STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ बैशाख २३, सोमबार

    एक वर्षमा सयको उद्धार

    सडक बालबालिका र महिलाको उद्धारमा सक्रिय मानवकल्याण समाज भक्तपुरले एक वर्षमा एक सय जनाभन्दा बढीको उद्धार गरेको छ । संस्था स्थापनाको प्रथम वार्षिक कार्यक्रम अन्तर्गत समाजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रममा समाजका अध्यक्ष सुमित्रा चौलागाईंले भक्तपुरलाई सडक मानवमुक्त बनाउने उद्देश्यले संस्था सञ्चालन गरेको एक वर्षमा एक सय भन्दा बढीको उद्धार गरेको जानकारी दिनुभयो । समाजले अशक्त, अनाथ, मानसिक...

  • २०७६ बैशाख २३, सोमबार

    नागरिकले कानून बुझ्न जरुरी ः मुख्यमन्त्री पोखरेल

    प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले कानूनमा नागरिकको पहुँच बढाउनुपर्ने बताउनुभएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज बुटवलमा आयोजना गरेको देवानी र फौजदारीसंहिता सम्बन्धी अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नागरिकले व्यावहारिक हिसाबले मात्रै कानूनी प्रक्रिया बुझ्ने गरेकाले सैद्धान्तिक ज्ञान आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कानून...

  • २०७६ बैशाख २३, सोमबार

    पिताको स्मृतिमा विद्यालय भवन निर्माण

    बागलुङ जिल्लाको अमलाचौरका दुई व्यवसायीले आफैँले अध्ययन गरेको विद्यालयमा आफ्ना बाबुको स्मृतिमा रु छ करोड खर्चेर पक्की विद्यालय भवन निर्माण गरेका छन् । देशकै प्रतिष्ठित आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र उहाँका भाइ हेमराज ढकालले बागलुङ नगरपालिका–१२ को अमलाचौरमा रहेको पृथ्वी हीरण्य माध्यमिक विद्यालयमा करीब रु छ करोड २४ लाख खर्चेर विद्यालय भवन निर्माण गर्नुभएको हो । उहाँहरुका बुबा स्व समाजसेवी...

  • २०७६ बैशाख २३, सोमबार

    मार्तडीको फोहर व्यवस्थापन सडक छेउमा

    सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाले बजार क्षेत्रको फोहर सहीरुपमा व्यवस्थापन नगर्दा बजारक्षेत्र अस्तव्यस्त बन्न पुगेको छ । स्वच्छ र सफा बजार बनाउन यस क्षेत्रमा उठ्ने फोहरको उचित व्यवस्थापन हुनुपर्ने बजारवासीको भनाइ छ ।   बजार क्षेत्र भन्दा करीब पाँच किलोमिटर तल फोहर व्यवस्थापन गर्ने ठाउँ बनाएको भए पनि व्यवस्थित नहँुदा दुर्गन्ध बढ्दै गएको छ । बजार क्षेत्रबाट ल्याइएका विभिन्नखाले फोहर...

  • २०७६ बैशाख २३, सोमबार

    १७ हजार सवारी साधन कारवाहीमा

    जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटद्वारा दुईपाङ्ग्रे सवारी चालकका लागि आयोजित निःशुल्क स्वास्थ्य परीक्षण शिविर आज यहाँ सम्पन्न भएको छ । कार्यालयको आयोजना तथा त्रिशूली अस्पतालको सहयोगमा ७५ जना दुईपाङ्ग्रे सवारी चालकले  स्वास्थ्य परीक्षण गराएका थिए । परीक्षणमा १२  चालकलाई रक्तचाप र  सात चालकलाई कलर भिजन ९आँखाको समस्या० तथा अन्य चालक सामान्य रहेको  प्रहरी नायब निरीक्षक विकल भट्टराईले बताउनु भयो...

  • २०७६ बैशाख २३, सोमबार

    पाँचखालका ऐतिहासिक सम्पदा उत्खनन गरिने

    पुरातत्व विभागले पाँचखालका लिच्छवीकालीन सम्पदाको अध्ययन एवं उत्खनन गर्ने भएको छ । स्थानीयले सयौँ वर्ष पुराना केही इँटा र मानाङ्क राजा मानदेवले प्रचलनमा ल्याएको मुद्रा, घरको जग, भाँडाका टुक्रा फेला पारेपछि विभागसँग सम्पदा संरक्षणको आग्रह गर्दै आएका थिए ।  गत चैत पहिलो साता खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना इँटा, मानाङ्क, घरको जग, भाँडाका टुक्रा फेलापरेको स्थानीय श्रीकृष्ण धिमालले...

