राष्ट्रिय
-
२०७६ बैशाख २९, आइतबार
प्रम ओलीबाट विश्व समुदायलाई लुम्बिनी भ्रमण गर्न आह्वान
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गर्नुभएको छ । भियतनामको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको वैशाख दिवसका अवसरमा भियतनाम सरकार तथा राष्ट्रिय भियतनाम बौद्ध सङ्घले हा नाम प्रान्तमा आज आयोजना गरेको कार्यक्रममा गौतम बुद्धको जन्मस्थल नेपाल बौद्धदर्शनको पनि उत्पत्तिस्थल भएकाले सबै बौद्ध धर्मावलम्बीले आफ्नो जीवनमा एक पटक लुम्बिनीको...
-
२०७६ बैशाख २९, आइतबार
मुहान सुक्न थालेपछि संरक्षण थालियो
पछिल्लो समयमा विभिन्न कारणले खानेपानीका मुहान सुक्दै गएकाले संरक्षण गर्न थालिएको छ । पछिल्लो समय सडक निर्माण, वन जङ्गलको बिनास, जलवायु परिर्वतन तथा भूकम्पका कारण मुहान सुक्दै गएकाले संरक्षणका लागि पहल थालिएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले पहिलोपटक बागलुङ अभियानका रूपमा नगरपालिका–८ सिगानास्थित छरछरे खानेपानी आयोजनाको मुहान संरक्षण गरेको हो । हाल उक्त आयोजनाको मुहान मोटरबाटोका कारण...
-
२०७६ बैशाख २९, आइतबार
प्रकृतिको वरदान ः धुम्बा ताल
जोमसोम बजारको दक्षिणपूर्वमा एउटा झोलुङ्गे पुल छ । पुलबाट कालीगण्डकी तरेपछि बगरैबगर यात्रा अघि बढ्छ । वरिपरि निर्जन डाँडा र कन्दरा । ढुङ्गा, बालुवाबीच फूलेका भुइँफूल । केही पर भेटिन्छ, ठिनी खोला । फड्के तरेर पारि पुग्दा आइपुग्छ, सम्ले गाउँ छिर्ने प्रवेशद्वार । तलपट्टि सुसाइरहेको नदी, दन्तेलहर झैँ खुलेका हिमाल, गुम्बा, स्याउ बगान र रैथाने जनजीवन आँखामा सजाउँदै पुगिन्छ, सम्ले गाउँको सिरान ।...
-
२०७६ बैशाख २९, आइतबार
राष्ट्रिय गौरवकै आयोजनाको निर्माणको गति शून्य
राष्ट्रिय सरोकार तथा समन्वय समितिले मुलुकका चार वटा आयोजनाको समग्र वस्तुस्थिति तथा कार्यान्वयनमा देखिएको चुनौतीबारे सम्बन्धित मन्त्रालय र सरोकारवालासँग जानकारी माग गर्ने निर्णय गरेको छ । समितिको आजको बैठकले मेलम्ची खानेपानी आयोजना, बूढीगण्डकी जलविद्युत् परियोजना, काठमाडौँ–तराई–मधेश द्रूतमार्ग र जनता आवास कार्यक्रमका बारेमा सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायका पदाधिकारीसँग जानकारी लिने निर्णय...
-
२०७६ बैशाख २९, आइतबार
न्यूजील्यान्डमा भूकम्प
न्यूजील्यान्डको कर्माडेक द्वीपमा सोमबार बिहानीपख करिब ५।७ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । सर्भेका अनुसार स्थानीय समय अनुसार बिहान ४।०६ बजे जमिनको सतहभन्दा करिब ७३ किलोमिटरमुनि भूकम्प गएको थियो । कर्माडेकको दक्षिणतर्फ भूकम्पको केन्द्र रहेको थियो । भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । सुनामीको समेत चेतावनी दिइएको छैन । दक्षिण...
-
२०७६ बैशाख २९, आइतबार
प्रभावकरी बन्दै लघु उद्यम विकास कार्यक्रम
गरीब, विपन्न र सीमान्तकृत समुदायलाई स्वरोजगार बनाउने उद्देश्यले सरकारले सञ्चालन गरिरहेको गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम९मेडेप० पश्चिम नवलपरासीमा प्रभावकारी बन्दै गएको छ । ‘अति गरीब’ जनतालाई उद्यमी तथा स्वरोजगार बनाउँदै जाने उद्देश्यअनुसार यस कार्यक्रममार्फत सञ्चालन गरिएका सीप विकास तालीमबाट ग्रामीण क्षेत्रका गृहिणी महिला लाभान्वित भएका छन् । चुलोचौका र घरमै सीमित हुन पुगेका तराई...
