राष्ट्रिय
-
२०७६ बैशाख २५, बुधबार
काठमाडौँवासीलाई लुम्बिनी भ्रमणको निम्तो
शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले लुम्बिनी भ्रमणको निम्तो बाँड्दै ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ को अभियानको टोली काठमाडौँ आइपुगेको छ । ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनी भ्रमण वर्षको पूर्व सन्ध्यामा प्रचार–प्रसार गर्दै आज दरबारमार्गमा सडक प्रदर्शनी ९रोड सो० कार्यक्रम गरिएको...
-
२०७६ बैशाख २५, बुधबार
बसपार्क र सवारी साधन व्यवस्थापनमा चुनौती
सडक सञ्जालसँग जोडिँदै गएको नेपालगञ्जमा ट्राफिक नियमको पालन र व्यवस्थित बसपार्क नहुँदा यात्रुले सास्ती भोग्नुपरेको छ । नेपालगञ्जदेखि नेपालका अधिकांश प्रमुख शहरमा सवारी साधन छुट्छन् । जिल्लाका सबै ठाउँलाई जोड्ने सडक पनि धमाधम बनिरहेका छन् तर नेपालगञ्जमा निर्माणाधीन ठूलो बसपार्क निर्माणमा भएको ढिलाइ र स–साना बसपार्क पनि भद्रगोलकै अवस्थामा भएकाले यात्रुले हैरानी भोग्नुपरिरहेको हो । नेपालगञ्ज बजार...
-
२०७६ बैशाख २५, बुधबार
बर्दिवासमा घरविहीनलाई पक्कीघर बन्दै
महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाका भूमिहीन गरीब अब पक्कीघरमा बस्न पाउने भएका छन् । नगर क्षेत्रभित्रका सुकुम्वासी गरीबलाई लक्षित गरी नगरपालिकाले पक्की घर निर्माणको काम थालेपछि यहाँका गरिबले अब पक्कीघरमा बस्न पाउने भएका हुन् । जनता आवास कार्यक्रमअन्तर्गत आज बर्दिवास–१३ विजलपुराको मुसहरीटोलबाट पक्कीघर निर्माण काम थालिएको हो । यस कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष २०७५÷७६ भित्र ३६ घर निर्माण...
-
२०७६ बैशाख २५, बुधबार
पन्ध्र हजार चालकलाई प्रशिक्षण
ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक सुधारका लागि १४ हजार ८४३ चालकलार्ई प्रशिक्षण दिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक सुधार तथा प्रदूषण नियन्त्रणका लागि गरेको तीन महीने कार्ययोजनाअन्तर्गत १४ हजार ८४३ मोटरसाइकल तथा स्कुटर चालकलाई प्रशिक्षण दिएको हो । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले उपत्यकाको ट्राफिक सुधारका लागि महाशाखाले विभिन्न निकायसँग मिलेर काम...
-
२०७६ बैशाख २४, मंगलबार
राष्ट्रियसभा बैठकः नीति तथा कार्यक्रमले जनतामा आशा जगायो
सत्ता पक्षका सांसदले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले जनतामा नयाँ आशा जगाएको बताएका छन् भने प्रतिपक्षी दलका सांसदले यो महत्वकांक्षी रहेकाले कार्यान्वयनको चुनौती औँल्याएका छन् । राष्ट्रियसभामा सरकारको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममाथि छलफलमा भागलिदैँ सांसदहरुले नीति तथा कार्यक्रमले समेटेका विषयवस्तुलाई प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो । नेकपाका सांसद...
-
२०७६ बैशाख २४, मंगलबार
मलमला मन्दिरमा सिँढी बनाउने काम शुरु
रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको ऐतिहासिक तथा पुरातात्विक महत्वको मलमला मन्दिर क्षेत्रमा पैदलयात्राका लागि सिँढी बनाउने काम शुरु भएको छ । धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको नगरपालिका–६ को चुरेक्षेत्रमा रहेको मलमला क्षेत्रमा निर्माण हुन लागेको सिँढीले स्थानीयवासीसमेत खुशी देखिएका छन् । प्रतिनिधिसभाका सांसद भरत शाहको संसदीय विकास कोषबाट रु ३० लाख बजेट परेपछि मन्दिरसम्म पुग्नका लागि सहज...
