राष्ट्रिय
-
२०७६ बैशाख २७, शुक्रबार
एउटैले छ जिल्लाको काम भ्याउनुपर्ने बाध्यता
एक कर्मचारीले गर्ने कामको जिम्मेवारी, काम गर्नुपर्ने समय उसको क्षेत्राधिकार तय गरिएको हुन्छ तर सुन्दा अनौठो लाग्न सक्छ की यहाँका एक कर्मचारीले छ जिल्लाको काम एक्लैले भ्याउनुपर्ने बाध्यता छ । कार्यालय समयसम्म मात्र होइन साँझ बिहान अहोरात्र खटेरे थप पाँच जनाले छ जिल्लाको गर्नुपर्ने काम एक्लैले गर्दै आउनुभएका व्यक्ति हुनुहुन्छ, सुर्खेतस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका...
-
२०७६ बैशाख २७, शुक्रबार
रुपन्देहीको ककरहवा नाका बन्द
भारतको लोकसभाको निर्वाचनलाई लक्षित गरेर आजदेखि तीन दिनसम्म रुपन्देहीको ककरहवा नाका बन्द भएको छ । नाका बन्द भएपछि आवतजावत र ढुवानी पैठारीको काम केही दिनका लागि बन्द हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय रानाले जानकारी दिनुभयो । उहाँका अनुसार एम्बुलेन्स सेवा र तेलको ढुवानी हुने काम भने रोकिने छैन । “केही दिनको नाका बन्दले नेपाललाई ठूलो समस्या पर्दैन”, प्रमुख जिल्ला अधिकारी रानाले भन्नुभयो ।...
-
२०७६ बैशाख २७, शुक्रबार
काङ्ग्रेसद्वारा दुःख व्यक्त
नेपाली काङ्ग्रेसले पर्वत पार्टीका पूर्व सचिव सोमलाल आचार्यको निधनमा दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी गत वैशाख २५ गते निधन हुनुभएका आचार्यप्रति दुःख व्यक्त गर्नुभएको हो । आचार्यले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रियतापूर्वक सहभागी हुुनुभएका आचार्य २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा जेल पर्नुभएको थियो । काङ्ग्रेसले नेपालको...
-
२०७६ बैशाख २७, शुक्रबार
होस्टेलबाट बालबालिकाको उद्धार
काठमाडौँको गोल्फुटारस्थित न्यू कर्णाली होस्टेलबाट १९ बालबालिकाको उद्धार गरिएको छ । केन्द्रीय बाल कल्याण समिति, नेपाल प्रहरी महाराजगञ्ज र बालबालिका खोजतलास केन्द्रलगायतको संयुक्त पहलमा ती बालबालिकालाई उद्धार गरिएको हो । होस्टेल सञ्चालक जय विश्वकर्माले कालिकोट, हुम्ला, डोल्पा र बाँके जिल्लाबाट अभिभावकलाई विभिन्न प्रलोभनमा पारी बालबालिकालाई छात्रवृत्तिमा पढाउन तथा पालनपोषण गर्न भनी ल्याएर अलपत्र...
-
२०७६ बैशाख २७, शुक्रबार
बुद्धजयन्ती समारोह समिति गठन
विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा २५६३औँ बुद्ध जयन्ती मनाउन मूल समारोह समिति गठन गरिएको छ । बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा बौद्ध क्षेत्रका ८० सङ्घ संस्था सदस्य रहेको समिति गठन गरिएको हो । जेठ १ गतेदेखि सप्ताहव्यापी रुपमा बुद्धजयन्ती मनाइने कार्यक्रम तय गरिएको समितिका अध्यक्ष चन्द्रमान लामाले राससलाई जानकारी दिनुभयो । समितिमा बौद्ध तामाङ कल्याण गुठी, बौद्ध सुखदुःख...
-
२०७६ बैशाख २७, शुक्रबार
सिक्किम, दार्जिलिङमा पर्यटकीय साझेदारीका कुरा
पर्यटन व्यवसायी महिला सङ्घ नेपाल टेवान नेतृत्वको टोलीले सिक्किम, दार्जिलिङका पर्यटन सम्बद्ध निकायका प्रतिनिधिसँग पोखरासँगको पर्यटकीय साझेदारीलगायतका विषयमा छलफल गरेको छ । गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ भारतको सिक्किम, दार्जिलिङ, ग्यान्तोकमा पुगेको टोलीले आफ्नो छ दिवसीय भ्रमणका क्रममा त्यहाँस्थित पर्यटन सम्बद्ध व्यक्ति तथा संस्थासँग अन्तरक्रिया गर्दै पर्यटकीय साइनो मजबुत...
