relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ बैशाख २४, मंगलबार

    ‘गोरखापत्र’ परिमार्जन गरिने

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले लोकतन्त्र र शान्तिसँगै समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षालाई पूरा गर्ने गरी काम गरिरहेको बताउनुभएको छ ।    ‘गोरखापत्र’ प्रकाशन ११९ औँ वर्षमा प्रवेश, गोरखापत्र संस्थानको ५७ औँ वार्षिकोत्सव तथा चौथो राष्ट्रिय पत्रकारिता दिवसका उपलक्ष्यमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षा...

  • २०७६ बैशाख २४, मंगलबार

    घाँटीछिना सडकखण्डमा मोटरेवल पुल बन्ने

    पोखराको हल्लनचोकदेखि घाँटीछिना सडकखण्डअन्तर्गत महानगरको वडा नं २३ र २४ जोड्ने गरी ठूलाखेतको खहरेखोलामा गाडी हिँड्ने पक्की पुल निर्माण गरिने भएको छ । कास्की, पर्वत र स्याङ्जाको सङ्गमस्थल धार्मिक पर्यटनको गन्तव्य पञ्चासेसम्म पुग्ने सो सडकमा निर्माण गरिने पुलको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गर्नुभयो । खहरेखोलामा पुल नहुँदा वडा नं २३ का ठूलाखेत, चैनपुर, हर्पन,...

  • २०७६ बैशाख २४, मंगलबार

    आलेख ः सामुदायिक विद्यालयमा भर्ना गर्न अभिभावकबीच होड

    ‘विद्यार्थी भर्नाको चाप निकै धेरै छ । हामी भर्ना गर्न सक्ने अवस्थामा छैनौं । अभिभावकहरु सोर्सफोर्स लगाएर भर्ना गर्न आइरहनुभएको छ ।’ नेपालगञ्ज उपमहानगरपालिका–१ स्थित धम्बोझी माध्यमिक विद्यालयका प्रधानाध्यापक वामदेव सुवेदीको गुनासो हो यो । “सामुदायिक विद्यालयमा भर्ना लिँदैन भनेर अभिभावकलाई फर्काउन पनि निकै समस्या छ,” प्रअ सुवेदी भन्नुहुन्छ – “भर्ना लिँदा कक्षा कोठा अभावसँगै शिक्षकको समस्या उस्तै छ...

  • २०७६ बैशाख २४, मंगलबार

    मिथिलामा अक्षय तृतीया पर्व मनाइँदै

    भोका र तिर्खाएका बटुवालाई शीतल मानिने जौ र चनाको सातु एवं चिसोपानीको सर्बत खुवाउँदै आज महोत्तरीसहितका मिथिला क्षेत्रमा अक्षय तृतीया पर्व मनाइँदै छ । वैशाख शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा सघन आवतजावतको बाटोमै बसेर भोका र तिर्खाएका बटुवालाई जौ र चनाको सातु, सक्खर र चिसोपानीमा बनाइएको गुलियो सर्बत खुवाउने हिन्दु मैथिल परम्परा छ । अक्षय तृतीया भनिने यस पर्वमा गर्मीले आकुल–व्याकुल भएका पथिक...

  • २०७६ बैशाख २४, मंगलबार

    सरकारको नीति तथा कार्यक्रम राम्रो निबन्ध – काङ्ग्रेस

    प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रमलाई राम्रो निबन्धको सङ्ज्ञा दिनुभएको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि आफ्नो धारणा व्यक्त गर्दै उहाँले माध्यमिक तहका विद्यार्थीलाई देश बनाउन के के गर्नुपर्छ भनेर निबन्ध लेख्न लगाए जस्तै सबै विषय समावेश गरिएको बताउनुभयो ।    नीति तथा कार्यक्रम नारै नाराले  भरिएको...

  • २०७६ बैशाख २४, मंगलबार

    पूर्वविद्यार्थीद्वारा ५० लाखको अक्षयकोष स्थापना

    बागलुङ जिल्लाको एक विद्यालयमा गुणस्तरीय तथा आधुनिक शिक्षा प्रदान गर्न पूर्व विद्यार्थीद्वारा रु ५० लाखको अक्षयकोषको स्थापना गरिएको छ । बागलुङ नगरपालिका–१२ बलेवा अमलाचौरस्थित पृथ्वी हिरण्य माध्यमिक विद्यालयमा मल्टिमिडिया, ई–पाटी, कम्प्युटर ल्याव तथा विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याउन दक्ष जनशक्ति व्यवस्थापनका लागि अक्षयकोषको स्थापना गरिएको हो ।  विद्यालयमा पूर्वविद्यार्थीको सहयोगमा रु ३५ लाखको...

