राष्ट्रिय
-
२०७६ बैशाख २५, बुधबार
बालश्रम र विवाह न्यूनीकरण गर्न सचेत बन्दै नागरिक
बालविवाह न्यूनीकरण तथा बालश्रम अन्त्य गर्न दाङको तुलसीपुर उपमहानगरपालिकाले थालेको अभियान प्रभावकारी बन्दै गएको छ । तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री नगर निर्माणका लागि अभियानको थालनीपछि बालविवाह तथा बालश्रममा न्यूनीकरण आएको पाइएको छ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य, महिला तथा बालबालिका शाखा संयोजक नवराज लामिछाने, महिला शाखा प्रमुख माया श्रेष्ठलगायतको टोलीले अनुगमन गर्दा यस्तो...
-
२०७६ बैशाख २५, बुधबार
शिक्षक भर्ती सेवा आयोगबाट मात्रै मन्त्री पोखरेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय शिक्षाको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भए पनि शिक्षक भर्तीको काम शिक्षक सेवा आयोगको प्रक्रियाबाट हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा मन्त्री पोखरेलले गुणात्मक शिक्षाको लागि शिक्षक दरबन्दी अपुग भएको स्थितिमा केन्द्र सरकारले आवश्यक निर्णय लिने तयारी गरेको र नयाँ शिक्षक भर्ती केन्द्र...
-
२०७६ बैशाख २५, बुधबार
माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुरमा माइक्रोको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । काठमाडाँैबाट पोखरा जाँदै गरेको बा२ख ५०३९ नंको माइक्रोको ठक्करबाट घाइते भएका बन्दीपुर गाउँपालिका–५ याम्पाका ८२ वर्षीय ठूले थापामगरको उपचारको क्रममा गए राति काठमाडौँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सोमबार बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटमा माइक्रोको ठक्करबाट सडकछेउ हिँडिरहेका मगर...
-
२०७६ बैशाख २५, बुधबार
कास्कीमा पच्चीस हजार लिटर दूध भित्रिँदै
कास्कीमा मागअनुरुपको दूध उत्पादन हुन नसक्दा अन्यत्रबाट रु तीस लाख मूल्य बराबरको दैनिक पच्चीस हजार लिटरको हाराहारीमा दूध भित्रिने गरेको छ । यस जिल्लामा वार्षिक ७५ हजार १९८ मेट्रिकटन दूध उत्पादन हुने गरेको छ । उपभोक्ताको मागलाई सो उत्पादनले पूर्ति नभएपछि उक्त परिमाणमा दूध भित्रिने गरेको हो । दूधको माग सबैभन्दा बढी पर्यटकीय नगरी पोखरामा छ । गण्डकी प्रदेशको राजधानी पोखराको जनघनत्वमा बृद्धि हुनुका...
-
२०७६ बैशाख २५, बुधबार
प्राकृतिक पुलको दृष्यावलोकन गर्न झोलङ्गे पुल
पोखरा महानगरपालिका महतगौडा र टुटुङ्गाबीच सेतीनदी माथिको प्राकृतिक पुलको दृष्यावलोकन गर्नका लागि झोलुङ्गे पुल निर्माण गरिने भएको छ । ढुङ्गा र माटोबाट निर्मित प्राकृतिक पुलबाट यातायातका साधन निर्वाधरुपमा ओहोरदोहोर गर्नुका साथै भूवनोटबारे अध्ययन अवलोकन गर्न सकिने सो पुल रु २७ लाख ५२ हजार ११९ को लागतमा निर्माण गरिने भएको हो । नेपाल सरकारको ९२ प्रतिशत, महानगर र उपभोक्ता समितिको क्रमशः ६ र २ प्रतिशत...
-
२०७६ बैशाख २५, बुधबार
चार गाउँमा पानीको सङ्कट
गोठभरि गाईभैंसी, करेसामा तरकारी, घरभरि बालबच्चा । गोठका गाईभैंसीलाई कम्तीमा दिनभरिमा दुई पटक पानी खुवाउनु पर्ने । करेसाबारीका तरकारी आकाशे पानीकै भरमा । आकाशबाट पानी नपरे सुख्खा याममा यसै मरेर सकिन्थे । बालबच्चाको नुवाइधुवाइका लागि सधैं पानीको अभाव । खानेपानीसमेत नभएका यहाँका चार गाउँका सर्वसाधारणलाई निकै दुःख थियो । बागलुङ नगरपालिका–६ मा पर्ने भिरलांखुरी, सानोलंगाउँ, सल्ले फुर्का, खाड लगायतका...
