STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ बैशाख २५, बुधबार

    प्रधामन्त्री स्वरोजगार कार्यक्रममा फारम भर्न छुटेकालाई आग्रह

    काठमाडौँ महानगपालिकाले प्रधामन्त्री स्वरोजगार कार्यक्रममा फारम भर्न छुटेकालाई तत्काल भर्नको लागि आग्रह गरेको छ । यही वैशाख मसान्तसम्म फारम भर्ने समयसीमा रहेको र सरकारले पहिलो पटक ल्याएको कार्यक्रम भएकाले छुटेकालाई कामपाले आग्रह गरेको हो । “३२ वडा रहेको कामपामा अहिलेसम्म जम्मा २७० जनाले मात्रै यस कार्यक्रममका लागि फारम भरेका छन्, यो सङ्ख्या अत्यन्तै कम हो”, महानगर प्रमुख विद्यासुन्दर शाक्यले...

  • २०७६ बैशाख २५, बुधबार

    राजदूत ढुङ्गानाबाट  शपथ

    राष्ट्रपति विद्यादेवी भण्डारीले क्यानडाका लागि नवनियुक्त नेपाली  राजदूत भृगु  ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त राजदूत ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।   राष्ट्रपतिले परराष्ट्र मन्त्रालयका सहसचिव ढुङ्गानालाई यही चैत १८ गते राजदूतमा नियुक्त गर्नुभएको हो । समारोहमा परराष्ट्रमन्त्री...

  • २०७६ बैशाख २५, बुधबार

    सडक मर्मतको काम शुरु

    कोटेश्र–कलङ्की सडकमा बालकुमारी, ग्वार्खो, महालक्ष्मीस्थानलगायतका स्थानमा मर्मतको काम शुरु भएको छ । गत पुसमा चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि यहाँको सडकमा मर्मत शुरु भएको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । मर्मत अवधि एक वर्षको हुने योजनाका सूचना अधिकारी इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । उहाँका अनुसार यी तीन स्थानमा कालोपत्र पग्लने, उप्कनेलगायतका समस्या देखिएकाले...

  • २०७६ बैशाख २५, बुधबार

    चार सय ३३ स्थानीय तहले बुझाए रिक्त विवरण

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ४३३ स्थानीय तहले मात्र रिक्त पदपूर्तिका लागि माग बमोजिम विवरण बुझाएका छन् ।  मन्त्रालयले गत वैशाख २० गतेसम्म ७५३ स्थानीय तहलाई रिक्त दरबन्दी सङ्ख्यासहितको विवरण पठाउने भने तापनि अहिलेसम्म ४३३ स्थानीय तहले मात्र विवरण पठाएको मन्त्रालयका सहसचिव भुपराज बरालले जानकारी दिनुभयो ।  अझै ३२० स्थानीय तहले रिक्त दरबन्दीको विवरण बुझाएका छैनन् । उहाँले दरबन्दी...

  • २०७६ बैशाख २५, बुधबार

    नापतौल कार्यालयमा रु ६५ लाख राजश्व सङ्कलन

    यहाँस्थित नेपाल गुणस्तर तथा नापतौल कार्यालयले आर्थिक वर्ष ०७५÷७६ को चैत मसान्तसम्ममा रु ६५ लाख ४७ हजार २०५ राजश्व सङ्कलन गरेको छ ।   कार्यालयले उक्त राजश्व नयाँ व्यापारी अनुमतिपत्र,  नवीकरण, म्याद नाघेर नवीकरण जरिवाना र अन्य प्रशासनिक सेवा शुल्कबाट सङ्कलन गरेको कार्यालयका प्रमुख शम्भुकुमार झाले बताउनुभयो । कार्यालयले गत आर्थिक वर्ष २०७४÷७५ मा  रु ८७ लाख ६६ हजार २४८ राजश्व सङ्कलन गरेको थियो ।...

  • २०७६ बैशाख २५, बुधबार

    विश्वविद्यालय एक महीनादेखि ठप्प

    कृषि तथा वन विज्ञान विश्वविद्यालयको रामपुरमा एक महीनादेखि पठनपाठन ठप्प भएको छ । गत चैत २१ गते विश्वविद्यालयको कृषि सङ्कायका सहायक डिन विष्णु ओझालाई विद्यार्थीले कालोमोसो दली अभद्र व्यवहार गरेपछि विश्वविद्यालय ठप्प भएको हो । विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिका अनुसार ओझालाई कालोमोसो दल्ने विद्यार्थीलाई कडा कारवाहीको माग गर्दै प्रजातन्त्रवादी प्राध्यापक सङ्घले आन्दोलन जारी राखेको छ ।...

