राष्ट्रिय
-
२०७६ बैशाख १७, मंगलबार
किन बढी हुन्छन् सार्वजनिक अपराधका घटना
मुलुकमा अन्य अपराधको तुलनामा सार्वजनिक अपराधका घटना निक्कै बढी हुन्छ । अपराधको पहिलो तह मानिने यस्ता कसुरका प्रकृति धेरै हुने भएकाले जुनसुकै स्थानमा पनि घट्न सक्छ । यस्ता अपराधको बेवास्ता गरी रोक्नतर्फ लागिएन भने गम्भीर प्रकृतिको घटना निम्तिने खतरा हुने सुरक्षा अधिकारीको भनाइ छ । नेपालमा प्रहरीको तथ्याङ्कले समेत सार्वजनिक अपराधका घटना बढी देखिनु गम्भीर प्रकृतिका अपराध बढाउन सक्ने सङ्केत हो ।...
-
२०७६ बैशाख १७, मंगलबार
ह्विलचियरले ल्यायो अपाङ्गताको मुहारमा खुशी
तनहुँको रिसिङ गाउँपालिका–७ का भक्तबहादुर आले छ वर्षदेखि विनासहारा हिँड्डुल गर्न सक्नुहुन्न । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा रहँदा दुर्घटनामा परेर उहाँ अपाङ्ग हुनुभएको थियो । त्यसयता उहाँ ह्विलचियरको सहाराले हिँड्डुल गर्नुहुन्छ । मलेशियाबाट ल्याएको ह्विलचियर पुरानो भएपछि उहाँलाई केही असहज अवस्था उत्पन्न भएको थियो । रिसेड तनहुँले राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजको सहयोगमा नयाँ ह्विलचियर...
-
२०७६ बैशाख १७, मंगलबार
बुद्ध जयन्तीको तयारी शुरु
२५६३ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको तयारी शुरु भएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतम बुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । यस पटक जेठ ४ गते परेको बुद्ध जयन्तीलाई भव्य बनाउन लुम्बिनी विकास कोषले विभिन्न समिति गठन गरेर तयारी थालेको हो । बुद्ध जयन्तीको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा ५६३ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ भने विकास कोषका...
-
२०७६ बैशाख १७, मंगलबार
असिनाका कारण कृषक मर्कामा
पोखरामा सोमबार दिउँसो परेको असिनाका कारण बालीनालीमा क्षति पु¥याएपछि कृषक मर्कामा परेका छन् । व्यावसायिक कृषि सञ्चालन हुँदै आएका कास्कीको बाघमारा, मालेपाटन, छोरेपाटन, विरौटालगायतका क्षेत्रमा असिनाले ठूलो क्षति पु¥याएको छ । असिनाले फल्दै गरेको लहरेबालीका साथै मौरीपालक किसानलाई पनि क्षति पु¥याएको लामगादी मौरीपालन केन्द्र पोखरा महानगरपालिका–३३ का सञ्चालक शिवराज भण्डारीले जानकारी दिनुभयो । लगातार...
-
२०७६ बैशाख १७, मंगलबार
मासु उद्योगको प्रदूषण, स्थानान्तरण गर्न सिफारिस
वीरगञ्ज महानगरपालिकास्थित मासुजन्य तथा हड्डी प्रशोधन उद्योगको स्थलगत अनुगमन प्रतिवेदन उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पेश गरिएको छ । समितिले गठन गरेको उद्योग, वाणिज्य तथा आपूर्ति उपसमितिका संयोजक कृष्णकुमार श्रेष्ठले आज समितिका सभापति बिमलप्रसाद श्रीवास्तवसमक्ष प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । समितिले गत कात्तिक ३० गते महानगरपालिका–१८ र २७ मा रहेको हड्डी मिल र मासु...
-
२०७६ बैशाख १७, मंगलबार
शालीग्राम सङ्ग्रहालय निर्माणको काम तीव्र
बागलुङ नगरपालिका–४ कुडुले फेदीमा सुरुङभित्रै निर्माण हुन लागेको शालीग्राम सङ्ग्रहालयको काम तीव्र गतिमा अघि बढेको छ । आगामी भदौ महीनाभित्रै सक्ने योजना बनाइएर कामलाई तीव्रता दिइएको हो । यो सङ्ग्रहालयको गत भदौमा शिलान्यास गरिएको थियो । सुरुङभित्रै कालीगण्डकी सभ्यता देखाउने भन्दै थालिएको काम तीव्र गतिमा अगाडि बढेको हो । करोडौँ खर्च लाग्ने अनुमान भए पनि ऋण र दानको भरमा निर्माणलाई निरन्तरता दिइएको...