-
२०७६ बैशाख २९, आइतबार
पार्टीको एकलौटी निर्णयमा प्रदेश राजधानी घोषणा हँुदैन ः ओनसरी
पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश नं ५ का अध्यक्ष ओनसरी घर्तीले पार्टीको एकलौटी निर्णयमा प्रदेशको राजधानी घोषणा नगर्ने बताउनुभएको छ । प्रदेश राजधानीको निर्णायक अधिकार जनतामै रहेको स्पष्ट पार्दै उहाँले प्रदेशका जनता र सबै दलको सुझावका आधारमा राजधानी र नामकरणको टुङ्गो लगाउने बताउनुभयो । रिपोटर्स क्लब नेपाल प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा उहाँले...
-
२०७६ बैशाख २९, आइतबार
सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु
निजी तथा आवासीय विद्यालयहरुले मात्र विगतमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउँदै आइरहेको बेला केही वर्षयता आएर उदयपुर जिल्लामा सरकारी विद्यालयले पनि धमाधम अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने क्रम बढाउँदै लगेका छन् । उदयपुर जिल्लामा सञ्चालन हुँदै आएका ४५६ वटा सरकारी विद्यालयमध्ये अहिले त्रियुगा नगरपालिका, कटारी नगरपालिका, चौदण्डी नगरपालिका र बेलका नगरपालिकाभित्रका सरकारी विद्यालयहरुमध्ये करीब तीन...
-
२०७६ बैशाख २९, आइतबार
सामुदायिक विद्यालयमा समस्याका चाङ
सरकारले आगामी १० वर्षभित्र संस्थागत विद्यालय मुनाफारहित तवरले सञ्चालनमा ल्याउने योजनासमेत सार्वजनिक गरेपनि सामुदायिक विद्यालयमा भने अझै सुधारको सङ्केत देखिएको छैन । चितवनका सामुदाय विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकले भने सरकारी विद्यालयमा समस्या चाङ रहेको गुनासो गरेका छन् । चितवन क्षेत्र नं २ ९ख० का सांसद विजय सुवेदीले आफ्नो क्षेत्रमा रहेका सामुदायिक विद्यालय व्यवस्थापन...
-
२०७६ बैशाख २९, आइतबार
समाजवादलाई आत्मसात् गर्ने खालको बजेट ल्याउन सरकारलाई सुझाव
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले समाजवादी बाटो अवलम्बन गर्ने संवैधानिक प्रावधानलाई आत्मसात् गर्ने नीतिअनुरुप आर्थिक वर्ष २०७६÷७७ को बजेट ल्याउन सरकारलाई सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७६÷७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्ताव बाहेक० माथिको छलफलमा भाग लिँदै उहाँले सरकारले प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रमले उदारवादी,...
-
२०७६ बैशाख २९, आइतबार
कास्कीमा कुष्ठरोगी घट्दै
कास्कीमा कुष्ठरोगीको सङ्ख्या क्रमिकरूपमा घट्दै गइरहेको छ । नेपाल सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमार्फत निःशुल्करूपमा औषधि उपलब्ध गराउनुका साथै समयमा उपचार गराएमा पूर्णरूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत जागृत गराइएपछि रोगीको सङ्ख्या क्रमिकरूपमा घट्दै गइरहेको छ । स्वास्थ्य कार्यालय कास्कीको तथ्याङ्कअनुसार जिल्लामा २३ कुष्ठरोगी नियमितरूपमा औषधि सेवन गरिरहेका छन् । गत आर्थिक बर्षमा १० हजार...
-
२०७६ बैशाख २९, आइतबार
इलाम उवासंघमा चिपालू विजयी
इलाम उद्योग वाणिज्य सङ्घको आठौँ अधिवेशनले ईश्वर चिपालूलाई अध्यक्षमा निर्वाचित गरेको छ । उहाँले ६३४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्दी देवेन्द्र शङ्करले ३९३ मत मात्र प्राप्त गर्नुभयो । यसअघि सङ्घको वरिष्ठ उपाध्यक्षमा चिपालू र कोषाध्यक्षमा शङ्कर रहनुभएको थियो । यसैगरी सङ्घको वरिष्ठ उपाध्यक्षमा कृष्ण पौडेल, वाणिज्य उपाध्यक्षमा दीपेश श्रेष्ठ, उद्योग उपाध्यक्षमा दुर्गा...


