राष्ट्रिय
-
२०७६ बैशाख २०, शुक्रबार
केरुङ्गा घोल व्यवस्थित गरिँदैं
भरतपुर महानगरपालिका–११ हुँदै राप्ति नदीसम्म पुगेको केरुङ्गा घोललाई व्यवस्थित गरिने भएको छ । घोलको बीचभाग र दायाँवायाँ अतिक्रमण हुने क्रम बढेकाले घोललाई सिमाङ्कन गरी व्यवस्थित गर्ने प्रक्रिया अघि बढाइएको हो । भरतपुर महानगरपालिका–११ मा नारायणी लिफ्ट सिँचाइबाट शुरु भएको यस घोल वडा नं १२, ९, ८, ५, १२, १३, १४, १६, २२ र २३ हुँदै केरुङ्गा खोला बनेर राप्ति नदीमा मिसिन्छ । भरतपुरको मुख्य क्षेत्रका ढलको...
-
२०७६ बैशाख २०, शुक्रबार
खानेपानीका लागि बस्ती सार्दै स्थानीय
डोटीमा खानेपानी समस्या समाधानका लागि स्थानीयवासी बस्ती सार्दैछन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ । गर्मी बढेसँगै यहाँको जोरायल गाउँपालिका–३ थलीगाउँका बासिन्दा धामधम बस्ती सार्न थालेका हुन् । गाउँमा पानीका मुहान भटाभट सुकेका छन् । गाउँबाट करीब एक घण्टाको दूरीमा खोप्चेपानी र पूर्वेली मुहान भए पनि पानी पर्याप्त नहँुदा उनीहरु बस्ती नै सार्न थालेका हुन् । झिसमिसे बिहानैबाट स्थानीय मुहानबाट चुहिने पानी...
-
२०७६ बैशाख २०, शुक्रबार
‘कर्मचारीको गुनासोलाई यसै महीनामा सम्बोधन गरिने’ लालबाबु पण्डित
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजन गरिएका कर्मचारीको गुनासोलाई यही महीनाभित्र सम्बोधन गर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालमा यहाँ आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले यही महीनाभित्र गुनासो व्यवस्थापन समितिले समायोजन गरिएका कर्मचारीका सबै गुनासो सम्बोधन गर्ने बताउनुभयो । समायोजनमा केही समस्या आउँछ भनेर नै गुनासो व्यवस्थापन समिति गठन गरिएको भन्दै उहाँले...
-
२०७६ बैशाख २०, शुक्रबार
जापानिज इन्सेफलाइटिसविरुद्ध खोप
जिल्लामा जापानिज इन्सेफलाइटिस खोप अभियान सञ्चालन हुने भएको छ । मस्तिष्कमा गम्भीर प्रकारको सङ्क्रमण हुने भएकाले यस रोगबाट बच्न जिल्लाका एकदेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई जेइ भ्याक्सिन लगाइन लागेको हो । अहिलेसम्म डोटीमा जापानिज इन्सेफलाइटिसका बिरामी नभेटिए पनि यो रोगबाट बच्न यही वैशाख २६ गतेदेखि खोप अभियान सञ्चालन हुन लागेको जिल्ला अस्पताल डोटीले जनाएको छ । जिल्लाको निर्वाचन क्षेत्र नं १ मा...
-
२०७६ बैशाख २०, शुक्रबार
जलविद्युत्मा लगानी गर्न बङ्गलादेश तयार
नेपालका ऊर्जा उद्यमीसँग मिलेर बङ्गलादेशका निजी क्षेत्र ऊर्जा क्षेत्रमा लगानीका लागि तयार भएका छन् । सन् २०४० सम्म बङ्गलादेशले नेपालबाट नौ हजार मेगावाट विद्युत् आयात गर्ने विषयलाई नीतिगतरुपमा नै समावेश गरेकाले निजी क्षेत्र पनि त्यसमा होस्टेमा हैंसे गर्न तयार देखिएको हो । नेपालमा ऊर्जा उत्पादनको प्रचूर सम्भावना रहेको र बङ्गलादेशलाई विद्युत् आवश्यक भएकाले एक अर्काले मिलेर काम गर्न सके दुवै देशले...