-
२०७६ बैशाख १७, मंगलबार
डिप ट्युवेलको माग
प्रदेश नं १ को केही जिल्लामा भूमिगत जल सिँचाइका लागि डिप ट्युबेलको माग बढेको पाइएको छ । डिप ट्युबेल माग गर्ने जिल्लामा झापा, मोरङ, सुनसरी, इलाम र उदयपुर छन् । एक डिप ट्युबेलबाट सजिलैसँग ४० बिघा खेतमा सिँचाई सुविधा गर्न सकिने र यसका लागि कुनै पनि समस्या किसानले व्यहोर्न नपर्ने भएकाले यसको माग बढेको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय विराटनगरका प्रमुख सुरेन्द्र साहले बताउनुभयो । डिप...
-
२०७६ बैशाख १७, मंगलबार
शिक्षा प्रणाली सुधार गर्नुपर्ने
प्रदेश नं ३ का कार्यवाहक मुख्यमन्त्री सालिकराम जम्कट्टेलले शिक्षा प्रणाली देशको आवश्यकताअनुसार नभएको भन्दै शिक्षा क्षेत्रमा विकास गर्न नसकिएको बताउनुभएको छ । प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालयको आयोजनामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले शिक्षा क्षेत्रमा नीति योजना बनाउँदा प्राविधिक विषय कृषि, पर्यटन,...
-
२०७६ बैशाख १७, मंगलबार
हात्ती व्यवस्थापन कार्ययोजना ल्याइँदै
नेपालमा हात्तीको व्यवस्थापनका लागि कार्ययोजना निर्माण थालिएको छ । हात्ती व्यवस्थापनसम्बन्धी १० वर्षे कार्ययोजना पुरानो भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले पाँचवर्षे नयाँ कार्ययोजना निर्माण थालेको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष र उज्यालो नेपालको सहयोगमा पूर्व, मध्य र पश्चिम गरी तीन क्षेत्रमा सुझाव सङ्कलन थालिएको छ । पश्चिम बर्दियामा सुझाव सङ्कलन पछि सोमबार चितवन राष्ट्रिय निकुञ्ज...
-
२०७६ बैशाख १६, सोमबार
राउटे भन्छन् ‘सरकार हामीलाई खाद्यान्न र पाल देऊ’
सामान्यतया, चैत वैशाखमा अत्यधिक गर्मी हुन्छ । तर यो वर्ष चैत वैशाखमै बर्खा लागेजस्तै भयो । त्यही कारण खोलाको बिचमै बसेका फिरन्ते जाती राउटे खोला बढ्ने डरले अली पर सरेका छन् । सुर्खेतको गुर्माकोट नगरपालिका–१३ बेतेनी खोला बिचमै बसेका राउटे समुदाय खोला तर्काउन लगाइएको तटबन्धदेखि करीब दुई समय मिटर पर बसाइँ सरेका छन् । प्रतिनिधिसभा सदस्य डा डिला सङ्ग्रौला त्यहाँ पुग्दा राउटे मुखिया सूर्यनारायण शाहीले...
-
२०७६ बैशाख १६, सोमबार
भाषा जोगाउन सक्रिय बन्दै गुरुङ समुदाय
आफ्नो भाषा संरक्षण गर्न गुरुङ समुदाय सक्रिय बन्न थालेका छन् । पछिल्लो समय नयाँ पुस्ताले गुरुङ भाषा बिर्सिंदै जान थालेको भन्दै यसको संरक्षणमा आफूहरु सक्रिय बनेको गुरुङ राष्ट्रिय परिषद् प्रदेश नं–५ का अध्यक्ष खुमबहादुर गुरुङले बताउनुभयो । “पछिल्लो समय नयाँ पुस्ताले गुरुङ भाषा भुल्दै गएका छन्”, उहाँले भन्नुभयो, “त्यसैले यसलाई संरक्षण गर्न हामी सक्रिय बन्दै गएका छौँ ।” यसै क्रममा दाङको लमहीमा...
-
२०७६ बैशाख १६, सोमबार
इरानमाथिको प्रतिबन्ध र अस्थिरताले आर्थिक वृद्धिमा
इरानमाथिको अमेरिकी प्रतिबन्ध, मध्यपूर्व र उत्तरी फ्रिकामा बढ्दो अराजकता तथा तेलको मूल्यमा भएको अस्थिरताले यस क्षेत्रको आर्थिक वृद्धिमा असर पर्न सक्ने अन्तर्राष्ट्रिय मुद्राकोषले जनाएको छ । कोषको अर्धवार्षिक आर्थिक परिदृश्यमा अस्थिरताले आर्थिक वृद्धिमा कालो बादल मडारिएको उल्लेख छ । “यस्तो अस्थिरताले लगानीकर्ताको विश्वास गुम्ने खतरा छ जसका कारण पूँजी पलायन हुने र परिवत्र्य मुद्राको सटहीमा दबाब...


