राष्ट्रिय
-
२०७६ बैशाख २२, आइतबार
जीवनस्तर सुधार्दै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम लागू भएपछि दुर्गम बस्तीका जनता लाभान्वित हुन थालेका छन् । विकास र सामाजिक दृष्टिकोणले पछाडि परेका जिल्लाका तीन गाउँपालिकाले सो कार्यक्रमलाई स्थानीयवासीको जीवनस्तर सुधार्ने माध्यम बनाउन थालेका छन् । प्रदेश नं ५ सरकारले प्रदेशका १२ वटै जिल्लामा सञ्चालन गरेको सो कार्यक्रमअन्तर्गत जिल्लाका बबई, राजपुर र बङ्गलाचुली गाउँपालिकाले योजना छनोट गरेर स्थानीयवासीको जीवन...
-
२०७६ बैशाख २२, आइतबार
५६ हजारले लिए राष्ट्रिय परिचयपत्र
पाँचथरबाट शुरु भएको राष्ट्रिय परिचयपत्र वितरणमा हालसम्म ५५ हजार ९१५ पाँचथरवासी नेपाली नागरिक समेटिएका छन् । गत असार ५ गतेबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्न थालिएकामा मङ्सिर ३ गतेदेखि सो परिचयपत्र वितरण गर्न थालिएको थियो । हालसम्मम ५५ हजार ९१५ ले उक्त परिचयपत्र लिइसकेका र करीब १९ हजार परिचयपत्र छपाइ भइसकेको जनाइएको छ । एक लाख १० हजार जिल्लावासी नेपाली नागरिकलाई उक्त परिचयपत्र वितरण...
-
२०७६ बैशाख २२, आइतबार
काबेली कोरिडोर विद्युत् लाइनको परीक्षण प्रशारण
पूर्वी पहाडमा निर्माणाधीन काबेली कोरिडोर १३२ केभी प्रशारण लाइन आयोजना निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । ९०।०२१ किलोमिटर लामो कोरिडोरको दोस्रो खण्डमा शनिबारबाट परीक्षण प्रशारण शुरु गरिएको छ । मुआब्जा वितरण, रुख कटानीलगायतका समस्याका कारण लामो समय अवरोध भएको कोरिडोरको इलाम–फिदिम खण्ड निर्माण पूरा भई शनिबारबाट परीक्षण प्रसारण शुरु गरिएको हो । ४२।८८ किलोमिटर लामो यस खण्डमा सोमबारबाट लाइन चार्ज...
-
२०७६ बैशाख २२, आइतबार
एउटै खोलाबाट पाँच लघुजलविद्युत्
रुकुमपूर्वको लुकुम खोलामा झण्डै आधादर्जन लघु जलविद्युत् आयोजना सञ्चालनमा छन् । भूमे गाउँपालिकाको बीच भागबाट बग्ने यो खोलामा पाँचवटा लघुजलविद्युत् आयोजना निर्माण भएका छन् भने दुईवटा ठूला आयोजनाको काम पनि भइरहेको छ । गाउँलाई उज्यालो बनाउने योजनासहित यस खोलामा करोडांै बजेट लगानी गरिएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताउनुभयो । बागलुङ र रुकुमपूर्वको सीमा भूमे–१ लुकुम गाउँलाई शिर बनाएर...
-
२०७६ बैशाख २२, आइतबार
शिक्षक अभावमा विद्यालय बन्द हुने अवस्थामा
तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित छ सामुदायिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेको छ । आँबुखैरेनी गाउँपालिका–२ को इच्छाकामना प्राथमिक विद्यालय, छिम्केश्वरी प्राथमिक विद्यालय, वडा नं ४ को रुद्रदेवी प्राथमिक विद्यालय, इन्द्रादेवी प्राथमिक विद्यालय, वडा नं ६ को मिलन प्राथमिक विद्यालय र कृष्ण प्राथमिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेको हो । गाउँपालिकाका शिक्षा शाखा प्रमुख...
-
२०७६ बैशाख २२, आइतबार
मापदण्डविहीन संरचना धमाधम बन्दै
वाणगङ्गा नगरपालिकामा भौतिक संरचना जथाभावी निर्माण हुने क्रम तीव्र हँुदै गएको छ । मापदण्ड विपरीत संरचना बनिरहे पनि त्यसको नियमन गर्ने नगरपालिकाले कडाइ गर्न सकिरहेको छैन । संरचना निर्माणका क्रममा मापदण्डको बेवास्ता गर्ने गरेको पाइएको छ । नगरभित्रका बजार क्षेत्रमा स्थानीय बासिन्दाले एकातिर सडक अतिक्रमण गरेर मापदण्ड विपरीत घर टहरा निर्माण गरिरहेका छन् भने अर्कातिर अनिवार्य रुपमा नक्शा पास गरेर...