  • २०७६ बैशाख २५, बुधबार

    महिला उद्यमीको ‘कोसेली घर’

    बाँके जिल्लाका महिला उद्यमीको संयुक्त पहलमा नेपालगञ्जमा ‘कोसेली घर’ सञ्चालनमा ल्याइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा महिला उद्यमी सङ्घ बाँकेमा आबद्ध महिला उद्यमीले कोसेली घर सञ्चालनमा ल्याएका हुन् ।  यहाँस्थित बिपी चोक नजिकै सञ्चालनमा ल्याइएको सो कोेसेली घरमा महिला उद्यमीले उत्पादन गरेका हस्तकला, वस्तुकलाका साथै खाद्य वस्तु बिक्रीमा राखिएका छन् । सो कोसेली घरको नगर प्रमुख डा धवलशम्शेर...

  • २०७६ बैशाख २५, बुधबार

    निर्माण व्यवसायी ऐन संशोधन गर्न माग

    नेपाल निर्माण व्यवसायी सङ्गठनले सार्वजनिक खरीद ऐन तथा नियमावलीमा समयानुकूल संशोधन गर्न माग गरेको छ । सङ्गठनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा हालको ऐन तथा नियमावली व्यवसायीको हितमा नभएको र उनीहरुले समस्या झेल्नुपरेको भन्दै ऐनमा रहेका अमिल्दा दफा संशोधन गर्न माग गरेको हो । विभिन्न ६ बुँदे माग सार्वजनिक गर्दै सो सङ्गठनले सार्वजनिक खरीद ऐनमा विद्यमान लागत अनुमान अङ्कको १५ प्रतिशतभन्दा बढी...

  • २०७६ बैशाख २५, बुधबार

    २० किलो चामल प्रभावकारी बन्दै

    साविक कर्णालीलगायतका हिमाली जिल्लामा सरकारले दिँदै आएको जन्म र मृत्यु भएका प्रतिघरपरिवारलाई २० किलो चामल हुम्लामा प्रभावकारी बन्दै गएको छ । गत साउनदेखि वैशाख १५ गतेसम्म जन्ममा २५० लाई २० किलोका दरले ५० क्विन्टल चामल वितरण गरेको नेपाल खाद्य संस्थान शाखा हुम्लाका प्रमुख रामबहादुर विष्टले जानकारी दिनुभयो । मृत्यु भएका १०३ लाई २० किलोका दरले २० क्विन्टल ६० किलो चामाल वितरण भएको खाद्य संस्थान शाखा...

  • २०७६ बैशाख २५, बुधबार

    जमीनमुनिबाट ग्यास निस्कियो

    माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमीनमुनिबाट ग्यास निस्किरहेको छ । स्थानीय ताराबहादुर कुमालको जग्गामा ट्युबवेल गाडेर पानी निकाल्ने क्रममा ग्यास निस्केको हो । फलामको पाइप जमीनमुनि गाड्ने क्रममा ग्यास बाहिर निस्किरहेको स्थानीय बासिन्दा राजकुमार पन्थीले बताउनुभयो । जमीनमुनि...

  • २०७६ बैशाख २५, बुधबार

    म्याग्दीका सात सामुदायिक वनमा पर्यापर्यटन

    हिमालका कारण पर्यटकीय जिल्लाको रुपमा परिचित म्याग्दीका वन क्षेत्रमा पनि पर्यटकलाई आकर्षित गर्न योजनाबद्धरुपमा कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लाका सातवटा सामुदायिक वन क्षेत्रमा पर्यापर्यटन कार्यक्रम सञ्चालन गरिएको हो । सामुदायिक वन क्षेत्रलाई पर्यापर्यटन क्षेत्रका रुपमा विकास गरी आम्दानी गर्ने, वनको कोष वृद्धि गर्ने तथा धार्मिक मठमन्दिरको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले...

  • २०७६ बैशाख २५, बुधबार

    सार्वजनिक जग्गाको संरक्षण गर्न माग

    राष्ट्रिय भूमिअधिकार मञ्च, नेपालले देको महत्वपूर्ण क्षेत्रको जग्गा तथा आवास क्षेत्र नै भूमाफियाको कब्जा भएकामा चिन्ता व्यक्त गर्दै यस्तो प्रवृत्ति रोक्न सरकारलाई विशेष पहल गर्न माग गरेको छ । रिपोर्टर्स क्लबमा आज आयोजित पत्रकार सम्मेलनमा देशको भूमिमाथिको अव्यवस्थाका कारण नेपालका गरीब जनता सुरक्षित आवास नै नपाउने स्थितिमा रहेका र देशको महत्वपूर्ण जग्गा तथा गुठीका जग्गा भूमाफियाको नियन्त्रणमा...

Pages