राष्ट्रिय
-
२०७६ बैशाख २३, सोमबार
सडक सुरक्षा सप्ताह शुरु
सडक दुर्घटना न्यूनीकरणका लागि चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले आजदेखि सडक सुरक्षा सप्ताह २०७६ शुरु गरेको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उक्त सप्ताह शुभारम्भ गर्दै यसबाट सडक दुर्घटना न्यूनीकरण र सडक व्यवस्थापनमा टेवा पुग्ने बताउनुभयोे । जिल्लामा सवारी साधनको बढ्दो चापसँगै दुर्घटना पनि बढेको हो भन्दै उहाँले चापलाई व्यवस्थापन गर्न सक्नु पनि महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।...
-
२०७६ बैशाख २३, सोमबार
ऊर्जा क्षेत्र ः कुराभन्दा काम बढी
नेपालमा कामभन्दा कुरा गर्नेलाई बढी योग्य मान्ने प्रचलन हावी छ । यस्तो प्रवृत्तिले आम नेपालीलाई गाँजेको छ । समाजले जस्तो सिकायो उनीहरु पनि त्यस्तै हुने गर्छन् । तर पछिल्लो समय कतिपय क्षेत्रमा काम गर्ने सोचको पनि विकास भएको छ । त्यसले देश बन्दैछ र नयाँ केही हुँदैछ भन्ने सन्देशसमेत दिएको छ । एकाध मान्छेले सकारात्मक सोच मात्रै राख्ने हो भने पनि देशमा केही न केही परिवर्तन हुन्छ भन्ने तथ्य पनि...
-
२०७६ बैशाख २३, सोमबार
जनगणनालाई विश्वसनीय बनाउनुपर्ने
जनगणनालाई विश्वसनीय बनाउनुपर्ने आइतबार यहाँ आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् । केन्द्रीय तथ्याङ्क विभाग र तथ्याङ्क कार्यालय चितवनले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा आयोजित अन्तरक्रियामा वक्ताले जनगणनाको तथ्याङ्कलाई आधार मानी विकास निर्माणका काम हुने भएकाले यसलाई विश्वसनीय बनाउन आवश्यक रहेको बताएका हुन् । जनगणनाको कामलाई प्रभावकारीरूपमा अघि बढाउन स्थानीय...
-
२०७६ बैशाख २३, सोमबार
चितवन मेडिकल कलेजले मृगौला प्रत्यारोपण गर्ने
चितवन मेडिकल कलेजमा मिर्गौला प्रत्यारोपण हुने भएको छ । अङ्ग प्रत्यारोपण समन्वय समितिको बैठकले कलेजलाई प्रत्यारोपणको अनुमति दिएको हो । मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले आउँदो एक महीना भित्रमा प्रत्यारोपण थालिने बताउनुभयो । सो अस्पतालमा हाल एकसय बिरामीले मिर्गौलाको डायलासिस गराउँदै आएका छन् । उहाँका अनुसार प्रत्यारोपणका लागि विज्ञ चिकित्सक समूह तयार छ भने...
-
२०७६ बैशाख २३, सोमबार
गुणस्तरीय शिक्षामा राष्ट्रपतिको जोड
राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षा आज आजको आवश्यकता रहेको बताउनुभएको छ । बागलुङ नगरपालिका–१२ बलेवा, अमलाचौरस्थित पृथ्वीहिरण्य माध्यमिक विद्यालयको नवनिर्मित सुविधा सपन्न भवनको हस्तान्तरण समारोहमा राष्ट्रपति भण्डारीले राज्यलाई पछि योगदान दिने विद्यार्थीलाई आज गुणस्तरीय शिक्षा प्रदान गर्नु सरकारको दायित्व भएकामा जोड दिनुभयो । राष्ट्रपतिले भन्नुभयो, “अभिभावक र विद्यार्थीबीचको...
-
२०७६ बैशाख २३, सोमबार
राजी समुदायमा उमेर नपुग्दै विवाह
कैलालीमा वादी र राजी समुदायको बसोबास छ । अल्पसङ्ख्यक राजी र पिछडिएको वादी समुदायमा अधिकांशको बालविवाह हुन्छ । टीकापुर नगरपालिकाको ज्योतिनगरमा राजी र वादीको बस्ती छ । त्यहाँ बस्ने धेरै किशोरीको उमेर नपुगेरै विवाह हुन्छ । विवाहको अन्तर हेर्दा त्यहाँ हिजोको चलन र आजको चलनमा केही फरक छैन । त्यहाँ १६ वर्षदेखिका किशोरी आमा छन् । आठ कक्षा पढ्दै गरेकी राजी किशोरीले १७ वर्षको उमेरमा विवाह गरिन् । १९...
