठ स्थानमा स्थानान्तरण गर्न सकिने पुल निर्माण काम थाल्ने बताइए पनि तत्काल भने दुई स्थानमा निर्माण गर्न लागिएको प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो ।...
-
२०७६ बैशाख १८, बुधबार
राष्ट्रपति भण्डारी स्वदेश प्रस्थान
राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमण सम्पन्न गरी आज ल्हासाबाट काठमाडौँतर्फ प्रस्थान गर्नुभयो । उहाँलाई ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले बिदाइ गर्नुभयो । भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी हुनुभएको थियो । उहाँले उक्त...
-
२०७६ बैशाख १८, बुधबार
कुखुराजन्य उत्पादनको खपत नहुँदा कृषक मारमा
कुखुराजन्य पदार्थको उत्पादन बढेपछि मूल्यमा अस्वभाविक गिरावट आएको छ । दानाको कच्चा पदार्थ र औषधिको मूल्यमा वृद्धि हुँदा कृषक विस्थापित हुने अवस्थामा पुगेका छन् । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न कृषक बाध्य भएका छन् । उहाँका अनुसार हाल अण्डाको लागत मूल्य प्रतिगोटा रु १० रहेको छ तर कृषकले फार्मबाट सरदर रु छ मा...
-
२०७६ बैशाख १८, बुधबार
पचास प्रतिशत भूकम्प प्रभावित घर प्रवेश ज्ञवाली
गोरखा भूकम्पले प्रभावित भएकामध्ये ५० प्रतिशत परिवार नयाँ घर प्रवेश गरिसकेको राष्ट्रिय पुनःनिमर्माण प्राधिकरणले जनाएको छ । भूकम्प प्रविधि राष्ट्रिय समाज एनसेट नेपालको आयोजनामा भएको फोटो प्रदर्शनीको मङ्गलबार समापनका अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भन्नुभयो, “५० प्रतिशत मानिस घरभित्र छिरिसकेका छन्, ३० प्रतिशत घर बन्दैछन्, कतिपय विविध समस्या रहेकाले समाधानमा लागेका छौँ ।”...
-
२०७६ बैशाख १८, बुधबार
समान कामको समान ज्याला पाउनुपर्ने माग
भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिले समान कामको समान ज्याला पाउनुपर्ने माग गरेको छ । समितिले आज धर्ना कार्यक्रम गर्दै कार्य अवधि ९ड्युटी० मा मारिएका, घाइते तथा अपाङ्गता भएका ब्रिटिस गार्खाले ब्रिटिस सरहनै समान सुविधा पाउनुपर्ने माग गरेको हो । त्यसैगरी अन्य पेन्सन जस्तै विधवा, मेडिकल सबैखाले खालका पाउनुपर्ने, सन् १९७५ अघि नोकरीबाट बर्खास्त गरिएकाले क्षतिपूर्तिको एकमुष्ट रकम...
-
२०७६ बैशाख १८, बुधबार
रुपाकोट मझुवागढी नगरपालिकाको ४४ प्रतिशत घरधुरी विद्युत् सेवा बाहिर
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४४ प्रतिशत घरधुरी अझै केन्द्रीय विद्युत् प्रसारण लाइन बाहिर रहेका छन् । जिल्लामा २०५८ सालमा केन्द्रीय विद्युत् प्रसारण भए पनि अहिलेसम्म नगरपालिकाभित्रका करीब दुई तिहाइअर्थात् ६६ प्रतिशत घरधुरीले मात्र केन्द्रीय विद्युत् उपभोग गरेका छन् । दश हजार ५० घरधुरी रहेको नगरपालिकाका २१ प्रतिशत घरधुरीले अझै पनि मट्टितेलको टुकी प्रयोग गरिरहेका छन् । नगरपालिकाले तयार...


