relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ बैशाख २३, सोमबार

    दूध र मासु उत्पादन बढ्यो

    सुनसरीमा पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै जिल्लामा दूध, मासु तथा माछाको उत्पादनमा वृद्धि भएको पाइएको छ । जिल्लामा गाईभँैसीको दूध तथा माछामासुको उत्पादनमा वार्षिक रुपमा वृद्धि हुँदै गएको पशुसेवा ज्ञान केन्द्र सुनसरीको तथ्याङ्कले देखाएको छ । चालू आर्थिक वर्षको आठ महीनाको अवधिमा गाई र भैसी गरी जम्मा ३४ हजार ६८ मेट्रिकटन दूध उत्पादन भएको सुनसरी केन्द्रका डा मनोजकुमार महतोले जानकारी दिनुभयो । गत...

  • २०७६ बैशाख २३, सोमबार

    माटोमा अम्लीयपन बढ्दै

    रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा अम्लीयपन अधिक रहेको पाइएको छ । माटोमा प्राङ्गारिक पदार्थको कमी हुँदा अम्लीयपन बढेको हो । माटोबाट बालीले लिएको भन्दा बढी खाद्यतत्वको आपूर्ति हुन नसक्दा र माटोमा अम्लीयपन बढ्दा बाली बिरुवामा विभिन्न खाद्यतत्वको कमीका कारण उत्पादनमा ह्रास आउन थालेको र यसबाट फलफूल, तरकारी र अन्नबालीको उत्पादनमा वर्षेनी ह्रास आउने गरेको छ ।  माटो बिरुवाको खाद्यतत्वको भण्डार...

  • २०७६ बैशाख २३, सोमबार

    व्यावसायिक ज्ञान आर्जन गर्दै सामुदायिक विद्यालय

    विद्यार्थीलाई बाहिर निस्कन नदिई एउटा हातमा पुस्तक अनि अर्को हातमा लौरो बोकेर कक्षा प्रवेश गरी सुगालाई रटाएझैँ गरी पुस्तकका पानापाना विद्यार्थीलाई कण्ठ पार्न लगाएर शिक्षण गर्ने पद्धति पुरानो भइसकेको छ ।  अहिले शिक्षणमा नयाँनयाँ विधि र प्रविधिहरु भित्रिइसकेका छन् र तिनै विधि प्रविधिलाई आत्मसात् गर्दै गैँडाकोटमा रहेको एकमात्र सहकारी विद्यालय विजय सामुदायिक शिक्षा सदन अगाडि बढिरहेको छ । ...

  • २०७६ बैशाख २३, सोमबार

    रोगाी बाख्राको मासुले मानिस बिरामी भएको ठहर

    आदर्श गाउँपालिका वडा नं १ मेलगडामा गत शनिबार बाख्राको मासु खाँदा बिरामी पर्नाको कारण रोगी बाख्रा भएको चिकित्सकले जनाएका छन् । शनिबार गाउँमो बाख्रा काटेर मासु खाँदा दुई वर्षीयादेखि ४० वर्षीयसम्मका बिरामी परेका थिए । काटिएको बाख्रामा रोग भएका कारण पूरै गाउँले बिरामी परेको दिपायल पिपल्लास्थित शैलेश्वरी अस्पतालका तथा चिकित्सक तथा निर्देशक आइजङ्ग कुँवरले बताउनुभयो । “स्थानीयवासीले खाएको बाख्रामा केही...

  • २०७६ बैशाख २३, सोमबार

    कीराको प्रकोपले किसान चिन्तित

    केरा उत्पादन क्षेत्रका रूपमा विकसित हुँदै गएको बर्दियामा गरिएको केराखेतीमा कोत्रे र गबारो कीराको प्रकोप देखिएको छ । कीराको प्रकोपका कारण केरा किसान चिन्तित भएका छन् । केरामा हरेक वर्षझै यस वर्ष पनि उक्त कीराको प्रकोप देखिएपछि उनीहरू चिन्तित बनेका हुन् । यसवर्ष केरामा कोत्रे, गवारो, ढुसी, जुकालगायत कीरा लागेकाले यसको नियन्त्रण चुनौतीपूर्ण भएको बर्दिया केरा उत्पादक सङ्घका अध्यक्ष टोपलाल...

  • २०७६ बैशाख २३, सोमबार

    गरीब तथा जेहेन्दारलाई छात्रवृत्ति प्रदान

    ख्वप कलेज तथा शारदा क्याम्पसमा स्नातक तह पहिलो र दोस्रो वर्ष, बीबीएम पहिलो सेमेष्टर तथा स्नातकोत्तर तह दोस्रो सेमेष्टरमा अध्ययनरत गरीब तथा जेहेन्दार ८० विद्यार्थीलाई आइतबार छात्रवृत्ति प्रदान गरिएको छ ।    सो अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले आर्थिक अवस्था कमजोर भएकै कारण बीचमा पढाइ छाड्न नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले शैक्षिक प्रमाणपत्र धितो...

