relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ बैशाख २७, शुक्रबार

    बुद्धजयन्ती समारोह समिति गठन

    विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा २५६३औँ बुद्ध जयन्ती मनाउन मूल समारोह समिति गठन गरिएको छ ।    बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा बौद्ध क्षेत्रका ८० सङ्घ संस्था सदस्य रहेको समिति गठन गरिएको हो । जेठ १ गतेदेखि सप्ताहव्यापी रुपमा बुद्धजयन्ती मनाइने कार्यक्रम तय गरिएको समितिका अध्यक्ष चन्द्रमान लामाले राससलाई जानकारी दिनुभयो ।   समितिमा बौद्ध तामाङ कल्याण गुठी, बौद्ध सुखदुःख...

  • २०७६ बैशाख २७, शुक्रबार

    सिक्किम, दार्जिलिङमा पर्यटकीय साझेदारीका कुरा

    पर्यटन व्यवसायी महिला सङ्घ नेपाल टेवान नेतृत्वको टोलीले सिक्किम, दार्जिलिङका पर्यटन सम्बद्ध निकायका प्रतिनिधिसँग पोखरासँगको पर्यटकीय साझेदारीलगायतका विषयमा छलफल गरेको छ । गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ भारतको सिक्किम, दार्जिलिङ, ग्यान्तोकमा पुगेको टोलीले आफ्नो छ दिवसीय भ्रमणका क्रममा त्यहाँस्थित पर्यटन सम्बद्ध व्यक्ति तथा संस्थासँग अन्तरक्रिया गर्दै पर्यटकीय साइनो मजबुत...

  • २०७६ बैशाख २७, शुक्रबार

    अमेरिकी बारमा गोली चल्यो, एक जनाको मृत्यु

    संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यको एक बारमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार बुधबार मध्यरातमा बारमा गोली चलेको थियो । स्थानीय प्रहरी प्रवक्ता केसी लाइनिङले थप क्षति हुन नदिन बारमा रहेका अरु मानिसले बन्दुकधारीलाई नियन्त्रणमा लिएको बताउनुभयो । सन् २०१६ मा पनि ओर्लान्डोको एक बारमा गोली चल्दा कम्तीमा ४९ जनाको ज्यान गएको थियो । अमेरिकी...

  • २०७६ बैशाख २७, शुक्रबार

    वाग्मती तीर्थयात्रा शुरु

    कटुवालदहबाट वाग्मती नदीको उद्गमस्थल वाग्द्वारसम्मका १६५ तीर्थमा स्नान तथा पूजा गरी मनाइने वाग्मती तीर्थ यात्रा आज बिहानदेखि शुरु भएको छ । पशुपति मन्दिरमा विशेष पूजासहित परिसरमा कन्याकुमारी पूजा, आगम घरमा हवनसहित विशेष पूजा गरी यात्रा शुरु भएको हो । कोषका सदस्य सचिव डा प्रदीप ढकालले यात्राको पूजा सङ्कल्प गर्नुभएको थियो । नाथका मूल पूजारी रावल गणेश भट्टले विशेष पूजासहितको सङ्कल्प गराउनुभएको थियो...

  • २०७६ बैशाख २७, शुक्रबार

    जुनार कृषकलाई परिचयपत्र

    सिन्धुलीमा व्यावसायिकरूपमा जुनारको खेती गर्ने कृषकलाई परिचयपत्र दिइएको छ । वास्तविक जुनार कृषकको पहिचान गरी जुनारको गुणस्तरीय उत्पादन गर्ने सोचका साथ जुनार कृषक परिचयपत्र दिइएको हो । जिल्लाको कमलामाई नगरपालिका–३ जलकन्या, सुनकोशी गाउँपालिका–७ मझुवा, गोलन्जोर गाउँपालिका–१ डुडभञ्ज्याङ, गोलन्जोर गाउँपालिका–२ बितिजोर, गोलन्जोर गाउँपालिका–३ भुवनेश्वरी, गोलन्जोर गाउँपालिका–४ तीनकन्या, गोलन्जोर...

  • २०७६ बैशाख २७, शुक्रबार

    अमेरिकी अग्रसरतामा सिरियामा कारबाही

    सिरियाको पूर्वी क्षेत्रमा प्रदर्शनकारीमाथि अमेरिकी समर्थनमा सक्रिय सिरियाली डेमोक्रेटिक फोर्सेज एसडीएफ ले गोली चलाउँदा सात जनाको मृत्यु भएको छ । सिरियाली समाचार संस्था सानाका अनुसार पूर्वी सिरियाको डियर अल–जउर प्रान्तको शाहिल शहरमा सयौं व्यक्तिले एसडीएफका बिरुद्धमा नाराजुलुस गरेका थिए । इस्लामिक स्टेट्स समूहको कब्जाबाट मुक्त भएको अल–जउरमा पछिल्लो समय एसडीएफले नियन्त्रण गरिरहेको छ । सिरियाली...