-
२०७६ बैशाख २३, सोमबार
करबृद्धि गर्ने ट्रम्पको चेतावनीपछि एसियाली शेयर बजार खस्कियो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को सातादेखि लागू हुनेगरी २०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा करबृद्धि गर्ने चेतावनी दिएसँगै सोमबार एसियाली शेयर बजारमा ठूलो गिरावट आएको छ । विश्व अर्थतन्त्रका पहिलो र दोस्रो स्थानमा रहेका संयुक्तराज्य अमेरिका र चीनबीच जारी व्यापारिक तनाबलाई मत्थर बनाउन र नयाँ व्यापार सम्झौता गर्न केही महिनादेखि जारी वार्ता दुबै पक्षबाट “सकारात्मक” रहेको बताइए पनि...
-
२०७६ बैशाख २३, सोमबार
बु्रमर सञ्चालनमा समस्या
काठमाडौँ महानगरपालिकाको सडकमा विगत एक महिनादेखि बु्रमर सञ्चालन हुँदै आएको छ तर सडकको धुलो नियन्त्रणमा आउन सकेको छैन । काठमाडौँ उपत्यकामा प्रायः सधैं जस्तो पानी परेकाले बु्रमरले नियमित रुपमा सडक सफा गर्न नसक्दा जनअपेक्षा अनुसार धुलो कम हुन नसकेको काठमाडौँ महानगरपालिका वातावरण विभागले जनाएको छ । “एकातिर पानी परिरहेको छ भने अर्कातिर पानीका कारण हुने हिलो माटो यातायातका सधनसँग आउने हुँदा पनि समस्या...
-
२०७६ बैशाख २३, सोमबार
अभियानकर्मी डा परियार सम्मानित
सामाजिक अभियानकर्मी डा विष्णुमाया परियारलाई इन्द्रावती गाउँपालिका सिन्धुपाल्चोकले सम्मान गरेको छ । डा परियारलाई इन्द्रावती गाउँपालिका र जर्सी सिटी अमेरिकाबीच भगिनी सम्बन्ध स्थापना गर्न अतुलनीय योगदान गरेकाले सम्मान गरिएको हो । डा परियारले भगिनी सम्बन्ध स्थापना गर्ने सन्दर्भमा सङ्कल्प प्रस्ताव पारित गर्न र जर्सी सिटी, न्यू जर्सी संयुक्त राज्य अमेरिका र इन्द्रावती गाउँपालिकाका प्रमुखबीच बृहत्...
-
२०७६ बैशाख २३, सोमबार
रमजान पर्व मङ्गलबारदेखि
इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान मङ्गलबारदेखि शुरु हुने भएको छ । एक महीनासम्म चल्ने यो पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानले बिहान ३।४३ बजेबाट बेलुका ६।३६ बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी संवत् १४४० हो भने रमजान महीना नवौँ महीना हो । रमजान महीनामा मुसलमानको सबै भन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महीनामा अल्लाहको...
-
२०७६ बैशाख २३, सोमबार
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल शुरु
राष्ट्रियसभामा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष २०७६÷७७ का लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले “राष्ट्रपतिबाट यही वैशाख २० गते सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकमा गरिएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०७६÷७७ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्” भनी...
-
२०७६ बैशाख २३, सोमबार
शिक्षक सरुवा फुकुवा
शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रले स्थायी शिक्षक पदस्थापनाका लागि गत गत महीना रोक्का गरेको शिक्षक सरुवा फुकुवा गरेको छ । शिक्षक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धाबाट सफल शिक्षकको पदस्थापन हुन थालेपछि विभागले गत चैत ११ मा सरुवा रोक्न निर्देशन दिएको थियो । विभागका महानिर्देशक बाबुराम पौडेलले आन्तरिकतर्फको पदस्थापन र अवकाशका कारण कतिपय विद्यालयमा शिक्षक व्यवस्थापन गर्न कठिनाइ भएको गुनासो...


