STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रिय

  • २०७५ चैत्र २६, मंगलबार

    आलेख ः ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने प्रयास 

    दिनहुँ जसो चोक परिवर्तन, समय उस्तै उस्तै । नेपालगञ्ज बजारमा सवारी हाँकिरहेका चालकहरू भने अनौठो मानिरहेका हुन्छन् । कहिले पुप्पलाल चोक, कहिले धम्बोझी चोक त कहिले बी पी चोक । कहिले साँझ त कहिले बिहान ।    काठमाडाँैंका व्यस्त चोकहरूको ट्राफिक व्यवस्थापन जस्तै झल्को दिने गरी ट्राफिक व्यवस्थापनलाई तालीममा रहेका ट्राफिक प्रहरीले सघाइरहेका छन् । बाँकेमा सवारी साधनको सङ्ख्या बढिरहेकाले ट्राफिक व्यवस्थापन...

  • २०७५ चैत्र २६, मंगलबार

     नेपाली प्रहरी चौकीमा भारतीय फोनको प्रयोग 

     दाङको नाका क्षेत्रका प्रहरी चौकीमा भारतीय फोन नम्बरको प्रयोग भइरहेको छ । नेपालका कुनै पनि सीमको टावरले काम नगर्ने भएपछि दाङको नाका क्षेत्रका प्रहरी चौकीले भारतीय फोन नम्बर प्रयोग गरिरहेका हुन् । नाका क्षेत्रका हरेक गतिविधि भएमा भारतीय फोन नम्बरबाट जिल्ला प्रहरीलाई जानकारी दिने गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो । “अझै पनि नाकामा नेपाली फोनले काम...

  • २०७५ चैत्र २६, मंगलबार

    खाद्यान्नभन्दा मदिरा धेरै बिक्छ कलेनामा

    दीपायल सिलगढी नगरपालिका वडा नं ९ लाई बत्तीमुनिको अँध्यारो क्षेत्रका रुपमा चिनिन्छ । जिल्ला सदरमुकाममै रहेको भए पनि वडा नं ९ सामाजिक चेतनाको विकास नभएकै कारण सबैभन्दा पछि परेको छ ।  थुप्रै सरकारी र गैर–सरकारी संस्थाहरुले कार्यक्षेत्र बनाएर लगानी गरे पनि त्यो ठाउँको अपेक्षित विकास हुन सकेको छैन । साविकको कलेना गाविसका रुपमा रहेको त्यो क्षेत्र मुख्यतया मदिराले मस्त रहने क्षेत्र हो । तुलनात्मक रुपमा...

  • २०७५ चैत्र २६, मंगलबार

    सबै सरकारी कार्यालय एउटै स्थानमा

    पूर्वी नवलपरासी जिल्लाका सबै सरकारी कार्यालयहरुलाई एउटै स्थानमा राखिने गरी सदरमुकाम कावासोतीमा कामको थालनी गरिएको छ । कावासोती–३ स्थित करिब १७९ बिगहा जग्गा क्षेत्रफलमा सबै सरकारी कार्यालयका भवन निमार्णका लागि कागजी प्रक्रिया अघि बढाइएको हो । पूर्वी नवलपरासीका सरकारी कार्यालय एउटै स्थानमा व्यवस्थापनका लागि कावासोतीमा कार्यालयको आगामी वैशाख ७ गते शिलन्यास गरिने कार्यक्रम तय भएको छ । शिलन्यासका लागि...

  • २०७५ चैत्र २५, सोमबार

    ‘डेमोक्रेटिक वाकाथन’ प्रतियोगिता हुने

    मुलुकमा बहुदलीय व्यवस्थाको पुनःबहाली भएको सम्झनामा ‘डेमोक्रेटिक वाकाथन’ प्रतियोगिता हुने भएको छ । विसं २०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको स्मृतिमा स्थापना गरिएको वीर गणेशमान सिंह फाउण्डेशको आयोजनामा मङ्गलबार ‘डेमोक्रेटिक वाकाथन’ प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता वसन्तपुर दमकल, न्यूरोड गेट, वीर अस्पताल, रत्नपार्क पुरानो बसपार्क, भद्रकाली, शहीदगेट हुँदै पुनः वसन्तपुर पुगेर समापन हुनेछ...

  • २०७५ चैत्र २५, सोमबार

    बागलुङमा चार सय एचआइभी सङ्क्रमित

    कुनै समय समाजमा खुल्न नसकेका बागलुङका एचआइभी एड्स सङ्क्रमित पछिल्लो समय खुल्न थालेका छन् । धौलागिरि अञ्चल अस्पतालको एआरटी ९एन्टी रेक्टो ट्रिटमेन्ट०सेन्टर को प्रभावकारी समन्वयमा रहेका एचआइभी सङ्क्रमित खुल्न थालेका हुन । अस्पतालमा विसं २०६३ मा स्थापना भएको एआटी सेन्टरले एचआइभी एड्स भए नभएको पहिचान गर्ने, सङ्क्रमितको परामर्श, परीक्षण तथा नियमित रुपमा औषधि उपचारमा प्रभावकारी भूमिका खेलेका कारण...