  • २०७६ बैशाख २७, शुक्रबार

    विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव प्रस्तुत

    राष्ट्रियसभा आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६÷७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्तावबाहेक छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको छ । प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री डा खतिवडाले विनियोजन विधेयक २०७६÷७७ का सिद्धान्त र प्राथमिकताको खाकाभित्र रहेर बजेट तर्जुमा हुने भन्दै छलफलमा उठेका कुरा बजेट निर्माण गर्दा मार्गदर्शनका रुपमा...

  • २०७६ बैशाख २७, शुक्रबार

    मगर समूहको भवन निर्माण

    मगर पहिचान झल्किने खालका वस्तुलाई संरक्षण गरेर राख्ने उद्देश्यले पाल्पाको रामपुरमा क्रियाशील मगर उत्थान समूहद्वारा भवन निर्माण गरिएको छ । नवनिर्मित भवनको उद्घाटन समारोहमा प्रदेश नं ५ का प्रदेशसभा सदस्य वीरबहादुर रानाले मगर समुदायको भाषा संस्कृति संरक्षणसँगै समग्र समुदायको उत्थान र विकासका लागि सबै एक भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले मगर समुदायले राम्रो संस्कार र संस्कृतिलाई अँगाल्दै राज्यका...

  • २०७६ बैशाख २७, शुक्रबार

    नाइजेरियामा खुला दिसामुक्त अभियान

    नाइजेरिया रकारले सन् २०२५ सम्ममा सरसफाईमा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले खुला दिसामुक्त अभियान सञ्चालन गर्ने कार्यक्रमलाई स्वीकृत गरेको छ । जलस्रोत मन्त्री सुलेमान अदामुले उक्त अभियान सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरिएको पनि जानकारी दिनुभयो । उहाँले राष्ट्रिय अभियान सफल बनाउन अन्तर्राष्ट्रिय दाताबाट पनि सहयोगका लागि आग्रह गरिएको बताउनुभयो । “स्वच्छ नाइजेरिया, शौचालयको प्रयोग बढाऔं”...

  • २०७६ बैशाख २७, शुक्रबार

    परिवार नियोजनप्रति महिलाको आकर्षण बढ्दो–१

    ‘धक्का पाउन्या हम, सुख पाउन उन । धक्या नपाउन्या गोली हाल्न आया हुन ।’ मेलौली नगरपालिका–५ का  २३ वर्षीया हासा सार्की, २० वर्षीया हरिना सार्की र २२ वर्षीया लक्ष्मी सार्कीले एकै स्वरमा लजाउँदै  भन्नुभयो । उहाँहरुले लगाएको कुर्ता पसिनाले निर्थुक्क भिजेको देखिन्थ्यो । “करीब दुई घण्टाको उकालो र एक घण्टाको तरपए–तरपए बाटो हिँडेर महारुद्र स्वास्थ्य चौकी आएका हौँ”, स्वाँस्वाँ गर्दै उहाँहरुले थप्नुभयो ।  ...

  • २०७६ बैशाख २७, शुक्रबार

    जुम्लामा आँखा शिविर

    यही वैशाख २२ गतेदेखि २४ गतेसम्म यहाँ सञ्चालन भएको आँखा शिविरमा ९५१ बिरामीले सेवा लिएका छन् । शिविरमा १८३ को आँखाको साधारण शल्यक्रिया गरिएको र १०४ को मोतियाविन्दुको शल्यक्रिया गरिएको आँखा उपचार केन्द्र जुम्लाका प्रमुख कालीबहादुर रावतले जानकारी दिनुभएको छ । शिविरको पहिलो दिन आइतबार ४०० को आँखाको परीक्षण भएकामा ३७ को शल्यक्रिया गरिएको थियो । दोस्रो दिन ३५५ को आँखाको परीक्षण भएकामा ४० को शल्यक्रिया...

  • २०७६ बैशाख २७, शुक्रबार

    सागको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने

     राष्ट्रिय खेलकूद परिषद् राखेप ले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता साग लक्षित गरी खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने भएको छ । नेपालमा आयोजना हुने १३औँ संस्करणको दक्षिण एशियाली खेलकूद प्रतियोगिता साग को तयारीका लागि हालै सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समावेश गरी बन्द प्रशिक्षणमा राख्ने निर्णय भएको राखेपले जनाएको छ ।   प्रतियोगितामा सहभागी हुने...

Pages