relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ बैशाख २०, शुक्रबार

    मुद्दा मिलाउन उपप्रमुखहरुलाई भ्याइनभ्याई

    झापाका गाउँपालिका र नगरपालिकाका उपप्रमुखको अधिकांश समय न्यायिक समितिमा आउने मुद्दा मिलाउनमै बित्ने गरेको छ । संविधानले नै स्थानीय तहका उपप्रमुखलाई प्रारम्भिक तहका मुद्दा छिनोफानो गर्ने गरी न्यायिक समितिको संयोजकको अधिकार दिएकाले अधिकांश विवाद सिधै समितिमा आउन थालेको छ । समितिले छलफल र मेलमिलापको माध्यमबाट विवाद समाधान गर्दै आएको छ । आदिवासी जनजाति बाहुल्य भएको बाह्रदशी गाउँपालिकाकी उपप्रमुख रत्ना...

  • २०७६ बैशाख २०, शुक्रबार

    हाटबजारका लागि नयाँ भवन निर्माण हँुदै

    गुणस्तरीय र व्यवस्थित हाटबजारका लागि जिल्ला सदरमुकाममा  नयाँ  भवन निर्माण  भइरहेको  छ । करीब रू ३५ करोड, ४५ लाख ३० हजार ६२० को लागतमा निर्माण भइरहेको सो भवनमा ३०० कोठा र टहरा निर्माण गरिने राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले बताउनुभयो ।  उक्त नगरपालिकामा अवस्थित  हाटबजारलाई व्यवस्थित गर्न  नयाँ भवन निर्माण गरी व्यवस्थित ढङ्गले हाट बजार सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो । ...

  • २०७६ बैशाख २०, शुक्रबार

    कर्णाली पहिलो आधार प्राङ्गारिक कृषि  मन्त्री केसी

    कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले कर्णाली प्रदेशको पहिलो आधार प्राङ्गारिक कृषि भएको बताउनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबुले कृषि बजार व्यवस्थापन समितिको भवनको उद्घाटन कार्य क्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहनुभएका केसीले प्राङ्गारिक कृषिका माध्यमबाट कर्णालीको गरीबी अन्त्य गरिने बताउनुभयो । प्रदेश सरकारले आगामी आवदेखि प्रदेशका गरीब किसानको जीवनस्तर माथि...

  • २०७६ बैशाख २०, शुक्रबार

    सभामुखद्वारा पूर्वसांसद बुढाको स्वास्थ्य अवस्थाबारे जानकारी

    सभामुख कृष्णबहादुर महराले पूर्वसांसद तथा थबाङका अग्रज कम्युनिष्ट नेता बर्मन बुढालाई भेटी स्वास्थ्य लाभको कामना गर्नुभएको छ । आज बिहान पाटन अस्पताल पुगी सभामुख महराले उहाँलाई सान्त्वना दिनुका साथै स्वास्थ्य लाभको कामना गर्नुभएको हो । पूर्वसांसद बुढालाई पेटमा समस्या देखिएपछि बिहीबार अस्पतालमा भर्ना गरिएको र अहिले प्रारम्भिक उपचार भइरहेको उहाँकी छोरी विजयज्योतिले बताउनुभयो । सो क्रममा सभामुख...

  • २०७६ बैशाख १९, बिहिबार

    घरेलु उद्योगलाई राहत हुने कानून बन्दै

    प्रदेश नं ५ सरकारले लघु, घरेलु तथा साना उद्योगलाई राहत हुने गरी नीति तथा कानून निर्माण गर्ने भएको छ । समृद्धिको मुख्य आधार नै घरेलु उद्योग भएकाले यी उद्योगको प्रवद्र्धनबाटै समृद्धि सम्भव रहेको प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीको भनाइ छ । घरेलु तथा साना उद्योग महासङ्घ नवलपरासी र जिल्ला महिला उद्यमी समिति नवलपरासीको संयुक्त आयोजनामा सदरमुकाम परासीमा बुधबारदेखि शुरु भएको ‘प्रथम...

  • २०७६ बैशाख १९, बिहिबार

    गुफा संरक्षण गरिँदै

    गलकोट नगरपालिका–९ मल्मस्थित पाण्डुकेशरी गुफा संरक्षणको काम शुरु भएको छ । धार्मिक र पर्यटकीय महत्वको गुफा संरक्षण र प्रचारप्रसार अभावमा ओझेलमा थियो । जनप्रतिनिधिसहित स्थानीयवासी गुफा संरक्षण तथा विकासमा कस्सिएका छन् । गुफा पुग्ने पदमार्गदेखि आसपासमा पर्यटकीय पूर्वाधार निर्माणको काम अघि बढाइएको छ । सीमा क्षेत्रमा पर्ने हुँदा वडा नंं ९ र ७ ले सँगसँगै गुफामा काम गरिरहेका छन् । दुवै वडा साविक मल्म...

