relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ बैशाख २९, आइतबार

    गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालामा प्रतियोगिता गर्न सकीने

    रामपुरमा निर्माण गर्न थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पुसबाट प्रतियोगिता गर्न सकिने गरी कामलाई अघि बढाइएको छ ।  धुर्मुस–सुन्तली फाउण्डेशनले माघ १६ गते भरतपुर महानगरपालिकासँग रङ्गशाला निर्माण गर्ने सम्झौता गरेको थियो । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ९धुर्मुस०ले आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै रकम उठ्न सकेमा पुस महीनासम्ममा मैदानको काम सम्पन्न गरी खेल खेल्न सकिने...

  • २०७६ बैशाख २९, आइतबार

    एशियाको उत्कृष्ट विश्वविद्यालयमा त्रिवि सूचीकृत

    बेलायतस्थित ‘द टाइम्स् हाइयर एजुकेशन’ ले सार्वजनिक गरेको एशियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा नेपालको त्रिभुवन विश्वविद्यालय २५१ देखि ३०० औँ स्तरमा सूचीकृत भएको छ । सो संस्थाले विश्वविद्यालयका कूल शिक्षक सङ्ख्या, महिला शिक्षक सङ्ख्या, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी सङ्ख्या, महिला विद्यार्थीको सङ्ख्या, शिक्षक विद्यार्थी अनुपात, विश्वविद्यालयभित्र भएका अनुसन्धान,...

  • २०७६ बैशाख २९, आइतबार

    उद्धार गरिएका १५ चेलीलाई परिवारको जिम्मा लगाइयो

    भारतबाट उद्धार गरी ल्याइएका १५ महिलालाई परिवारको जिम्मा लगाइएको छ । भारतको उत्तरपूर्वी राज्य मिजोरमबाट उद्धार गरिएका २३ महिलामध्ये १५ लाई शनिबार परिवारको जिम्मा लगाइएको हो । माइती नेपालका निर्देशक विश्वराम खड्काका अनुसार उनीहरूलाई वैशाख २६ गते काँकडभिट्टा हुँदै नेपाल ल्याएर माइती नेपालको संरक्षणमा राखिएको थियो । झापा, सुनसरी, मोरङ र इलामका महिलालाई परिवारको जिम्मा लगाइएको र बाँकी आठ जनालाई भने...

  • २०७६ बैशाख २९, आइतबार

    महायज्ञमा एकैदिन तीस लाख बराबरको दान सङ्कलन

    जनमार्ग माध्यमिक विद्यालय पूर्वखोला गाउँपालिका–१ सिलुवा पाल्पामा सञ्चालन भएको श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञान महायज्ञमा एकैदिन रु तीस लाख बराबरको दान सङ्कलन भएको छ । प्राविधिक शिक्षा तथा विद्यालयको भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको महायज्ञको छैठौँ दिन रु तीस लाख बराबरको दान सङ्कलन भएको हो । प्रदेश नं ५ का प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्य र युवराज खनालले...

  • २०७६ बैशाख २९, आइतबार

    प्रम ओलीबाट विश्व समुदायलाई लुम्बिनी भ्रमण गर्न आह्वान

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गर्नुभएको छ । भियतनामको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको वैशाख दिवसका अवसरमा भियतनाम सरकार तथा राष्ट्रिय भियतनाम बौद्ध सङ्घले  हा नाम प्रान्तमा आज आयोजना गरेको कार्यक्रममा गौतम बुद्धको जन्मस्थल नेपाल बौद्धदर्शनको पनि उत्पत्तिस्थल  भएकाले सबै बौद्ध धर्मावलम्बीले आफ्नो जीवनमा एक पटक लुम्बिनीको...

  • २०७६ बैशाख २७, शुक्रबार

    अमेरिकी अग्रसरतामा सिरियामा कारबाही

    सिरियाको पूर्वी क्षेत्रमा प्रदर्शनकारीमाथि अमेरिकी समर्थनमा सक्रिय सिरियाली डेमोक्रेटिक फोर्सेज एसडीएफ ले गोली चलाउँदा सात जनाको मृत्यु भएको छ । सिरियाली समाचार संस्था सानाका अनुसार पूर्वी सिरियाको डियर अल–जउर प्रान्तको शाहिल शहरमा सयौं व्यक्तिले एसडीएफका बिरुद्धमा नाराजुलुस गरेका थिए । इस्लामिक स्टेट्स समूहको कब्जाबाट मुक्त भएको अल–जउरमा पछिल्लो समय एसडीएफले नियन्त्रण गरिरहेको छ । सिरियाली...

