STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ बैशाख १५, आइतबार

    भ्रष्टाचार विरुद्धको अभियान शुरु गरिने

    जिल्लाका ११ वटै स्थानीय तहमा हुने विकास गतिविधिका बेथितिबारे खबरदारीका साथै सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले गठन गरिएको नागरिक निगरानी केन्द्रले भ्रष्टाचार विरुद्ध तीनमहीने सार्वजनिक बहस अभियान घोषणा गरेको छ । सबै स्थानीय तहमा सुशासन, सूचनको हक, नागरिकको भूमिका, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कर्तव्य र अधिकारसँगै स्थानीयवासीले विकासे गतिविधिमा कसरी खबरदारी गर्ने भन्नेबारे सो अभियान...

  • २०७६ बैशाख १५, आइतबार

    देशभर कक्षा १२ को परीक्षा शुरु, चार लाख २८ हजार परीक्षार्थी सामेल

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट देशभर एकैसाथ शुरु भएको छ ।   आज बिहान ७ बजेबाट देशभरका एक हजार १०७ परीक्षा केन्द्रहरुमा शान्तिपूर्ण रुपमा परीक्षा शुरु भएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । कक्षा १२ को परीक्षामा चार लाख २८ हजार ५२ परीक्षार्थी सहभागी भएको उहाँले जानकारी दिनुभयो ।  आगामी २६...

  • २०७६ बैशाख १५, आइतबार

    लगानीका लागि राष्ट्रपतिको आग्रह

    राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजार चाइना कमर्शियल स्टक इण्टरप्राइजेज को संयुक्त आर्थिक समिति ९इकोनोमिक ज्वाइण्ट कमिटी का अध्यक्ष वाङ फुकिङ तथा चीन – नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुख व्यक्तित्वसँग भेटवार्ता गर्नुभएको छ । उक्त अवसरमा राष्ट्रपति भण्डारीले नेपाल–चीन आर्थिक तथा व्यापार मञ्चको बैठक आयोजना गरेकामा धन्यवाद व्यक्त गर्दै नेपालको परिस्थिति अनुकूल भएको, आर्थिक...

  • २०७६ बैशाख १५, आइतबार

    कर्मचारीमाथि मुद्दा दायर

    विभिन्न बहानामा सेवाग्राहीसँग घुस लिने १९ कर्मचारीलाई रङ्गेहात पक्राउ गरी मुद्दा दायर गरिएको अख्तियार दरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षको पहिलो नौ महीनामा उनीहरुलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको कार्यालयले जनाएको हो । पक्राउ पर्नेमा निजामती प्रशासन, प्राविधिक तथा प्रहरीतर्फका तल्लो तहदेखि अधिकृतस्तरका कर्मचारी हुन् ।  कार्यलयका सूचना अधिकारी देवकुमार...

  • २०७६ बैशाख १५, आइतबार

    छ नाउर र तीन झारलको सिकार

    ढोरपाटन सिकार आरक्षमा दोस्रो शिकार याममा छ नाउर र तीन झारलको सिकार भएको छ । आरक्षमा यस वर्षको दोस्रो सिकार यामका लागि १० नाउर र चार झारलको सिकार खेल्ने अनुमति दिइएकामा सिकार कम्पनीहरुले छ नाउर र तीन झारल मात्रै सिकार गर्न सफल भएको आरक्ष कार्यालयले जनाएको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षलाई विश्वका साहसिक सिकारीहरुले आफ्नो प्रमुख गन्तव्यका रुपमा लिदै आएका छन् । सिकारका लागि...

  • २०७६ बैशाख १५, आइतबार

    आयआर्जन गर्न अपाङ्गतालाई बाख्रा सहयोग

    आयआर्जनका निम्ति उपहारस्वरुप बाख्रा पाएपछि अपाङ्गतामा खुशीयाली छाएको छ । रामपुर नगरपालिका–२ को कार्यालयले अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेर बाख्रा वितरण गरेपछि उनीहरुमा खुशी र उमङ्ग छाएको हो । अपाङ्गता भएका व्यक्ति भनेपछि घरपरिवार, छरछिमेक, आफन्त, साथीभाइले हेयको दृष्टिकोण राख्ने गर्छन् । आयआर्जन गर्न उनीहरुलाई अन्यत्र जान सहज छैन । गाउँघरमै बसी बाख्रापालन व्यवसाय गरेर आम्दानी गर्न उत्प्रेरित...

