STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ बैशाख १९, बिहिबार

    पर्यटक प्रवद्र्धन अभियान चलाइने

    नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी नेपालको तेस्रो पर्यटकीय क्षेत्र सौराहामा पर्यटक आकर्षित गर्न नयाँ अभियान चलाइने भएको छ । विभिन्न मेला महोत्सव तथा पर्वमा मात्रै पर्यटक आउने र अन्य बेलामा पर्यटक आगमन न्यून हुने भएकाले नयाँ प्याकेजका कार्यक्रम ल्याएर पर्यटन प्रवद्र्धन गर्न लागिएको यहाँका व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल सङ्घ सौरहाका अध्यक्ष सुमन घिमिरेले विशेष समयबाहेक अन्य समयमा...

  • २०७६ बैशाख १९, बिहिबार

    मुक्तहलिया भन्छन्– ‘बास त भयो, गाँस भएन’

    कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित चौधर नदीको छेउमा ४८ वर्षीय धनीराम लुहार घर बनाउँदै गरेको अवस्थामा भेटिनुभयो । दश वर्ष हलिया बसेपछि विसं २०६५ मा मुक्त भएका धनीरामले बितेको एक दशकमा पनि अरुको घरमा काम गरेर परिवारको जोहो गरेको अनुभव सुनाउनुभयो । “साहुबाट लिएको ऋण तिर्न नसक्दा बुवाले जीवन नै अरुको घरमा काम गरेर बिताउनुप¥यो”, धनीरामले रासससँग भन्नुभयो, “सरकारले मुक्त हलिया पुनःस्थापना...

  • २०७६ बैशाख १९, बिहिबार

    बजार नपाउँदा नेपाली चिनी गोदाममा थन्कियो

    नेपाली चिनीले बजार नपाएपछि पश्चिम नवलपरासीका चिनी उद्योगमा उत्पादनमा भएको करोडाँै मूल्य बराबरको चिनी गोदाममा थन्किएको छ । अघिल्लो वर्ष साल्ट ट्रेडिङले विदेशबाट भित्र्याएको चिनी अझै बजारमा रहेको र नेपाली उद्योगबाट उत्पादित चिनीले विदेशबाट आयात भएको चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा उत्पादित चिनी बिक्री नभएको उद्योगको भनाइ छ ।  पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको इन्दिरा चिनी उद्योगमा अहिले करीब ४२...

  • २०७६ बैशाख १९, बिहिबार

    पुरस्कार स्वर्गद्वारी आश्रम तथा सम्मान वज्राचार्यलाई

    रुपकुमारी अध्यात्म सेवा अनुष्ठानले यस वर्षको ‘अध्यात्म सेवा पुरस्कार’ प्यूठानस्थित स्वर्गद्वारी आश्रमलाई प्रदान गर्ने भएको छ । अनुष्ठानले करीब १२५ वर्षदेखि अध्यात्म क्षेत्रको संवद्र्धनमा योगदान पु¥याएकाले  उक्त संस्थालाई पुरस्कृत गर्न लागेको हो । यसैगरी करीब छ दशकदेखि अध्यात्म क्षेत्रको उन्नयनमा क्रियाशील मान वज्राचार्यलाई ‘रुपकुमारी अध्यात्म सेवा सम्मान’ प्रदान गरिने भएको छ ।  मातृपर्व...

  • २०७६ बैशाख १९, बिहिबार

    प्रविधि र पूर्वाधारको प्रयोगले फेरियो गाउँको मुहार

    करीब एक दशकअघि म्याग्दीका पहाडी तथा ग्रामीण क्षेत्रका गाउँमा खरले छाएका घर गुजुमुज्ज देखिन्थे । सदरमुकाम बेनी बजार आउन दुई–तीन दिन लगाएर पैदलयात्रा गर्नुपर्दथ्यो । सञ्चार र स्वास्थ्य त परको कुरा एक गाग्री पानी लिनका लागि पनि एकाबिहानै उठेर एक–डेढ घण्टाको दूरीमा गएर घण्टौँ लाइनमा बस्नु पर्दथ्यो । अहिले भने अब ती सबै कुरा विगतको तीतो स्मृतिमा परिणत भएका छन् । म्याग्दीको ग्रामीण भेगको कायापलट भएको छ...

  • २०७६ बैशाख १९, बिहिबार

    गुफा संरक्षण गरिँदै

    गलकोट नगरपालिका–९ मल्मस्थित पाण्डुकेशरी गुफा संरक्षणको काम शुरु भएको छ । धार्मिक र पर्यटकीय महत्वको गुफा संरक्षण र प्रचारप्रसार अभावमा ओझेलमा थियो । जनप्रतिनिधिसहित स्थानीयवासी गुफा संरक्षण तथा विकासमा कस्सिएका छन् । गुफा पुग्ने पदमार्गदेखि आसपासमा पर्यटकीय पूर्वाधार निर्माणको काम अघि बढाइएको छ । सीमा क्षेत्रमा पर्ने हुँदा वडा नंं ९ र ७ ले सँगसँगै गुफामा काम गरिरहेका छन् । दुवै वडा साविक मल्म...

