राष्ट्रिय
-
२०७६ बैशाख १८, बुधबार
शैक्षिक संस्थाका जग्गा अतिक्रमण बढ्दै
कैलालीमा शैक्षिक संस्थाको जग्गा अतिक्रमण हुने क्रम बढ्दो छ । रामपुर कृषि विश्वविद्यालयमार्फत् सञ्चालित टीकापुरस्थित कृषि क्याम्पसको जग्गा अतिक्रमण हुन थालेको छ । क्याम्पसले आफ्नो जग्गामा तारबार लगाउने क्रममा केही व्यक्तिले टहरा बनाई अवरोध गरेका छन् । “क्याम्पसलाई जग्गा छुट्याउने बेला दुई घर थिए केही दिनमै दुई घर थपिएका छन्”, वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयका सदस्य सचिव कृतिसिंह बमले...
-
२०७६ बैशाख १८, बुधबार
मानव बेचबिखन नियन्त्रणका लागि विद्यमान कानून अपर्याप्त
मानव बेचबिखन र ओसारपसार नियन्त्रणका लागि विद्यमान कानूनमा परिमार्जनको आवश्यकता देखिएको छ । मानव बेचबिखनको बदलिँदो परिस्थितिमा मुलुकमा विद्यमान मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी ऐन २०६४ र मानव अङ्ग प्रत्यारोपण ऐन २०५५ एकापसमा बाझिँदा नियन्त्रणमा जटिलता देखिएको हो । पैसाको प्रलोभन तथा डर, धाक, धम्की देखाएर मानव अङ्गको बेचबिखन कार्य हुँदै आएको छ । जनअधिकार संरक्षण विकास मञ्चका शतिसकुमार शर्माले...
-
२०७६ बैशाख १८, बुधबार
दुवै मिर्गौलामा समस्या सहयोगको अपेक्षा
झट्ट सुन्दा पनि कहाली लागेर आउँछ, १२ वर्षकै कलिलो उमेरमा कल्पनाका दुवै मिर्गौलामा समस्या आएपछि यतिखेर उहाँका बाबु वीरबहादुर पुन यतिखेर ठूलो चिन्तामा हुनुहुन्छ । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट स्थायी बसोबास भई हाल पोखरा महानगरपालिका–३३ भरतपोखरीको तिक्लाङ बसी दैनिक मजदुरीबाट जीवनयापन गर्दै आउनुभएका वीरबहादुर र उहाँकी श्रीमती सीतालाई यतिखेर छोरीको उपचार कसरी गर्ने भन्ने चिन्ताले सताइरहेको छ...
-
२०७६ बैशाख १८, बुधबार
महिला प्रहरी निरीक्षक पाण्डे पुरस्कृत
अपराध नियन्त्रण तथा अनुसन्धान मूल्याङ्कनमा उत्कृष्ट कार्य गर्ने काठमाडौँको प्रहरी प्रभाग साँखुमा कार्यरत महिला प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनाल पुरस्कृत हुनुभएको छ । नेपाल प्रहरीको जिम्मेवारी इमान्दारी र कर्तव्यनिष्ठ भई अपराध नियन्त्रण गर्दै आम जनसमुदायमा प्रहरीको छवि सकारात्मक राख्न सकेको भन्दै निरीक्षक पाण्डेलाई पुरस्कृत गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक...
-
२०७६ बैशाख १८, बुधबार
श्रमिक दिवसको शुभकामना
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले १३०औँ श्रमिक दिवसका अवसरमा जीवन र रोजगारीको समेत प्रवाह नगरी लोकतन्त्र प्राप्तिका आन्दोलनमा होमिएका नेपाली श्रमिकप्रति सम्मान व्यक्त गर्नुभएको छ । चीन भ्रमणमा रहनुभएका पौडेलले एक सन्देश प्रकाशन गरी नेपाली श्रमिकहरुलाई बधाई तथा शुभकामना दिँदै नेपालको राजनीतिक परिवर्तनमा नेपाली श्रमिकले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । “आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र...
-
२०७६ बैशाख १७, मंगलबार
जापानी नागरिकद्वारा विद्यालयमा अक्षयकोष स्थापना
जापानी नागरिक काजुमासा काकिमी ओकेबाजे ले सिन्दुर आधारभूत विद्यालय निस्दी गाउँपालिका–६ अर्चलेमा अक्षयकोष स्थापना गर्नुभएको छ । यहाँ अध्ययनरत विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले उहाँले झोला अक्षयकोष शीर्षकमा रु ८० हजार बराबरको अक्षयकोष स्थापना गर्नुभएको हो । सो रकम विद्यालयमा अध्ययनरत सबै विद्यार्थीको शैक्षिक पठनपाठनमा खर्च गर्ने सहमतिअनुसार ओकेबाजेले अक्षयकोष स्थापना गरिदिनुभएको छ...
