STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ बैशाख २६, बिहिबार

    कालोपत्र नभएको भन्दै बौद्ध सडक बन्द

    लामो समयदेखि निर्माणाधीन चावहिल–साँखु सडकखण्ड कालोपत्र नहुुँदा मारमा परेका बौद्ध व्यापार सङ्घ र स्थानीयवासीले यातायात अवरुद्ध पारेका छन् । पाँच सयको सङ्ख्यामा रहेका स्थानीयवासी तथा व्यापारीले बिहान ८ बजेदेखि गरेका साङ्केतिक विरोध कार्यक्रमका कारण सडक अस्तव्यस्त भएको छ । आन्दोलनमा उत्रिएका स्थानीयवासीको एउटै माग छ चावहिल–साँँखु सडकखण्ड तत्काल कालोपत्र गरी धँुवाधुलोबाट मुक्त हुनुप¥यो । विगत चार...

  • २०७६ बैशाख २६, बिहिबार

    पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘फेल’

    आफँैले ‘कखरा’ सिकेको विद्यामन्दिर माविमा बुधबार प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो, पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठ ।  यसपालि श्रेष्ठ विद्यालय आउनुको उद्देश्य भिन्न थियो । कमैलाई यस्तो सौभाग्य मिल्छ्, जुन उहाँलाई मिल्यो । भूकम्पपछि पुनःनिर्मित भवनको उद्घाटन श्रेष्ठले गर्नुभयो । उद्घाटनपछि  उहाँले भन्नुभयो, “मैले सोचेको थिइनँ, म यो विद्यालयको पूर्वविद्यार्थी मैले नै यसको नयाँ भवन...

  • २०७६ बैशाख २६, बिहिबार

    सबैले न्यायको अनुभूति गर्न पाउनुपर्छ

    सबैले न्यायको अनुभूति गर्ने वातावरण बनाउन जरुरी रहेकोमा जोड दिइएको छ । ६८ औँ कानून दिवसको अवसरमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले आज बुटवलमा आयोजना गरेको कार्यक्रमका सहभागीले कानूनको अनभिज्ञता क्षम्य नहुने भएकाले बुझ्न र बुझाउन आवश्यक रहेको बताए ।  कार्यक्रममा उच्च अदालत तुलसीपुर बुटवल इजलासका प्रमुख न्यायाधीश कुमारप्रसाद पोखरेलले मुलुकमा विधिको शासन स्थापनाका लागि न्यायालय स्थापना भएकाले सबैले...

  • २०७६ बैशाख २६, बिहिबार

    चिया खेती गर्दै गाउँपालिका

    जिल्लाको काठेखोला गाउँपालिकाका दुई वडामा यसै वर्ष व्यावसायिक चिया खेती शुरु गरिएको छ । गण्डकी प्रदेश सरकारले घोषणा गरेको मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत काठेखोला गाउँपालिका–७ रेश र वडा नं ३ धम्जाको माथिल्लो भागमा चिया खेती गर्न थालिएको हो ।त्यहाँकोे खुला जमीन उपयोग गरेर चिया खेती गर्ने गाउँपालिकाको योजनाअनुसार राष्ट्रिय चिया तथा कफी विकास बोर्डको प्राविधिक समूहले आवश्यक हावापानी,...

  • २०७६ बैशाख २६, बिहिबार

    प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया प्रस्थान

    प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि आज प्रस्थान गर्नुभएको छ । क्रमशः यही वैशाख २६–३० र वैशाख ३०–जेठ १ गते हुने सो औपचारिक भ्रमणमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य पनि रहनुभएको छ ।    प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय...

  • २०७६ बैशाख २६, बिहिबार

    प्रधानमन्त्री ओली भियतनाममा

    मित्र राष्ट्र  समाजवादी  गणतन्त्र भियतनामको पाँचदिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली आज भियतनामको राजधानी हनोइ आइपुग्नु भएको छ । प्रधानमन्त्री ओलीलाई नोइ बाइ अन्तरराष्ट्रिय विमानस्थलमा  भियतनामका उपविदेशमन्त्री न्युन क्युक डङ र थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले स्वागत गर्नुभएको थियो ।  भियतनामका प्रधानमन्त्री न्युग्यन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली...

  • २०७६ बैशाख २६, बिहिबार

    विज्ञान र प्रविधिसँग जोडिएका विषय पढाइनुपर्छ– पूर्वमन्त्री अधिकारी

    पूर्वस्वास्थ्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले समयको मागसँगै विज्ञान र प्रविधिसँग जोडिएका विषय पढाइनुपर्नेमा जोड दिनुभएको छ । पोखरा महानगरपालिका–१३ आर्वास्थित रतनपाण्डे माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सव समारोहमा बुधबार उहाँले नेपाली माटोमै श्रम र सीप खर्चिने किसिमको शिक्षा दिइनुपर्ने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त गर्नुपर्ने उल्लेख गर्दै यो वा...

