राष्ट्रिय
-
२०७६ बैशाख २२, आइतबार
प्रहरी मुख्यालयमै तालिबान लडाकूको आक्रमण
हतियारधारी लडाकूहरुले अफगानिस्तानको प्रहरी मुख्यालयमा आक्रमण गरेका छन् । तालिबान लडाकूहरुले अफगानिस्तानको उत्तरी बाघ्लान प्रदेशमा पर्ने पुल ए खुम्री शहरमा रहेको प्रहरी मुख्यालयमा आइतबार आक्रमण गरेका हुन् । प्रहरी अधिकारीहरुले अहिलेसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त नभएको जनाएका टोलो समाचार समितिले उल्लेख गरेको छ । उनीहरुले आक्रमणको भने पुिष्ट गरेका छन् । आक्रमणकारीहरुले प्रहरी मुख्यालयनजिकै...
-
२०७६ बैशाख २२, आइतबार
मौसमी रोगका बिरामी बढे
जाडो सकिएसँगै गर्मीयाम लागेपछि जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा विभिन्न मौसमी रोगका बिरामी बढेका छन् । झाडापखाला, टाइफाइड, भाइरल ज्वरो, रुघाखोकी, आउँ र हैजाजस्ता रोग देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी कुलबहादुर रावलले बताउनुभयो । अहिले स्थानीयवासिन्दा दिनहुँजसो ज्वरो आउने, रुघाखोकी लाग्ने, कडा टाउको दुख्नेजस्ता लक्षण लिएर उपचारमा पुग्ने गरेका छन् । एकसातादेखि मौसमी रोगका...
-
२०७६ बैशाख २२, आइतबार
क्रसर उद्योग सञ्चालनपछि पानीको हाहाकार
चितवनको कालिका नगरपालिकामा पानीको मुहान नजिकै क्रसर उद्योग सञ्चालनका लागि संरचना बनाउँदा खानेपानीको मुहान नै सुकेको छ । वडा नं–८ जुटपानी बजार नजिकै रहेको दुई वटा खानेपानीको मुहानमा क्रसर सञ्चालन हुँदा गाउँमा खानेपानीको हाहाकार भएको हो । मुहान सुकेपछि बाँसघारी मझुवा बुलबुले खानेपानी उपभोक्ता समूह र मझुवा बुलबुले खानेपानी उपभोक्ता समूहका उपभोक्ता खानेपानीको समस्यामा परेका छन् । मनकामना क्रङ्क्रिट...
-
२०७६ बैशाख २२, आइतबार
‘माक्र्सवाद गतिशील समाज विज्ञान’ ः मन्त्री रावल
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले ‘माक्र्सवाद गतिशील समाज विज्ञान’ भएको बताउनुभएको छ । काल माक्र्सको २०१ औँ जन्मदिनको अवसरमा कर्णाली खोज, अनुसन्धान तथा अध्ययन केन्द्रद्वारा आज यहाँ आयोजित विचार गोष्ठीमा उहाँले माक्र्सवादले मानव चिन्तनको उज्ज्वल र प्रगतिशील परम्परालाई आत्मसात् गरेको बताउनुभयो । मन्त्री रावलले माक्र्सवादका प्रतिपादक तथा वैज्ञानिक साम्यवादका सिद्धान्तकार कार्ल...
-
२०७६ बैशाख २२, आइतबार
गाउँपालिकाद्वारा खसभाषाको पाठ्यपुस्तक छपाइ शुरु
जुम्लाको तातोपानी गाउँपालिकाले १ देखि ३ कक्षासम्मको पाठ्यपुस्तकको छपाइ कार्य शुरु गरेको छ । स्थानीय खसभाषामा तयार पारेको पाठ्यपुस्तकको छपाई कार्य सुरु गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो । छपाइको कार्य शुरु भएकाले जेठ पहिलो हप्ताबाट पढाइ शुरु गर्ने योजना गाउँपालिकाले बनाएको छ । तातोपानी गाउँपालिकामा रहेको ऐतिहासिक, धार्मिक र स्थानीय भाषाशैली समावेश भएको पाठ्यपुस्तक छपाइको...
-
२०७६ बैशाख २२, आइतबार
६ वर्ष भयो विन्दवासिनीले आँखा नचिम्लेको
सानै उमेरमा चोट, हण्डर र ठक्करको सामना गर्न पुगेकी विन्दवासिनी कंसाकारलाई मास्क, स्कार्फ, चश्मा अनि, क्याप लगाएर हेटाँैंडाको सडकमा हिँड्दा धेरैले दोहो¥याएर वा तेहे¥याएर हेर्ने गर्छन् । कतिपयले दयाभाव देखाउँछन्, चुकचुकाउँछन् र सहानुभूति पनि दिन्छन् तर, विन्दवासिनीलाई न त दयाभाव चाहिएको छ, न सहानुभूति । आत्मविश्वाससहित लक्ष्य प्राप्तिका लागि यात्रारत विन्दवासिनीलाई चाहिएको छ त केवल ‘न्याय’ । एक...
