STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ बैशाख २२, आइतबार

    काबेली कोरिडोर विद्युत् लाइनको परीक्षण प्रशारण

    पूर्वी पहाडमा निर्माणाधीन काबेली कोरिडोर १३२ केभी प्रशारण लाइन आयोजना निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । ९०।०२१ किलोमिटर लामो कोरिडोरको दोस्रो खण्डमा शनिबारबाट परीक्षण प्रशारण शुरु गरिएको छ । मुआब्जा वितरण, रुख कटानीलगायतका समस्याका कारण लामो समय अवरोध भएको कोरिडोरको इलाम–फिदिम खण्ड निर्माण पूरा भई शनिबारबाट परीक्षण प्रसारण शुरु गरिएको हो । ४२।८८ किलोमिटर लामो यस खण्डमा सोमबारबाट लाइन चार्ज...

  • २०७६ बैशाख २२, आइतबार

    एउटै खोलाबाट पाँच लघुजलविद्युत्

    रुकुमपूर्वको लुकुम खोलामा झण्डै आधादर्जन लघु जलविद्युत् आयोजना सञ्चालनमा छन् । भूमे गाउँपालिकाको बीच भागबाट बग्ने यो खोलामा पाँचवटा लघुजलविद्युत् आयोजना निर्माण भएका छन् भने दुईवटा ठूला आयोजनाको काम पनि भइरहेको छ । गाउँलाई उज्यालो बनाउने योजनासहित यस खोलामा करोडांै बजेट लगानी गरिएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताउनुभयो । बागलुङ र रुकुमपूर्वको सीमा भूमे–१ लुकुम गाउँलाई शिर बनाएर...

  • २०७६ बैशाख २२, आइतबार

    शिक्षक अभावमा विद्यालय बन्द हुने अवस्थामा

    तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित छ सामुदायिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेको छ । आँबुखैरेनी गाउँपालिका–२ को इच्छाकामना प्राथमिक विद्यालय, छिम्केश्वरी प्राथमिक विद्यालय, वडा नं ४ को रुद्रदेवी प्राथमिक विद्यालय, इन्द्रादेवी प्राथमिक विद्यालय, वडा नं ६ को मिलन प्राथमिक विद्यालय र कृष्ण प्राथमिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेको हो । गाउँपालिकाका शिक्षा शाखा प्रमुख...

  • २०७६ बैशाख २२, आइतबार

    मापदण्डविहीन संरचना धमाधम बन्दै

    वाणगङ्गा नगरपालिकामा भौतिक संरचना जथाभावी निर्माण हुने क्रम तीव्र हँुदै गएको छ । मापदण्ड विपरीत संरचना बनिरहे पनि त्यसको नियमन गर्ने नगरपालिकाले कडाइ गर्न सकिरहेको छैन । संरचना निर्माणका क्रममा मापदण्डको बेवास्ता गर्ने गरेको पाइएको छ । नगरभित्रका बजार क्षेत्रमा स्थानीय बासिन्दाले एकातिर सडक अतिक्रमण गरेर मापदण्ड विपरीत घर टहरा निर्माण गरिरहेका छन् भने  अर्कातिर अनिवार्य रुपमा नक्शा पास गरेर...

  • २०७६ बैशाख २२, आइतबार

    परम्परागत संस्कृति मासिदै

    धार्मिक समारोह तथा उत्सवमा गाइने भजन, विवाहमा दुलही लिन जन्ती गएपछि दुलाहाको घरमा भेला भएर महिलाले गाउने रत्यौलीलगायतका नृत्य म्याग्दीमा हराउँदै जान थालेका छन् । प्राचीनकालदेखि नै निरन्तरता पाइरहेका यस्ता संस्कृतिका ठाउँमा आयातित संस्कृतिको बर्चस्व स्थापित हुँदा मौलिक पहिचान, ठेट नेपाली शब्द र पुख्र्यौली जीवन संस्कृति पनि लोप हुँदै गएकामा स्थानीय सरोकारवाला भने चिन्तित बनेका छन् । बेनी नगरपालिका–...

  • २०७६ बैशाख २२, आइतबार

    दश वर्षपछि सकियो काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड

    वन क्षेत्रको जग्गा प्रयोग र रूख कटानको समस्या, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन, स्थानीयवासीको अवरोधका कारण विगत दश वर्षदेखि निर्माणमा रहेको काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड निर्माण सम्पन्न भएको छ ।  बहुप्रतिक्षित १३२ केभी प्रसारण लाइन आयोजनाको दोस्रो खण्डको निर्माण सम्पन्न भई परीक्षणसमेत सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आयोजना सम्पन्न नहुँदा केही निजी क्षेत्रका...