  • २०७६ बैशाख १९, बिहिबार

    तरकारी बेचेरै वार्षिक पाँच लाखको आम्दानी गर्दै रामपुरका युवा

    वैदेशिक रोजगारीबाट फर्केका रामपुरका दुई युवाले तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । यहाँका दिलबहादुर थापा र लालबहादुर थापाले वैदेशिक रोजगारीबाट फर्केपछि एक वर्ष अगाडिबाट सामूहिक तरकारी खेती शुरु गरेका हुन् । व्यवसाय शुरु गरेको पहिलो वर्षमा नै रु पाँच लाख बराबरको आम्दानी गर्न सफल भएका छन् । रामपुर नगरपालिका–४ स्थित देवीस्थानमा बाह्र रोपनी जग्गा भाडामा लिएर मौसमी तथा बेमौसमी जातका तरकारी...

  • २०७६ बैशाख १९, बिहिबार

    परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्चमा भाग लिई तथा तिब्बत स्वायत्त क्षेत्रको भ्रमण गरी आज स्वदेश फर्कनुभयो ।  उहाँलाई ल्हासाको गोङ्गर विमानस्थलमा त्यहाँका उपमहासचिव छी दाङ हुले विदाइ गर्नुभयो ।  परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणमा गर्नु भएको चीनको राजकीय भ्रमण समग्रमा...

  • २०७६ बैशाख १९, बिहिबार

    आर्थिक अभावको चपेटामा गुरुङ सङ्ग्रहालय

    ताप्लेजुङ सदरमुकाम फुङलिङमा रहेको एकमात्र गुरुङ सङ्ग्रहालय आर्थिक अभावका कारण व्यवस्थित हुन सकेको छैन । स्थानीय गुरुङ समुदायका महिलाले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ स्थापना गरेको गुरुङ सांस्कृतिक सङ्ग्रहालय आर्थिक अभावका कारण व्यवस्थित हुन नसकेको हो ।   सङ्ग्रहालयमा कार्यालय व्यवस्थापन र कर्मचारी खर्चको अभावका कारण समस्या भएको बताइएको छ । स्थानीय महिलाले विभिन्न निकायबाट सहयोग...

  • २०७६ बैशाख १९, बिहिबार

    विकटका गाउँगाउँमा सडक

    भौगोलिक हिसाबले विकट मानिएको नौकुण्ड गाउँपालिकाअन्तर्गत यार्सा क्षेत्रका गाउँगाउँमा सडक निर्माण भएपछि स्थानीयवासी अहिले मोटरबाट ओहोरदोहोर गर्न थालेका छन् । नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्पुसाङमो घलेका अनुसार स्थानीय तहको निर्वाचनपश्चात् विकट स्थानका बासिन्दालाई यातायातको पहुँच पु¥याउन गाउँका बस्तीबस्तीमा हालसम्म ७० किमी सडकको ट्र्याक खोल्ने काम पूरा भइसकेको छ । यसरी मोटर बाटो निर्माण भएका गाउँमा...

  • २०७६ बैशाख १९, बिहिबार

    दुर्घटना न्यूनीकरण गर्न ‘सडक सुरक्षा सप्ताह’

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा सप्ताह–२०७६ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  यही वैशाख २३ गतेदेखि २७ गतेसम्म सप्ताहव्यापीरूपमा कार्यक्रम गर्न लागिएको ट्राफिक प्रहरी प्रमुख चन्द्र गिरीले जानकारी दिनुभयो । जिल्लामा दैनिकरुपमा सवारी दुर्घटनाबाट मानिसको ज्यान जान थालेपछि जनचेतनामूलक अभियान सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । सप्ताहलाई सफल बनाउन...

  • २०७६ बैशाख १९, बिहिबार

    राजधानी तोक्न गठित आयोगले प्रतिवेदन बुझायो

    प्रदेश नं २ को राजधानी र नामकरणका लागि गठित संवाद सुझाव आयोगले आज मुख्यमन्त्री लालबाबु राउतलाई अध्ययन प्रतिवेदन बुझाएको छ । आयोगले पत्रकार सम्मेलन गरी आयोगका अध्यक्ष डा हरिवंश झाले मुख्यमन्त्री राउतलाई आज मुख्यमन्त्री कार्यालयमा प्रतिवेदन बुझाउनु भएको हो । मुख्यमन्त्री राउतले प्रतिवेदन ग्रहण गर्दै प्रतिवेदनलाई अध्ययन गरी प्रदेशसभाको समितिलाई हस्तान्तरण गरिने बताउनुभयो । उहाँले प्रदेशको स्थायी...

Pages