-
२०७६ बैशाख २२, आइतबार
ख्वपद्वारा छात्रवृत्ति प्रदान
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज तथा शारदा क्याम्पसले स्नातक तह पहिलो र दोस्रो वर्ष, बिबिएम पहिलो सेमेष्टर तथा स्नातकोत्तर तह दोस्रो सेमेष्टरमा अध्ययनरत गरीब तथा जेहेन्दार ८० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । आज कलेजमा आयोजना गरेको छात्रवृत्ति वितरण कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले सो छात्रवृत्ति वितरण गर्नुभएको हो । ...
-
२०७६ बैशाख २२, आइतबार
काबेली कोरिडोर विद्युत् लाइनको परीक्षण प्रशारण
पूर्वी पहाडमा निर्माणाधीन काबेली कोरिडोर १३२ केभी प्रशारण लाइन आयोजना निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । ९०।०२१ किलोमिटर लामो कोरिडोरको दोस्रो खण्डमा शनिबारबाट परीक्षण प्रशारण शुरु गरिएको छ । मुआब्जा वितरण, रुख कटानीलगायतका समस्याका कारण लामो समय अवरोध भएको कोरिडोरको इलाम–फिदिम खण्ड निर्माण पूरा भई शनिबारबाट परीक्षण प्रसारण शुरु गरिएको हो । ४२।८८ किलोमिटर लामो यस खण्डमा सोमबारबाट लाइन चार्ज...
-
२०७६ बैशाख २२, आइतबार
जीवनस्तर सुधार्दै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम लागू भएपछि दुर्गम बस्तीका जनता लाभान्वित हुन थालेका छन् । विकास र सामाजिक दृष्टिकोणले पछाडि परेका जिल्लाका तीन गाउँपालिकाले सो कार्यक्रमलाई स्थानीयवासीको जीवनस्तर सुधार्ने माध्यम बनाउन थालेका छन् । प्रदेश नं ५ सरकारले प्रदेशका १२ वटै जिल्लामा सञ्चालन गरेको सो कार्यक्रमअन्तर्गत जिल्लाका बबई, राजपुर र बङ्गलाचुली गाउँपालिकाले योजना छनोट गरेर स्थानीयवासीको जीवन...
-
२०७६ बैशाख २२, आइतबार
५६ हजारले लिए राष्ट्रिय परिचयपत्र
पाँचथरबाट शुरु भएको राष्ट्रिय परिचयपत्र वितरणमा हालसम्म ५५ हजार ९१५ पाँचथरवासी नेपाली नागरिक समेटिएका छन् । गत असार ५ गतेबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्न थालिएकामा मङ्सिर ३ गतेदेखि सो परिचयपत्र वितरण गर्न थालिएको थियो । हालसम्मम ५५ हजार ९१५ ले उक्त परिचयपत्र लिइसकेका र करीब १९ हजार परिचयपत्र छपाइ भइसकेको जनाइएको छ । एक लाख १० हजार जिल्लावासी नेपाली नागरिकलाई उक्त परिचयपत्र वितरण...
-
२०७६ बैशाख २२, आइतबार
शिक्षक अभावमा विद्यालय बन्द हुने अवस्थामा
तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित छ सामुदायिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेको छ । आँबुखैरेनी गाउँपालिका–२ को इच्छाकामना प्राथमिक विद्यालय, छिम्केश्वरी प्राथमिक विद्यालय, वडा नं ४ को रुद्रदेवी प्राथमिक विद्यालय, इन्द्रादेवी प्राथमिक विद्यालय, वडा नं ६ को मिलन प्राथमिक विद्यालय र कृष्ण प्राथमिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेको हो । गाउँपालिकाका शिक्षा शाखा प्रमुख...
-
२०७६ बैशाख २२, आइतबार
एउटै खोलाबाट पाँच लघुजलविद्युत्
रुकुमपूर्वको लुकुम खोलामा झण्डै आधादर्जन लघु जलविद्युत् आयोजना सञ्चालनमा छन् । भूमे गाउँपालिकाको बीच भागबाट बग्ने यो खोलामा पाँचवटा लघुजलविद्युत् आयोजना निर्माण भएका छन् भने दुईवटा ठूला आयोजनाको काम पनि भइरहेको छ । गाउँलाई उज्यालो बनाउने योजनासहित यस खोलामा करोडांै बजेट लगानी गरिएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताउनुभयो । बागलुङ र रुकुमपूर्वको सीमा भूमे–१ लुकुम गाउँलाई शिर बनाएर...