-
२०७६ बैशाख २७, शुक्रबार
अमेरिकी बारमा गोली चल्यो, एक जनाको मृत्यु
संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यको एक बारमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार बुधबार मध्यरातमा बारमा गोली चलेको थियो । स्थानीय प्रहरी प्रवक्ता केसी लाइनिङले थप क्षति हुन नदिन बारमा रहेका अरु मानिसले बन्दुकधारीलाई नियन्त्रणमा लिएको बताउनुभयो । सन् २०१६ मा पनि ओर्लान्डोको एक बारमा गोली चल्दा कम्तीमा ४९ जनाको ज्यान गएको थियो । अमेरिकी...
-
२०७६ बैशाख २७, शुक्रबार
वाग्मती तीर्थयात्रा शुरु
कटुवालदहबाट वाग्मती नदीको उद्गमस्थल वाग्द्वारसम्मका १६५ तीर्थमा स्नान तथा पूजा गरी मनाइने वाग्मती तीर्थ यात्रा आज बिहानदेखि शुरु भएको छ । पशुपति मन्दिरमा विशेष पूजासहित परिसरमा कन्याकुमारी पूजा, आगम घरमा हवनसहित विशेष पूजा गरी यात्रा शुरु भएको हो । कोषका सदस्य सचिव डा प्रदीप ढकालले यात्राको पूजा सङ्कल्प गर्नुभएको थियो । नाथका मूल पूजारी रावल गणेश भट्टले विशेष पूजासहितको सङ्कल्प गराउनुभएको थियो...
-
२०७६ बैशाख २६, बिहिबार
स्थानीय निकायलाई भू–उपयोग सामग्री हस्तान्तरण
प्रदेश नं ५ अन्तर्गत भूमि व्यवस्था तथा गरीबी निवारण मन्त्रालयअन्तर्गतको नापी विभागले जिल्लाका १० वटै स्थानीय निकायलाई भू–उपयोग सामग्री हस्तान्तरण गरेको छ । विभागले बुधबार घोराहीमा एक कायक्रमको आयोजना गरी उक्त सामग्री हस्तान्तरण गरेको हो । विभागबाट सरकारले पछिल्लो समय निर्माण गरेको भू–उपयोग नीति, स्थानीय निकायका नक्सा, तथ्याङ्क तथा प्रतिवेदन प्रत्येक स्थानीय निकायलाई छुट्टाछुट्टै वितरण भएको थियो...
-
२०७६ बैशाख २६, बिहिबार
नेपालगञ्जलाई उत्कृष्ट नमूना शहर बनाइने
नेपालगञ्जलाई उत्कृष्ट नमूना शहर बनाउने लक्ष्यका साथ नेपालगञ्ज उपमहानगरपालिकाले विकासका महत्वपूर्ण योजनालाई प्राथमिकीकरण गर्दै निर्माण कार्यसमेत अघि बढाएको छ । “हामीले पहिलो चरणमा नगरका अधिकांश भागमा सडक, ढल, नाला, डम्पिङ साइट निर्माणलगायत पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ”, नगर प्रमुख डा धवलशम्शेर राणाले भन्नुभयो । नगरमा थुप्रै विकास निर्माणका काम जारी रहेको जनाउँदै उहाँले विकासमा...
-
२०७६ बैशाख २६, बिहिबार
बुटवलका १५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र वितरण
बुटवल उपमहानगरपालिकाले मोतीपुर क्षेत्रका १५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । वडा नं १७ र १८ मा पर्ने गाउँब्लक जग्गालाई बुधबार उपमहानगरपालिकाले लालपुर्जा वितरण गरेको हो । लालपुर्जा पाउनेमध्येका सबैभन्दा ज्येष्ठ सदस्य बुटवल–१७ का टङ्कनाथ ज्ञवाली र सोधावती थारूलाई लालपुर्जा हस्तान्तरण गर्दै नगरप्रमुख शिवराज सुवेदीले मोतीपुरमा रहेका गाउँब्लकका सबै जग्गालाई असार मसान्तसम्म जग्गाधनी पुर्जा...
-
२०७६ बैशाख २६, बिहिबार
एडिबीको सहयोगमा सञ्चालित आयोजनाले गति लिँदै
एशियाली विकास बैंक एडिबी को सहुलियत ऋण सहयोगमा सुदूरपश्चिम प्रदेशका तीन नगरपालिका र एक उपमहानगरपालिकामा सञ्चालित रु नौ अर्बको क्षेत्रीय शहरी विकास आयोजना निर्माणले गति लिन थालेको हो । चालू आवमा भीमदत्त नगरपालिकामा रु पाँच करोड, शुक्लाफाँटा नगरपालिकामा रु दुई करोड १३ लाख, गोदावरी नगरपालिकामा रु तीन करोड र धनगढी उपमहानगरपालिकामा रु छ करोडका स–साना योजना अगाडि बढाइएको आयोजना कार्यान्वयन एकाइ धनगढी...


