STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रिय

  • २०७५ चैत्र २७, बुधबार

    वालिङ र छाता संस्था नेपालबीच सम्झौता

    स्याङ्जाको वालिङ नगरपालिका र छाता संस्था नेपालबीच मङ्गलबार सम्झौता भएको छ । नगरपालिकाको तर्फबाट नगरप्रमुख दिलीपप्रताप खाँण र छाता संस्था नेपालका तर्फबाट अध्यक्ष मेघ आलेबीच सम्झौतामा हस्ताक्षर भएको हो ।  छाता संस्था नेपालले नगरपालिकामा ७५ बालबालिकालाई छात्रवृत्ति वितरण, ५० घर परिवारलाई आय आर्जनमूलक कार्यक्रमसम्बन्धी सहयोग, दुई वटा विद्यालयको विद्यालय वातावरण र शिक्षकको सीप अभिवृद्धिका लागि समुदाय...

  • २०७५ चैत्र २७, बुधबार

    सरकारले बनाएका घरले गाउँकै मुहार फेरियो

    कुनै बेला घिचिमिची तथा जताततै फोहर देखिने जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ को पिपल्ला तथा राजपुरस्थित ढोलपडा गाउँ हिजोआज निकै भिलिमिली र सफासुग्घर देखिन थालेको छ । झट्ट हेर्दा पर्यटकीयबस्ती जस्तो देखिने उक्त गाउँमा नेपाल सरकारको जनता आवास कार्यक्रमले स्थानीयवासीका घरनिर्माण गर्दा रमाइला देखिएका हुन् । गाउँभरीमा एकै नासका घर र एकै रङ्गका जस्तापाताले छाउँदा गाउँनै रमाइलो देखिएको राजपुरका बासिन्दा...

  • २०७५ चैत्र २७, बुधबार

    भारतमा भोलि मतदानः कसले जित्ला चुनाव

    भारतमा लोकसभा निर्वाचनका लागि भोलिदेखि मतदान हँुदैछ । निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ । निर्वाचनमा कसले जित्ला भन्ने तर्कहरुले भारतीय अखबारका पाना रंगिएका छन् । टेलिभिजनमा बिहानदेखि साँझसम्मको चर्चा पनि यही छ । तर चुनाव जित्नेको तस्बिर अझै धमिलै छ्, कसैको पक्षमा सङ्लिएको देखिँदैन । तर यतिबेला भने सारा भारतीयहरु प्रधानमन्त्री नरेन्द्र मोदीका पाँच वर्षअघिका बाचा सम्झिएका...

  • २०७५ चैत्र २७, बुधबार

    स्थानीय पाठ्यक्रममा बिपीदेखि विकलसम्म 

    शैक्षिक सत्र २०७६ देखि नै लागू गर्ने गरी गोकर्णेश्वर नगरपालिकाले स्थानीय पाठ्यक्रम पारित गरेको छ । नगरपालिकाका आधारभूत तहका शिक्षण संस्थामा लागू गर्नेगरी कार्यपालिकाको बैठकले पाठ्यक्रम स्वीकृत गरेको प्रवक्ता एवं वडाध्यक्ष मनोजकुमार ढुङ्गानाले जानकारी दिनुभयो ।  नगरपालिकाभरका सबै विद्यालयले एउटा विषय स्थानीय पाठ्यक्रमका पाठ्यपुस्तक समावेश गर्नुपर्नेछ । पाठ्यक्रम पारित गरी पाठ्यपुस्तक छाप्न दिइएको...

  • २०७५ चैत्र २७, बुधबार

      संस्कृति संरक्षणमा जोड 

    गुरुङ समुदायले मङ्गलबार आफ्नो सांस्कृतिक पर्व टहोटेँ उल्लासमय वातावरणमा मनाएका छन् । प्रत्येक वर्ष साउन र चैत महीनाको अन्तिम मङ्गलबार सामूहिक रुपमा मनाउने गरिएको यस पर्वको अवसरमा गुरुङ समुदायको साझा संस्था ‘तमु धि’को आयोजनामा विरौंटाबाट गाजाबाजा र झाँकीसहित शुरु भएको ¥याली पोखरा बजारको मुस्ताङचोक, पृथ्वीचोक हुँदै तमु धिको भवनमा पुगेर सभामा परिणत भयो । सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री...

  • २०७५ चैत्र २७, बुधबार

    उत्कृष्ट विद्यालयलाई प्रोत्साहन गरिने

    ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा एसइई मा उत्कृष्ट हुने विद्यार्थी र विद्यालयलाई आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिका क्षेत्रभित्रबाट बढी नम्बर ल्याएर एसइई पास गर्ने विद्यार्थीलाई उच्च शिक्षाका लागि प्रोेत्साहनस्वरुप रु १० हजार र विद्यालयलाई थप हौसलास्वरुप रु एक लाख दिने भएको हो । शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले उत्कृष्ट विद्यार्थी र विद्यालयलाई...