  • २०७६ बैशाख २४, मंगलबार

    नीति तथा कार्यक्रमले जनताको भावनालाई सम्बोधन गरेको छ – अध्यक्ष दाहाल

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रमले जनतको भावना र चाहनालाई अधिकतम सम्बोधन गरेको बताउनुभएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममाथिको जारी छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले...

  • २०७६ बैशाख २३, सोमबार

    आज साँझबाट सीमा नाका सञ्चालन हुने

    भारतको उत्तर प्रदेशमा हुने निर्वाचनका कारण तीन दिनअघि बन्द गरिएको बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको जमुनहा नाका आज साँझ ६ बजेदेखि खुल्ने भएको छ । तीन दिनअघि वैशाख २१ गते साँझ ६ बजेदेखि नाका बन्द हुँदा नेपालगञ्जको जमुनाहबाट रुपैडिहा हुँदै भारततर्फ जाने सर्वसाधारण, मालबाहक सवारीका साधन अहिले सीमा क्षेत्रमै थन्किएका छन् । भारतबाट औषधि उपचारका लागि गएका र रोजगारीबाट फर्किएका नेपालीलाई पैदल...

  • २०७६ बैशाख २३, सोमबार

    आमाको सम्मान गर्ने संस्कारलाई जीवन्त गर्नुपर्ने

    उमेर ढल्किएर गएसँगै परिवार तथा समाजबाट टाढिएर  एक्लोपनमा जीउन बाध्य वृद्धवृद्धालाई  नेपाल गृहस्थ धर्म सेवा सदनले आश्रय दिँदै आएको छ ।  उक्त सदनले विभिन्न विभिन्न चाड पर्वमा भोजन तथा कपडा वितरण गर्दै आएकामा मातातीर्थ औँशीका अवसरमा कार्यविनायक मन्दिरमा सामाखुशी, रानीवारी, नयाँ बसपार्क, टाउनप्लानिङ तथा अन्य क्षेत्रका ५० वृद्ध तथा असहाय आमालाई भोजन तथा प्रसाद वितरण ग¥यो । उक्त सदनका अध्यक्ष आचार्य...

  • २०७६ बैशाख २३, सोमबार

    बागलुङ समाज पोर्चुगलमा खड्का

    शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यका साथ आइतबार बागलुङ जन्म घर भई पोर्चुगललाई कर्मथलो बनाई बस्दै आउनुभएका बागलुङ्गेको भेला पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भयो । भेलाले प्रेमबहादुर खड्काका अध्यक्षतामा बागलुङ समाज पोर्तुगल कार्यसमिति गठन गरेको छ । समितिका उपाध्यक्षमा ज्ञानु गौतम, ओम कार्की, डोलेन्द्र राना, केशवबहादुर केसी र गङ्गा क्षत्री, महासचिवमा विक्रम गौतम,...

  • २०७६ बैशाख २३, सोमबार

    प्रअमाथि कुटपिटमा संलग्न दुई जना पक्राउ

    म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कवाङको भेडिखाल्टामा जातीय विभेदका आधारमा प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् ।  जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रघुगङ्गा गाउँपालिका–८ का ४२ वर्षीय रेशबहादुर विश्वकर्मालाई जातीय विभेद गर्दै कुटपिट गर्ने स्थानीय बलबहादुर रोका र जीतेन्द्र जुग्जालीलाई प्रहरीले पक्राउ गरेको हो ।  आइतबार पक्राउ परेका रोका र जुग्जालीलाई जिल्ला अदालतबाट...

  • २०७६ बैशाख २३, सोमबार

    अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र

    जिल्लाको शिखर नगरपालिकाले आफ्नो नगरपालिकाभित्रमा रहेका अपाङ्गता भएका व्यक्तिलाई आजदेखि परिचयपत्र वितरण गर्न शुरु गरेको छ । अपाङ्गता भएका व्यक्तिलाई विभिन्न किसिमका सहुलियत दिने उद्देश्यका साथ नगरपालिकाले आफ्नो नगरमा भएका अपाङ्गता भएका सबै व्यक्तिलाई परिचयपत्र दिन शुरु गरेको नगरप्रमुख सीताराम जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क शिक्षा, स्वास्थ्य, नगर...

Pages