  • २०७६ बैशाख २३, सोमबार

    ३९ जातजातिका संस्कृति वृत्तचित्रमा

    तनहुँको व्यास नगरपालिकामा बसोबास गर्ने ३९ जातजातिका संस्कृति समेटेर वृत्तचित्र तयार गरिएको छ । शिक्षा, पर्यटन र संस्कृतिको क्षेत्रमा काम गर्दै आएको साभ नेपाल संस्थाले व्यास नगरपालिकाको सहयोगमा सो वृत्तचित्र तयार गरेको हो ।  नेपाली समाजले मौखिक रुपमा जोगाउँदै आएका लोक परम्परा र लोक व्यवहारको खोजी गर्दै लिपीबद्ध गर्ने उद्देश्यले नगरपालिकाभित्र बसोबास गर्ने जातजातिको संस्कृतिलाई वृत्तचित्रमा...

  • २०७६ बैशाख २३, सोमबार

    प्रदेश सरकारको १० करोड ५७ लाख निकासा

    प्रदेश नं ३ सरकारले प्रदेशका विभिन्न स्थानीय तहका लागि रु १० करोड ५७ लाख निकासा गरेको जनाएको छ । सो रकमबाट प्रदेश नं ३ को स्थानीय निकायका लागि ५० वटा आपतकालीन सवारी साधन खरीद गर्ने भएको बताइएको छ । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलका अनुसार  प्रदेशका ४७ वटा स्थानीय तहले ३७ वटा एम्बुलेन्स, ६ वटा दमकल र ७ वटा शव वाहन खरीद गर्नका लागि अनुमति प्राप्त गरेका छन् भने...

  • २०७६ बैशाख २३, सोमबार

    भारतमा सोमबार पाँचौं चरणको चुनाव

    भारतको तल्लो सदन लोकसभाका लागि सोमबार पाँचौं चरणको मतदान शुरु भएको छ । यस चुनावमा सात राज्यका ५१ स्थानका लागि मतदान हुँदैछ । पाँचौं चरणको यस चुनावमा उत्तर प्रदेशका १४, राजस्थानका १२, पश्चिम बंगाल र मध्यप्रदेशमा सात–सात, बिहारमा पाँच र झारखण्डमा चार स्थानमा मतदान हुँदैछ । जम्मु काश्मिरको लद्दाख तथा अनन्तनागका लागि पुलवामा र शोपियाँ जिल्लामा पनि मतदान हुने कार्यक्रम छ । यस चरणमा उत्तर प्रदेशबाट...

  • २०७६ बैशाख २३, सोमबार

    गाउँपालिकाका विद्यालय समायोजन

    चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाका सात विद्यालय समायोजन गरिएको छ । विद्यार्थीको सङ्ख्या नपुगेपछि राष्ट्रिय आधारभूत विद्यालय९१–३० लाई नजिकको अर्को विद्यालयमा समायोजन गरिएको हो ।  गाउँपालिकाका शिक्षा अधिकृत दीपक सिग्देलका अनुसार वडा नं २ स्थित राष्ट्रिय आधारभूत विद्यालय घुर्केशलाई सोही वडामा रहेको राष्ट्रिय आधारभूत विद्यालय मायाटार, वडा  नं ३ मा रहेको पन्थ राष्ट्रिय आधारभूत विद्यालय डुडेलाई...

  • २०७६ बैशाख २३, सोमबार

    बागलुङ समाज पोर्चुगलमा खड्का

    शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यका साथ आइतबार बागलुङ जन्म घर भई पोर्चुगललाई कर्मथलो बनाई बस्दै आउनुभएका बागलुङ्गेको भेला पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भयो । भेलाले प्रेमबहादुर खड्काका अध्यक्षतामा बागलुङ समाज पोर्तुगल कार्यसमिति गठन गरेको छ । समितिका उपाध्यक्षमा ज्ञानु गौतम, ओम कार्की, डोलेन्द्र राना, केशवबहादुर केसी र गङ्गा क्षत्री, महासचिवमा विक्रम गौतम,...

  • २०७६ बैशाख २३, सोमबार

    आज साँझबाट सीमा नाका सञ्चालन हुने

    भारतको उत्तर प्रदेशमा हुने निर्वाचनका कारण तीन दिनअघि बन्द गरिएको बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको जमुनहा नाका आज साँझ ६ बजेदेखि खुल्ने भएको छ । तीन दिनअघि वैशाख २१ गते साँझ ६ बजेदेखि नाका बन्द हुँदा नेपालगञ्जको जमुनाहबाट रुपैडिहा हुँदै भारततर्फ जाने सर्वसाधारण, मालबाहक सवारीका साधन अहिले सीमा क्षेत्रमै थन्किएका छन् । भारतबाट औषधि उपचारका लागि गएका र रोजगारीबाट फर्किएका नेपालीलाई पैदल...

Pages