  • २०७६ बैशाख २३, सोमबार

    कुसुण्डा सहयोग अभियान घोषणा

    अति लोपोन्मुख जातिको रूपमा रहेको कुसुन्डा परिवारको बालिकाको शैक्षिक र स्वास्थ्य सहयोगका लागि सहयोग अभियान घोषणा भएको छ । नेपालको शिक्षा, पर्यटन र संस्कृतिको क्षेत्रमा काम गर्दै आएको साभ नेपालले तनहुँको व्यास नगरपालिका–१० डिहीगाउँ निवासी इन्द्रमाया कुसुण्डाकी छोरी सीमान्तको शिक्षा र स्वास्थ्यका लागि सहयोग अभियान घोषणा गरेको हो । आइतबार दमौलीमा साभ नेपालका अध्यक्ष तुलसी प्रवासले सीमान्त कुसुण्डा...

  • २०७६ बैशाख २३, सोमबार

    सडक सुरक्षा सप्ताह शुरु

    सडक दुर्घटना न्यूनीकरणका लागि चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले आजदेखि सडक सुरक्षा सप्ताह २०७६ शुरु गरेको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उक्त सप्ताह शुभारम्भ गर्दै यसबाट सडक दुर्घटना न्यूनीकरण र सडक व्यवस्थापनमा टेवा पुग्ने बताउनुभयोे । जिल्लामा सवारी साधनको बढ्दो चापसँगै दुर्घटना पनि बढेको हो भन्दै उहाँले चापलाई व्यवस्थापन गर्न सक्नु पनि महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।...

  • २०७६ बैशाख २३, सोमबार

    अन्त्येष्टि गर्न लाग्दा श्वास फेरेपछि अस्पताल ल्याइयो

    एक शिशुको मृत्यु भएको भनी दाहसंस्कार गर्न देवघाट लगेर पुर्नका लागि खाल्डोमा राख्दा श्वासप्रश्वास गरेको देखेर फर्काई पुनः अस्पताल ल्याइएको छ । चितवन मेडिकल कलेजमा आइतबार जन्मिएकी शिशुलाई उपचार सम्भव नभएको चिकित्सकले जनाएकाले परिवारले घर लैजान्छु भन्दै अन्त्येष्टिका लागि देवघाट लगेका थिए । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार हेटौँडा घर भएकी एक...

  • २०७६ बैशाख २३, सोमबार

    फोरम र नयाँ शक्ति एकीकरणः समाजवादी पार्टी गठन

    सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण भएको छ ।उपेन्द्र यादव नेतृत्वको फोरम र डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकीकरण भई नयाँ ‘समाजवादी पार्टी नेपाल’ घोषणा गरिएको छ । अध्यक्ष यादव र डा भट्टराईले आज यहाँ आयोजित एक कार्यक्रममा पार्टी एकीकरण गर्ने समझदारीपत्र पढेर सुनाउनुभएको थियो । अध्यक्षमण्डलमा दुई जना रहने पार्टीको संरचनाबमोजिम समाजवादी पार्टीका...

  • २०७६ बैशाख २२, आइतबार

    महिला वडाध्यक्षहरु सुशासनमा अब्बल

    झापाका महिला वडाध्यक्षहरुले सुशासन र विकास निर्माणका प्रशंसनीय कार्य गरेका छन् । कार्यसम्पादनको क्रममा महिला भएकै कारण पुरुषबाट विभेद व्यहोर्नुपरेको उहाँहरुको गुनासो पनि छ । पन्ध्र स्थानीय तह भएको झापामा १३१ वडा एकाइमध्ये वडाध्यक्ष पदमा तीन मात्र महिला छन् । भद्रपुरको वडा नं ३ मा कमला थुलुङ, विर्तामोडको वडा नं ९ मा पवित्रा पाठक र हल्दिबारीको वडा नं ३ मा रोशनी शिवाकोटी वडाध्यक्ष हुनुहुन्छ । “...

  • २०७६ बैशाख २२, आइतबार

    पाँच सय विद्यार्थीलाई शैक्षिक सामाग्री

    बाबा फाउण्डेशन नेपालले यस वर्ष सामुदायिक विद्यालयका करीब पाँच सय गरीब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । ‘वातावरणमैत्री र बालमैत्रीका लागि बाबा फाउण्डेशनको अभियान’ भन्ने नाराका साथ यस शैक्षिक वर्षको शुरुमा नै गण्डकी प्रदेशअन्तर्गत पोखरा महानगरपालिकासहित  कास्की र अन्य जिल्लामा उक्त सहयोग उपलब्ध गराउन लागिएको हो । फाउण्डेशनले पोखरा महानगरपालिकाभित्रका ३३ वटै वडामा...

Pages