  • २०७५ चैत्र २५, सोमबार

    बालश्रमिक नभएका घरमा हरियो झण्डा

    जिल्लामा बालश्रम अन्त्य गर्न यहाँको दिपायल सिलगढी नगरपालिकाले बालश्रमिक नभएको घरमा हरियो झण्डा राख्न थालेको छ । बालश्रम भएकाको घरमा भने झण्डा राखिएको छैन । दिपायल सिलगढी नपा–४ का वडाध्यक्ष वीरेन्द्र शाहले आइतबार जिल्लाको प्रमुख व्यापारिक केन्द्र पिपल्ला तथा राजपुरमा बालश्रमिक नभएको घरमा हरियो झण्डा राख्ने अभियान सञ्चालन गर्नुभएको छ । डोटी जिल्लालाई नै बालश्रममुक्त घोषणा गर्ने अभियानअन्तर्गत हरियो...

  • २०७५ चैत्र २५, सोमबार

    ‘औद्योगिक उन्नयनका निम्ति निजी क्षेत्रसँग साझेदारी’ 

     प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको औद्योगिक उन्नयनका निम्ति निजी क्षेत्रसँग साझेदारी गर्दै अघि बढ्ने नीति अङ्गीकार गरिएको बताउनुभएको छ । ‘कानूनी सुधारः समृद्धिको आधार’ विषयमा केन्द्रित रहेर नेपाल उद्योग परिसङ्घको आज राजधानीमा भएको १६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि सरकारले निजी क्षेत्रलाई सधँै सघाइरहने बताउनुभयो ।  “देशको आर्थिक...

  • २०७५ चैत्र २५, सोमबार

    पर्यटन विकासका लागि ‘फिल्ड’ कार्यालय

    पर्यटन विकासका लागि ‘फिल्ड’ कार्यालय सुदूरपश्चिम प्रदेशमा पर्यटनका तीन वटा ‘फिल्ड’ कार्यालय स्थापना गर्ने तयारी अघि बढाइएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बैतडी, दार्चुला र डडेल्धुरालाई केन्द्रित गरी बैतडीमा डोटी, अछाम, बझाङ र बाजुरालाई केन्द्रीत गरी डोटीमा तथा कैलाली र कञ्चनपुरलाई केन्द्रीत गरेर कैलालीमा पर्यटन विकास फिल्ड कार्यालय राख्ने तयारी अघि बढाइएको हो । प्रदेश...

  • २०७५ चैत्र २५, सोमबार

     जनतालाई अँध्यारोमा राख्ने सक्रिय हुन खोजे  घिसिङ

     विगतमा अनाधिकृतरुपमा विद्युत्भार कटौती गर्ने पुनःसल्बलाएको नेपाल विद्युत् प्राधिकरणले टिप्पणी गरेको छ । प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङमाथि गलत लाञ्छना लगाएर पुनःप्राधिकरणलाई असफल बनाउन सकिन्छ कि भन्ने मनसाय राखेको बताउनुभयो ।  उपभोक्तालाई सहजरुपमा विद्युत् सेवा उपलब्ध गराउन प्राधिकरण सक्रिय रहेको भन्दै उहाँले हुँदै नभएका विषयमा अफवाह फैलाएर प्राधिकरणको...

  • २०७५ चैत्र २५, सोमबार

    पाइपलाइन ओछ्याउन सात किमी मात्रै

    नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र निर्माण गर्न त्यस क्षेत्रका नौ किलोमिटरभित्रपर्ने रुख काट्ने तथा पाइप जोडने काम तीव्रगतिमा भइरहेको छ । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपाल तर्फको ३६ दशमलव २ किलोमिटर भू–भागमध्ये बाँकी रहेको नौ किलोमिटर क्षेत्रमा पर्ने निकुञ्जमा धमाधम काम...

  • २०७५ चैत्र २५, सोमबार

    स्थानीयवासीको दबाबपछि राजमार्ग मर्मत हुने

    पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दुलेगांैडा–कोत्रे सडकखण्डको मर्मत हुने भएको छ । स्थानीयवासीको दबाबपछि शुक्लागण्डकी नगरपालिका–२ हलेदीस्थित जीर्ण सडकको मर्मत हुने भएको हो । राजमार्ग जीर्ण भएर ठाउँ–ठाउँमा भत्किँदा धुलो र हिलोले समस्या परेको भन्दै आइतबार स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका थिए ।  स्थानीयवासीको आन्दोलनपछि जिल्ला प्रशासन कार्यालय तनहुँमा बसेको सरोकारवालाको बैठकले तत्कालै उक्त सडकको...

Pages