राष्ट्रिय
-
२०७६ बैशाख १८, बुधबार
स्थायी राजधानीको प्रतीक्षामा विराटनगर महानगरपालिका
अस्थायी रूपमा प्रदेश नं १ को राजधानीको रुपमा रहेको विराटनगर महानगरपालिका स्थायी राजधानीको रुपमा स्थापित हुने पर्खाइमा रहेको छ । प्रदेशसभाको वैशाख १९ गते बस्ने बैठकमा प्रदेश स्थायी राजधानी र नामकरणको प्रस्ताव पेश हुने र सम्भवतः वैशाख २२ गते प्रदेशको राजधानी र नाम प्रदेशसभाको बैठकबाट घोषणा हुनसक्ने भएकाले नै विराटनगर महानगरपालिका यतिबेला निर्णयको प्रतीक्षामा रहेको छ । अस्थायी राजधानीको रुपमा...
-
२०७६ बैशाख १८, बुधबार
जापानका नयाँ सम्राट नारुहितोद्वारा राज्यारोहण
जापानका सम्राट नारुहितोले मङ्गलबार मध्यरातबाट जापानको राजगद्दी सम्हाल्नुभएको छ । उहाँ जापानी राजतन्त्रको इतिहासमा राजगद्दी सम्हाल्ने १२६औं राजा हुनुभएको छ । शाही निसान र छाप हस्तान्तरण गर्ने विशेष समारोहमा उहाँलाई मङ्गलबार राति जापानी राजपरम्परामा विशेष महत्व राख्ने एउटा तरबारको प्रतिक, एउटा बहुमूल्य रत्न दिइएको थियो । उक्त समारोहमा पूर्व सम्राट अकिहितोको पनि उपस्थिति थियो । राजगद्दीमा आसिन भएपछि...
-
२०७६ बैशाख १८, बुधबार
राष्ट्रपति भण्डारीको आगमन
राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा चीनको आठ दिवसीय राजकीय भ्रमण पूरा गरी आज बिहान स्वदेश फर्कनुभयो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वागत गर्नुभयो । राष्ट्रपतिको स्वागतका लागि विमानस्थलमा...
-
२०७६ बैशाख १८, बुधबार
‘प्रेस स्वतन्त्रता सबैका लागि’
नेपाल पत्रकार महासङ्घको आह्वान तथा महासङ्घ गण्डकी प्रदेशको आयोजनामा आज पोखरामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै ¥याली निकालिएको छ । पोखरा महानगरपालिका–४ बिपीचोकबाट शुरु भएको ¥याली न्युरोड हुँदै सभागृहसम्म पुगेको थियो । ¥यालीमा सहभागी सञ्चारकर्मी, नागरिक अधिकारकर्मी तथा पेशाकर्मीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्य बन्द गरिनुपर्ने, पत्रकार माथिको धरपकड बन्द गर्न तथा...
-
२०७६ बैशाख १८, बुधबार
श्रमिकको अधिकार सुनिश्चित हुनुपर्छ ःनेता सिटौला
नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको संविधानबाट मजदूरले पाउने अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभएको छ । नेपाल ट्रेड युनियन काङ्ग्रेस र मोरङ समितिद्वारा १३०औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । नेता सिटौलाले मुलुकलाई समृद्धिको बाटौमा लैजान श्रमिकको हक र अधिकार सुनिश्चित हुनुपर्छ भन्नुभयो । उहाँले स्वतन्त्र न्यायालयको मर्म माथि...
-
२०७६ बैशाख १८, बुधबार
कमाएर घर बनाउँदै मुक्त कमलरी
मुलुकको व्यवस्था परिवर्तन भएसँगै हातमा सीप भएका मुक्त कमलरीको पनि जीवन फेरिएको छ । बुबाले साहुबाट लिएको रु ३०० ऋण तिर्न करीब एक वर्ष यहाँस्थित भाषी भन्ने ठाउँमा कमलरी बसेकी कञ्चनपुरको बेदकोट नगरपालिका–९ लालपुरकी २४ वर्षीया मुक्त कमलरी पुष्पा डगौरा यतिबेला परिवार हाक्ने अब्बल महिला सावित हुनुभएको छ । “भाषी र काठमाडौँ गरी ११ वर्ष कमलरी बसें” उहाँले भन्नुभयो, “कमलरीबाट मुक्त भएपछि दातामार्फत्...