  • २०७६ बैशाख १५, आइतबार

    सडकमा कोही भोकै हिँड्नुपर्दैन ः प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले खान, बस्न नपाएर कोही पनि नागरिक मगन्ते भएर सडकमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभएको छ । राष्ट्रिय योजना आयोगको आजको पूर्ण बैठकमा अध्यक्षता गर्दै उहाँले गरीब र अशक्तलाई सरकारले खान र बस्नका लागि जिम्मा लिने भएकाले आगामी पन्ध्रांैँ योजनाको अवधिमा निरपेक्ष गरीबीको रेखामुनिको प्रतिशतमा उल्लेखनीय गिरावट आउने जिकिर गर्नुभयो । आयोगका अध्यक्ष ओलीले भन्नुभयो,“हामी...

  • २०७६ बैशाख १५, आइतबार

    विधेयक सर्वसम्मतिले पारित

    प्रदेश नं ५ को प्रदेशसभाले आज प्रदेश नं ५, सङ्घसंस्थाको दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेकोे छ । सभामुख पूर्णबहादुर घर्तीले सो विधेयक निर्णयार्थ सभामा प्रस्तुत गरेपछि विधेयक पारित भएको थियो । प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।  यसअघि प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य...

  • २०७६ बैशाख १५, आइतबार

    विद्यार्थी कम भएपछि विद्यालय समायोजन

    विद्यार्थी कम हुँदै गएपछि तनहुँको भिमाद नगरपालिकामा सञ्चालित तीन वटा सामुदायिक विद्यालयलाई समायोजन गरिएको छ । वडा नं ९ को हिमालय आधारभूत विद्यालय, भिमाद वडा नं ५ को गणेशमान स्मृति आधारभूत विद्यालय र वडा नं ८ को जनशक्ति आधारभूत विद्यालयलाई क्रमशः भैरव आधारभूत विद्यालयमा, दीपक माविमा र जय नेपाल आधारभूत विद्यालयमा समायोजन गरिएको उक्त नगरपालिकाका शिक्षा शाखाप्रमुख नगेन्द्रराज पौडेलले जानकारी दिनुभयो...

  • २०७६ बैशाख १५, आइतबार

    निकुञ्जमा जनावर मर्ने क्रम बढ्दो

    बाराको पथलैयादेखि अमलेखगञ्ज तथा पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा अत्याधिक गतिमा सवारीसाधन चलाउँदा पर्सा राष्ट्रिय निकुञ्जमा रहेका जनावर सवारीसाधनको ठक्करबाट मर्ने क्रम बढ्दै गएको छ ।   प्रदेश नं २ को एक मात्र पर्सा राष्ट्रिय निकुञ्जको मध्यभाग भएर सडक विस्तार भएपछि त्यस क्षेत्रमा अत्यधिक गतिमा सवारीसाधन चलाउँदा जनावर ओहोरदोहोर गर्ने क्रममा ठक्कर लागेर मर्ने क्रम बढ्दै गएको निकुञ्जका सहायक संरक्षण...

  • २०७६ बैशाख १५, आइतबार

    अध्यक्षको तलबबाट विपन्नलाई सहयोग

    दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले आफूले पाएको पारिश्रमिकमध्येको रु एक लाख ८० हजार रकम गाउँपालिकाभित्र रहेका विपन्न, दलित, द्वन्द्वपीडित र जेहेन्दार व्यक्तिलाई हस्तान्तरण गर्नुभएको छ । गाउँपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले निर्वाचन भएको दुई वर्षको अवधिसम्म प्राप्त गरेको पारिश्रमिकमध्येकै रकमबाट विभिन्न समस्या भएका सातजना व्यक्तिलाई रु एक लाख ८० हजार...

  • २०७६ बैशाख १५, आइतबार

    चिया उद्योगी विरुद्ध आन्दोलन

    आन्दोलनमा उत्रिएका चिया मजदुरले आज झापाको विर्तामोडमा चिया उद्योगीको पुल्ला दहन गरेका छन् ।   विगत २८ दिनदेखि आन्दोलनमा रहेका नेपाल चिया बगान श्रमिक सङ्घ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदुर सङ्घमा आवद्ध मजदुरले उद्योगीविरुद्ध चर्को नाराबाजी गर्दै पुत्ला दहन गरेका हुन् ।  सरकारले राजपत्रमै प्रकाशित गरी चिया मजदुरको न्यूनतम ज्याला तोके पनि उद्योगीले सो अनुसारको ज्याला...

Pages