-
२०७६ बैशाख २२, आइतबार
परम्परागत संस्कृति मासिदै
धार्मिक समारोह तथा उत्सवमा गाइने भजन, विवाहमा दुलही लिन जन्ती गएपछि दुलाहाको घरमा भेला भएर महिलाले गाउने रत्यौलीलगायतका नृत्य म्याग्दीमा हराउँदै जान थालेका छन् । प्राचीनकालदेखि नै निरन्तरता पाइरहेका यस्ता संस्कृतिका ठाउँमा आयातित संस्कृतिको बर्चस्व स्थापित हुँदा मौलिक पहिचान, ठेट नेपाली शब्द र पुख्र्यौली जीवन संस्कृति पनि लोप हुँदै गएकामा स्थानीय सरोकारवाला भने चिन्तित बनेका छन् । बेनी नगरपालिका–...
-
२०७६ बैशाख २२, आइतबार
दश वर्षपछि सकियो काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड
वन क्षेत्रको जग्गा प्रयोग र रूख कटानको समस्या, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन, स्थानीयवासीको अवरोधका कारण विगत दश वर्षदेखि निर्माणमा रहेको काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड निर्माण सम्पन्न भएको छ । बहुप्रतिक्षित १३२ केभी प्रसारण लाइन आयोजनाको दोस्रो खण्डको निर्माण सम्पन्न भई परीक्षणसमेत सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आयोजना सम्पन्न नहुँदा केही निजी क्षेत्रका...
-
२०७६ बैशाख २२, आइतबार
नेपाललाई विश्वमा चिनाउन खेल क्षेत्रको महत्वपूर्ण भूमिका
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले नेपाललाई विश्वमा चिनाउन खेल क्षेत्रको ठूलो भूमिका रहेको बताउनुभएको छ । नमूना युवा क्लब भैरवस्थान सुर्खेतद्वारा आज यहाँ आयोजित कर्णाली प्रदेशको सबैभन्दा ठूलो राशिको ब्याडमिन्टन खेल प्रतियोगिताको उद्घाटन गर्दै सामाजिक विकासमन्त्री रावलले खेल क्षेत्रको महत्वपूर्ण योगदानले नेपाल र नेपालीको स्वाभिमान उचालिएको बताउनुभयो । “स्वस्थ नागरिक उत्पादन गर्न...
-
२०७६ बैशाख २२, आइतबार
पाँच सय विद्यार्थीलाई शैक्षिक सामाग्री
बाबा फाउण्डेशन नेपालले यस वर्ष सामुदायिक विद्यालयका करीब पाँच सय गरीब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । ‘वातावरणमैत्री र बालमैत्रीका लागि बाबा फाउण्डेशनको अभियान’ भन्ने नाराका साथ यस शैक्षिक वर्षको शुरुमा नै गण्डकी प्रदेशअन्तर्गत पोखरा महानगरपालिकासहित कास्की र अन्य जिल्लामा उक्त सहयोग उपलब्ध गराउन लागिएको हो । फाउण्डेशनले पोखरा महानगरपालिकाभित्रका ३३ वटै वडामा...
-
२०७६ बैशाख २२, आइतबार
महिला वडाध्यक्षहरु सुशासनमा अब्बल
झापाका महिला वडाध्यक्षहरुले सुशासन र विकास निर्माणका प्रशंसनीय कार्य गरेका छन् । कार्यसम्पादनको क्रममा महिला भएकै कारण पुरुषबाट विभेद व्यहोर्नुपरेको उहाँहरुको गुनासो पनि छ । पन्ध्र स्थानीय तह भएको झापामा १३१ वडा एकाइमध्ये वडाध्यक्ष पदमा तीन मात्र महिला छन् । भद्रपुरको वडा नं ३ मा कमला थुलुङ, विर्तामोडको वडा नं ९ मा पवित्रा पाठक र हल्दिबारीको वडा नं ३ मा रोशनी शिवाकोटी वडाध्यक्ष हुनुहुन्छ । “...
-
२०७६ बैशाख २२, आइतबार
क्षमता भए पनि बजार नभएको कैदीको गुनासो
जिल्ला कारागार पाँचथरका कैदी सुरेन योङ्या बाँसका आकर्षक सामग्री बनाउनुहुन्छ । उहाँले सजावटका सामग्री बाँसको फुल, चरा, बासको घर, कपडा राख्ने ¥याक, मुडालगायत थुप्रै सामग्री तयार पार्नुहुन्छ । योङ्याले बनाइएका सामग्रीले भने बजार नपाउँदा भने सामग्री बनाउन नै छाड्नुभएको छ । उहाँ भन्नुहुन्छ– “सुरु–सुरुमा धेरै सामग्री बनाइयो बिक्री समेत भएन् । सामग्री बनाएर मात्र के गर्नु बिक्री नै नभएपछि अहिले कसैले...