-
२०७६ बैशाख १८, बुधबार
तातोपानी नाका खुलाउन तीव्रगतिमा काम
विसं २०७२ को भूकम्पपछि चार वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन तीव्र गतिमा काम भइरहेको छ । आगामी जेठ तेस्रो साता सम्ममा नाका खुलाउने कार्यक्रमअनुसार अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको सडक तथा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ । बन्द नाकासँगै लार्चामा निर्मित सुख्खा बन्दरगाह आज हस्तान्तरण गरिने भनिए पनि काममा ढिलाइ भएकाले एक महीनापछि सरेको उद्योग वाणिज्य तथा...
-
२०७६ बैशाख १८, बुधबार
श्रमिक अर्थतन्त्रको मेरुदण्ड हो ः मन्त्री घिमिरे
श्रम, सीप र पसिना बगाउने श्रमिकका लागि सरकारले गम्भीर भएर मनन गर्नुपर्ने श्रमिक नेताहरुले माग गरेका छन् । श्रमिकले पाउने न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षामा राज्यले विशेष ध्यान दिनुपर्ने भन्दै अर्थतन्त्र चलायमान राख्न ठूलो मद्दत गर्ने श्रमिकका उपचारका लागि श्रमिक अस्पताल बन्नुपर्ने उनीहरुको माग रहेको छ । ‘सबै श्रमिक र रोजगारदातालाई आह्वान, सामाजिक सुरक्षामा सूचीकरण हामो अभियान’ प्रमुख...
-
२०७६ बैशाख १८, बुधबार
पत्रकारमाथि भएको आक्रमणको भत्र्सना
नेपाल पत्रकार महासङ्घले पत्रकार प्रताप रानामाथि दुव्र्यवहार र आक्रमणको प्रयास गरिएको भन्दै सो घटनाप्रति भत्र्सना गरेको छ । महासङ्घका अनुसार वैशाख १६ गते समाचार सङ्कलनका लागि भिमाद नगरपालिका– ५ वडा कार्यालय पुगेका महासङ्घ तनहुँ शाखाका कोषाध्यक्ष एवं कान्तिपुर संवाददाता प्रताप रानालाई वडा सचिव रमेश प्रकाश बरालले सूचना दिन्न, जे गर्छौ गर भन्दै दुव्र्यवहार गरेका थिए । “आम नागरिकलाई सुसूचित...
-
२०७६ बैशाख १८, बुधबार
नेपाल र इक्वेटोरियल गिनीबीच सम्बन्ध स्थापना
भूमध्यरेखा र गिनीको खाडी नजिक रहेको अफ्रिकी देश इक्वेटोरियल गिनी र नेपालबीच द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको छ । मङ्गलबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा भएको एक सङ्क्षिप्त कार्यक्रममा दुई राष्ट्रपछि दौत्य सम्बन्ध स्थापना भएको हो । यो सँगै नेपालको १६५ देशसँग कूटनीतिक सम्बन्ध स्थापना भएको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपाल र इक्वेटोरियल गिनीका स्थायी...
-
२०७६ बैशाख १८, बुधबार
राष्ट्रपतिद्वारा बधाई
राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका सम्राट नारुहितोले गद्दी आरोहण गर्नुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सम्राट नारुहितोको गद्दी आरोहणसँगै प्रारम्भ भएको ‘रिवा’ युगमा नेपाल र जापानबीचको हार्दिकतापूर्ण धेरै पुरानो मित्रवत् सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले जापानी सम्राटलाई आज पठाउनुभएको बधाई सन्देशमा उहाँको सुख, सुस्वास्थ्यका...
-
२०७६ बैशाख १७, मंगलबार
बालबालिकाको पढाइ खर्च व्यहोर्दै
गलकोट नगरपालिका–४ खरुवाका भीमबहादुर क्षेत्रीले न्यून आय भएका परिवारका १० बालबालिकाको पढाइ खर्च व्यहोर्ने हुनुभएको छ । नयाँ शैक्षिकसत्र शुरु भएसँगै क्षेत्रीले छात्रवृत्तिसहित १० कक्षासम्मको वार्षिक पढाइ खर्च व्यहोर्ने घोषणा गर्नुभएको हो । स्व बुबा डम्मरबहादुर र आमा क्षेत्रकुमारीको स्मृतिमा बालबालिकाको पढाइमा सघाउने निर्णय लिएको क्षेत्रीले बताउनुभयो । बालबालिकाले वार्षिक रु १५ हजार छात्रवृत्तिसहित...


