राष्ट्रिय
-
२०७६ बैशाख २०, शुक्रबार
हाटबजारका लागि नयाँ भवन निर्माण हँुदै
गुणस्तरीय र व्यवस्थित हाटबजारका लागि जिल्ला सदरमुकाममा नयाँ भवन निर्माण भइरहेको छ । करीब रू ३५ करोड, ४५ लाख ३० हजार ६२० को लागतमा निर्माण भइरहेको सो भवनमा ३०० कोठा र टहरा निर्माण गरिने राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले बताउनुभयो । उक्त नगरपालिकामा अवस्थित हाटबजारलाई व्यवस्थित गर्न नयाँ भवन निर्माण गरी व्यवस्थित ढङ्गले हाट बजार सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो । ...
-
२०७६ बैशाख २०, शुक्रबार
मुद्दा मिलाउन उपप्रमुखहरुलाई भ्याइनभ्याई
झापाका गाउँपालिका र नगरपालिकाका उपप्रमुखको अधिकांश समय न्यायिक समितिमा आउने मुद्दा मिलाउनमै बित्ने गरेको छ । संविधानले नै स्थानीय तहका उपप्रमुखलाई प्रारम्भिक तहका मुद्दा छिनोफानो गर्ने गरी न्यायिक समितिको संयोजकको अधिकार दिएकाले अधिकांश विवाद सिधै समितिमा आउन थालेको छ । समितिले छलफल र मेलमिलापको माध्यमबाट विवाद समाधान गर्दै आएको छ । आदिवासी जनजाति बाहुल्य भएको बाह्रदशी गाउँपालिकाकी उपप्रमुख रत्ना...
-
२०७६ बैशाख २०, शुक्रबार
सभामुखद्वारा पूर्वसांसद बुढाको स्वास्थ्य अवस्थाबारे जानकारी
सभामुख कृष्णबहादुर महराले पूर्वसांसद तथा थबाङका अग्रज कम्युनिष्ट नेता बर्मन बुढालाई भेटी स्वास्थ्य लाभको कामना गर्नुभएको छ । आज बिहान पाटन अस्पताल पुगी सभामुख महराले उहाँलाई सान्त्वना दिनुका साथै स्वास्थ्य लाभको कामना गर्नुभएको हो । पूर्वसांसद बुढालाई पेटमा समस्या देखिएपछि बिहीबार अस्पतालमा भर्ना गरिएको र अहिले प्रारम्भिक उपचार भइरहेको उहाँकी छोरी विजयज्योतिले बताउनुभयो । सो क्रममा सभामुख...
-
२०७६ बैशाख २०, शुक्रबार
कर्णाली पहिलो आधार प्राङ्गारिक कृषि मन्त्री केसी
कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले कर्णाली प्रदेशको पहिलो आधार प्राङ्गारिक कृषि भएको बताउनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबुले कृषि बजार व्यवस्थापन समितिको भवनको उद्घाटन कार्य क्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहनुभएका केसीले प्राङ्गारिक कृषिका माध्यमबाट कर्णालीको गरीबी अन्त्य गरिने बताउनुभयो । प्रदेश सरकारले आगामी आवदेखि प्रदेशका गरीब किसानको जीवनस्तर माथि...
-
२०७६ बैशाख २०, शुक्रबार
आगामी वर्ष नेपाली पत्रकारिता क्षेत्र सुरक्षा र सम्मानको वर्ष हुने–मन्त्री बाँस्कोटा
आगामी वर्ष नेपाली पत्रकारिता क्षेत्र सुरक्षा र सम्मानको वर्ष हुने–मन्त्री बाँस्कोटा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी वर्ष नेपाली पत्रकारिता क्षेत्र सुरक्षा र सम्मानको वर्ष हुने बताउनुभएको छ । १६औँ अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ, युनेस्को र निर्वाचन आयोगको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा उहाँले प्रेसमाथि अङ्कुश लगाउने...
-
२०७६ बैशाख २०, शुक्रबार
प्रदेश नं ५ सरकार बजेट निर्माणमा व्यस्त
प्रदेश नं ५ सरकार आवधिक योजना निर्माण र बजेट छलफलमा जुटेको छ । प्रदेश योजना आयोगले प्रमुख आयोजना र कार्यक्रमको ढाँचा तयार गरेपछि प्रदेशसभा सदस्य छलफलमा जुटेका हुन् । आर्थिक वर्ष २०७६÷७७ का लागि सरकारले ल्याउन लागेको बजेटअघि आवधिक योजना, वार्षिक कार्यक्रम र बजेटको छलफलमा सरकार जुटेको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा बुटवलमा बिहीबारदेखि शुरु भएको आवधिक योजना, बजेट तथा वार्षिक...