  • २०७५ चैत्र २७, बुधबार

    जेठ १७ देखि तातोपानी नाका सञ्चालनमा आउने

    भूकम्पपछि बन्द भएको तातोपानी नाकाको पछिल्लो अवस्था बुझ्न सरकारी उच्च प्रतिनिधि टोलीले स्थलगत निरीक्षण गरेको छ । नाका पुनः सञ्चालनमा ल्याउन पुनःनिर्माण भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्री, प्रधानमन्त्री कार्यालयका सल्लाहकार, पुनःनिर्माण प्राधिकरणका प्रमुख, सासंदलगायतको टोलीले मङ्गलबार नाका क्षेत्रमा पुगेर निरीक्षण गरेका हुन् । एक साताअघि भूकम्प प्रभावित १४ जिल्लाका...

  • २०७५ चैत्र २७, बुधबार

    ‘राष्ट्रिय कलाश्री सम्मान–२०७५’ वैरागी काइँलालाई 

    यस वर्षको ‘राष्ट्रिय कलाश्री सम्मान–२०७५’ नेपाल प्रज्ञाप्रतिष्ठनका पूर्व कुलपति वैरागी काइँलालाई प्रदान गरिने भएको छ । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले विगत ११ वर्षदेखि हरेक वर्ष भाषा, साहित्य, कलासंस्कृति र सङ्गीतका साधकलाई प्रदान गर्दै आएको उक्त सम्मान यसवर्ष उहाँलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष मोमिला जोशीले जानकारी दिनुभयो । सम्मानको राशि रु एक लाख रहेको छ । त्यसैगरी रु...

  • २०७५ चैत्र २७, बुधबार

    ‘दुराडाँडा महोत्सव’ नयाँ वर्षमा

    शैक्षिक, सामाजिक र सांस्कृतिक महत्व बोकेको लमजुङ दुराडाँडामा ‘ऐतिहासिक दुराडाँडा महोत्सव–२०७६’ हुने भएको छ । दुराडाँडा सेवा समाज र दुरा सेवा समाजको मुख्य आयोजनामा ऐतिहासिक, सामाजिक र सांस्कृतिक सम्पदाको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न वैशाख १ देखि ३ गतेसम्म उक्त महोत्सव गर्न लागिएको हो । महोत्सव समितिले मङ्गलबार यहाँ पत्रकार सम्मेलन गरी विसं २००६ मा उच्च जातिले हलो जोतेर ‘हलो क्रान्ति’...

  • २०७५ चैत्र २७, बुधबार

    दुर्गम बस्तीमा खानेपानीको समस्या

    दलित र जनजाती समुदायको बाहुल्यता रहेको बारेकोट गाउँपालिका–२ रोकायगाउँमा वर्षेनी खानेपानीको समस्या भए पनि समाधान हुनसकेको छैन् । करीब ३५० घरपरिवार रहेको सो गाउँमा खानेपानीका लागि पटक÷पटक आवाज उठाए पनि सुनुवाइ नभएको स्थानीयवासीको भनाइ छ । स्रोत तथा मुहान अभावमा उक्त वडाको रोकायगाउँ, विउरी, मुग्रेगाउँ, गैरागाउँ, अएर्न, भुरारा, ढाडदारा, लिम्सा, बुढागाउँलगायत टोलका स्थानीयवासी समस्यामा परेका छन् ।...

  • २०७५ चैत्र २७, बुधबार

    भक्तपुरमा फेरि बर्डफ्लु

    सूर्यविनायक नगरपालिका–१ दधिकोटमा रहेको फार्मको कुखुरामा फेरि एचवानएनवान भाइरस बर्डफ्लु भेटिएपछि रातारात कुखुरा नष्ट गरिएको छ । दधिकोटस्थित अनुस्कृत कुखुरा फार्ममा रहेको ब्रोइलर कुखुरामा बर्डफ्लु भेटिएपछि गए राति कुखुरा मारिएको छ । फार्म सञ्चालक मधुराम न्यौपानेको कुखुरा फार्ममा ब्रोइलर कुखुरामा बर्डफ्लु भएको पाइएपछि गए राति दुई हजार २०० ब्रोइलर कुखुरा नष्ट गरिएको छ । फार्ममा रहेका कुुखुरामा...

  • २०७५ चैत्र २७, बुधबार

     ‘पाँच वर्षमा सुकुम्वासी समस्या समाधान हुने’ 

    गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले अबका पाँच वर्षमा सबै सुकुम्वासीले लालपूर्जा भएको जग्गा पाउने बताउनुभएको छ । राष्ट्रिय भूमी अधिकार मञ्च कास्कीको आयोजनामा पोखरामा गरिएको नयाँ वर्षको पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भूमीहीन जनताले पाँच वर्षभित्र सबैले लालपूर्जा पाउने गरी सरकारले कार्य गरिरहेको बताउनुभयो ।  राष्ट्रिय भूमी अधिकार मञ्चका केन्द्रीय संरक्षक ल्यामबहादुर...

Pages