  • २०७६ बैशाख २६, बिहिबार

    भोलि शुक्रबार असनमा किन ?

    ऐतिहासिक महत्वको क्षेत्र काठमाडौंको भित्री शहर असन टोलमा भोलिल शुक्रबार दिउँसो ३ बजे विरोधसभाको आयोजना गरिएको छ । असन टोलमा बिभिन्न पार्टीहरुले आफ्नो विचार पोख्नको निमित्त, चुनावमा उठ्नको निमित्त एवं विभिन्न कार्यक्रमको प्रचार गर्नको निमित्त असन टोलको प्रयोग गरिदै आइरहेका छन् । तर भोलि शुक्रबार असन टोल, असन टोल बचाऊ कै निमित्त विरोधसभा हुन गइरहेको छ । उक्त सभा किन गर्न लागेको हो ? र हामी किन...

  • २०७६ बैशाख २६, बिहिबार

    स्थानीय निकायलाई भू–उपयोग सामग्री हस्तान्तरण

    प्रदेश नं ५ अन्तर्गत भूमि व्यवस्था तथा गरीबी निवारण मन्त्रालयअन्तर्गतको नापी विभागले जिल्लाका १० वटै स्थानीय निकायलाई भू–उपयोग सामग्री हस्तान्तरण गरेको छ । विभागले बुधबार घोराहीमा एक कायक्रमको आयोजना गरी उक्त सामग्री हस्तान्तरण गरेको हो । विभागबाट सरकारले पछिल्लो समय निर्माण गरेको भू–उपयोग नीति, स्थानीय निकायका नक्सा, तथ्याङ्क तथा प्रतिवेदन प्रत्येक स्थानीय निकायलाई छुट्टाछुट्टै वितरण भएको थियो...

  • २०७६ बैशाख २६, बिहिबार

    नेपालगञ्जलाई उत्कृष्ट नमूना शहर बनाइने

    नेपालगञ्जलाई उत्कृष्ट नमूना शहर बनाउने लक्ष्यका साथ नेपालगञ्ज उपमहानगरपालिकाले विकासका महत्वपूर्ण योजनालाई प्राथमिकीकरण गर्दै निर्माण कार्यसमेत अघि बढाएको छ । “हामीले पहिलो चरणमा नगरका अधिकांश भागमा सडक, ढल, नाला, डम्पिङ साइट निर्माणलगायत पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ”, नगर प्रमुख डा धवलशम्शेर राणाले भन्नुभयो । नगरमा थुप्रै विकास निर्माणका काम जारी रहेको जनाउँदै उहाँले विकासमा...

  • २०७६ बैशाख २६, बिहिबार

    बुटवलका १५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र वितरण

    बुटवल उपमहानगरपालिकाले मोतीपुर क्षेत्रका १५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । वडा नं १७ र १८ मा पर्ने गाउँब्लक जग्गालाई बुधबार उपमहानगरपालिकाले लालपुर्जा वितरण गरेको हो । लालपुर्जा पाउनेमध्येका सबैभन्दा ज्येष्ठ सदस्य बुटवल–१७ का टङ्कनाथ ज्ञवाली र सोधावती थारूलाई लालपुर्जा हस्तान्तरण गर्दै नगरप्रमुख शिवराज सुवेदीले मोतीपुरमा रहेका गाउँब्लकका सबै जग्गालाई असार मसान्तसम्म जग्गाधनी पुर्जा...

  • २०७६ बैशाख २६, बिहिबार

    एडिबीको  सहयोगमा सञ्चालित आयोजनाले गति लिँदै

    एशियाली विकास बैंक एडिबी को सहुलियत ऋण सहयोगमा सुदूरपश्चिम प्रदेशका तीन नगरपालिका र एक उपमहानगरपालिकामा सञ्चालित रु नौ अर्बको क्षेत्रीय शहरी विकास आयोजना  निर्माणले गति लिन थालेको हो ।  चालू आवमा भीमदत्त नगरपालिकामा रु पाँच करोड, शुक्लाफाँटा नगरपालिकामा रु दुई करोड १३ लाख, गोदावरी नगरपालिकामा रु तीन करोड र धनगढी उपमहानगरपालिकामा रु छ करोडका स–साना योजना अगाडि बढाइएको आयोजना कार्यान्वयन एकाइ धनगढी...

Pages