-
२०७६ बैशाख २०, शुक्रबार
अब्बल सामुदायिक विद्यालय
नेपाल कम्युनिष्ट पार्टी नेकपा का केन्द्रीय सदस्य जीवन गौतमले गत वर्ष घोराहीको एक निजी विद्यालयमा कक्षा ४ मा अध्ययरत छोरी अभिरुची गौतमलाई रझेना माध्यमिक विद्यालयमा भर्ना गर्नुभयो । पछिल्लो समय सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु भएपछि र शिक्षण सिकाइमा सुधार आउन थालेपछि संस्थागत विद्यालय छाडेर सामुदायिक विद्यालयमा भर्ना गर्नेको सङ्ख्या बढेको छ । त्यसमध्ये गौतम पनि एक हुनुहुन्छ ।...
-
२०७६ बैशाख २०, शुक्रबार
‘कर्णालीको विकासका लागि गुरुयोजना बनाइने’
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकासका लागि गुरुयोजना तयार पारिने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले आगामी छ महीनामा कर्णाली प्रदेशको विकासका लागि गुरुयोजना तयार पारिने बताउनुभयो । उहाँले सडक, बिजुलीलगायतका क्षेत्रमा ध्यान दिएको र एकीकृत बस्ती विकास कार्यक्रम अघि बढाउन लागिएको जानकारी दिनुभयो । मुख्यमन्त्री...
-
२०७६ बैशाख २०, शुक्रबार
आफ्नै ओछ्यानमा मृत भेटिइन् मनिषा
सिरहा नगरपालिका–१४ खिरौनामा आज बिहान एक महिला आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिएकी छन् । सिरहा नगरपालिका–१४ खिरौनाकी २१ वर्षीया मनिषाकुमारी मण्डल मृतावस्थामा भेटिएको हो । मृतक मनिषाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहामा ल्याएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । मनिषाको हत्या हो वा आत्महत्या त्यस सम्बन्धमा अनुसन्धान भइरहेको...
-
२०७६ बैशाख २०, शुक्रबार
नेपाल आइस आन फुटसल सोमबारदेखि
नेपाल विज्ञापन सङ्घ आन को आयोजनामा सोमबारदेखि दोस्रो ‘नेपाल आइस आन फुटसल टुर्नामेन्ट’ आयोजना हुने भएको छ । प्रतियोगितामा नेपालका व्यावसायिक प्रतिष्ठान, सञ्चार गृह र विज्ञापन एजेन्सीका गरी ३२ टोलीले सहभागिता जनाउँदैछन् । सानेपाको फिल्ड फुटसलमा आयोजना हुन लागेको यस प्रतियोगिताको ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा हिच हाइकर ट्राभल्स, सगरमाथा टिभी, सफ्टनेट र सर्वोत्तम सिमेन्ट रहेका...
-
२०७६ बैशाख २०, शुक्रबार
नेपालमा चक्रवात ‘फानी’को प्रभाव
चक्रवात ‘फानी’का कारण नेपालको मौसम परिवर्तन भइ मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित वर्षा हुने देखिएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म देखिएको छैन । यद्यपि यसको प्रभावबाट नेपालको पूर्वी र मध्यक्षेत्रमा आज र भोलि हावाहुरीसहित हल्कादेखि भारी वर्षा हुने महाशाखाका मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो । हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना...
-
२०७६ बैशाख २०, शुक्रबार
प्रेसलाई कुण्ठित गरेर मुलुकको समृद्धि सम्भव छैन
प्रेसलाइ कुण्ठित गरेर मुलुकको समृद्धि सम्भव नभएकामा जोड दिइएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले आज बुटवलमा आयोजना गरेको प्रेस स्वतन्त्रता ः लोकतन्त्रको आधार विषयक अन्तरसंवाद कार्यक्रममा सहभागी वक्ताले राजनीतिक र सामाजिक परिवर्तनमा प्रेसको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नुभयो । प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रेस कमजोर भए लोकतन्त्र र...
-
२०७६ बैशाख २०, शुक्रबार
कार दुर्घटनामा एकको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिकाको कैला खोला नजिकै आज बिहान कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । दाङबाट कपिलवस्तुको चन्द्रौटा तर्फ जाँदै गरेको बा १४ च ८४४५ नं को कार दुर्घटना हंँदा कारमा सवार रामपुर ६ दाङका ४७ वर्षीय तीर्थ आचार्यको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक बाबुराजा पन्तले बताउनुभयो । यसैगरी कारमा...