-
२०७६ बैशाख २०, शुक्रबार
स्याङ्जा र कास्कीका संस्था स्वास्थ्य बीमामा आबद्ध
स्वास्थ्य बीमा कार्यक्रमसँग कास्की र स्याङ्जा जिल्लाका विभिन्न छ सेवा प्रदायक संस्था आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक अस्पतालका लागि आयोजित स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणाली विषयक तीनदिने तालीमको समापनका अवसरमा कास्कीको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, नयाँबजारसहितका संस्था सम्झौता गरी स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका हुन् । त्यस्तै स्याङ्जा जिल्लाअन्तर्गतका...
-
२०७६ बैशाख २०, शुक्रबार
वर्षाद्को समयका लागि फोहर विसर्जन स्थल तय
काठमाडौँ महानगरपालिकाले वर्षाद्को समयमा फोहर विसर्जन गर्नका लागि स्थान पहिचान गरेको छ । अहिले फोहर विर्सजन गरिहेको स्थान भरिएको र अन्य समयमा भन्दा वर्षाद्मा फोहर बढी उत्पादन हुने भएकाले अन्य स्थान तय गरिएको कामपाले जनाएको छ । कामपाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार अहिले तय गरिएको स्थान ककनी गाउँपालिका–२ मा रहेको भिलेज एक र भिलेज दुईको १५ रोपनी खाली जग्गा तयार गरिएको हो । ...
-
२०७६ बैशाख २०, शुक्रबार
सन्दर्भ विश्व प्रेस स्वतन्त्रता दिवस, साहसिक पत्रकारहरुप्रति सम्मान व्यक्त गर्ने दिन
सन् १९९३ देखि मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिएको छ । संयुक्त राष्ट्रसङ्घको साधारणसभाले निर्णय गरेर आह्वान गरेअनुसार यो दिवस हरेक सदस्य राष्ट्रमा मनाउने प्रचलन शुरु भएको हो । यो वर्ष राष्ट्रसङ्घकै आयोजनामा इथियोपियाको राजधानी आदिस अबावामा विशेष सम्मेलन भइरहेको छ । यो किन पनि महत्वपूर्ण छ भने सन् १९९१ मा अर्को अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको सम्मेलनले...
-
२०७६ बैशाख २०, शुक्रबार
सशस्त्र प्रहरी कार्यालय शिलान्यास
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार काकीले सीमा सुरक्षा, राजश्व सङ्कलन र शान्ति सुरक्षामा सशस्त्र प्रहरीले ठूलो योगदान पु¥याएको बताउनुभएको छ । विराटनगर–१६ दरैयास्थित सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बोर्डर आउट पोष्ट को निर्माणाधिन भवन आज यहाँ शिलान्यासका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।मन्त्री कार्कीले यस कार्यालयबाट सीमा अतिक्रमण रोक्नाका साथै र जनताको सुरक्षामा...
-
२०७६ बैशाख २०, शुक्रबार
निस्दीका कृषकले सामूहिक सूर्यमुखी खेती गर्दै
रामपुर, २० वैशाख रासस पाल्पाको निस्दी गाउँपालिकामा सामूहिक सूर्यमुखी खेती थालिएको छ । निस्दी गाउँपालिका–४ मित्याल मुढावासका किसानले परम्परागतरूपमा लगाउँदै आएको मकैखेती छाडेर सूर्यमुखी फूलको खेती गर्न थालेका हुन् । निस्दी गाउँपालिका कृषि शाखाको अनुदान र कृषकको मेहनतमा बुढावासका करीब ४५ कृषकले १७२ रोपनी भिरालो जग्गामा सूर्यमुखी लगाएको कृषक हर्षबहादुर सुनारीले बताउनुभयो । जिल्ला कृषि विकास...
-
२०७६ बैशाख २०, शुक्रबार
ठूला सरकारी अस्पतालमा सुर्तीजन्य पदार्थ प्रयोग र बेचबिखन निषेध
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ ले व्यवस्था गरेअनुसार काठमाडौँका ठूला सरकारी अस्पतालबाट सुर्तीजन्य पदार्थ प्रयोग र बेचबिखन निषेध गर्न लागिएको छ । ऐनले व्यवस्था गरे पनि व्यवहारिकरुपमा लागू हुन नसकेकाले महानगरीय प्रहरी परिसर काठमाडौँको अगुवाइमा पहिलो चरणमा काठमाडौँका ठूला १० अस्पतालमा कार्यान्वयन गर्ने गरी अभियान सञ्चालन गर्न लागिएको हो । धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनले मानव...