-
२०७६ बैशाख २५, बुधबार
अर्नाको समूहमा एक्लो पोथी बाह्रसिङ्गे
नेपालीमा एउटा उखान छ, ‘कागको बीचमा बकुल्ला’ । अहिले यस्तै नियति भोगिरहेको छ चितवन राष्ट्रिय निकुञ्जमा रहेको एक्लो पोथी बाह्रसिङ्गेले । विसं २०७३ को साउन महीनामा बाढी आएपछि पाँच वटामध्ये चारवटा बाह्रसिङ्गे हराएका थिए । अहिले निकुञ्जमा एउटा मात्रै पोथी बाह्रसिङ्गे जीवित छ । निकुञ्जमा बाह्रसिङ्गे नभएकाले दुई वर्षअघि शुक्लाफाँटाबाट सातवटा ल्याइएको थियो । त्यसमध्ये दुई वटा त्यही समय मरे । बाँकी पाँच...
-
२०७६ बैशाख २५, बुधबार
यस कारण उद्धार गर्नुप¥यो बालबालिका
कर्णाली क्षेत्रका ४७ बालबालिकालाई एक वर्षअघि नै कालीकोटका जयबहादुर विकले निश्चित शुल्कमा जिम्मा लिएर पठनपाठनका लागि भन्दै काठमाडौँको गल्फुटारस्थित न्यू कर्णाली एजुकेशन होस्टलमा राखेका थिए । तीनजना सञ्चालककै आफन्त भए पनि ४४ बालबालिका विभिन्न क्षेत्रका थिए । अभिभावकसँग विवाद भएपछि यसअघि २४ बालबालिकालाई अभिभावकले फिर्ता लगेको बताइए पनि यकिन जानकारी नआएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
-
२०७६ बैशाख २५, बुधबार
काठमाडौँवासीलाई लुम्बिनी भ्रमणको निम्तो
शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले लुम्बिनी भ्रमणको निम्तो बाँड्दै ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ को अभियानको टोली काठमाडौँ आइपुगेको छ । ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनी भ्रमण वर्षको पूर्व सन्ध्यामा प्रचार–प्रसार गर्दै आज दरबारमार्गमा सडक प्रदर्शनी ९रोड सो० कार्यक्रम गरिएको...
-
२०७६ बैशाख २५, बुधबार
बसपार्क र सवारी साधन व्यवस्थापनमा चुनौती
सडक सञ्जालसँग जोडिँदै गएको नेपालगञ्जमा ट्राफिक नियमको पालन र व्यवस्थित बसपार्क नहुँदा यात्रुले सास्ती भोग्नुपरेको छ । नेपालगञ्जदेखि नेपालका अधिकांश प्रमुख शहरमा सवारी साधन छुट्छन् । जिल्लाका सबै ठाउँलाई जोड्ने सडक पनि धमाधम बनिरहेका छन् तर नेपालगञ्जमा निर्माणाधीन ठूलो बसपार्क निर्माणमा भएको ढिलाइ र स–साना बसपार्क पनि भद्रगोलकै अवस्थामा भएकाले यात्रुले हैरानी भोग्नुपरिरहेको हो । नेपालगञ्ज बजार...
-
२०७६ बैशाख २५, बुधबार
बर्दिवासमा घरविहीनलाई पक्कीघर बन्दै
महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाका भूमिहीन गरीब अब पक्कीघरमा बस्न पाउने भएका छन् । नगर क्षेत्रभित्रका सुकुम्वासी गरीबलाई लक्षित गरी नगरपालिकाले पक्की घर निर्माणको काम थालेपछि यहाँका गरिबले अब पक्कीघरमा बस्न पाउने भएका हुन् । जनता आवास कार्यक्रमअन्तर्गत आज बर्दिवास–१३ विजलपुराको मुसहरीटोलबाट पक्कीघर निर्माण काम थालिएको हो । यस कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष २०७५÷७६ भित्र ३६ घर निर्माण...
-
२०७६ बैशाख २५, बुधबार
पन्ध्र हजार चालकलाई प्रशिक्षण
ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक सुधारका लागि १४ हजार ८४३ चालकलार्ई प्रशिक्षण दिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक सुधार तथा प्रदूषण नियन्त्रणका लागि गरेको तीन महीने कार्ययोजनाअन्तर्गत १४ हजार ८४३ मोटरसाइकल तथा स्कुटर चालकलाई प्रशिक्षण दिएको हो । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले उपत्यकाको ट्राफिक सुधारका लागि महाशाखाले विभिन्न निकायसँग मिलेर काम...