  • २०७६ बैशाख १९, बिहिबार

    घरेलु उद्योगलाई राहत हुने कानून बन्दै

    प्रदेश नं ५ सरकारले लघु, घरेलु तथा साना उद्योगलाई राहत हुने गरी नीति तथा कानून निर्माण गर्ने भएको छ । समृद्धिको मुख्य आधार नै घरेलु उद्योग भएकाले यी उद्योगको प्रवद्र्धनबाटै समृद्धि सम्भव रहेको प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीको भनाइ छ । घरेलु तथा साना उद्योग महासङ्घ नवलपरासी र जिल्ला महिला उद्यमी समिति नवलपरासीको संयुक्त आयोजनामा सदरमुकाम परासीमा बुधबारदेखि शुरु भएको ‘प्रथम...

  • २०७६ बैशाख १९, बिहिबार

    परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्चमा भाग लिई तथा तिब्बत स्वायत्त क्षेत्रको भ्रमण गरी आज स्वदेश फर्कनुभयो ।  उहाँलाई ल्हासाको गोङ्गर विमानस्थलमा त्यहाँका उपमहासचिव छी दाङ हुले विदाइ गर्नुभयो ।  परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणमा गर्नु भएको चीनको राजकीय भ्रमण समग्रमा...

  • २०७६ बैशाख १९, बिहिबार

    तरकारी बेचेरै वार्षिक पाँच लाखको आम्दानी गर्दै रामपुरका युवा

    वैदेशिक रोजगारीबाट फर्केका रामपुरका दुई युवाले तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । यहाँका दिलबहादुर थापा र लालबहादुर थापाले वैदेशिक रोजगारीबाट फर्केपछि एक वर्ष अगाडिबाट सामूहिक तरकारी खेती शुरु गरेका हुन् । व्यवसाय शुरु गरेको पहिलो वर्षमा नै रु पाँच लाख बराबरको आम्दानी गर्न सफल भएका छन् । रामपुर नगरपालिका–४ स्थित देवीस्थानमा बाह्र रोपनी जग्गा भाडामा लिएर मौसमी तथा बेमौसमी जातका तरकारी...

  • २०७६ बैशाख १८, बुधबार

    पचास प्रतिशत भूकम्प प्रभावित घर प्रवेश ज्ञवाली

    गोरखा भूकम्पले प्रभावित भएकामध्ये ५० प्रतिशत परिवार नयाँ घर प्रवेश गरिसकेको राष्ट्रिय पुनःनिमर्माण प्राधिकरणले जनाएको छ । भूकम्प प्रविधि राष्ट्रिय समाज एनसेट नेपालको आयोजनामा भएको फोटो प्रदर्शनीको मङ्गलबार समापनका अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भन्नुभयो, “५० प्रतिशत मानिस घरभित्र छिरिसकेका छन्, ३० प्रतिशत घर बन्दैछन्, कतिपय विविध समस्या रहेकाले समाधानमा लागेका छौँ ।”...

  • २०७६ बैशाख १८, बुधबार

    समान कामको समान ज्याला पाउनुपर्ने माग

    भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिले समान कामको समान ज्याला पाउनुपर्ने माग गरेको छ । समितिले आज धर्ना कार्यक्रम गर्दै कार्य अवधि ९ड्युटी० मा मारिएका, घाइते तथा अपाङ्गता भएका ब्रिटिस गार्खाले ब्रिटिस सरहनै समान सुविधा पाउनुपर्ने माग गरेको हो । त्यसैगरी अन्य पेन्सन जस्तै विधवा, मेडिकल सबैखाले खालका पाउनुपर्ने, सन् १९७५ अघि नोकरीबाट बर्खास्त गरिएकाले क्षतिपूर्तिको एकमुष्ट रकम...

  • २०७६ बैशाख १८, बुधबार

    रुपाकोट मझुवागढी नगरपालिकाको ४४ प्रतिशत घरधुरी विद्युत् सेवा बाहिर

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४४ प्रतिशत घरधुरी अझै केन्द्रीय विद्युत् प्रसारण लाइन बाहिर रहेका छन् । जिल्लामा २०५८ सालमा केन्द्रीय विद्युत् प्रसारण भए पनि अहिलेसम्म नगरपालिकाभित्रका करीब दुई तिहाइअर्थात् ६६ प्रतिशत घरधुरीले मात्र केन्द्रीय विद्युत् उपभोग गरेका छन् । दश हजार ५० घरधुरी रहेको नगरपालिकाका २१ प्रतिशत घरधुरीले अझै पनि मट्टितेलको टुकी प्रयोग गरिरहेका छन् । नगरपालिकाले तयार...

Pages