-
२०७६ बैशाख २४, मंगलबार
‘गोरखापत्र’ परिमार्जन गरिने
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले लोकतन्त्र र शान्तिसँगै समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षालाई पूरा गर्ने गरी काम गरिरहेको बताउनुभएको छ । ‘गोरखापत्र’ प्रकाशन ११९ औँ वर्षमा प्रवेश, गोरखापत्र संस्थानको ५७ औँ वार्षिकोत्सव तथा चौथो राष्ट्रिय पत्रकारिता दिवसका उपलक्ष्यमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षा...
-
२०७६ बैशाख २४, मंगलबार
घाँटीछिना सडकखण्डमा मोटरेवल पुल बन्ने
पोखराको हल्लनचोकदेखि घाँटीछिना सडकखण्डअन्तर्गत महानगरको वडा नं २३ र २४ जोड्ने गरी ठूलाखेतको खहरेखोलामा गाडी हिँड्ने पक्की पुल निर्माण गरिने भएको छ । कास्की, पर्वत र स्याङ्जाको सङ्गमस्थल धार्मिक पर्यटनको गन्तव्य पञ्चासेसम्म पुग्ने सो सडकमा निर्माण गरिने पुलको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गर्नुभयो । खहरेखोलामा पुल नहुँदा वडा नं २३ का ठूलाखेत, चैनपुर, हर्पन,...
-
२०७६ बैशाख २४, मंगलबार
आलेख ः सामुदायिक विद्यालयमा भर्ना गर्न अभिभावकबीच होड
‘विद्यार्थी भर्नाको चाप निकै धेरै छ । हामी भर्ना गर्न सक्ने अवस्थामा छैनौं । अभिभावकहरु सोर्सफोर्स लगाएर भर्ना गर्न आइरहनुभएको छ ।’ नेपालगञ्ज उपमहानगरपालिका–१ स्थित धम्बोझी माध्यमिक विद्यालयका प्रधानाध्यापक वामदेव सुवेदीको गुनासो हो यो । “सामुदायिक विद्यालयमा भर्ना लिँदैन भनेर अभिभावकलाई फर्काउन पनि निकै समस्या छ,” प्रअ सुवेदी भन्नुहुन्छ – “भर्ना लिँदा कक्षा कोठा अभावसँगै शिक्षकको समस्या उस्तै छ...
-
२०७६ बैशाख २४, मंगलबार
मिथिलामा अक्षय तृतीया पर्व मनाइँदै
भोका र तिर्खाएका बटुवालाई शीतल मानिने जौ र चनाको सातु एवं चिसोपानीको सर्बत खुवाउँदै आज महोत्तरीसहितका मिथिला क्षेत्रमा अक्षय तृतीया पर्व मनाइँदै छ । वैशाख शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा सघन आवतजावतको बाटोमै बसेर भोका र तिर्खाएका बटुवालाई जौ र चनाको सातु, सक्खर र चिसोपानीमा बनाइएको गुलियो सर्बत खुवाउने हिन्दु मैथिल परम्परा छ । अक्षय तृतीया भनिने यस पर्वमा गर्मीले आकुल–व्याकुल भएका पथिक...
-
२०७६ बैशाख २४, मंगलबार
सरकारको नीति तथा कार्यक्रम राम्रो निबन्ध – काङ्ग्रेस
प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रमलाई राम्रो निबन्धको सङ्ज्ञा दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि आफ्नो धारणा व्यक्त गर्दै उहाँले माध्यमिक तहका विद्यार्थीलाई देश बनाउन के के गर्नुपर्छ भनेर निबन्ध लेख्न लगाए जस्तै सबै विषय समावेश गरिएको बताउनुभयो । नीति तथा कार्यक्रम नारै नाराले भरिएको...
-
२०७६ बैशाख २४, मंगलबार
पूर्वविद्यार्थीद्वारा ५० लाखको अक्षयकोष स्थापना
बागलुङ जिल्लाको एक विद्यालयमा गुणस्तरीय तथा आधुनिक शिक्षा प्रदान गर्न पूर्व विद्यार्थीद्वारा रु ५० लाखको अक्षयकोषको स्थापना गरिएको छ । बागलुङ नगरपालिका–१२ बलेवा अमलाचौरस्थित पृथ्वी हिरण्य माध्यमिक विद्यालयमा मल्टिमिडिया, ई–पाटी, कम्प्युटर ल्याव तथा विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याउन दक्ष जनशक्ति व्यवस्थापनका लागि अक्षयकोषको स्थापना गरिएको हो । विद्यालयमा पूर्वविद्यार्थीको सहयोगमा रु ३५ लाखको...