-
२०७६ बैशाख १७, मंगलबार
अण्डा बिक्री नहुँदा व्यवसायीलाई चिन्ता
आयातित अण्डाको मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा तनहुँका कुखुरापालक कृषक चिन्तित भएका छन् । भारत र चितवनलगायतका विभिन्न स्थानबाट सस्तो मूल्यका अण्डा बजारमा भित्रिएपछि यहाँ उत्पादन हुने अण्डाको बिक्री हुन छाडेपछि उनीहरु चिन्तित भएका हुन् । जिल्लामा दैनिक रुपमा ८४ हजार अण्डा उत्पादन हुँदै आएको छ । आयातित अण्डासँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा उत्पादनको झन्डै २० प्रतिशत मात्र बिक्री हुने गरेको...
-
२०७६ बैशाख १७, मंगलबार
मोटरेबल पुल अलपत्र, जोखिम मोलेर काठेपुल वारपार
ठुलीभेरी नगरपालिका–९ मा पर्ने रुपगाडखोलामा पुल निर्माणकार्य अलपत्र परेको छ । जिल्ला प्राविधिक कार्यालयले रेखदेख गर्ने गरी तीन वर्षअघि शिलान्यास गरिएको पक्की पुल विषयगत कार्यालयको खारेजीसँगै निर्माणकार्य अलपत्र परेको हो । लामो समयदेखि निर्माणकार्य अलपत्र भएपछि सवारीसाधन तथा पैदलयात्रीलाई आवतजावतमा समस्या भएको छ । पुल नबन्दा सदरमुकाम दुनै तथा उपल्लो डोल्पामा विभिन्न पर्यटकीय सम्पदा अवलोकनका लागि...
-
२०७६ बैशाख १७, मंगलबार
सुकुलसँगै रमाउँदै सिद्धिपुरका महिला
वैशाखको उखरमाउलो गर्मीमा सिद्धिपुरका महिला भने परालबाट जुत्ता बनाउँदै गरेको भेटिए । गर्मीको समयमा बाहिर काम गर्न नसकिने भन्दै उनीहरु एकै ठाउँमा भेला भएर काम गरेका हुन । सुकुल, गुन्द्री, चकटीलगायतका परम्परागत सामग्री सबै महिलाले बनाउन जाने पनि अरु सामग्री बनाउन तालीम लिएकाले मात्रै जान्दछन् । उनीहरु आफूसँग भएको सीप साथीलाई बाँड्छन् र मिलेर काम गर्छन् । चक्रपथबाट झण्डै चार किलोमिटर दूरीमा रहेको...
-
२०७६ बैशाख १७, मंगलबार
डोजर प्रयोगले खानेपानी र विद्युत् सेवा अवरोध
बाजुराको बूढीनन्दा नगरपालिका–२ कोल्टीमा खानेपानीको हाहाकार भएको छ । साथै यहाँका स्थानीयबासी महीना दिनदेखि अँध्यारोमा बस्न बाध्य छन् । आरसी आइडब्लुले कोल्टीबाट नुरी जाने बाटो खन्दा खानेपानीको पाइप अवरुद्ध पारेको छ भने नगरपालिकाकै सिराडी जाने बाटो निमार्ण गर्दा बिजुली बत्ती अवरुद्ध बनेको हो । बजार र बजारक्षेत्र आसपासका गाउँमा खानेपानी भए पनि अहिले स्थानीयवासी खोलाको पानी खान बाध्य छन् । बिजुली र...
-
२०७६ बैशाख १७, मंगलबार
माग र आवश्यकताका आधारमा संविधान संशोधन हुन्छ – अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार परिमार्जन र संशोधन हुने बताउनुभएको छ । अध्यक्ष दाहालले भन्नुभयो, “संविधान जनताको माग तथा आवश्यकताअनुसार परिमार्जन, विकास र संशोधन हुन्छ । त्यसमा नेकपा स्पष्ट छ ।” प्रदेश नम्बर २ मा क्रियाशील मधेश तराई फोरमका नेता तथा कार्यकर्तालाई आज पार्टीमा स्वागत गर्दै उहाँले संविधानलाई जीवन्त...
-
२०७६ बैशाख १७, मंगलबार
बस टिकट काउन्टरमा कार्यरत कर्मचारीलाई अनिवार्य पोशाक
सार्वजनिक बसका टिकट काउन्टरमा कार्यरत कर्मचारीले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । काठमाडौँ महानगरपालिका, ट्राफिक प्रहरी र यातायात व्यवसायीको छलफल अनुसार अब सार्वजनिक बसका टिकट काउण्टरमा कार्यरत कर्मचारीले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउदेश्यीय प्रालिको संयुक्त आयोजनामा उक्त अभियान...