  • २०७६ बैशाख २७, शुक्रबार

    विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव प्रस्तुत

    राष्ट्रियसभा आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६÷७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्तावबाहेक छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको छ । प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री डा खतिवडाले विनियोजन विधेयक २०७६÷७७ का सिद्धान्त र प्राथमिकताको खाकाभित्र रहेर बजेट तर्जुमा हुने भन्दै छलफलमा उठेका कुरा बजेट निर्माण गर्दा मार्गदर्शनका रुपमा...

  • २०७६ बैशाख २७, शुक्रबार

    जुनार कृषकलाई परिचयपत्र

    सिन्धुलीमा व्यावसायिकरूपमा जुनारको खेती गर्ने कृषकलाई परिचयपत्र दिइएको छ । वास्तविक जुनार कृषकको पहिचान गरी जुनारको गुणस्तरीय उत्पादन गर्ने सोचका साथ जुनार कृषक परिचयपत्र दिइएको हो । जिल्लाको कमलामाई नगरपालिका–३ जलकन्या, सुनकोशी गाउँपालिका–७ मझुवा, गोलन्जोर गाउँपालिका–१ डुडभञ्ज्याङ, गोलन्जोर गाउँपालिका–२ बितिजोर, गोलन्जोर गाउँपालिका–३ भुवनेश्वरी, गोलन्जोर गाउँपालिका–४ तीनकन्या, गोलन्जोर...

  • २०७६ बैशाख २७, शुक्रबार

    नाइजेरियामा खुला दिसामुक्त अभियान

    नाइजेरिया रकारले सन् २०२५ सम्ममा सरसफाईमा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले खुला दिसामुक्त अभियान सञ्चालन गर्ने कार्यक्रमलाई स्वीकृत गरेको छ । जलस्रोत मन्त्री सुलेमान अदामुले उक्त अभियान सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरिएको पनि जानकारी दिनुभयो । उहाँले राष्ट्रिय अभियान सफल बनाउन अन्तर्राष्ट्रिय दाताबाट पनि सहयोगका लागि आग्रह गरिएको बताउनुभयो । “स्वच्छ नाइजेरिया, शौचालयको प्रयोग बढाऔं”...

  • २०७६ बैशाख २७, शुक्रबार

    परिवार नियोजनप्रति महिलाको आकर्षण बढ्दो–१

    ‘धक्का पाउन्या हम, सुख पाउन उन । धक्या नपाउन्या गोली हाल्न आया हुन ।’ मेलौली नगरपालिका–५ का  २३ वर्षीया हासा सार्की, २० वर्षीया हरिना सार्की र २२ वर्षीया लक्ष्मी सार्कीले एकै स्वरमा लजाउँदै  भन्नुभयो । उहाँहरुले लगाएको कुर्ता पसिनाले निर्थुक्क भिजेको देखिन्थ्यो । “करीब दुई घण्टाको उकालो र एक घण्टाको तरपए–तरपए बाटो हिँडेर महारुद्र स्वास्थ्य चौकी आएका हौँ”, स्वाँस्वाँ गर्दै उहाँहरुले थप्नुभयो ।  ...

  • २०७६ बैशाख २७, शुक्रबार

    मगर समूहको भवन निर्माण

    मगर पहिचान झल्किने खालका वस्तुलाई संरक्षण गरेर राख्ने उद्देश्यले पाल्पाको रामपुरमा क्रियाशील मगर उत्थान समूहद्वारा भवन निर्माण गरिएको छ । नवनिर्मित भवनको उद्घाटन समारोहमा प्रदेश नं ५ का प्रदेशसभा सदस्य वीरबहादुर रानाले मगर समुदायको भाषा संस्कृति संरक्षणसँगै समग्र समुदायको उत्थान र विकासका लागि सबै एक भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले मगर समुदायले राम्रो संस्कार र संस्कृतिलाई अँगाल्दै राज्यका...

  • २०७६ बैशाख २७, शुक्रबार

    सागको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने

     राष्ट्रिय खेलकूद परिषद् राखेप ले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता साग लक्षित गरी खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने भएको छ । नेपालमा आयोजना हुने १३औँ संस्करणको दक्षिण एशियाली खेलकूद प्रतियोगिता साग को तयारीका लागि हालै सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समावेश गरी बन्द प्रशिक्षणमा राख्ने निर्णय भएको राखेपले जनाएको छ ।   प्रतियोगितामा सहभागी हुने...

Pages