  • २०७६ बैशाख २२, आइतबार

    नेपाललाई विश्वमा चिनाउन खेल क्षेत्रको महत्वपूर्ण भूमिका

    कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले नेपाललाई विश्वमा चिनाउन खेल क्षेत्रको ठूलो भूमिका रहेको बताउनुभएको छ । नमूना युवा क्लब भैरवस्थान सुर्खेतद्वारा आज यहाँ आयोजित कर्णाली प्रदेशको सबैभन्दा ठूलो राशिको ब्याडमिन्टन खेल प्रतियोगिताको उद्घाटन गर्दै सामाजिक विकासमन्त्री रावलले खेल क्षेत्रको महत्वपूर्ण योगदानले नेपाल र नेपालीको स्वाभिमान उचालिएको बताउनुभयो । “स्वस्थ नागरिक उत्पादन गर्न...

  • २०७६ बैशाख २०, शुक्रबार

    सन्दर्भ  विश्व प्रेस स्वतन्त्रता दिवस, साहसिक पत्रकारहरुप्रति सम्मान व्यक्त गर्ने दिन

    सन् १९९३ देखि मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिएको छ । संयुक्त राष्ट्रसङ्घको साधारणसभाले निर्णय गरेर आह्वान गरेअनुसार यो दिवस हरेक सदस्य राष्ट्रमा मनाउने प्रचलन शुरु भएको हो । यो वर्ष राष्ट्रसङ्घकै आयोजनामा इथियोपियाको राजधानी आदिस अबावामा विशेष सम्मेलन भइरहेको छ । यो किन पनि महत्वपूर्ण छ भने सन् १९९१ मा अर्को अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको सम्मेलनले...

  • २०७६ बैशाख २०, शुक्रबार

    सशस्त्र प्रहरी कार्यालय शिलान्यास

    प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार काकीले सीमा सुरक्षा, राजश्व सङ्कलन र शान्ति सुरक्षामा सशस्त्र प्रहरीले  ठूलो योगदान पु¥याएको बताउनुभएको छ । विराटनगर–१६ दरैयास्थित सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बोर्डर आउट पोष्ट को निर्माणाधिन भवन आज यहाँ शिलान्यासका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।मन्त्री कार्कीले यस कार्यालयबाट सीमा अतिक्रमण रोक्नाका साथै र जनताको सुरक्षामा...

  • २०७६ बैशाख २०, शुक्रबार

    निस्दीका कृषकले सामूहिक सूर्यमुखी खेती गर्दै

    रामपुर, २० वैशाख रासस पाल्पाको निस्दी गाउँपालिकामा सामूहिक सूर्यमुखी खेती थालिएको छ । निस्दी गाउँपालिका–४ मित्याल मुढावासका किसानले परम्परागतरूपमा लगाउँदै आएको मकैखेती छाडेर सूर्यमुखी फूलको खेती गर्न थालेका हुन् । निस्दी गाउँपालिका कृषि शाखाको अनुदान र कृषकको मेहनतमा बुढावासका करीब ४५ कृषकले १७२ रोपनी भिरालो जग्गामा सूर्यमुखी लगाएको कृषक हर्षबहादुर सुनारीले बताउनुभयो । जिल्ला कृषि विकास...

  • २०७६ बैशाख २०, शुक्रबार

    ठूला सरकारी अस्पतालमा सुर्तीजन्य पदार्थ प्रयोग र बेचबिखन निषेध

    सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ ले व्यवस्था गरेअनुसार काठमाडौँका ठूला सरकारी अस्पतालबाट सुर्तीजन्य पदार्थ प्रयोग र बेचबिखन निषेध गर्न लागिएको छ । ऐनले व्यवस्था गरे पनि व्यवहारिकरुपमा लागू हुन नसकेकाले महानगरीय प्रहरी परिसर काठमाडौँको अगुवाइमा पहिलो चरणमा काठमाडौँका ठूला १० अस्पतालमा कार्यान्वयन गर्ने गरी अभियान सञ्चालन गर्न लागिएको हो ।  धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनले मानव...

  • २०७६ बैशाख २०, शुक्रबार

    राष्ट्रिय वन क्षेत्र प्रयोग गर्ने अनुमति

    पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न पाउने अनुमति प्राप्त भएको छ । मन्त्रिपरिषद्को मङ्गलबार सम्पन्न बैठकले गरेका विभिन्न नौ निर्णयमध्ये दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनालाई आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा...

Pages